जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • ग्यास वितरण सहज कुन ग्यास लिन कहाँ जाने?

ग्यास वितरण सहज कुन ग्यास लिन कहाँ जाने?

ग्यास वितरण सहज बनाउन थप १७ स्थानबाट बिक्री वितरण गर्न थालिएको छ। कोरोना त्रासका कारण एलपी ग्यासको माग अत्याधिक बढेर उपत्यकाको वितरण प्रणाली अस्तव्यस्त भएपछि नेपाल आयल निगमले नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा डेढ दर्जन आउटलेट थप गरिएको हो।

उपभोक्ताले सहज रुपमा खाना पकाउने ग्यास नपाएको गुनासो बढेपछि उपत्यकालगायत आसपासका क्षेत्रमा ग्यास कारोबार गर्ने उद्योग तथा बिक्रेताले नयाँ आउटलेट थपेका हुन्।

अति आवश्यक भएको अवस्थामा तत्काल माग पूर्ति गर्नका लागि तोकिएकै मुल्यमा नयाँ आउटलेटबाट ग्यास उपलब्ध गराइने भएको हो। नेपाल ग्यास र तारा ग्यासले बालाजु, अनामनगर र सातदोबाटो, सागर ग्यास र चण्डी ग्यासले जडिबुटी, एसटिसी ग्यासले कालीमाटी र जडिबुटी र ओम ग्यासले थली र नैकापमा नयाँ बिक्रीकक्ष राखेको छ। त्यस्तै बाबा/श्री/लुम्बिनी ग्यासले कपन र धुम्बाराहीबाट बिक्री वितरण गर्नेछ।

12175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका