जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बिल बिनाका गरगहना किनबेच नगर्न प्रहरीको अनुरोध

बिल बिनाका गरगहना किनबेच नगर्न प्रहरीको अनुरोध

जेनजी आन्दोलनका क्रममा गरगहना लुटपाट गरि बिक्री भइरहेको भन्दै प्रहरीले व्यवसायीलाई सचेत रहन भनेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना जारी गर्दै प्रदर्शनका क्रममा गहगहनासँगै बहुमूल्य समानहरु लुटपाट भएको भन्दै त्यस्ता सामान काठमाडौंका सुन पसलमा बिक्री गर्न ल्याउने सम्भावना रहेको जनाएको छ।

त्यसैले प्रहरीले बिल भरपाई बिनाका सुन चाँदीका गरगहना खरिद नर्गन आग्रह गरेको छ।त्यस्तो कुनै सामान बिक्रीका लागि ल्याइएको पाइएमा प्रहरीलाई सम्पर्क गर्न भनिएको छ। सूचनाको उल्लंघन गरि सुन चाँदी खरिद गरेको पाइएमा पछि कानुनी कारबाही हुने प्रहरीले जनाएको छ।

1715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?