जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • विदेशी मुद्रा सटही सम्बन्धमा जानकार बनौंः राष्ट्र बैंक

विदेशी मुद्रा सटही सम्बन्धमा जानकार बनौंः राष्ट्र बैंक

विदेश भ्रमण-रोजगारीका लागि राहदानी बापतको विदेशी मुद्रा सटही सम्बन्धमा हालको व्यवस्थाअनुसार भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकले राहदानीबापत प्रतिपटक अमेरिकी डलर २५०० वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा प्राप्त गर्न सक्छन् ।

यस्तो सटही सुविधा आवश्यक कागजातको आधारमा नेपाल राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिन्छ ।

वैदेशिक रोजगारीको लागि जापान, दक्षिण कोरिया, यूरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा, अष्ट्रेलिया जाने नेपाली नागरिकको हकमा अधिकतम अमेरिकी डलर ५०० र अन्य मुलुकको हकमा अधिकतम अमेरिकी डलर २०० सम्म राहदानीबापत सटही सुविधा प्राप्त गर्न सक्छन् । राहदानी सुविधाबापत सटही सुविधा माग गर्ने व्यक्तिले हवाई टिकट, राहदानी र भिसाको प्रतिलिपि पेश गर्नुपर्दछ ।

2030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका