जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जनताको ३ दिने बैंकिङ्क साक्षरता र आधारभुत प्राथमिक स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न

जनताको ३ दिने बैंकिङ्क साक्षरता र आधारभुत प्राथमिक स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न

जनता बैंक र नेपाल रेडक्रस सोसाइटी, कुशादेवी उपशाखा पनौतीको संयुक्त आयोजनामा पनौती नगरपालिका वडा नं. २ र ३ मा तीन दिने बैंकिङ्क साक्षरता तथा आधारभुत प्राथमिक उपचार कार्यक्रम सम्पन्न गरिएको छ ।

यहि मिति २०७६ असोज ११, १२ र १३ गते गरी ३ दीन सम्म संचालित उक्त कार्यक्रममा पनौती नगरपालिका वडा नं. २ र ३ का जनप्रतिनितिहरु, जनता बैंक पनौती शाखाका कर्मचारीहरु, उक्त क्षेत्रमा रहेका सहकारीका कर्मचारीहरु, विद्यालयका शिक्षकहरु र कुशादेवी क्याम्पसका विद्यार्थीहरु गरी करिव १०० जना वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएका थिए ।

त्यसैगरी वडा नं. २ र ३ को दैविप्रकोप जोखिम न्युनीकरण समितिले वडाका भौगोलिक क्षेत्र समेटीने गरी छनौट गरेका २४ जना सहभागीहरुलाई मान्यता प्राप्त प्रशिक्षक द्वारा पाठ्यक्रममा आधारित ३ दिने आधारभुत प्राथमिक तालिम प्रदान गरिएको थियो । उक्त तालिम लिएका ब्यक्तिहरुले गाउँमा आइपर्ने कुनै घटनाबाट घाइते हुन पुगेकाहरुलाई प्राथमिक उपचार गरी नजिकको स्वास्थ्य संस्थामा पठाउन सक्ने छन् ।

8420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका