जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • बैंकिङ निक्षेप र कर्जा प्रवाहमा सामान्य गिरावट

बैंकिङ निक्षेप र कर्जा प्रवाहमा सामान्य गिरावट

बैंकिङ निक्षेप र कर्जा प्रवाहमा सामान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको माघ २६ गतेको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा ६७ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

अघिल्लो दिन ६७ अर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । यस्तै, सो समयमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि सामान्य गिरावट देखिएको छ। माघ २५ गते ५९ खर्ब ९६ अर्ब रुपैयाँ संकलन गरेका वाणिज्य बैंकहरूले २६ गते ५९ खर्ब ९४ अर्ब रुपैयाँ संकलन गरेका छन्।

सो अवधिमा कर्जा प्रवाहमा सामान्य गिरावट देखिएको छ । माघ २५ गते ५४ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५४ खर्ब ३३ अर्ब रुपैयाँ रकम बराबरको कर्जा प्रवाह भएको छ ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जामा प्रवाह भने स्थिर रहेको छ । अघिल्लो दिन ४८ खर्ब २१ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले भोलिपल्ट पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् । यस्तै अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ४८ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।

2085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका