जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल एसबीआइ बैंकको नाफामा उच्च गिरावट

नेपाल एसबीआइ बैंकको नाफामा उच्च गिरावट

भारतीय संयुक्त लगानीको नेपाल एसबीआइ बैंकको नाफा निरन्तर घट्न थालेको छ। बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार, खुद नाफा फराकिलो अन्तरले घटेको छ।

बैंकको नाफा एक अर्ब ५४ करोडबाट घटेर ९६ करोडमा झरेको छ। यो भनेको ३७.७३ प्रतिशतको गिरावट हो। बैंकले ८ प्रतिशतले ब्यापार बढाए पनि खुद ब्याज आम्दानी २९ प्रतिशतले घटेको छ। ४ अर्ब ४ करोडको खुद ब्याज आम्दानी २ अर्ब ८६ करोडमा आएको छ।

बैंकले फी, कमिसन तथा छुटजस्ता आम्दानी भने करिव २७ प्रतिशतले बढाएर ९९ करोड ४० लाख रुपैयाँ गरेको छ। बैंकको प्रोभिजनिङ ३७ प्रतिशतले बढेर २७ करोड २७ लाख रुपैयाँ पुगेको छ।

यसबीचमा कुल ऋण ९६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने निक्षेप करिव ४ प्रतिशतले घटेर एक खर्ब ६ अर्बमा झरेको छ। बैंकको आधार दर ९.२५ प्रतिशतबाट ७.३७ प्रतिशतमा आएको छ। बैंकको ब्याज स्प्रेड ३.८७ प्रतिशतबाट ३.१८ प्रतिशतमा आएको छ। यसले पनि नाफामा गिरावट आएको हो।

बैंकको प्रति सेयर आम्दानी मुस्किलले दोहोरो अंकमा छ। प्रति सेयर आम्दानी १०.१२  रुपैयाँ छ। मूल्य आम्दानी अनुपात ४०.४१ गुणा छ।

4680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका