जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

दशैंको अवसरमा हवाई टिकट खरिदमा ज्योति विकास बैंकको रु. ५०० क्यासब्याक अफर

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग App, ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा बैंकले रु. ५०० क्यासब्याक प्राप्त हुने योजना सार्वजनिक गरेको छ। दशैंको अवसरमा ग्राहकहरूलाई सहज र लाभदायक यात्राको सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले यो अफर सार्वजनिक गरेको हो। यस योजनाअन्तर्गत, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिद गर्दा रु. ५०० सम्मको सर्वाधिक क्यासब्याक प्राप्त गर्न सक्नेछन्। ज्योति स्मार्ट App बाट हवाई टिकट खरिद गर्दा “JBBL500” प्रोमो कोड प्रयोग गरी उक्त क्यासब्याक सुविधाको लाभ उठाउन सकिन्छ। साथै, पहिलो ४०० जना मात्र यो अफरबाट लाभान्वित हुन सक्नेछन्।      

 अभियान अवधिभर, ग्राहकहरूले ज्योति स्मार्ट App प्रयोग गरी पहिलो हवाई टिकट खरिदमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन्। यो योजना सिमित अवधिको लागि मात्र उपलब्ध रहेको छ। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ।

 बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित डिजिटल सेवा पहुँच प्रदान गर्नका लागि डिजिटल बैंकिङ्ग  प्लेटफर्महरूलाई
थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ। बैंकले हालैमात्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था INTERCERT ले प्रदान गरेको यो प्रमाणपत्रले यस विकास बैंकको सूचना सुरक्षा उपायहरुलाई प्राविधिक रुपमा बलियो, समसामयिक र जोखिम व्यवस्थित रहेको ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ। आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ।

स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ६२ वटा न्यानो नानी मार्फत हरेक वर्ष  २२९४ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। यस्ता जिवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ। यस विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा रु. ४१ करोड कर तिरेको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट

एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्ने भएको छन् । एनएमबि बैंक र बुटवल स्थित बुटवल हस्पिटल प्रा.लि. बीच सम्पन्न भएको सम्झौता बमोजिम सो छुट प्रदान गर्न लागीएको हो । सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी/परिवार एवं ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउनेछ्न ।

हस्पिटलले प्रदान गर्ने सेवाहरु बेड चार्ज, ल्याव टेस्ट, अप्रेसन चार्ज, युएसजि/इसिजि/इको/एक्सरे, फजियोथ्रापी र मेडिसीनमा एनएमबि बैंकका कर्मचारी/परिवार र ग्राहकले ५ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौताले बैंक कर्मचारी/परिवार तथा ग्राहकहरुलाई उपचारको क्रममा राहत हुने बैंकले विश्वास लिएको छ । सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रा. लि. का अध्यक्ष चुन्नु प्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानीको लागि एनएमबि बैंकको एटिएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, कर्पोरेट पे, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्नेछ ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

नाडाले सुनिल रिजाललाई कार्यसमिति सदस्यबाट हटायो

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले सुनिल रिजाललाई कार्यसमिति सदस्यबाट बर्खास्त गरेको छ। आज बसेको कार्यसमिति बैठकले रिजाललाई कारबाही गर्दै निकालेको हो।

नाडामा पछिल्लो समय आन्तरिक विवाद उत्कर्षमा छ। अध्यक्ष करण चौधरीको कार्यशैली प्रति असन्तुष्टी जनाउँदै पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका थिए। त्यसमा हस्ताक्षर गर्नेमा सुनिल रिजाल पनि थिए।

‘नोट अफ डिसेन्ट’ मा कार्यसमितिले आफ्नो कार्यकाल चार महिना मात्र बाँकी रहेको अवस्थामा साधारण सभालाई ‘बाइपास’ गरी विशेष साधारण सभा बोलाएर आफ्नो कार्यकाल लम्ब्याउने उद्देश्य राखेको आरोप लगाइएको थियो। उनीहरुले भदौ ८ गतेको कार्यसमिति बैठकको निर्णयप्रति असहमति जनाएका थिए।

हस्ताक्षर गर्ने अन्य कार्यसमिति सदस्यबारे भने केही भनिएको छैन।

यस्तै, महासंघ बनाउन विशेष साधारण सभा बोलाउने भन्ने बारेमा पनि आजको बैठकमा केही निर्णय हुन सकेन।n

राष्ट्र बैंकमा एकैपटक १०७ कर्मचारी सरुवा

नेपाल राष्ट्र बैंकमा एकैपटक १०७ कर्मचारीको सरुवा भएको छ । सरुवा हुनेमा सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारी रहेका छन् । विभिन्न कार्यालय, विभाग र महाशाखामा कार्यरत कर्मचारी सरुवा गरिएको हो । यसअघि एकैपटक सरुवा नगरिने चलन थियो ।

राष्ट्र बैंकको सूचनाअनुसार दुई कार्यकारी निर्देशक सरुवामा परेका छन्। आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत नरेश शाक्यलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ भने लघुवित्त सुपरिवेक्षणका विमलराज खनाललाई वित्त व्यवस्थापन विभागमा ल्याइएको छ ।

पोखरा कार्यालयमा कार्यरत निर्देशक दीपकराज लामिछानेलाई आन्तरिक लेखा परीक्षण विभागमा सरुवा गरिएको छ। यस्तै, ३८ उपनिर्देशकको एकै पटक सरुवा भएको छ । सरुवा हुनेमा ६६ सहायक निर्देशक पनि छन् । हाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर विदेश यात्रामा छन् ।

प्रभु महालक्ष्मी लाइफको ‘क्लव एचिभर्स सेरेमोनी’ पोखरामा धूमधाम

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१–८२ सम्पन्न भएको छ । देशैभरिबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा क्लव एचिभर्स अवार्ड सेरेमोनी भव्यताका साथ सम्पन्न गरेको हो । कार्यक्रम भाद्र १६ गतेबाट भाद्र १९ गतेसम्म ४ दिन पोखरामा सञ्चालन भएको हो ।

कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी चियरम्यान क्लव, सिइयो क्लव, कर्पोेरेट क्लव हासिल गर्नु भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बीमा व्यवसायमा अब्बल रहि विभिन्न क्लवहरुमा सम्मानित भएका उत्कृष्ट अभिकर्ताहरुलाई कम्पनीका संचालक समिति सदस्य समशेर पराजुलीले बधाई दिए ।

सोही अवसरमा सीइओ सन्तोष प्रसाईले अभिकर्ताहरुको योगदानको उच्च कदर गर्दै आगामी दिनमा अझै उत्कृष्ट व्यवसाय गर्न उत्प्रेरणा दिए । कार्यक्रममा मेट्रिक्स फाइट नाइट (एमएफएन) २०२५ का विजेता रविन्द्र ढाँटलाई नगद १ लाख ११ हजार १ सय ११ सहित विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा सर्टिफाइड एनएलपी ट्रेनर एण्ड कोच मिन घलेको व्यवसायी जीवनमा व्यवहारिक बीमा बिक्रीकला सम्बन्धी उत्प्रेरणात्मक सेसन रहेको थियो । यसका साथै विभिन्न सांस्कृतिक र मनोरञ्जनात्कम कार्यक्रमले रौनकता थपिएको थियो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले महिला उद्यमी महासंघ नेपालका सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट दिने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच व्यावसायिक सम्झौता भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवद्र्धन गर्न बैंकबीच सम्झौता भएको हो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष शोभा ज्ञवालीबाट हस्ताक्षर भइ सो महिला व्यावसायिक सेवा आरम्भ गरिएको छ । यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई महिलाद्वारा सञ्चालीत उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको छ ।

सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरुमार्फत महिलाद्वारा सञ्चालीत उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाइ छुट सहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

यो सम्झौताबाट महिला उद्यमी महासंघ नेपालका सदस्यहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड मार्फत टुर प्याकेज खरिद गर्न सकिने योजनाको सुरुवात

महालक्ष्मी विकास बैंकले आगामी चाडपर्वहरुलाई लक्षित गर्दै बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने सुविधाको सुरुवात गरेको छ । चाडपर्वहरुमा नेपालीहरु विभिन्न देशहरु घुम्न जाने प्रचलनलाई मध्यनजर गर्दै बैंकले यो योजनाको सुरुवात गरेको हो ।
सो अन्तर्गत बैंकले विभिन्न प्रतिष्ठित ट्राभल एजेन्सीहरुसँग व्यवसायिक सहकार्यका लागि सम्झौता समेत गरिसकेको छ । प्रारम्भिक चरणमा पर्यटकहरुले गुरु ट्रभाल्स लि., दरबारमार्ग र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स, उत्तरढोका, काठमाण्डौमार्फत यो सुविधा लिन सक्नेछन् ।

सम्झौताअन्तर्गत महालक्ष्मी विकास बैंकका क्रेडिट कार्ड वाहकहरुले ट्राभल एजेन्सी मार्फत विभिन्न टुर प्याकेज खरिद गर्दा महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्नेछन् ।

साथै, आफुले खरिद गरेको टुर प्याकेजको मूल्यबराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिनासम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् । आफूले खरिद गरेको टुर प्याकेजको बिल पेश गरे पश्चात महालक्ष्मी विकास बैंकले सहज रुपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ र यसरी मासिककिस्तामा परिवर्तन गर्दा बैंकले एएमआई प्रोसेसिङ शुल्क लिने छैन ।

यस कार्यको सुरुवातसँगै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र चाडपर्वहरुलाई थप उत्साहमय र अर्थपूर्र्ण बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

गंगा हेल्थ केयर इण्डष्ट्रिजले आइपीओ जारी गर्ने

गंगा हेल्थ केयर इन्डष्ट्रिज लिमिटेडले आइपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। गंगा हेल्थ केयरले नेपाल धितोपत्र बोर्डद्वारा जारी ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ बमोजिम आइपीओ जारी गर्न लागेको जनाएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यस सम्बन्धमा गंगा हेल्थ केयरका अध्यक्ष सुरज प्रसाद खत्री र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कम्पनीले जारी पुँजीको ३० प्रतिशत आइपीओ निष्कासन गर्ने बताएको छ। नेपालमा गुणस्तरीय स्वास्थ्य सामाग्री उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यका साथ २०५५ देखि यो कम्पनी संचालनमा छ।

कम्पनीले मानव स्वास्थ्यलाई उच्च महत्त्व दिँदै ड्रेसिङ ब्याण्डेज, एब्जर्बेन्ट कटन, एब्जर्बेन्ट गज, ब्याण्डेज थान, क्रेप ब्याण्डेज, डिस्पोजेबल मास्क तथा टेट्रा गज लगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न प्रकारका सर्जिकल सामग्रीहरू उत्पादन गरिरहेको छ।

कम्पनीले निकट भविष्यमा क्यानुला फिक्सेटर, इलास्टिक एडहेसिभ ब्याण्डेज, डिस्पोजेबल डायपर, डिस्पोजेबल सिरिन्ज, परीक्षणका लागि प्रयोग हुने ग्लोभ्स तथा स्टेरिलाइज्ड गज उत्पादन गर्ने दीर्घकालीन योजना बनाएको छ।

कर्पोरेट बैंकिङ सोलुशनमा डिजिटल क्रान्ति, ग्लोबल आइएमइ बैंकले ल्यायो ‘बिजनेक्स’

ग्लोबल आइएमई बैंकले कर्पोरेट ग्राहकहरूलाई लक्षित गरी डिजिटल प्लेटफर्म ‘बिजनेक्स’ संचालनमा ल्याएको छ। यो नयाँ प्लेटफर्मले कर्पोरेट, साना र मध्यम उद्यम (एसएमई), मिड कर्पोरेटदेखि ठूला कम्पनीसम्मलाई लक्षित गरेको छ।

बैंकका अनुसार कर्पोरेट ग्राहकको आवश्यकतालाई एकै स्थानबाट सहज, छिटो र सुरक्षित ढंगले पूरा गर्ने उद्देश्य ‘बिजनेक्स’ संचालनमा ल्याइएको हो।

ग्लोबल आइएमई बैंकले विकास गरेको ‘बिजनेक्स’ कर्पोरेट ग्राहकका लागि इन्टरनेट बैंकिङ फिचर हो। कर्पोरेट ग्राहकले फन्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसिङ, तलब भुक्तानी, एलसी व्यवस्थापन र कर्जा लिने र ट्र्याकिङ लगायत बैंकिङ कार्यहरू अब यसै प्लेटफर्मबाट गर्न सक्नेछन्।

‘बिजनेक्स’ले कर्पोरेट ग्राहकका लागि प्रभावकारी रुपमा बैंकिङ सेवाहरू पाउन सकिने सुरक्षित प्लेटफर्मको रुपमा काम गर्ने बैंकले जनाएको छ।

यो प्लेटफर्ममा बैंकिङ कारोबारका लागि कम्पनीले आफ्ना कर्मचारीहरूको तह छुट्टाएर उनीहरूको प्रोफाइल बनाउन सकिने व्यवस्था गरिएको छ। कम्पनीले कर्मचारीलाई तह तोकेर त्यही अनुसारको रकम कारोबार गर्न ‘एक्सेस’ दिन सक्नेछ।

यसबाट भुक्तानीलाई पनि सहजीकरण गर्ने प्रयास भएको छ। मिड कर्पोरेट अथवा ठुलो तथा एसएमइहरुले आफ्नो भेन्डरहरुलाई अब इन्टरनेट बैंकिङबाटै सहजै फन्ड ट्रान्सफर गर्न सक्नेछन्।

ग्लोबल बैंकबाट ग्लोबल बैंककै खाता वा अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई पेमेन्ट गर्दा समेत सजिलो हुनेछ। कर्मचारीको तलब भुक्तानी गर्न पनि यो प्लेटफर्मबाट सरल हुनेछ। अब त्यसका लागि चेक प्रयोग गर्नुपर्ने छैन।

ग्लोबल ग्लोबल टु ग्लोबल त भुक्त्तानीमा समस्या भएन। साथै, बैंक तथा वित्तीय संस्थाहरुलाई पेमेन्ट गर्दा समेत कुनै झन्झट हुँदैन्।कर्मचारीको तलब भुक्त्तानी देखि अन्य पेमेन्ट गर्न सकिन्छ।

सरकारी भुक्तानी पनि सहजै यही प्लेटफर्मबाट गर्न सकिनेछ। साधारण बैंकिङ एपमा पाइने फिचरहरु यही प्लेटफर्ममा प्रयोग गर्न सकिनेछ।

इमेलमा र मोबाइलमा ओटीपी जान्छ। ट्रान्जक्सनको वर्क पनि एकदम सिक्युर बनाएको छ।

अहिलेलाई यो प्लेटफर्म वेब एप्लिकसनमा मात्र उपलब्ध छ। पछि यसको दायरा विस्तार गर्ने बैंकले जनाएको छ।

एलसी मार्फत आयात कारोबार गर्ने व्यवसायीका लागि अब एक्सचेन्ज रेट, फरवार्ड कन्ट्रयाक्ट, र भुक्तानी ट्र्याकिङ सबै विजनेक्स प्लेटफर्ममै उपलब्ध हुनेछ।

बैंकले यो प्लेटफर्मबाट कर्पोरेट ग्राहकको कर्जासँगै खाता व्यवस्थापन र अन्य सबै बैंकिङ आवश्यक्ता पूरा गर्ने लक्ष्य लिएको छ। निकट भविष्यमा सुक्ष्म उद्यमीहरूका लागि छुट्टै मोबाइल एप विकास गर्ने योजना समेत छ।

बैंकले पछिल्लो समय डिजिटल फर्स्ट फाइनान्सियल संस्था बन्ने रणनीति लिएको छ। त्यसैअनुसार बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र अन्य डिजिटल प्रविधिलाई एकीकृत गर्न प्राथमिकता दिएको छ। यो प्लेटफर्म त्यसैको उदाहरण भएको बैंकले जनाएको छ।

यो नयाँ प्लेटफर्मले भने दायरा बढाउँदे कर्पोरेट ग्राहकतर्फ आफ्नो ध्यान केन्द्रित गर्ने लक्ष्य लिएको छ।

सामाजिक सञ्जाल कसरी बन्द गर्ने ? दूरसंचार प्राधिकरणका प्राविधिक छलफलमा

नेपाल दूरसंचार प्राधिकरणले सामाजिक सञ्जाल बन्दका लागि प्राविधिक पक्षका बारेमा छलफल गरेको छ। प्राधिकरण स्रोतका अनुसार प्राविधिक पक्षलाई हेरेर इन्टरनेट सेवा प्रदायक(आइएसपी)लाई बन्द गर्न निर्देशन दिनेछ।

‘संचार तथा सूचना प्रविधि मन्त्रालयबाट सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्न निर्देशन आएपछि प्राविधिक पाटोमा छलफल भइरहेको छ। त्यो छलफलपछि हामीले बन्द गर्न निर्देशन दिनेछौं,’ प्राधिकरणका एक कर्मचारीले भने।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल(आइस्पान)का अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणको निर्देशन आएपछि बैठक बस्ने र सामाजिक सञ्जाल बन्दको प्रक्रिया अघि बढ्ने बताए। ‘प्राधिकरणबाट बन्द गर्ने पत्र आएपछि हामी संघको कार्यसमितिको बैठक बसेर निर्णय गर्छौं। त्यो पत्रका आधारमा निर्णय भएपछि आजै वा भोलिसम्म सामाजिक सञ्जाल बन्द हुनेछ,’ उनले भने।

प्रभु बैंकका ग्राहक र कर्मचारीले ल्यान्डमार्क होटेल तथा रिसोर्टमा छुट पाउने

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले दरबार मार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्टमा छुट पाउने भएका छन्। बैंकले होटेलसँग यससम्बन्धी सम्झौता भएको जनाएको छ।

सम्झौतापत्रमा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेलका सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा कर्पोरेट निर्देशक अमृत ढकालले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार होटेलको सेवा तथा सुविधा प्रयोग गरेर बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्दा छुट पाइनेछ। ल्यान्डमार्क होटेल तथा रिसोर्टका आवासतर्फ विशेष सस्थागत छुटका साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ।

ल्यान्डमार्क होटेल तथा रिसोर्टअन्तर्गत चितवन, पोखरा, काठमाडौं, तनहु र भैरहवा लगायतका शाखामा पनि प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले विशेष छुट पाउने बताइएको छ।

एनआईसी एसिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो अस्पतालमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकले धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

यस सम्बन्धमा बैंक र अस्पतालबीच सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालका सबै सेवामा छुट सुविधा पाउनेछन्।

औषधिमा पनि छुट हुने बैंकले जनाएको छ। छुट सुविधाका लागि बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्नुपर्नेछ।