जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • बैंकहरुले ब्याजदरलाई स्थिर राखे: मुद्दतीको ९.९९ प्रतिशत

बैंकहरुले ब्याजदरलाई स्थिर राखे: मुद्दतीको ९.९९ प्रतिशत

बैंक तथा वित्तीय संस्थाहरुले जेठमा पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। जेठ १ गतेबाट लागू हुने ब्याजदर सार्वजनिक गर्दै उनीहरुले पुरानै ब्याजदरलाई निरन्तरता दिएका हुन्।

वाणिज्य बैंकहरुले साधारण मुद्दतीको ब्याजदर ९.९९ प्रतिशत राखेका छन्। बचतको ब्याजदर ५.४ देखि ७ प्रतिशतसम्म कायम गरेका छन्। केही बैंकले बचतको सबै ब्याजदर ७ प्रतिशत पनि कायम गरेका छन्।

गत बिहीबार नै बैंकहरुले निक्षेपको ब्याजदर पहिलेकैलाई निरन्तरता दिने निर्णय गरेका थिए। बैंकर्स संघको कार्यसमितिले ब्याजदरलाई स्थिर राख्‍ने निर्णय गरेको थियो।

नियामकीय प्रावधान अनुसार, अर्को महिनाको ब्याजदर अघिल्लो महिनाको मसान्तभित्रै प्रकाशित गरिसक्नु पर्छ। त्यही भएर वैशाख मसान्तका दिन बैंक तथा वित्तीय संस्थाहरुले जेठको ब्याजदर प्रकाशित गरेका हुन्।

नेपाल राष्ट्र बैंकले बैंक दर १ प्रतिशत विन्दुले घटाएर साढे ७ प्रतिशतमा झारेको छ। शुक्रबार जारी मौद्रिक समीक्षाले बैंक दर घटाउने घोषणा गरेको हो। यसले बैंकहरुलाई ब्याज कम गर्न संकेत गर्छ।

3020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?