जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • वान एक्स बेट प्रकरणः पक्राउ परेका बल्छी ध्रुवेसहितका कलाकारविरुद्ध अदालतमा मुद्धा, ६५ करोड बिगो दाबी !

वान एक्स बेट प्रकरणः पक्राउ परेका बल्छी ध्रुवेसहितका कलाकारविरुद्ध अदालतमा मुद्धा, ६५ करोड बिगो दाबी !

नेपालमा बर्जित अनलाइन बेटिङ प्लेटफर्म वान एक्स बेटको विज्ञापन गरेको अभियोगमा पक्राउ परेका कलाकारहरुविरुद्ध मुद्धा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पक्राउ परेका मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर)सहितका कलाकारहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता गरेको हो ।

सरकारी वकिल कार्यालयका अनुसार सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । अदालतमा दर्ता भएको उक्त मुद्दामा एक जना अभियुक्त भने फरार रहेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाएको हो । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ । उनीहरुविरुद्ध वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवासाइटको प्रचार गरेको आरोप लागेको छ ।

उक्त ऐनको दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ । त्यस्तै, विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार पनि मुद्दा चलाएको सरकारी वकिल कार्यालयले जनाएको छ । त्यस्तै, एकीकृत कसुरबापत थप सजाय पनि माग गरिएको छ ।

955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?