जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकले कीर्तिपुरमा रोप्यो ७०० भन्दा बढी विरुवा

स्ट्यान्डर्ड चार्टर्ड बैंकले कीर्तिपुरमा रोप्यो ७०० भन्दा बढी विरुवा

स्ट्यान्डर्ड चार्टर्ड बैंकले विश्व वातावरण दिवस २०२५ को सन्दर्भमा सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रमलाई वृहत वृक्षारोपण अभियानमार्फत समापन गरेको छ । उक्त अभियान कीर्तिपुरस्थित लेबोरेटरी माध्यमिक विद्यालयमा सम्पन्न भएको हो ।

कार्यक्रमअन्तर्गत बैंकका ३५० भन्दा बढी कर्मचारी सहभागी भई २० भन्दा बढी जातका ७०० भन्दा बढी फलफूल, फूलफुल्ने र छायाँ दिने विरुवा रोपिएका थिए ।यस अभियानले हरियाली प्रवर्द्धन, जैविक विविधता संरक्षण तथा दीर्घकालीन वातावरणीय दिगोपनामा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।

साथै, गत वर्ष रोपिएका बिरुवाहरूको समेत सफाइ र हेरचाह गरिएको थियो । वृक्षारोपण कार्यक्रमको औपचारिक सुरुआत बैंकका सीईओ गोरख राणा, डेपुटी सीईओ सर्वेन्द्र मिश्र र विद्यालयका उप-प्रधानाध्यापक पेम्बा छिरिङ शेर्पाले संयुक्त रूपमा गरे ।

कार्यक्रम अघि बैंकले वातावरण संरक्षण, जलवायु लचिलोपन र दिगोपनका विषयमा जनचेतनामूलक गतिविधिहरू पनि सञ्चालन गरेको थियो ।

1545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका