जोडिनुहोस
आइतवार, असार २१, २०८३
आइतवार, असार २१, २०८३
  • होमपेज
  • टाटाका गाडी किन्‍न महालक्ष्मी विकास बैंकले सहज कर्जा दिने

टाटाका गाडी किन्‍न महालक्ष्मी विकास बैंकले सहज कर्जा दिने

टाटा ब्रान्डका गाडी खरिदको लागि महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशत ब्याजमै कर्जा प्रदान गर्ने भएको छ ।

बैंक र टाटाको डिलर जेबी अटोमोटिभ कम्पनीबीच भएको सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकले महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् ।

विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ५० प्रतिशत बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।

कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।

2325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका