जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २५ लाख सहयोग

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २५ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २५ लाख सहयोग गरेको छ ।
प्रभु ग्रुपका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचनको उपस्थितिमा प्रभु महालक्ष्मी लाइफका अध्यक्ष शिक्षाभट्टचन र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार २५ लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिमा रहेका नागरिकहरुको राहत र उद्दारकालागि सरकारसँग हातेमालो गर्दै उक्त सहायता प्रदान गरिएको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताएका छन् । चेक हस्तान्तरण कार्यक्रममा प्रभु महालक्ष्मी लाइफइन्स्योरेन्सका सञ्चालक विरेन्द्र जंग पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेको उपस्थिति रहेको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले यस अघि पनि नख्खु खोलामा असोज १२ गते आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका–९, चोपाटार घर भई हाल ललितपुर महानगरपालिका–२५ अस्थायी बसोबास गर्ने ३७ वर्षीय चनिकलाल तामाङलाई रियल हिरोको संज्ञा दिदै सम्मान गरेको थियो ।

2535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका