नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन कानुनी स्पष्टता अत्यन्तै आवश्यक रहेको बताएका छन्। बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिलाई स्वागत गर्दै उनले पछिल्लो अस्थिर राजनीतिक अवस्थाबीच कानुनको अस्पष्टताले आर्थिक गतिविधिमा थप जटिलता ल्याउने औंल्याए।
कानुनी स्पष्टता
गभर्नर पौडेलले कानुनको व्याख्या स्पष्ट नभए धेरै क्षेत्रमा समस्या देखिने बताए। विशेषगरी समाचार लेखनका क्रममा कानुनी आधार नबुझ्दा गलत सन्देश जाने खतरा हुने भएकाले पत्रकार समुदाय सचेत हुनुपर्नेमा उनले जोड दिए। उनले भने, “कानुनको स्पष्टता सबै क्षेत्रमा आवश्यक पर्छ। विशेष गरी पत्रकारले समाचार लेख्दा कानुनको व्याख्या राम्रो नभए गलत सन्देश जान सक्छ, यसमा सबै सचेत हुनुपर्छ।”
जेनजी आन्दोलन र पुनर्निर्माणको चुनौती
भदौ २३–२४ गतेको ‘जेनजी आन्दोलन’ले मुलुकका कैयौँ सरकारी संरचना, बैंक शाखा, एटिएम र निजी व्यापारिक भवनमा ठूलो क्षति पुर्याएको छ। पौडेलले आन्दोलनपछिको अवस्थाबारे जानकारी दिंदै पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक भए पनि अझै महत्वपूर्ण कुरा सुशासन र प्रशासनिक कार्यक्षमता सुधार हुने बताए।
उनका अनुसार, आन्दोलनका क्रममा देशभर ६८ वटा बैंक शाखा र ६९ वटा एटिएम तोडफोड भए। सबैभन्दा ठूलो क्षति संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा भएको हो, जहाँ करिब ३८ करोड रुपैयाँ बराबरको नगद र सुन नोक्सानी भएको छ।
यद्यपि, उनले सम्पूर्ण वित्तीय प्रणाली सुरक्षित रहेको प्रस्ट्याए। “कसैको खातामा क्षति भएको छैन, लकर सुरक्षित छन्, सम्पूर्ण प्राविधिक प्रणाली पनि अक्षुण्ण छ,” उनले भने।
निजी क्षेत्रको मनोबल उच्च बनाउनुपर्ने
गभर्नरले निजी क्षेत्रमाथि आक्रमण हुँदा व्यवसायीहरूमा त्रास बढेपनि अब लगानीकर्ताको मनोबल उच्च राख्दै अघि बढ्नु अनिवार्य रहेको बताए। उनका अनुसार, प्राथमिकता भनेको स्वदेशी लगानीलाई सुरक्षित गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नु हो, जसले विदेशी लगानी पनि आकर्षित गर्छ।
“प्रदर्शनले धेरै निजी भवनमा क्षति पु¥याएको छ। तर अब हाम्रो प्राथमिकता स्वदेशी लगानीलाई यहीँ रोक्ने वातावरण बनाउन सक्नु हो। त्यस्तो वातावरण बनाउन सकेमा अर्थतन्त्र गतिशील हुन धेरै समय लाग्दैन,” पौडेलले भने।
सुधार र दीर्घकालीन दृष्टिकोण
गभर्नर पौडेलका अनुसार अर्थतन्त्रको दिगो विकासका लागि तीन पक्ष अपरिहार्य छन् :
१. राजनीतिक स्थायित्व
२. लगानीमैत्री वातावरण
३. निजी क्षेत्रको मनोबल अभिवृद्धि
साथै उनले अर्थतन्त्रलाई संकट प्रतिरोधी बनाउन मौद्रिक नीतिबाट प्रभावित प्रतिष्ठान तथा व्यक्तिलाई सहुलियत दिने प्रतिबद्धता व्यक्त गरे।
शरद ओझालाई हाजिर नगराउन मन्त्रालयको पत्र
अनुभवको फर्जी कागजात बुझाएको पुष्टी भएपछि बर्खास्तमा परेका शरद ओझा बीमा प्राधिकरणको अध्यक्षकै हैसियतमा काम गर्न गएपछि अर्थ मन्त्रालयले उनलाई रोक्न औपचारिक पत्र पठाएको छ। ओझाले मंगलबार प्राधिकरण पुगेर अध्यक्षको हैसियतमा कर्मचारीसँग ‘ब्रिफिङ’ लिएका थिए। अर्थ मन्त्रालयले उनले बलजफ्ती गरेको थाहा पाएपछि हाजिर नगराउन प्राधिकरणका कर्मचारीलाई मौखिक निर्देशन दिएको थियो।
त्यसलाई अटेर गर्दै ओझा बिहीबार बिहानै कार्यालय पुगेका थिए। त्यसपछि उनले सचिवालय प्रयोग गरेर बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलका लागि डाकेका थिए। उनले जेनजी आन्दोलनपछि भएको तोडफोड र आगजनीबाट के कति क्षति भएको छ र त्यसको बीमा दाबी भुक्तानी कसरी गर्ने भनेर छलफल गरेका थिए।
त्यही बीचमा अर्थ मन्त्रालयले ओझालाई बोधार्थ दिएर बीमा प्राधिकरणमा पत्र पठाएको छ। पत्रमा ओझालाई हाजिर नगराउन तथा ओझालाई पनि अध्यक्षका रुपमा काम नगर्न भनिएको छ। पत्रपछि पनि उनले बलजफ्ती गरे सरकारले अन्य कानुन अनुसार कारबाही गर्ने स्रोतले बतायो।
अदालतको आदेश भन्दै मंगलबार नै कार्यालय गएको थाहा पाएपछि अर्थ मन्त्रालयले उनलाई छिर्न नदिनू भनेको थियो। तर, बिहीबार कार्यालय खुल्ने बित्तिकै ओझा बीमा प्राधिकरण पुगेका थिए। अनुभवको फर्जी कागजपत्र पेस गरेर अध्यक्ष बनेका ओझाले अदालतको आदेश भन्दै अर्को फर्जी काम गरेका हुन्। ‘अदालतको आदेश छ’ भन्दै आधिकारिक पत्रविनै उनले मंगलबार प्राधिकरणमा अध्यक्षको रुपमा हाजिर गरेका थिए।
अदालतले उनलाई बर्खास्त गर्ने निर्णयलाई यथास्थितिमा राख्नु भनेको छ। भदौ २ गते उनी बर्खास्त भएका थिए। त्यसअघि उनी निलम्बनमा परेका थिए। निलम्बन भने यथावत हुन्छ। तर, ओझाले बलजफ्ती बीमा प्राधिकरण कब्जा गरे।
ओझा असार ३० गते निलम्बनमा परेपछि नै अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिइएको थियो। तर, ओझाले मंगलबार प्राधिकरणका पोखरेलको फोटो हटाएर आफ्नो राख्न लगाएका थिए। साथै वेभसाइटमा पनि अध्यक्षका रुपमा आफ्नो फोटो राख्न लगाएका थिए।
आफ्नो जानकारीविना ओझाले जबर्जस्ती हाजिर गरेको भन्दै अर्थ मन्त्रालय चकित बनेको थियो। यस विषयलाई नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले गम्भीररुपमा लिएका थिए। मंगलबार नै अर्थमन्त्री खनालले के आधारमा पदबाहाली गरेको भन्दै सोधेका थिए। उनले ओझाले पदबहाली गर्न नपाउने भन्दै रोक्न निर्देशन समेत दिएका थिए।
सरकारले भदौ २ गते बर्खास्त गरेपछि ओझा सर्वोच्च अदालतमा गएकामा न्यायाधीश सारङ्गा सुवेदीको एकल इजालासले नयाँ नियुक्ति प्रकृया यथास्थितिमा राख्न भदौ २३ गते अल्पकालीन आदेश जारी गरेकी थिइन्।
उनको आदेशमा निलम्बनका बारेमा नबोलिएकाले भदौ २ गतेअघिकै अवस्थामा ओझा पुगेकाले उनले कार्यालय जान नपाउने बुझाइ मन्त्रालय र कानुन विज्ञहरुको छ। कानुनको राय लिएपछि मन्त्रालयले ओझालाई हाजिर नगराउन भनेको हो।
एनआइसी एसिया बैंकको प्रमुख कार्यकारीबाट रोशन न्यौपानेको राजीनामा
एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतबाट रोशनकुमार न्यौपानेले राजीनामा गरेका छन्। २०७९ कात्तिकमा चार बर्षका लागि पुन: नियुक्त पाएका न्यौपानेले कार्यकाल बाँकी छँदै राजीनामा गरेका हुन्। न्यौपानेको राजीनामा पछि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा सन्तोष राठीलाई ल्याइएको छ। उनी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत थिए।
न्यौपानेले बिहीबार बिहान राजीनामा गरेका हुन्। आजै सञ्चालक समिति बैठकबाट उनको राजीनामा स्वीकृत भइसकेको छ।
न्यौपानेले पारिवारिक कारणले बैंक छाड्नु परेको बताए।
सेबोनले मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुसँग माग्यो प्रस्ताव
नेपाल धितोपत्र बोर्ड(सेबोन)ले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। सेबोनले मुद्दती निक्षेपमा लगानीका लागि बैंकहरुसँग प्रस्ताव मागेको छ।
वाणिज्य बैंकले एक वर्षे ब्याजदरसहित पाँच दिनभित्र आवश्यक कागजातसहित सिलबन्दी प्रस्ताव पेस गर्न सूचना निकालेको छ। तरलता थुप्रिएकाले बैंकहरुले ठूलो आकारको निक्षेप अस्वीकार गरिरहेका छन्। अधिक तरलताकै कारण उनीहरुले पछिल्लो दुई वर्षदेखि ब्याजदर लगातार घटाइरहेका छन्। संस्थागत निक्षेपकर्ताले मुद्दतीमा अहिले २.७५ प्रतिशत मात्र ब्याज पाइरहेका छन्।
२० वाणिज्य बैंकहरुको नाफा करिब १० अर्ब गैर बैकिङ्ग सम्पत्ति ५० अर्ब माथीः राष्ट्र बैंक बेखबर
साउन महिनामा २० वाणिज्य बैंकहरुले करिब १० अर्ब नाफा कमाएका छन् भने बैंकहरुको गैर बैकिङ्ग सम्पत्ति बढेर ५० अर्ब भन्दा बढि देखिएको छ भन्दा अब चाहि फरक पर्दैन । साउन महिनामा सबैभन्दा बढि नाफा आईएमई समूहको चर्को लगानीमा स्थापित ग्लोबल आईएमई बैंकले कमाएको छ भन्दा फरक पर्दैन ।
साउन महिनामा नाफा एनआईसी एशिया बैंकले सुधार गरेको देखिन्छ । सरकारी स्वामित्वका नेपाल बैंक बैंक र राष्ट्रिय वाणिज्य बैंकले नाफामा उच्च सुधार गर्दै चौथो र पाँचौ भएको छ ।
दोस्रोमा चौधरी समूहको चर्को लगानी रहेको नबिल बैंकले नाफा कमाएको देखिन्छ । तेस्रोमा दक्ष एवम् अनुभवी सिइओ ज्योति प्रकाश पाण्डे सिइओ रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नाफा कमाएको राष्ट्र बैंकको तथ्यबाटै प्रस्टै देखिन्छ । साउन महिनामा नाफा एनआईसी एशिया बैंकले सुधार गरेको देखिन्छ । सरकारी स्वामित्वका नेपाल बैंक बैंक र राष्ट्रिय वाणिज्य बैंकले नाफामा उच्च सुधार गर्दै चौथो र पाँचौ भएको छ भन्दा अब फरक पर्दैन ।
बैंकहरुको ब्याज आम्दानीसँगै ब्याज खर्च पनि घटेको छ । तर, अधिक तरलताले गर्दा बैंकहरूमा बढेको प्रतिस्पर्धाले निक्षेप र कर्जाको भारित औसत ब्याजदरबीचको अन्तर (स्प्रेड दर) घट्दै गएको छ ।
चालु आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको खुलेको छ । भन्दा अब फरक पर्दैन् । नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमान विभागले बैंकहरूले उक्त नाफा आर्जन गरेको तथ्यांक सार्वजनिक गरेको हो । भन्दा अन्यथा नहोला । गत आर्थिक वर्ष २०८१र८२ मा ७८ अर्ब ८० करोड नाफा कमाएका थिए । २०८१ साउनमा भने १० अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको हो । बैंकहरुको ब्याज आम्दानीसँगै ब्याज खर्च पनि घटेको छ । तर, अधिक तरलताले गर्दा बैंकहरूमा बढेको प्रतिस्पर्धाले निक्षेप र कर्जाको भारित औसत ब्याजदरबीचको अन्तर (स्प्रेड दर) घट्दै गएको छ । त्यस्तै अधिक तरलता हुँदा त्यसको लागत भार बैंकहरूमा परेको देखिन्छ । राष्ट्र बैंकले तरलता प्रशेचन गरिरहेको भए पनि निक्षेपको लागतभन्दा कम दरमा तरलता प्रशोचन भएकोले ब्याज खर्चको तुलनामा ब्याज आम्दानी बढीले घटेको अवस्था देखिन्छ ।
साउनमा गत असार मसान्तमा तुलनामा बैंकहरूको निक्षेप ६३ अर्ब रुपैयाँ र कर्जा १८ अर्ब रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले नै देखाएको छ ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउनमा बैंकहरूको नाफा घटेको देखिन्छ । साउनमा गत असार मसान्तमा तुलनामा बैंकहरूको निक्षेप ६३ अर्ब रुपैयाँ र कर्जा १८ अर्ब रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले नै देखाएको छ । गत आर्थिक वर्षको साउनमा निक्षेप ५७ अर्ब रुपैयाँले घट्दा कर्जा भने ३ अर्बले बढेको थियो । ४ खर्ब ४४ अर्ब ५८ लाख रुपैयाँ चुक्ता पुँजीसहित कुल ८ खर्ब ४० अर्बको पुँजी कोष रहेको बैंकहरुले उक्त मुनाफा आर्जन गरेका हुन् ।
साउनमा वाणिज्य बैंकहरूले ८ अर्ब ३८ करोड, विकास बैंकहरूले करिब ८२ करोड र फाइनान्स कम्पनीहरूले करिब १८ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांक मै उल्लेख गरिएको छ । बैंकहरूको गैरबैंकिङ सम्पत्ति पनि बढेर ५० अर्ब माथि पुगेको छ । साउन मसान्तमा गैरबैंकिङ सम्पत्ति ५० अर्ब ५६ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो बैंकहरुको डरलाग्दो अवस्था हो भन्दा फरक पर्दैन । सचेत भया ।
कुन बैंकको नाफा कति ?

सेयर धितोमा बैंकहरुले ऋण लगानी बढ्याे
चालु आर्थिक वर्ष साउनमा बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ ऋण लगानी गरेका छन्। बैंकहरुले सेयर धितोमा प्रवाह गरेको ऋण असारको तुलनामा २.७ प्रतिशत धेरै हो। साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा १ खर्ब ४४ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ ऋण लगानी गरेका छन्।
असार मसान्तसम्म सेयर धितोमा बैंकहरुको ऋण लगानी १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ थियो। १ करोड रुपैयाँभन्दा बढीको सेयर धितो कर्जा एक महिनामा २ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ लगानी भएको छ। असारसम्म १ करोड माथिको ऋण लगानी ९८ अर्ब ९२ करोड रुपैयाँ रहेकामा एक महिनामा २.९ प्रतिशतले बढेर १ खर्ब १ अर्ब ८० करोड रुपैयाँ पुगेको हो।
५० लाख माथि १ करोडसम्मको सेयर धितो कर्जा ५.५ प्रतिशतले बढेर १६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा भने २.७ प्रतिशत घटेर १७ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ। २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ६.७ प्रतिशतले बढेर ८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट सेयर धितो कर्जा लगानीका लागि खुकुलो नीति लिएसँगै बैंकहरुले ऋण लगानी बढाएका हुन्।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट व्यक्तिगत सेयर धितो कर्जाको १५ करोड रुपैयाँको सीमालाई बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ। साउन पहिलो साता बजारले समेत उचाइ लिएपछि बैंकबाट ऋण लिएर सेयरमा लगानी गर्नेहरुको संख्या बढेको हो। साउन दोस्रो साता नेप्से परिसूचक ३००२ विन्दुसम्म पुगेकामा त्यसयता भने निरन्तर घटिरहेको छ।
बिल बिनाका गरगहना किनबेच नगर्न प्रहरीको अनुरोध
जेनजी आन्दोलनका क्रममा गरगहना लुटपाट गरि बिक्री भइरहेको भन्दै प्रहरीले व्यवसायीलाई सचेत रहन भनेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना जारी गर्दै प्रदर्शनका क्रममा गहगहनासँगै बहुमूल्य समानहरु लुटपाट भएको भन्दै त्यस्ता सामान काठमाडौंका सुन पसलमा बिक्री गर्न ल्याउने सम्भावना रहेको जनाएको छ।
त्यसैले प्रहरीले बिल भरपाई बिनाका सुन चाँदीका गरगहना खरिद नर्गन आग्रह गरेको छ।त्यस्तो कुनै सामान बिक्रीका लागि ल्याइएको पाइएमा प्रहरीलाई सम्पर्क गर्न भनिएको छ। सूचनाको उल्लंघन गरि सुन चाँदी खरिद गरेको पाइएमा पछि कानुनी कारबाही हुने प्रहरीले जनाएको छ।

वाणिज्य बैंकको नाफा ८ अर्ब ३८ करोडः ११ वटाको घट्यो
चालु आर्थिक वर्ष २०८२।०८२ को पहिलो महिनामा वाणिज्य बैंकले ८ अर्बबढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको साउनमा ८ अर्ब ३८ करोड २९ लाख ६० हजार रुपैयाँ नाफा कमाएका हुन् ।
बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को साउनको तुलनामा भने ८.६४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो महिनामा बैंकहरुले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा कमाएका थिए । यसअवधिमा ११ बैंकको नाफा घटेको छ भने ९ बैंकको नाफामा सुधार देखिएको छ ।
साउनमा सर्वाधिक नाफा आर्जन गर्नेमा क्रमशः ग्लोबल आइएमई बैंक र नबिल बैंक अघि भएपनि गत वर्ष साउनको तुलनामा भने घटेको छ । यसअवधिमा ग्लोबलको नाफा १२.०९ प्रतिशतले घटेर ७८ करोढ ४५ लाख र नबिल बैंकको १०.८३ प्रतिशतले घटेर ७१ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा सर्वाधिक नाफा आर्जन गर्ने तेस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६३ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९.८१ प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको नाफा वृद्धिमा आक्रामक देखिएका छन् । राष्ट्रिय वाणिज्यले साउनमा आफ्नो नाफा ५४.८० प्रतिशतले बढाएर ५५ करोड ८३ लाख र नेपाल बैंकले १४६.७६ प्रतिशतले बढाएर ५५ करोड २७ लाख रुपैयाँ पुराएका हुन् ।
यसअवधिमामा प्राइम बैंकको नाफा ०.१२ प्रतिशतले घटेर ५० करोड ४९ लाख र कुमारी बैंकको २.२० प्रतिशतले घटेर ४९ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ । ्
यता, एभरेष्ट बैंकको नाफा भने १४.४१ प्रतिशतले बढेर ४८ करोड ३९ लाख रुपैयाँ पुगेको छ । साथै, एनएमबि बैंकको नाफा समेत ९.२५ प्रतिशतको बढोत्तरी भई ४६ करोड ६७ लाख रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरेको छ ।
हिमालयन बैंकको नाफा भने दोहोरो अकंले घटेको छ । साउनमा बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ३०.४६ प्रतिशतले घटेर ४० करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा सिद्धार्थ बैंकको नाफा १५ प्रतिशतले बढेर ४० करोड १३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ८.९६ प्रतिशतले घटेर ३९ करोड ४४ लाख, सानिमा बंैकको २ प्रतिशतले घटेर ३९ करोड २ लाख र एनआईसी एशिया बैंकको १९.९२ प्रतिशतले बढेर ३१ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
साथसाथै, प्रभु बैंकको नाफा ४३ प्रतिशतले घटेर ३० करोड २३ लाख, सिटिजन्स बैंकको २० प्रतिशतले घटेर २७ करोड २४ लाख, स्टान्र्डड चार्टड बैंकको १२ प्रतिशतले घटेर २७ करोड १६ लाख, माछापुच्छ्रे बैंकको ३० प्रतिशतले बढेर २६ करोड ५२ लाख, नेपाल एसबिआई बैंककाअे ५२.३२ प्रतिशतले घटेर १५ करोड ८९ लाख र कृषि विकास बैंकको ९९.४७ प्रतिशतले घटेर ३७ लाख रुपैयाँमा सिमित भएको छ ।
कामना सेवा विकास बैंकले बोलायो साधारण सभा
कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले असोज २४ गते, शुक्रबार, लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
सन नेपाल लाइफ इन्स्योरेन्सको बिमाशुल्क भुक्तानीमा क्यासब्याक अफर
सन नेपाल लाइफ इन्स्योरेन्सले बिमाशुल्क भुक्तानी ईसेवा र खल्ती मार्फत गर्ने ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ । कम्पनीले जनाएको अनुसार बिमालेख नविकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम तिर्ने ग्राहकले बिमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।
यो अफर असोज १ देखि मंसिर २९ गतेसम्म लागू हुनेछ । कम्पनीका अनुसार, यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बिमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री बन्ने अपेक्षा गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट १८ किलो सुन र ५ करोड नगद लुटियो: गभर्नर पौडेल
जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट हालको बजार मूल्य अनुसार साढे ३३ करोड रुपैयाँ मूल्य बराबरको सुन र ५ करोड भन्दा बढी नगद चोरी तथा लुटपाट भएको छ । भदौ २४ मा भएको जेनजीको प्रदर्शनका क्रममा नयाँ बानेश्वर संसद भवन पछाडि रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा तोडफोड र लुटपाट भएको थियो ।
प्रदर्शनकारीले ५ करोड रुपैयाँभन्दा बढी नगद र १८ किलोभन्दा बढी सुन लुटपाट गरेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्याकारी अधिकृत देवेन्द्र रमण खनालले बताए । बैंकको नयाँ बानेश्वर शाखमा रहेको भल्टसम्म पुग्गे आइरन गेटनै फोडेर उक्त लुटपाट भएको पाइएको हो।
‘२४ गतेको प्रदर्शनका क्रममा नयाँ बानेश्वर शाखा तोडफोड गरी १८ किलो सुन र ५ करोड रुपैयाँ बढी नगद रकम चोरी भएको पाइयो । कति क्षति भयो भन्ने विश्लेषण भइरहेको छ,’ सीईओ खनालले भने, ‘सर्वसाधारण ग्राहको लकर भने सुरक्षित रहेको छ । तर बैंकमा रहेको सुनसहित नगद भने चोरी भएको छ।’ चोरी र लुटपाट भएको सीसीटीभी फुटेजसहित प्रहरीमा उजुरी गरिसकेको बैंकले जनाएको छ ।
बैंकले कर्जा लगानी गर्दा ऋणीबाट धितोको रुपमा लिएको सुन समेत चोरी भएको हो । भदौ २३ गतेबाट सुरु भएको जेनजी प्रदर्शनले भदौ २४ गते उग्ररुप लिएको थियो । सो क्रममा नयाँ बानेश्वरस्थित संसद भवनको पछाडि रहेको बैंकको शाखामा तोडफोड तथा लुटपाट भएको थियो ।
संसद भवनमा तोडफोड तथा आगलागी गरेपछि एक समूहले बैंक शाखा कार्यालयमा प्रवेश गरेर तोडफोड र आगजगनी गर्दै लुटपाट गरेको थियो । बैंकको बानेश्वर शाखामा मध्य रातिसम्म पनि एउटा समूहले तोडफोड गरिरहेको थियो । भदौ २४ गते राति १० बजेपछि सेना परिचालन भएसँगै सेनाले बैंक तोडफोड गरिरहेका ५ जनालाई नियन्त्रण्मा लिएको थियो। कुन समूहले सुन र नगद चारी गर्यो भन्ने अझै खुलेको छैन ।
गभर्नर पौडेलले सोमबार राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गरि त्यहाँ भएको क्षतिको अवस्थाबारे जानकारीसमेत लिएका थिए । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले जेनजी आन्दोलनका क्रममा केही बैंकका शाखा कार्यालय र एटीएम प्रभावित भए पनि बैंकिङ प्रणाली भने सुरक्षित रहेको बताएका छन् । गभर्नर पौडेलले ६८ वटा बैंकका शाखा कार्यालयमा आक्रमण भएको जानकारी दिए । त्यस्तै, ६९ वटा एटीएममा केही क्षति पुगेको भए पनि समग्र प्रणाली सामान्य अवस्थामा रहेको गभर्नर पौडेलको भनाइ छ।
फरार कैदीबन्दीको खोजी जारी, दशैंको मुखैमा सुरक्षा चुनौती
यहि भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित अस्थिर परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट कैदीबन्दी फरार रहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार आइतबारसम्म तीन हजार ७ सय २३ कैदीबन्दी पक्राउ गरी कारागारमा फर्काइएको छ भने अझै १० हजार ३ सय २० कैदीबन्दी फरार रहेका छन् । प्रहरीले फरार कैदीबन्दीको खोजी जारी राखेको छ र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रवक्ता घिमिरेका अनुसार कतिपय फरार कैदी भारततर्फ भाग्न खोजिरहेका थिए, तर भारतीय प्रहरीले समातेर फिर्ता पठाएका छन् ।
केही फरार कैदीलाई सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका छन् भने कतिपय आफैं फिर्ता भएर कारागार आएका छन् ।
घिमिरेले भने, ‘कसैले फरार कैदीबन्दीको बारेमा जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायमा तुरुन्त जानकारी दिनुहोस् । हामीले खोजी अभियान जारी राखेका छौं ।’
यस्तै सोही प्रदर्शनका कारण मुलुकभरका प्रहरी कार्यालयका हिरासतबाट १ सय ३९ जना थुनुवालाई पक्राउ गरिएको छ । तर, अझै दुई हजार १०० थुनुवा फरार छन् । प्रवक्ता घिमिरेले भने, ‘फरार थुनुवाको खोजी जारी छ । सबै सुरक्षाकर्मी, प्रहरी र स्थानीय प्रशासनले सतर्क रहनु आवश्यक छ ।’ यसरी दशैंको मुखैमा ठुलो संख्यामा कैदी र थुनुवा फरार हुँदा सुरक्षा चुनौती थपिएको छ ।
बैंकिङ र सार्वजनिक सुरक्षा चुनौती
फरार कैदीबन्दीको घटना बैंकिङ क्षेत्रका लागि पनि चुनौती बनिरहेको छ। देशभरका बैंक तथा वित्तीय संस्थाहरुले सुरक्षालाई उच्च प्राथमिकतामा राख्न थालेका छन्। कैदीबन्दीको अस्थिर गतिविधि, तोडफोड र आगजनीका घटनाले बैंक र वित्तीय संस्थाको नियमित काममा असर पारेको छ।
विशेषतः दशैंको चहलपहल सुरु हुन लाग्दा यस्तो सुरक्षा चुनौती थप चिन्ताजनक भएको छ। बैंकहरु, सरकारी कार्यालय तथा बजार क्षेत्रमा पनि सतर्कता अपनाउन सुरक्षाबलहरुलाई निर्देशन दिइएको छ।
जेनजी प्रदर्शनपछि कैदीबन्दी फरार हुनु देशको सुरक्षा प्रणालीका लागि गम्भीर चुनौती बनेको छ । दशैंँको चहलपहलका बेला बैंकिङ, व्यापार, सार्वजनिक सुरक्षा र नागरिक जीवनमा असर पर्न सक्ने भएकाले सुरक्षा निकायले सबै उपाय अपनाइरहेको छ । नागरिकको सहयोग र सतर्कता नै यस संकट व्यवस्थापनको प्रमुख आधार हुने देखिन्छ ।












