जोडिनुहोस
मङ्लबार, साउन ५, २०८३
मङ्लबार, साउन ५, २०८३
  • होमपेज
  • जीवन बीमा कम्पनीका कर्मचारीहरूको तलब सुविधा डरलाग्दोः नौ महिनामै ५ अर्ब १० करोड खर्च !

जीवन बीमा कम्पनीका कर्मचारीहरूको तलब सुविधा डरलाग्दोः नौ महिनामै ५ अर्ब १० करोड खर्च !

नेपालका १४ जीवन बीमा कम्पनीहरूका कर्मचारीहरूको तलब भत्ता डरलाग्दो छ भन्दा फरक पर्दैन । ९ महिनाको अवधिमा कर्मचारीहरूको तलब भत्तामा मात्रै ५ अर्ब १७ करोडभन्दा बढी खर्च गरेको भेटिएको छ । चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नेपालका १४ जीवन बीमा कम्पनीहरूको कर्मचारी सुविधा खर्च (एम्प्लोयी बेनिफिट्स एक्सपेन्सेस) बढेको देखिएको छ । यसमा कर्मचारीको तलब, भत्ता, बोनसदेखि कर्मचारीलाई उपलब्ध गराइने अन्य सेवासम्बन्धी खर्चसमेत समावेश हुन्छ भन्दा फरक पर्दैन ।

वित्तीय विवरणअनुसार १४ कम्पनीको कुल कर्मचारी सुविधा खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४८ प्रतिशत बढेर ५ अर्ब १७ करोड ९८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ४ अर्ब ६४ करोड ६५ लाख रुपैयाँ रहेको थियो भन्दा फरक पर्दैन । कर्मचारी सुविधा खर्चका आधारमा हिमालयन लाइफ सबैभन्दा अगाडि रहेको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७० करोड १ लाख रुपैयाँ कर्मचारी सुविधा खर्च गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो खर्च ६८ करोड २३ लाख रुपैयाँ रहेको थियो ।

दोस्रो स्थानमा रहेको नेपाल लाइफले ६७ करोड ४१ लाख रुपैयाँ कर्मचारी सुविधा खर्च गरेको छ । यो खर्च अघिल्लो वर्षको ५७ करोड २८ लाख रुपैयाँको तुलनामा १७.६९ प्रतिशतले बढी हो । सूर्यज्योति लाइफले ४९ करोड ९७ लाख रुपैयाँ, नेशनल लाइफले ३९ करोड ७९ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ३७ करोड ३ लाख रुपैयाँ कर्मचारी सुविधामा खर्च गरेका छन् । यी कम्पनीहरूको खर्च पनि अघिल्लो वर्षको तुलनामा वृद्धि भएको देखिएको छ ।त्यसै गरी आईएमई लाइफको कर्मचारी सुविधा खर्च ३३ करोड ८ लाख रुपैयाँ, एलआईसी नेपालको ३२ करोड ६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ३१ करोड ९९ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको ३१ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

यस्तै सन नेपाल लाइफले २८ करोड ५३ लाख रुपैयाँ, मेट लाइफले २८ करोड १२ लाख रुपैयाँ, सिटिजन लाइफले २७ करोड ६५ लाख रुपैयाँ र एशियन लाइफले २६ करोड ९० लाख रुपैयाँ कर्मचारी सुविधामा खर्च गरेका छन् । सबैभन्दा कम कर्मचारी सुविधा खर्च राष्ट्रिय जीवन बीमा कम्पनीको रहेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म १३ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ । यद्यपि प्रतिशतका आधारमा भने यही कम्पनीको कर्मचारी सुविधा खर्च सबैभन्दा धेरै अर्थात् ९३.२९ प्रतिशतले बढेको देखिएको छ । प्रतिशत वृद्धिका आधारमा रिलायबल नेपाल लाइफ दोस्रो स्थानमा रहेको छ । कम्पनीको कर्मचारी सुविधा खर्च २८.६८ प्रतिशतले बढेको छ । त्यसपछि आईएमई लाइफको १९.२१ प्रतिशत, नेपाल लाइफको १७.६९ प्रतिशत र एलआईसी नेपालको १४.०७ प्रतिशत वृद्धि भएको देखिन्छ भन्दा फरक पर्दैन । सचेत भया ।

35
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका