जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • नबिल बैंकले पायो युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड

नबिल बैंकले पायो युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड

बिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड २०२५ पाएको छ । नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ नबिलले पाएको हो । ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेकोमा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो।

बैंकले व्यक्तिगत, संस्थागत, एसएमई ग्राहकका लागि उपलब्ध गराएको प्रभावकारी ट्रान्ज्याक्सन, बैंकिङका डिजिटल भुक्तानी सेवा तथा सुविधाका लागि उक्त अवार्ड प्रदान गरिएको हो। बैंकले प्रविधिको अधिकतम उपयोग गर्दै सेवाहरूलाई सरल, सुरक्षित र छरितो बनाउँदै आएको छ । जसले ग्राहकका दैनिक व्यवसाय सञ्चालनलाई सहज बनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड २०२५ अन्तर्गत नेपालको सर्वोत्कृष्ट ट्रान्ज्याक्सन बैंकका रूपमा नबिल सम्मानित हुनु गर्वको विषय भएको बताए।

विश्वभर बैंकिङ तथा वित्तीय क्षेत्रको मूल्यांकन गर्ने युरोमनी अवार्डलाई विश्वसनीय र सम्मानित अवार्डका रूपमा लिइन्छ। यस अवार्डमार्फत सेवा उत्कृष्टता, नवप्रवर्तन, रणनीतिक स्पष्टता र ग्राहक अनुभवमा अग्रणी संस्थाहरूलाई सम्मान गरिन्छ।

995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?