जोडिनुहोस
आइतवार, माघ १९, २०८२
आइतवार, माघ १९, २०८२
  • होमपेज
  • इसेवाबाट १ करोड बढीको अवैध कारोबार गर्ने १९ वर्षीय किशोर पक्राउ

इसेवाबाट १ करोड बढीको अवैध कारोबार गर्ने १९ वर्षीय किशोर पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अरूको कम्पनीको कागजात दुरुपयोग गरी अनलाइन भुक्तानी सेवा प्रदायक इसेवामार्फत शंकास्पद आर्थिक कारोबार गरेको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उप्रेतीले खोलेको ई–सेवा मर्चेन्ट आईडीबाट ५६ लाख ३३ हजार ६ सय ३ रुपैयाँ र इसेवा वालेटबाट ५६ लाख ३१ हजार ६ सय ३ रुपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको छ। उनले सट्टेबाजी लगायतका प्रयोजनका लागि १ करोड १२ लाख रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको प्रहरीको ठहर छ।

प्रहरीले उप्रेतीको साथबाट अपराधमा प्रयोग भएका विभिन्न सामग्रीहरू समेत बरामद गरेको छ। बरामद सामग्रीहरूमा एउटा ल्यापटप, दुई थान मोबाइल, १६ थान एनसेलको सिमकार्ड, ३ थान नमस्तेको सिमकार्ड, एउटा स्मार्ट सिम, पेन ड्राइभ र मेमोरी कार्ड रहेका छन्।

180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?