जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • कामना सेवाद्वारा स्मार्टफोन विजेता घोषणा

कामना सेवाद्वारा स्मार्टफोन विजेता घोषणा

कामना सेवा विकास बैंकले स्मार्टफोन विजेता घोषणा गरेको छ । बैंकले भाद्र १९ – २४ सम्म संचालनमा ल्याएको केएस डिजिटल वीक अफरको विजेता घोषणा गरेको हो । बैंकले केएस डिजिटल वीकमा डिजिटल करोबार प्रोत्साहन गर्नको लागि बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न अफरहरु उपलब्ध गराएको थियो ।

विभिन्न अफर मध्ये, एफ१ सफ्ट सँगको साझेदारीमा संचालन गरेको अफर अन्तर्गत कामना सेवाका ग्राहकहरुले आफ्नो केएस आइ मोबाइल एप मार्फत कुनैपनि तीन वटा फरक ट्रान्जेक्शन गरेका दुई जनाले स्मार्टफोन प्राप्त गरी भाग्यशाली विजेता बन्न सफल भएका छन् ।

उक्त कारोबार गर्ने ग्राहकहरु बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिनय दाहालद्वारा लक्की ड्र गरी हेटौंडाका अजित बिडारी र वीरगंजका परफेक्ट सोलुसन सेन्टरलाई स्मार्टफोनको विजेता घोषणा गरिएको थियो । उक्त स्मार्टफोन बैंकले भाग्यशाली ग्राहकहरुलाई बैंकको सम्बन्धित शाखाका शाखा प्रमुखद्वारा उपहार हस्तान्तरण गरिएको थियो ।

5415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका