जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • सानिमा बैंकले विपन्न महिलाको उपचारका लागि सहयोग गर्ने, पाटन अस्पतालसँग सम्झौता

सानिमा बैंकले विपन्न महिलाको उपचारका लागि सहयोग गर्ने, पाटन अस्पतालसँग सम्झौता

 सानिमा बैंकले विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ। यस सम्बन्धमा बैंकले पाटन अस्पतालसँग सम्झौता गरेको छ।

बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र अस्पतालका निर्देशक डा. रवि शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता एक वर्षका लागि भएको बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

सम्झौता अनुसार बैंकले न्यून आर्थिक अवस्था भएका महिलाको उपचारका लागि अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ।

बैंकले प्रत्येक नारी बचत खाता खोलेबापत मासिक १ रुपैयाँका दरले नारी राहत कोषमा रकम जम्मा गर्दै आएको छ। कोषमा जम्मा भएको रकम बैंकले देशका विभिन्न अस्पतालमार्फत विपन्न नारीको उपचारमा सहयोग गर्दै आएको छ।

बैंकले विपन्न महिलाहरुको उपचारका लागि पाटन अस्पतालमार्फत २०७४ देखि आर्थिक सहयोग गर्दै आएको छ।

2320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका