जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा स्वच्छ वातावरणका लागि गमला हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा स्वच्छ वातावरणका लागि गमला हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमक, झापा मार्फत प्रशान्ति टोल विकास संस्थालाई ६३ थान गमला हस्तान्तरण कार्य सम्पन्न गरेको छ ।

प्रशान्ति टोल विकास संस्थाको साधारण सभा अन्र्तगत संस्थाले एक स्वच्छ वातावरण कायम गर्ने लक्ष्य लिई ‘प्रत्येक घरको अगाडि एक गमला एक बिरुवा रोपन’ भन्ने उद्धेश्यमा कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सो गमला हस्तान्तरण कार्य सम्पन्न गरेको छ ।

बैंकका कोशी क्षेत्रका प्रमुख मोहन दत्त खनालले सो गमला उक्त संस्थाको अध्यक्ष ज्ञान बहादुर कार्कीलाई हस्तान्तरण गरे। उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गमला हस्तान्तरण गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गर्नुका साथै आयोजना गरिएको कार्यक्रम सकरात्मक रहेको बताए। उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने बैंकले जनाएको छ ।

3105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका