जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

एभरेष्ट बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो। बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

यो लाभांश राष्ट्र बैंकले स्वीकृत गर्नुका साथै एभरेष्टको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्। यसअघि माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभांश घोषणा गरेको थियो।

प्रभु बैंकलाई सिङ्गापुरमा अन्तर्राष्ट्रिय सम्मान

प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेडले प्रतिष्ठित “युरोमनि अवार्ड फर एक्सिलेन्स २०२५” अन्तर्गत ‘साना तथा मझौला उद्योगका लागि नेपालको उत्कृष्ट डिजिटल बैंक’ को उपाधि प्राप्त गरेको छ। यो अन्तर्राष्ट्रिय अवार्ड हालै युराेमनि लिमिटेडद्वारा सिङ्गापुरमा आयोजित एक समारोहमा प्रदान गरिएको हाे।

युरोमनि एक्सिलेन्स अवार्ड अन्तर्गत प्राप्त यस उपाधिले साना तथा मझौला उद्यम लक्षित डिजिटल सेवा प्रवाहमा प्रभु बैंकले खेलेको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको हो । प्रभु बैंकले नवीन प्रविधिको प्रयोग गर्दै ग्राहक केंद्रित डिजिटल समाधानहरू उपलब्ध गराई देशभरका लघु तथा मझौला व्यवसायहरूलाई सरल, सुरक्षित र छरितो बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो केही वर्षयता बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, व्यवसायिक भुक्तानी समाधान, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व तिर्ने डिजिटल माध्यम, बीमा र वित्तीय परामर्श सेवा जस्ता अत्याधुनिक सेवाहरूको माध्यमबाट एसएमइ बैंकिङमा उल्लेखनीय प्रगति गरेको छ। यी सेवाहरूले साना तथा मझौला व्यवसायहरूलाई आधुनिक बैंकिङ प्रणालीसँग जोड्दै उनीहरूको व्यवसाय वृद्धिमा प्रभावकारी सहयोग पुऱ्याएका छन् ।

प्रभु बैंकले आफ्नो सेवा रणनीतिमा एसएमइजलाई विशेष प्राथमिकता दिँदै, ग्राहक आवश्यकताअनुसार अनुकूलित डिजिटल सेवा विकास तथा विस्तारमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ। यही प्रतिबद्धता र कार्यान्वयनले गर्दा बैंकले अन्तर्राष्ट्रिय समुदायबाट सम्मान प्राप्त गर्ने अवसर पाएको हो ।

अवार्ड प्राप्तिसँगै प्रमुख कार्यकारी अधिकृतले यो उपलब्धि केवल संस्थागत सफलताको प्रमाण नभई, सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जित भएको बताउनुभयो । डिजिटल वित्तीय पहुँचमार्फत साना व्यवसायहरूलाई सशक्त बनाउने अभियानमा प्रभु बैंक अझ प्रभावकारी योजना ल्याउने प्रतिबद्धतासहित अघि बढ्ने उल्लेख गर्दै, यसले थप जिम्मेवारीसहित साना तथा मझौला उद्यमीहरूलाई प्रेरित गर्ने हौसला प्रदान गरेको बैंकले जनाएकाे छ ।

प्रभु बैंकले यसअघि पनि ‘बेस्ट बैंक अफ द इयर २०२३’ बाट सम्मानित भई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सेवा र नवप्रवर्तनद्वारा सशक्त उपस्थिति जनाइसकेको छ।

हाल बैंकले देशभर ३१२ शाखा, ४८ एक्स्टेन्सन काउन्टर र २५६ एटीएम लगायत सशक्त डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्दै आएको छ।

अवार्ड प्राप्तिसँगै बैंकले यसलाई नेपाली उद्यमशीलता समुदायको जित बताउँदै, ‘डिजिटल नेपाल’ को राष्ट्रिय अभियानलाई आत्मसात गर्दै आगामी दिनमा अझ नविन र व्यापक डिजिटल समाधानहरू सहित दिगो बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

एनएमएका सदस्यलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका विभिन्न सेवाहरूमा छुट दिने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसन (एनएमए) बिच व्यावसायिक सम्झौता भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र एनएमएबीच विस्तारित बैंकिंङ सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र मेडकिल एसोसिएसन तर्फ अध्यक्ष डा. अनिल बिक्रम कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि सो व्यावसायिक सेवा आरम्भ भएको छ ।

यस सम्झौता मार्फत एनएमएका सम्पूर्ण सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिएको छ । सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु https://www.nimb.com.np/personal-banking/branches मार्फत प्रोफेशनल बचत खाता खोलि दस लाखको दुर्घटना बिमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा र डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए।

यो सम्झौताबाट ९एनएमएका सदस्यहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।

एनआईसी एशियाका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले नगरकोटमा रहेको माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ । यस बैंकका ग्राहकहरुले उक्त होटलमा कुनै पनि सेवा लिँदा उक्त छुट प्राप्त गर्न सक्नु हुनेछ ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नु पर्नेछ ।

उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगद रहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड देखाउँदा मेलुङ थकालीमा १० प्रतिशत छुट

डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै चर्चित थकाली “मेलुङ थकाली” सँग साझेदारी गरेको छ। यस साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब मेलुङ थकालीका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन्।

मेलुङ थकालीको पाँच आउटलेटहरू एअरपोर्ट, गठ्ठाघर, बानेश्वोर, बौद्ध र बालुवाटारमा रहेको छ र अरु थप शाखाहरु पनि बिस्तारको क्रममा रहेका छन्। यस नेपालकै चर्चित थकाली ब्रान्डसँगको साझेदारीले डिशहोमका ग्राहकहरूलाई आफ्नो मनपर्ने थकाली परिकारमा छुटसहित खान सक्ने सुविधा दिनेछ।

छुट लिनका लागि ग्राहकले माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गर्नुपर्ने हुन्छ भने होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोली मेलुङ थकालीमा यो कार्ड देखाएर छुट प्राप्त गर्न सक्नेछन् ।

यस साझेदारीलाई औपचारिकता दिने क्रममा मेलुङ थकालीका सह(संस्थापक बसन्त लामा, डिशहोमका चिफ न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर, सबिन महर्जन बीच एमओयूमा हस्ताक्षर गरिएको छ।

‘यो साझेदारीले नेपालको मनपर्ने थकाली गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ,” डिशहोमका सीईओ तारा मानन्धरले बताए।

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो। कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ।

एनआईसी एशिया क्यापिटलको नवौंं वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत नगद लाभांश पारित

एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा आज बुधबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथलीमा सम्पन्न भएको छ । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त सभामा संचालक समितिको अध्यक्ष सन्तोष कुमार राठीज्यूले रु.२० करोड चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा रु.३० करोड ६० लाख भन्दा बढी आम्दानी गरी रु.११ करोड ६४ लाख भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको व्यहोरा जानकारी गराए ।

त्यसैगरी व्यवसाय तर्फ आषाढ मसान्त, २०८२ सम्म ८ लाख डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवा अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ५ वटा योजना मार्फत रु.५ अर्व ४५ करोड भन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको, लगानी व्यवस्थापन सेवा अन्तर्गत ७२० जना ग्राहकहरुबाट रु.२ अर्व ७० करोड भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको, शेयर रजिष्ट्रार सेवा अन्तर्गत २३ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा “IDEA to IPO” सेवा अन्तर्गत १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको जानकारी दिए ।

साथै क्यापिटलले नवौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांश सहित आफ्नो शेयरधनीलाई हालसम्म २९० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको समेत उनले बताए ।

एनएमबि बैंकका ग्राहकहरु तथा कर्मचारीलाई बेस्ट वेस्टर्न प्लसमा २० प्रतिशत छुट

एनएमबि बैंकले आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग नयाँ साझेदारी गरेको छ ।

यस साझेदारी मार्फत, एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनुहुनेछ, जसले बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुको बसाइ अझ किफायती र सहज हुनेछ ।

साथै, बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पूल प्रयोगमा १० प्रतिशत छुट पनि प्राप्त गर्नुहुनेछ ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

महालक्ष्मी विकास बैंकलाई ‘सम्पत्ति गुणस्तर’ श्रेणीमा भारतीय चेम्बर अफ कमर्स अवार्ड

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंकले ‘सम्पत्ति गुणस्तर’ अन्तर्गतको विधामा सम्मान पाएको हो।

शुक्रबार नयाँ दिल्लीमा आयोजित ‘तेस्रो इर्मजिङ्ग एसिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्डस’ कार्यक्रममा
बैंकले उक्त सम्मान प्राप्त गरेको हो।

बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ्ग कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रींलका, नेपाल, म्यानमार, बंगलादेशका बैंकहरुको सहभागिता रहेको थियो।

बैंकले सम्पत्तिको संरचना, सम्पत्तिहरुको प्रभावकारी परिचालन तथा सम्पत्तिको गुणस्तर सुधारमा उल्लेखनिय कार्य गरे बापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो।

यस अवार्डको प्राप्तिसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

हालै मात्र महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एचडिएफसी बैंकबीच सीमा–पार वित्तीय सेवाहरुलाई प्रवर्द्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ।

राष्ट्र बैंकले बजारबाट ५५ अर्ब रुपैयाँ उठाउँदै

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ५५ अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले बोलकबोलमार्फत २१ दिनका लागि ५५ अर्ब रुपैयाँ उठाउन लागेको हो।

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ। आइतबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।

राष्ट्र बैंकले साँवा तथा ब्याज असोज ५ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको ३ खर्ब २८ अर्ब १० करोड रुपैयाँ परिपक्व हुन बाँकी छ।

दसैंका लागि सुकिला नोट सटहीको सुविधा भदौ २९ देखि

नेपाल राष्ट्र बैंकले दसैंलाई लक्षित गर्दै यही भदौ २९ गतेदेखि सुकिला नोट सटहीको व्यवस्था गरेको छ। राष्ट्र बैंकले आइतबार एक सूचना निकालेर भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट सटहीको व्यवस्था गरिएको जनाएको छ।

सुकिला नोट राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलीमा साट्न पाइनेछ। यस्तै राष्ट्र बैंकले आफ्ना विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा पनि सुकिला नोट सटहीको सुविधा उपलब्ध हुने जनाएको छ ।

राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा पनि नोट सटही सुविधा उपलब्ध हुनेछ।

नाडालाई महासंघमा लाने योजनामा तत्कालका लागि ब्रेक

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई महासंघमा लाने योजनामा तत्कालका लागि ब्रेक लागेको छ। नाडालाई महासंघमा लाने प्रस्ताव पारित गर्न बोलाइएको विशेष साधारण सभा तोकिएको मितिमा नहुने भएको छ।

विशेष साधारण सभा स्थगित गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाडालाई विशेष साधारण सभा स्थगित गर्न निर्देशनसहित विशेष साधारण सभा बोलाउनुको कारणबारे जवाफ मागेको छ।

विशेष साधारण सभा बोलाउन गरिएको निर्णयसहित ७ दिनभित्र आफूकहाँ आउन जिल्ला प्रशासन कार्यालयले नाडालाई पत्र लेखेको छ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भदौ ८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले नाडालाई महासंघमा लैजाने निर्णय गरेको विज्ञप्ति निकालेका थिए। नाडाले महासंघमा जाने प्रस्ताव पारित गर्न भदौ २४ गतेका लागि साधारण सभा तय गरेको थियो।

कार्यसमितिको निर्णयविरुद्ध आकाश गोल्छा पक्षले स्थानीय प्रशासन गुहारेको थियो। आकाश पक्षको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयले नाडालाई पत्र काटेको हो। आकाश आफैं कार्यसमिति सदस्य हुन्।

नाडाका अध्यक्ष करण चौधरीले संस्थालाई महासंघमा रुपान्तरण गरेर फेरि आफैं अध्यक्ष हुने योजना बनाएको भन्दै आकाशले विशेष साधारण सभा रोक्न लगाएका हुन्।

नाडामा करणपछि आकाश अध्यक्ष बन्ने सहमति २०८० पुस तेस्रो साता भएको थियो। करणसँग आकाश पनि अध्यक्षको प्रतिस्पर्धामा थिए। तर, आकाशलाई करणपछि अध्यक्ष बनाउने सहमतिमा त्यतिखेर वरिष्ठ उपाध्यक्ष बनाइएको थियो।

नाडाको विधानमा वरिष्ठ उपाध्यक्षको पद नरहेका कारण जिल्ला प्रशासन कार्यालयले आकाशलाई वरिष्ठ उपाध्यक्ष मान्न अस्वीकार गर्‍यो। त्यसपछि आकाश कार्यसमिति सदस्यमा झरेका थिए। यो विषयले पनि करण र आकाशबीचको विवाद चुलिएको थियो।

भारतको आइसीसी अवार्डबाट महालक्ष्मी विकास बैंक सम्मानित, सम्पत्ति गुणस्तरमा राइजिङ स्टार

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंकले ‘सम्पत्ति गुणस्तर’ (एस्सेट्स क्वालिटी) अन्तर्गतको विधामा सम्मान पाएको हो।

नयाँ दिल्लीमाआयोजित ‘तेस्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस’मा बैंकले राइजिङ स्टार इन एस्सेट्स क्वालिटी सम्मान प्राप्त गरेको हो।

बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रींलका, नेपाल, म्यानमार र बंगलादेशका बैंकहरुको सहभागिता रहेको थियो।

सम्पत्तिको संरचना, सम्पत्तिहरुको प्रभावकारी परिचालन तथा सम्पत्तिको गुणस्तर सुधारमा उल्लेखनिय कार्य गरे बापत महालक्ष्मी विकास बैंकले उक्त अवार्ड प्राप्त गरेको हो।

यो अवार्डले अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

हालै मात्र महालक्ष्मी विकास बैंक र भारतको एचडीएफसी बैंकबीच क्रस बोर्डर वित्तीय सेवाहरुलाई प्रवर्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धीकार्य गर्न समझदारी भएको छ। समझदारी अन्तर्गत महालक्ष्मीविकास बैंकले ग्राहकहरुले भारतबाट नेपालमा भुक्तानी गर्न मिल्ने प्रणाली संचालनमा ल्याएको हो।