
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले राजीनामा दिएका छन् । फाइनान्सका सिइओ तोयराज अधिकारीले पदबाट राजीनामा दिएका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी हुन उनले सिइओ पदबाट राजीनामा दिएको बताइएको छ ।उनी निकट स्रोतका अनुसार अधिकारीले कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिने तयारी गरेका छन् । सिइओ अधिकारीले पुष १७ गते राजीनामा बुझाएका थिए । तर, उनको राजीनामा शुक्रबार स्वीकृत भएको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































