जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकको शाखा कार्यालय मिर्चैयाले श्री ब्रम्हचारी दामोदरानन्द कलेजमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजका प्रमुख, शिक्षक र स्नातक तथा स्नानकोत्तर तहका विद्यार्थीहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा ७० जनाभन्दा बढी विद्याथीहरुको सहभागिता थियो । कम्पनीका कर्मचारीद्वारा उक्त कार्यक्रममा सहभागीहरुलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता लगायतका विषयमा साक्षरता प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै कलेजका प्रमुख सन्जय कुमार साहले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजना गरिएको कार्यक्रम सकरात्मक रहेको बताए । कम्पनीले यस प्रकारका कार्यक्रमहरु आगामी दिनमा पनि सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।

2395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका