जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटिजन लाइफ पनि प्रिमियम मूल्यमा आइपीओ ल्याउने पालो पर्खिंदै

सिटिजन लाइफ पनि प्रिमियम मूल्यमा आइपीओ ल्याउने पालो पर्खिंदै

प्रिमियममा आइपीओ ल्याउन स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड पुग्ने इन्स्योरेन्स कम्पनीहरुमा एउटा अझै थपिएको छ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि आवेदन बोर्डमा परेको हो। सिटिजनले दुई थरी मूल्यमा सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले आफ्ना कर्मचारीका लागि एउटा मूल्य र सर्वसाधारणका लागि अर्को मूल्य राख्‍ने तयारी गरेको छ। कर्मचारीलाई अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ र त्यही सेयर सर्वसाधारणलाई १९० रुपैयाँ प्रिमियम थप गरी बिक्री गर्ने भएको हो। सर्वसाधरणले उक्त कम्पनीको सेयर खरिद गर्दा प्रति कित्ता २९० रुपैयाँ तिर्नु पर्नेछ।

कम्पनीले ३ अर्ब १५ करोड ५६ लाख २५ हजार बराबरको १ करोड २५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने योजना छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल छ।

यसअघि आईएमई लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ लगायतका कम्पनीहरुले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न स्वीकृति माग्दै बोर्डमा निवेदन दिएका थिए।

3235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका