अब कामना सेवा विकास बैंकका ग्राहक महानुभावहरुले घरमा नै बसेर भाइवर वा फेसबुक मेसेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमद्वरा खाता खोल्ने ब्यवस्थ गरेको छ ।
साथै सामाजिक सञ्जालबाटै केवाइसी अपडेट गर्ने , चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउने जस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका छन् ।
बैंकका अध्यक्ष सुदिप आचार्यद्वारा फेसबुक लाईभका माध्यमबाटआज यो नवीनतम् प्रविधिमा आधारित “ प्क्द्यद्यी क्यअष्ब िःभमष्ब द्यबलपष्लन एबितायचm”को शुभारम्भगर्नुभएको हो ।
भाईबरको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्न ग्राहक मानुभावहरुले बैंकले प्रदान गरेको त्तच् ऋयमभ क्अबल गर्नु पर्ने छ भने फेसबुकको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाऊनु पर्ने बैंकले जनाएको छ ।
कोरोनाभाइरसको महामारीकोबीच सोसल मिडिया बैंकिङसेवा शुरुवात गरी बैंकले आफ्ना ग्राहक महानुभावहरुलाइथप सुविधा प्रदान गरी बैंकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु घरमै बसी लिन सकिने व्यवस्था गरेकोले यसबाट ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।