जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढ्यो

बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढ्यो

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ ११ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जा दुवै बढेको छ। अघिल्लो दिनको तुलनामा भदौ ११ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ।

यसैगरी भदौ ११ मा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी पनि ५ अर्ब रुपैयाँले बढेर ५१ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब ८३ अर्ब रुपैयाँ थियो। भदौ ११ मा बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो बढेर ७९.०४ प्रतिशत पुगेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७८.९९ प्रतिशत थियो। बैंकहरुको अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।

115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका