जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सहुलियत पसलबाट ३५ दिनमा साल्ट ट्रेडिङले तीन करोडको खाद्यान्न बेच्यो

सहुलियत पसलबाट ३५ दिनमा साल्ट ट्रेडिङले तीन करोडको खाद्यान्न बेच्यो

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चाडपर्व लक्षित सहुलियत पसलबाट एक महिनामा तीन करोड  रुपैयाँको खाद्यान्न बिक्री गरेको छ। असोज एक गतेदेखी चाडपर्व लक्षित सहुलियत पसल सुरु भएको थियो।

सहुलियत पसल संचालन भएको ३५ दिनमा तीन करोड भन्दा बढी खाद्यान्न बिक्री भएको  बजार प्रबन्धक प्रज्वल प्रधानले बताए। कालिमाटीबाट मात्र दैनिक साढे ४ लाख भन्दा बढी खाद्यान्न बिक्री हुने गरेको उनले बताए।

उनका अनुसार दैनिक ३ सय भन्दा बढी  उपभोक्ताहरु खाद्यान्न खरिदका लागि आउने गरेको पाइएको छ। सात वटा आउलेटबाट दैनिक १३  लाख भन्दा बढीको खाद्यान्न  बिक्री भएको प्रधानले बताए। दसैंको केही दिन अघि भने दैनिक १५ लाखको कारोबार भएको उनले बताए।

गत बर्ष कोभिडका कारण त्रास रहेपनि सात वटा आउलेटबाट दैनिक २ लाख रुपैयाँ देखी १५ लाख रुपैयाँसम्म बिक्री भएको थियो। त्यो बेलामा इन्डक्सन चुल्हो बढी बिक्री भएको थियो। बजार भाउ भन्दा बोरामा ४० रुपैयाँ चामल र तेल लिटरमा १० रुपैयाँ सस्तो छ।

6365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?