जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कृषि विकास बैंक र निजामति अस्पतालबिच बैंकिङ्ग सेवा सम्बन्धी सम्झौता

कृषि विकास बैंक र निजामति अस्पतालबिच बैंकिङ्ग सेवा सम्बन्धी सम्झौता

कृषि विकास बैंक र निजामति अस्पतालबिच सम्झौता भएका छन् । अस्पताल परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटिएम लगायतका सेवा संचालन गर्ने तथा अस्पतालको विलिङ्ग काउन्टर बैंकबाट संचालन गर्ने सम्वन्धमा बुधबार एक समारोहका बिच सम्झौता भएको हो ।

आगामी दश बर्षका लागी भएको उक्त सम्झौता पत्रमा अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताले अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारण समेतलाई विविध बैंकिङ्ग सेवाहरु सहज रुपमा उपलब्ध हुनेछन ।

देशको ७७ जिल्लामा एक्सटेन्सन काउण्टर समेत गरी २८० वटा शाखा संजाल रहेको सरकारी स्वामित्व भएको बैंकले आफ्नो सेवा विस्तारको क्रममा निकट भविष्यमा पूर्ण बैंकिङ्ग सेवा संचालन गर्ने लक्ष्य सहित आगामी श्रावण महिना देखि सेवा संचालन गर्ने भएको छ ।

7165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका