जोडिनुहोस
बिहिबार, पुस २४, २०८२
बिहिबार, पुस २४, २०८२
  • होमपेज
  • जेनजी आन्दोलनले थलिएको बैकिङ्ग प्रणाली माथी पटक-पटक भौतिक आक्रमणः असुरक्षित महसुस गर्दे, दबाब र प्रेसरमा काम गर्न बाध्य बै‌कका कर्मचारी !

जेनजी आन्दोलनले थलिएको बैकिङ्ग प्रणाली माथी पटक-पटक भौतिक आक्रमणः असुरक्षित महसुस गर्दे, दबाब र प्रेसरमा काम गर्न बाध्य बै‌कका कर्मचारी !

जेनजी आन्दोलनबाट थलिएको नेपालको बैकिङ्ग प्रणाली माथी पछिल्ला दिनमा भौतिक आक्रमण बढेको भेटिएको छ । केही दिन अगाड नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथी भौतिक आक्रमण भयो । अर्को एनआईसी एशिया बैंक भित्र पेट्रोल बोकेर ग्राहक पुगेर आगो लगाउने धम्की नै दिए । यसबा के देखिन्छ भने बैंक र वित्तिय संस्था माथी धम्की दिने देखि भौतिक कारवाही गर्ने सम्मका काम भएको देखिन्छ । राज्यलाई अर्बै अर्ब कर बुझाउने नेपाली जनताको पैसा राख्ने ठाउँ हो बैंक र वित्तिय संस्था भन्दा अन्यथा नहोला । बैंक वित्तिय संस्था पब्लिक कम्पनी हुन् । जहाँ जनताको पैसा छ त्यही पैसाबाट कर्जा प्रवाह हुने हो तर, कर्जा तिर्दिन भन्दै धम्की दिने आक्रमण गर्ने जस्ता अनैतिक काम यति बेला भएको देखिन्छ ।

बैंक र वित्तिय संस्थाहरुको –हजुरबुबा) नियमनकारी निकाय नेपाल राष्ट्र बैंक यस्तो आपत्तीजनक काम भइरहेदा समेत मुखदर्शक भएर बसेको देखिन्छ । लाजमर्दो अबस्था हो कि होइन । यति ठूलो डरलाग्दो परिस्थितिमा पनि बैंक र वित्तिय संस्थाका कर्मचारी दबाब र प्रेसरमा काम गर्न बाध्य भएका छन् । भन्दा फरक पर्दैन । अर्थतन्त्र सुस्तदै जाँदा बैंक तथा वित्तीय संस्थाहरूमा किस्ता र ब्याज असुलीमा कठिनाइ बढेको देखिन्छ । त्यसको सीधा प्रभाव अहिले बैंक कर्मचारीदेखि व्यवस्थापन तहसम्म पुगेको छ । ग्राहकबाट किस्ता नउठ्दा कर्मचारीहरू तीव्र प्रेसर र असुरक्षाको मनोविज्ञानमा बाँधिन थालेका छन् । कर्मचारी माथि अभद्र व्यबहार गर्ने, कर्जा उठाउन नदिने जस्ता कार्यले थप समस्या निम्तिएको छ । केही बैंकका कर्मचारी माथि लगातार धम्की दिने काम भइरहेको छ । विभिन्न नाम र बहानामा व्यबसायी दुर्गा प्रसाई समुहले कर्जा नतिर्न भित्र भित्र ऋणीलाई उकास्ने काम भएकोले पनि थप समस्या बढेको भेटिएको छ । गभर्नर साब हेक्का होस् ।

कोरोना महामारीपछि सुरु भएको आर्थिक मन्दी र त्यसपछिका राजनीतिक अस्थिरताले निजी क्षेत्रको लगानी घटाएको छ। उत्पादन र व्यापार सुस्त हुँदा ऋण लिने ग्राहकहरूको आय घटेको छ। अझ जेनजी आन्दोलनपछि बैंकिङ क्षेत्रले ठूलो दबाब र अनिश्चितताको सामना गरिरहेको छ । चालु आर्थिक वर्षको ६ महिना पुग्न थाल्दा नियमित किस्ता र ब्याज तिर्नुपर्ने ऋणीहरूले तिर्न सकेका छैनन् । यसले बैंकहरूलाई थप तनावमा पुर्‍याएको छ । जेनजी आन्दोलनपछि कर्जा असुलीमा समस्या मात्र होइन्, नयाँ लगानी र परियोजना समेत अगाडि बढ्न सकेको छैन । पछिल्ला दुई आर्थिक वर्षको पहिलो त्रैमासमा ऋण असुलीमा चुनौती देखिएको थियो। तर, यस वर्ष जेनजी आन्दोलनको प्रभाव, भारी वर्षा र सडक अवरुद्धका कारण स्थिति अझ बिग्रिएको छ । ऋणीहरूले नियमित ब्याज तिर्न नसक्दा बैंकहरूको नाफा घट्ने चिन्ता बढेको देखिन्छ ।

उद्योग, ब्याकवार्ड र फवार्ड लिङकेज भएका व्यवसायहरूले समेत ठूलो क्षति भोगेका छन् । भन्दा फरक पर्दैन । आन्दोलनपछि ऋणीहरूले कर्जा असुलीमा जेनजीको नाममा धम्की दिने, विभिन्न बहाना बनाउने जस्ता चुनौतीपूर्ण व्यवहार देखाएको समेत सिइओ साबहरु बताउँछन् ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले निजी क्षेत्रमाथि प्रत्यक्ष आर्थिक र भौतिक क्षति पुर्‍याएको देखिन्छ । जसअनुसार, १ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको स्वीकृत कर्जामध्ये १ खर्ब ४ अर्ब मात्र उपयोग भएको छ र त्यसमा ३७ अर्ब रुपैयाँको नोक्सानी भएको तथ्यांक छ । उद्योग, ब्याकवार्ड र फवार्ड लिङकेज भएका व्यवसायहरूले समेत ठूलो क्षति भोगेका छन् । भन्दा फरक पर्दैन । आन्दोलनपछि ऋणीहरूले कर्जा असुलीमा जेनजीको नाममा धम्की दिने, विभिन्न बहाना बनाउने जस्ता चुनौतीपूर्ण व्यवहार देखाएको समेत सिइओ साबहरु बताउँछन् । कतिपयले जग्गा बिक्री गरेर ऋण तिर्ने वाचा गरेका भए पनि बिक्री हुन नसकेको वा मालपोत कार्यालयमा आगजनी जस्ता कारण देखाउँदै ऋण तिर्न असमर्थ भएको तर्क गरेका छन् । ऋण असुलीमा बैंकहरु कठिन अवस्थामा पुगेका छन् । नियमित ब्याज तिर्नेहरूले समेत समस्या देखाउँदा बैंकिङ क्षेत्रको चुनौती बढेको छ । भन्दा फरक पर्दैन ।

बैंक तथा वित्तीय संस्थाहरूले ऋणीबाट असुली नभएका कर्जालाई सुरक्षा धितो बिक्री वा स्वीकार गर्ने प्रक्रिया अपनाउँछन् । तर, सरकारले जग्गा स्वीकारको सीमा हटाएपछि बैंकहरूले गैर बैंकिङ सम्पत्ति उल्लेख्य बढाएको तथ्यांक छ । गत आर्थिक वर्षको तुलनामा ६१.७३ प्रतिशत गैर बैंकिङ सम्पति बढेको छ । बैंकहरूले कर्जा नउठेपछि नाफाबाट रकम छुट्याएर खराब कर्जा व्यवस्थापन गर्दै आएका छन् । यदि धितो लिलाम बिक्री नभएमा बैंकले आफैँ स्वीकार गर्नुपर्छ । यसरी स्वीकार गरिएको धितो गैर बैंकिङ्ग सम्पत्तिमा रूपान्तरण हुन्छ ।

पुस मसान्त नजिकिँदै गर्दा प्रेसर थप बढेको छ । कर्जाको किस्ता असुल गर्न नसक्दा मुख्यालयबाट दैनिक रिपोर्ट माग्ने प्रथा बढेको छ ।

बैंकका कर्मचारीहरू हाल ‘टार्गेट प्रेसर’ मा छन्। पुस मसान्त नजिकिँदै गर्दा प्रेसर थप बढेको छ । कर्जाको किस्ता असुल गर्न नसक्दा मुख्यालयबाट दैनिक रिपोर्ट माग्ने प्रथा बढेको छ । एक बैंकका कर्मचारी भन्छन्, ‘ग्राहकसँग साक्षात्कार गरेर असुली गर्न जान्छौं, तर बजारमा नगद चलायमान छैन । यस्तोमा बैंकले पनि महसुस गर्नु पर्छ । तर, टार्गेट पुरा नगरेपछि कर्मचारी नै दोषी ठहरिन्छ ।’ किस्ता असुलीको लक्ष्य नपुग्दा इन्सेन्टिभ कटौती, ट्रान्सफरको डर, र कामको असुरक्षा जस्ता समस्या बढेको देखिन्छ । गभर्नर साब हेक्का होस् ।

नेपाल राष्ट्र बैंकले दिएको सहुलियतका कारण वित्तीय विवरणमा तत्काल खराब कर्जा धेरै देखिएन, तर असली स्थिति असोज मसान्तपछि देखिन थालेको छ । बैंकहरूले धितो लिलाम गर्ने वा गैरबैंकिङ सम्पत्ति स्वीकार गर्ने कुनै आर्थिक गतिविधि देखाएको छैन । व्यवसायीहरू पनि अहिले ब्याज तिर्न असमर्थ छन्। बैंकहरूले ऋण असुलीमा दबाब बढाउँदा ऋणी रिसाउने अवस्था देखिएको छ । बैंकहरूमा कर्मचारीहरूले फोन गर्दा उल्टै गाली सुन्ने स्थिति रहेको छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थाले ऋण असुलीमा तत्काल कदम चाल्न कठिनाइ महसुस गरिरहेको देखिन्छ ।

जेनजी आन्दोलन, भारी वर्षा, सडक अवरुद्ध, र राजनीतिक अस्थिरताले बैंकिङ क्षेत्रमा गहिरो प्रभाव पारेको छ । ऋणीले ब्याज तिर्न नसक्दा बैंकहरूलाई वित्तीय दबाब, खराब कर्जा वृद्धि, नाफा घट्ने चुनौतीहरू बढेका छन् । बैंकहरूले बैंकिङ क्षेत्रमा रिकभरीको अवस्था सबैभन्दा चुनौतीपूर्ण भएको बताएका छन् । ऋणीहरू पनि आर्थिक अनिश्चितता र सुरक्षा नहुँदा ब्याज तिर्न नसक्ने अवस्था देखिएका छन् । बैंक तथा वित्तीय संस्थाहरू ऋण असुली, लगानी प्रवाह, कर्मचारी दबाब, र वित्तीय स्थायित्व कायम राख्ने दिशामा केन्द्रित देखिन्छ । सचेत भया ।

60
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका