
नेपाल राष्ट्र बैंकले सानै उमेरदेखि बालबालिकाको नाममा बैंक खाता खोल्न प्रोत्साहन गरेको छ। यसबाट बालबालिकामा बचत गर्ने बानी विकास हुनुका साथै अभिभावकलाई उनीहरूको भविष्यका लागि वित्तीय योजना बनाउन सहयोग पुग्ने केन्द्रीय बैंकको भनाइ छ।
राष्ट्र बैंकका अनुसार बैंक खाता खोल्न उमेरको कुनै सीमा नतोकिएकाले सानै उमेरदेखि बालबालिकालाई बैंकिङ प्रणालीसँग परिचित गराउन सकिन्छ। यसले दीर्घकालमा वित्तीय चेतना अभिवृद्धि गर्दै सुरक्षित बचत संस्कृतिको विकासमा योगदान पुग्ने अपेक्षा केन्द्रीय बैंकको छ।
जन्मदर्ता प्रमाणपत्र वा नाबालक परिचयपत्रका आधारमा कुनै पनि बैंक तथा वित्तीय संस्थामा नाबालकको नाममा खाता खोल्न सकिने व्यवस्था गरिएको छ। नाबालक कानुनी रूपमा बालिग नहुँदासम्म खाताको सञ्चालन अधिकार अभिभावक वा संरक्षकको जिम्मामा रहनेछ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































