जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • शिखर इन्स्योरेन्सले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने

शिखर इन्स्योरेन्सले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने

शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद दिने निर्णय गरेको छ।

कम्पनीको संचालक समितिले गरेको निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ साधारण सभाबाट पारित भए पश्चात सेयरधनीले २६ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको बोनस सेयर पाउनेछन्।

2145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका