जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रालि र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस बैंकका ग्राहकहरुले ओपीडी, प्याथोलोजी, एक्स रे, युएसजी, एन्डोस्कोपी, कोलोनोंस्कोपी, नर्मल बेड, एचडीयु बेडरआईसियु, एरसी केबिन, सर्जरी, मेडिसिन, सिटि स्क्यान जस्ता सेवाहरुमा उक्त छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा यस बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

1545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?