जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • लक्ष्मी बैंकको विशेष साधारणसभाबाट सनराइजसँगको मर्जर प्रक्रिया स्वीकृत

लक्ष्मी बैंकको विशेष साधारणसभाबाट सनराइजसँगको मर्जर प्रक्रिया स्वीकृत

लक्ष्मी बैंक लिमिटेडको आज असार ३ गते सम्पन्न विशेष साधारणसभाले सनराइज बैंकसँगको मर्ज प्रक्रिया स्वीकृत गरेको छ।

सभाले लक्ष्मी बैंक र सन्राइज बैंकबीच १ः१ को सेयर अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गरेको छ।

सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जरपश्चात वृद्धि हुने सेयर पूँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचनाबमोजिम बैंकको प्रबन्धतपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ।

नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिस्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्तभित्रै दुवै बैंक गाभिई एकीकृत कारोबार सुरु गर्ने बैंकको लक्ष्य रहेको छ।

3590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका