जोडिनुहोस
आइतवार, असार १४, २०८३
आइतवार, असार १४, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकद्वारा भूकम्पले क्षति पुगेको बझाङस्थित भवानी विद्यालयको भवन निर्माणमा सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा भूकम्पले क्षति पुगेको बझाङस्थित भवानी विद्यालयको भवन निर्माणमा सहयोग

मुक्तिनाथ विकास बैंकले शिक्षा क्षेत्रमा टेवा पुग्ने उदेश्यले २०८० साल असोज १६ गते बझाङ केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित बझाङको थलरा गाँउपालिका वडा नं. ९ स्थित भवानी आधारभूत विद्यालयको भवन पुनः निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरी आर्थिक सहयोग गरेको छ ।

हाल, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरि निर्माण गरिएको उक्त भवनको निर्माण कार्य सम्पन्न भई एक कार्यक्रम बीच विद्यालयलाई हस्तारण गरिएको छ । सो भवन निर्माण कार्यका लागि अभिभावक तथा अन्य स्थानियवासीहरुले श्रमदान समेत गरेका थिए ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरुले नवनिर्मित भवनमा बसेर राम्ररी पढ्न पाउने, घाम, पानीबाट सुरक्षित बसी आफ्नो दैनिक पठनपाठन कार्य गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।

3210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका