जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफको बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी भव्य रुपमा सम्पन्न

प्रभु महालक्ष्मी लाइफको बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी भव्य रुपमा सम्पन्न

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२ सम्पन्न भएको छ ।

बागमती प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा भव्यताका साथ कार्यक्रम सु–सम्पन्न गरेको हो । कार्यक्रम कार्तिक २२ गते शनिबार काठमाडौंमा सञ्चालन भएको थियो । कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय गरी प्रोभियन्स क्लव हासिल गरेका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रोभियन्स क्लव हासिल गरेका अभिकर्ताहरुलाई बधाई दिदै यो एउटा सफलता सिढि मात्र हो भने अझ ठूला सफलताहरु अगाडि रहेकाले सो एचिभ गर्न सम्मानीतहरुलाई हौसला र मार्गनिर्देशन प्रदान गरेका थिय ।

कार्यक्रममा फलदायी बनाउन योगेन्द्र प्रसाद खतिवडाले र रोजेश बस्नेतले बीमा बिक्रीकला सम्बन्धी प्रशिक्षण प्रदान समेत गरेका थिए ।


1270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका