जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

हालको खबर

बैंक अफ काठमाण्डूले २ लघुवित्तको ७ लाख ५५ हजार कित्ता शेयर लिलाम गर्ने

बैंक अफ काठमाण्डूले आफ्नो स्वामित्वमा रहेका २ वटा लघुवित्त कम्पनीको संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८ सय कित्ता संस्थापक शेयर र छिमेक लघुवित्तको ६ लाख ६ हजार १ सय ४० कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो ।

यस शेयरमा आज फागुन ५ गतेदेखि चैत्र ९ गतेसम्म आवेदन दिन सकिने छ । बैंकले आरएमडिसी लघुवित्तको शेयरको प्रतिकित्ता न्युनत्तम ,मूल्य ५४० रुपैयाँ कायम गरेको छ भने छिमेक लघुवित्तको शेयरको प्रति कित्ता न्युनतम मूल्य ६०० रुपैयाँ कायम गरेको छ । इच्छुक लगानीकर्ताले न्युनतम मूल्य भन्दा बढी रकम कबुल गरि लिलामीको शेयरमा आवेदन दिनु पर्ने छ । आवेदन दिंदा न्युनतम २ हजार कित्ताको लागि दिनु पर्ने छ भने अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।

यद्यपि यस लिलामीको शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने छन् । शेयर लिलाम प्रक्रियाको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

गेटवे पेमेन्ट सर्भिस र एनपीसीआई इन्टरनेसनल र मनम इन्फोटेकबीच सम्झौता

 गेटवे पेमेन्ट सर्भिसले अन्तरआवद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (युपीआई नेपाल) सञ्चालनका लागि भारतको एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतासँगै अब विभिन्न बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक बीचमा अन्तरआवद्धता विद्युतीय भुक्तानीको सञ्जाल सञ्चालनमा गर्ने र भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै, पेटीएम, गुगलपे, फोनपे) मार्फत नेपालस्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यवस्था गर्न लागिएको हो ।

यस सेवाको शुरुवातसँगै भारतीय नागरिक नेपाल आउँदा क्युआर कोड स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् । नेपालीहरुले भारतमा यात्रा गर्दा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

प्रारम्भिक चरणमा आगामी तीन महिनाभित्र उल्लेखित सेवाहरु सुचारु हुने र एनपीसीआईले भारतमा सञ्चालन गरिरहेको सम्पूर्ण सेवाहरु पनि क्रमिक रुपमा शुरुवात गर्दै जाने गेटवे पेमेन्ट सर्भिसले जनाएको छ ।

उक्त सम्झौतामा गेटवे पेमेन्टका तर्फबाट अध्यक्ष कमलनाथ प्रधान र एनपीसीआई इन्टरनेसनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला र भारतीय फिनटेक कम्पनी मनम इनफोटेका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका छन् ।

ज्योति विकास बैंकद्वारा खोटाङ र सिन्धुलीका अस्पताललाई बेबी वार्मर (न्यानो नानी) प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत चिउरीडाँडा स्वास्थ्य चौकी- खोटाङ र कल्पवृक्ष स्वास्थ्य चौकी-सिन्धुलीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ। बैंकले यी अस्पतालहरुलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो।

चिउरीडाँडा स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्र नेपालीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.७- खोटाङका वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष महन्तकुमार राईलाई सो बेबी वार्मर औपचारिकरुपमा हस्तान्तरण गरेका हुन्।

साथै कल्पवृक्ष स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट सुरेन्द्र नेपालीले मरीण गाउँपालिका वडा नं.३, सिन्धुलीका वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका विमर्श मोक्तानलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरे।

कार्यक्रममा अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्षरुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ।

बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा डा. महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा “न्यानो नानी” बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको “न्यानो नानी” परियोजना-२ को लागि सहयोग प्रदान गरेको थियो।

ज्योति विकास बैंकले हाल १११ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ।–

घरजग्गा र शेयर कर्जामा कडाइ

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको मौद्रिक नीतिको ९ बुँदामा समीक्षा गरेको छ । बिहीबार राष्ट्र बैंकले अर्थतन्त्रमा देखिएका विद्यमान समस्याहरु समाधान हुने गरी मौद्रिक नीतिको समीक्षा गरेको बताएको छ ।

समीक्षामार्फत राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा थप कडाई गर्ने घोषणा गरेको छ भने उत्पादनशील क्षेत्रमा जाने ऋणको ब्याजदर केही सस्तो बनाउने घोषणा गरेको छ । राष्ट्र बैंकले घरजग्गा तथा सेयर धितोमा लगानी हुने कर्जामा पुनरावलोकन गर्ने बताएको छ ।कृषि, ऊर्जा तथा लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको सीमा साथै रेमिट्यान्स स्थानान्तरणको सुविधालाई समेत पुनरावलोकन गर्ने समीक्षामा उल्लेख गरिएको छ ।हेनुंस् मौद्रिक नीतिको समीक्षा :१. मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरिएको छ । विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत कायम राखिएकोछ । २. यस बैंकबाट बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको असल कर्जाको धितोमा प्रदान गरिने पुनरकर्जा सुविधाअन्तर्गत सम्वन्धित ग्राहकबाट लिन पाउने अधिकतम ब्याजदर ७ प्रतिशत कायम गरिनेछ । ३. बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाहरुमध्ये उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदरभन्दा कम हुने गरी फरक पार्ने सम्वन्धमा अध्ययन गरिनेछ । यो व्यवस्था आगामी त्रयमासदेखि कुनै एक क्षेत्रबाट नमूनाकोरुपमा कार्यान्वयनमा ल्याइनेछ ।

४. बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाकोजोखिम भारमा पुनरावलोकन गरिने छ ।

५. पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था मिलाइनेछ ।

६. कोभिड १९ को प्रभावलाई मध्यनजर गरी वाणिज्य बैंकहरुले आ-आफ्नो विशेषज्ञताको आधारमा तोकिएका क्षेत्रअन्तर्गतका कृषि, ऊर्जा तथा लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको सीमासम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ ।

७. भारतबाट क्रेडिट सुविधामा वस्तु आयात गर्न सकिने विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ ।

८. गैर-आवासीय नेपालीको नाममा परिवत्र्य विदेशी मुद्रामा खाता खोल्न सकिने सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ ।

९. विप्रेषण कम्पनीहरुले आफ्ना एजेन्ट र सब-एजेन्टमार्फत स्वदेशभित्र गर्ने रकम स्थानान्तरणको सीमालाई पुनरावलोकन गरिनेछ ।

आइएमई जनरल इन्स्योरेन्सले प्रस्ताव गर्‍यो ७.३७% लाभांश

आइएमई जनरल इन्स्योरेन्सले गत आव २०७७/७८ का लागि ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

इन्स्योरेन्सले आव २०७७/७८ को वितरणयोग्य नाफाबाट कायम चुक्तापुँजीको ७ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशतले नगद लाभांश दिने घोषणा छ। 

बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। नियामक बीमा समितिको स्वीकृति र आगामी वार्षिक साधारणले अनुमोदन गरेपछि मात्रै प्रस्तावित लाभांश लगानीकर्ताले पाउने कम्पनीले जनाएको छ।  

इन्स्योरेन्सको चुक्तापुँजी अहिले एक अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ छ। बोनस वितरण पछि इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब २३ करोड ८६ लाख १७ हजार २० रुपैयाँ पुग्नेछ

महालक्ष्मी विकास बैंकद्वारा कैलारी उद्योग वाणिज्य संघलाई फर्निचर प्रदान

महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदैँ महालक्ष्मी विकास बैंकको हसुलीया शाखाले कैलारी उद्योग वाणिज्य संघको कार्यालयलाई एक विशेष कार्यक्रमका बिच फर्निचर हस्तान्तरण गरेको हो । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो शाखाले उद्योग बाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको कुरा बैंकका शाखा इन्चार्ज जगुराम डगौराले बताए । 

उक्त फर्निचर सामान कैलारी गाउँपालिकाका प्रमुख लाजुराम चौधरीको प्रमुख आतिथ्यमा कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै कैलारी गाउँपालीका अध्यक्षले बैंकले  उत्कृष्ट वित्तिय सेवाहरु प्रदान गर्दै आइरहेको र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत स्थानियहरुको आर्थिक उत्थानमा सहयोग पु¥याइरहेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे । 

उक्त कार्यक्रमा स्थानियबासी, स्थानिय जनप्रतिनिधी, कर्मचारी, उद्योगी, व्यापारीहरुको उल्लेख्य सहभागीता रहेको थियो । आगामी दिनहरुमा पनी सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने बैंकले जनाएको छ । 

प्रहरीमा एआईजीको तीन दरबन्दी थप्ने निर्णय

नेपाल प्रहरीमा तीन वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन वटा विशिष्ट श्रेणीको दरबन्दी थप गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

थप भएको दरबन्दीमा बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिष्पर्धी छन्।

थप भएको दरबन्दीमा बढुवा हुनका लागि डीआईजी पन्त, कार्की, धिरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदीको लबइङ तीब्र छ । उनीहरुमध्ये पन्त र कार्की हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याची हुन् ।

सिंह, धानुक र सुवेदीमध्ये जोसुकै एआईजीमा बढुवा भए भावी महानिरीक्षकको दाबेदार बन्नेछन् । उनीहरुको ब्याचका विश्वराज पोखरेल र सहकुलबहादुर थापा यसअघि नै एआईजी बनिसकेका छन् ।

हालका आईजीपी थापाले १९ वैशाख २०७९ मा ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदैछन् । उनको अवकाशपछि विश्वराज, सहकुल र अहिले एआईजीमा बढुवा हुने उनको टोलीका अधिकृतमध्येबाट एक जना प्रहरी महानिरीक्षक बन्नेछन् ।

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

पूँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल संयोजकत्वको छनोट समितिले बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम सिफारिस गरेको थियो ।

सर्वोत्तम सिमेन्टको सेयर खरीद प्रकरणमा मुछिएपछि तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेको थियो । ढुंगानालाई पदबाट हटाएपछि नयाँ अध्यक्ष नियुक्ति गर्न बनेको छनोट समिति लामो समय विवादित बन्यो ।पछि नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत र बोर्ड अध्यक्षमा सत्ता साझेदार दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति जुटेपछि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाकै चाहनामा हमाल अध्यक्ष नियुक्त भएका स्रोतको भनाइ छ

सहकारीको सिद्धान्त, मुल्य र मान्यता अनुरुप काम गर्न मन्त्री श्रेष्ठको सहकारी विभागलाई निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको सर्वमान्य सिद्धान्त, मुल्य र मान्यता अनुसार सहकारीहरुलाई अगाडी बढाउन कसैको दबाब र प्रभावमा नपरि काम गर्न सहकारी विभागलाई निर्देशन दिनुभएको छ । 

नयाँबानेश्वर स्थित सहकारी विभागको आज अनुगमन तथा निरिक्षण गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि अनुगमनलाई प्रभावकारी बनाउदै जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो “धेरै सहकारीहरुले सिद्धान्त, मुल्य र मान्यताअनुसार काम नगरेको र सदस्यहरु मारमा परेको गुनासो बढ्दै गइरहेको अवस्थामा समयमा नै समस्या पहिचान गर्नुस त्यसको समाधानका लागि मन्त्रालय तयार छ । ”

मन्त्री श्रेष्ठले नियमित रुपमा सञ्चालनमा रहेका सहकारीको वास्तविक तथ्याङ्क लिनु पर्ने, सहकारी एकीकरणमा देखिएको समस्या समाधान गर्नुपर्ने, सहरकारी प्रशिक्षण केन्द्रलाई स्तरोन्नती गर्नुपर्ने र संघीयताको मर्म अनुसार आ—आफ्नो क्षेत्राधिकार भित्र रहेर सहकारी विभाग र प्रशिक्षण केन्द्रले परिणाम निस्कने गरी काम गर्न पर्नेमा जोड समेत दिनुभयो ।

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलीयाले सहकारी क्षेत्रमा सुशासन कायम गर्न राम्रा काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्न आवश्यक रहेको भन्दै त्यसमा विभागले प्रभावकारी भूमिका खेल्नु पर्ने बताउनुभयो ।

लक्ष्मी बैंकको ११औं एक्स्टेन्सन काउण्टर विस्तार

लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो एघारौं एक्स्टेन्सन काउण्टर विस्तार गरेको छ । बैंकले उक्त काउन्टर रुकुम पश्चिमको त्रिवेणी गाँउपालिका स्थित झुलनेटामा स्थापना गरेको हो । 

यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ५० जिल्लामा १४१ शाखा, ११ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

यो एक्स्टेन्सन काउण्टरको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

कोरोना कहरबीच १९ जीवन कम्पनीहरुको बीमा शुल्क आर्जनमा छलाङ्गः नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो, पूराना कम्पनीलाई चुनौती बन्दै नयाँ बीमा कम्पनी यूनियन लाईफ इन्स्योरेन्स, महालक्ष्मी लाइफको ओरालो लाग्दो यात्रा जारी ?

नेपालका पूराना बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, लाईफ इन्स्योरेन्स कम्पनी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीहरुलाई बीमा शुल्क आर्जनमा नयाँ यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले चुनौती दिँदै आएको छ भन्दा अब फरक पर्दैन तर, अदालतको निर्णयबाट स्थापना भएको विवादमा सधै फस्दै आएको महालक्ष्मी लाईफ इन्स्यारेन्स कम्पनीको यात्रा भने ओरालो लाग्दो छ भन्दा अब फरक पर्दैन । हेक्का होस् ।
नेपालमा अदृश्य शक्तिबाट आएको अदृश्य रोग कोरोना भाइरसले हजारौको ज्यान गयो । लाखौ बिरामी भए । सयौ व्यवसायी प्रतिष्ठान बन्द नै भए तर पनि कोरोना जोखिम बीच नेपालका १९ जीवन बीमा कम्पनीहरुले लोभलाग्दो कमाई गरेका छन् भन्दा अब चाहि फरक पर्दैन । कोरोना कहरबीच १९ जीवन बीमा कम्पनीहरुले खुद बीमा शुल्कमा चमत्कार नै गरेका छन् भन्दा फरक पर्दैन । १९ जीवन बीमा कम्पनीहरुले ६ महिनाको यो अवधीमा करिब ७१ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको भेटिएको छ ।

नेपालकै उच्च बोनस दिँदै आएको नेपाल लाईफ इन्स्यारेन्स कम्पनीले बीमा शुल्कमा प्रथम स्थान ओगटेको छ भन्दा फरक पर्दैन । यस कम्पनीको कामु सीइओ प्रविण रमण पराजुली रहेका छन् । उनीले अब यस कम्पनीलाई कसरी अगाडी लैजाने हुन् त्यो हेर्न भने बाँकी छ । अर्को भारतीय लगानीमा स्थापना भई नेपालमा शाखा रहेको लाईफ इन्स्योरेन्स कम्पनीले दोस्रो स्थान ओगटेको भेटिएको छ । लक्ष्मी प्रसाद दास सीइओ रहेको यस कम्पनीले उच्च व्यवसाय विस्तार गर्दै राम्रो प्रगति गरेको भेटिएको छ ।

नेपालकै पूरानो कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बीमा शुल्क आर्जनमा तेस्रो स्थान ओगटेको भेटिएको छ । यस कम्पनीमा सुरेश प्रसाद खत्री सीइओ रहेका छन् । उनीकै नेतृत्वमा कम्पनीले लोभ लाग्दो बीमा शुल्क आर्जन गर्दै व्यवसाय विस्तारमा समेत छलाङ्ग मारेको भेटिएको छ । यी पूराना र स्थापित कम्पनीहरुलाई चर्को चुनौती दिँदै नयाँ यूनियन लाईफ इन्स्योरेन्स कम्पनी बजारमा आएको देखिन्छ । यस कम्पनीले यो अवधीमा ४ अर्ब १२ करोड बीमा शुल्क आर्जन गरेको छ भन्दा अब फरक पर्दैन । यस कम्पनीको सीइओ मनोज कुमार लाल कर्ण रहेका छन् । उनी बीमा बमारमा चर्चित सीइओ मानिन्छन् ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क (प्रिमियम) १२.१३ प्रतिशते वृद्धि भएको छ भन्दा फरक पर्दैन । कम्पनीहरुले ६ महिनामा करिब ७० अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क वापत आर्जन गरेका छन् । कम्पनीहरुको गत वर्ष सोही अवधिमा खुद बीमा शुल्क करिब ६२ अर्ब ३८ करोड रुपैयाँ थियो । चालु वर्षको दोस्रो त्रैमासिकमा सबैभन्दा धेरै खुद बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ६ महिनामा १८ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ ।
बीमा शुल्क बढी आर्जन गर्ने कम्पनीमा लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा छ । कम्पनी चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा करिब ८ अर्ब ९२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेपालकै पूरानो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ । कम्पनीले पुस मसान्तसम्म करिब ६ अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको भेटिएको छ । राष्ट्रिय बीमा संस्थान बीमा शुल्क बढी आर्जन गर्ने चौथो स्थानमा रहेको छ । कम्पनीले ६ अर्ब ९ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको भेटिएको छ । नयाँ जीवन बीमा कम्पनी युनियन लाइफ इन्स्योरेन्सको बीमा शुल्क ४ अर्ब १२ करोड रुपैयाँ आर्जन गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि ३ अर्ब ४६ करोड रुपैयाँ कमाएको भेटिएको छ ।

यो मामलामा एशियन लाइफ तीन अर्ब ४६ करोड रुपैयाँ आर्जन सहित छैटौं स्थानमा रहेको छ । यस्तै, मेट लाइफले दुई अर्ब ६८ करोड, सिटिजन्स लाइफले २ अर्ब ५९ करोड, प्राइम लाइफले २ अर्ब ४७ करोड सन नेपालले २ अर्ब, सूर्या लाइफले २ अर्ब ४७ करोड रुपैयाँ, रिलायबल नेपालले २ अर्ब ५९ करोड, ज्योती लाइफले एक अर्ब ७० करोड रुपैयाँ आर्जन गरेको भेटिएको छ । आईएमई लाइफले एक अर्ब ६३ करोड, गुराँस लाइफले एक अर्ब ६२ करोड, रिलायन्स लाइफले एक अर्ब ४३ करोड, सानिमा लाइफले एक अर्ब १७ करोड र प्रभु लाइफले एक अर्ब एक अर्ब रुपैयाँ आर्जन गरेको देखिन्छ ।

चालु आवको पुस मसान्तसम्म सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । सबैभन्दा कान्छो एवं अदालतबाटै स्थापना भएको यस जीवन बीमा कम्पनीले ६९ करोड ५३ लाख बीमा शुल्क आर्जन गरेको देखिन्छ । यस कम्पनीको सीइओ रमेश कुमार भट्टराई छन् । नयाँ कम्पनी खोल्ने र आफ्ना नातागोतालाई जागिर दिने, काम भन्दा बढि कुरा गर्ने सीइओ भट्टराई भएकै कारण महालक्ष्मी लाइफ इन्स्योरेन्स ओरालो लाग्दो यात्रा शुरु भएको देखिन्छ हेक्का होस् ।

५ जीवन बीमा कम्पनीहरुको ३ करोड १५ लाख कित्ता साधारण शेयर आउँदैः कानून र इन्स्योरेन्स कम्पनीहरुको वित्तिय मूल्याङ्कनको आधारमा प्रिमियम मूल्य थप गर्न पाउने ?

नेपालका नयाँ ५ वटा जीवन बीमा कम्पनीहरुले सर्वसाधारण जनतामा जारी गरिने आईपीओ निकट भविष्यमा आउँदै छन् । भन्दा अब चाहि फरक पर्दैन । सिटिजन लाईफ इन्स्योरेन्स, आईएमई लाईफ इन्स्योरेन्स, सनलाईफ इन्स्योरेन्स, महालक्ष्मी लाईफ इन्स्योेरेन्स र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड १५ लाख कित्ता साधारण शेयर आउँदैछ भन्दा अब चाहि फरक नपर्ला । लामो प्रतिक्षा पछि यी ५ वटा जीवन बीमा कम्पनीहरुको साधारण शेयर बजारमा आउन लागेको हो भन्दा फरक पर्दैन । नेपालमा संचालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १२ जीवन बीमा कम्पनीले सेयर जारी गरेर कारोबारसमेत भइसकेका छन् । रिलायबल नेपाल लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र महालक्ष्मी लाइफ प्राथमिक सेयर निष्कासन प्रक्रियामा छन् । यी मध्ये रिलायबल, सन नेपाल र सिटिजन लाइफले भने प्रिमियम मूल्यमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको भेटिएको छ ।

सेयर लगानीकर्ता माझ लघुवित्तपछि जीवन बीमा कम्पनीको सेयर लोकप्रिय छ । ’विद्यमान कानुन र इन्स्योरेन्सहरुको वित्तीय मूल्यांकन बमोजिम बीमा समितिले प्रिमियम मूल्य थप गर्न अनुमति दिने परम्परा छ भन्दा फरक पर्दैन । तथ्यांकले समर्थन गरेका इन्स्योरेन्सलाई प्रिमियम मूल्य लिन अनुमति दिइएको बीमा समितिले दिने गर्दछ । २१२ रुपैयाँको प्रिमियम मूल्यमा आइपीओ जारी गर्न रिलायबलले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत माग गरेको भेटिएको छ । यो कम्पनीको सेयर निष्काशन प्रक्रिया बोर्डमा होल्ड भएको छ भने सन लाईफ नेपाल र सिटिजन लाइफले पनि साधारणसभाबाट सेयर निष्काशन गर्ने प्रस्ताव पास गरिसकेका छन् । सन लाईफ नेपालले ६० लाख कित्ता र सिटिजन लाइफले ७५ लाख कित्ता आइपीओ निष्कासन गर्दैछन् भन्दा अब फरक पर्दैन ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ अनुसार प्रिमियममा सेयर निष्कासन गर्ने संस्था पछिल्लो तीन आर्थिक वर्षसम्म लगातार नाफामा हुनुपर्ने व्यवस्था छ । यस्तै, संस्थाको प्रति सेयर चुक्ता पुँजीभन्दा प्रति सेयर नेटवर्थ बढी हुनुपर्ने, साधारणसभाबाट पारित हुनुपर्ने, औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङ ग्रेड प्राप्त हुनुपर्ने लगायतका व्यवस्था पनि छन् भन्दा फरक पर्दैन । यस अतिरिक्त संस्थाले प्रिमियम मूल्य निर्धारण गर्दा अपनाइएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्थाभन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट प्रमाणित धितोपत्र मूल्यांकन प्रतिवेदन पनि पेस गर्नुपर्ने देखिन्छ । हेक्का होस् ।

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको आइएमई लाइफ इन्स्योरेन्सले भने फेस भ्यालुमै ६० लाख कित्ता आइपीओ निष्कासनका लागि निवेदन पेस गरेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि वार्षिक साधारणसभाबाट स्वीकृत भएको जारी पुँजी दुई अर्बको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको भेटिएको छ । व्यावसायिक पक्षमा पनि सबै कम्पनी सबल नै देखिएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका यी पाँच जीवन बीमा कम्पनी वित्तीय सूचकांकमा एक अर्कालाई टक्कर दिने क्षमता राख्छन् । कान्छो मानिने महालक्ष्मी लाइफ इन्स्योरेन्सको व्यवसाय भने अन्यको तुलनामा अत्यन्तै कमजोर निरिह देखिएको छ । भन्दा फरक पर्दैन ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सर्वाधिक नाफा रिलायबल नेपाल लाइफले कमाएको छ । इन्स्योरेन्सले १८ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । सोही अवधिमा सिटिजन लाइफले ११ करोड २ लाख रुपैयाँ खुद नाफा कमाउँदा सन नेपालको ८ करोड २ लाख रुपैयाँ मुनाफा गरेको हो । आइएमई लाइफले पनि ७ करोड ७९ लाख रुपैयाँ कमाएको देखिन्छ । महालक्ष्मी लाइफको खुद नाफा भने अन्य चारको तुलनामा सर्वाधिक कम मात्रै होइन डरलाग्दो अवस्थाको हो भन्दा फरक पर्दैन । यस कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ । हेक्का होस् । गत आर्थिक वर्षको दोस्रो त्रैमाससँग तुलना गर्दा भने अधिकांशको खुद नाफा सामान्य बढ्दा सन नेपाल लाइफ ४४.२३ प्रतिशतको सर्वाधिक वृद्धि दर कायम गर्न सफल भएको कम्पनी मानिन्छ ।

नाफासँग संलग्न व्यापार विस्तार पनि हुन्छ । यी पाँच जीवन बीमामध्ये सर्वाधिक खुद बीमा शुल्क संकलन गर्न अब्बल सिटिजन लाइफ हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सले २ अर्ब ४२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा खुद बीमा शुल्क ७६.४९ प्रतिशत बढेको छ । अन्यको तुलनामा सर्वाधिक वृद्धिदर सिटिजन लाइफ इन्स्योरेन्सले नै कायम गरेको छ भन्दा फरक पर्दैन ।

खुद बीमा शुल्क संकलनको दौडमा सिटिजन लाइफलाई पछ्याउने रिलायबल नेपाल लाइफ र आइएमई लाइफ हुन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रिलायबल नेपाल लाइफले १ अर्ब ९२ करोड रुपैयाँ र आइएमई लाइफले १ अर्ब ५९ करोड रुपैयाँ खुद बीमा शुल्क कमाए । सन नेपालले पनि समीक्षा अवधिमा १ अर्ब ३१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा महालक्ष्मी लाइफको खुद बीमा शुल्क संकलन सबैभन्दा कम ६७ करोड ९१ लाख रुपैयाँ देखिन्छ । सधैं नयाँ कम्पनी खोल्दै आफन्ता भर्ना गर्न माहिर सीइओ रमेश कुमार भट्टराईको नेतृत्वले हावा खाएको सन्देश यो वित्तिय विवरणबाटै प्रस्ट भएको छ भन्दा फरक पर्दैन । हेक्का होस् ।

सञ्चालनपछि चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सर्वाधिक बीमा लेख सख्या रिलायबल नेपाल लाइफको छ । यो अवधिसम्ममा इन्स्योरेन्सले ४६ लाख ९४ हजार ४७३ वटा बीमा लेख बिक्री गरिसकेको भेटिएको छ । सोही अवधिमा सन नेपाल लाइफले ४ लाख ५ हजार ६४ वटा, सिटिजन लाइफले २१ लाख २१ हजार ६९२ वटा, आइएमई लाइफले २ लाख १५ हजार ५५० वटा र महालक्ष्मी लाइफले ३३ हजार ४६८ वटा बीमालेख बिकी गरेका छन् । बीमा लेखको सख्या गत आर्थिक वर्षको तुलनामा सर्वाधिक वृद्धि गर्ने सन नेपाल लाइफ हो । इन्स्योरेन्सको बीमा लेखको सङ्ख्या ४९१.७४ प्रतिशत बढेको देखिन्छ ।

जीवन बीमा कोषको आकार हेर्दा पनि सिटिजन लाइफको सर्वाधिक देखिन्छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा १०३.७९ प्रतिशत वृद्धि भएको इन्स्योरेन्सको जीवन बीमा कोषमा ४ अर्ब ८८ करोड रुपैयाँ सञ्चित छ । यसलाई बीमा बजारको चमत्कार नै मान्न सकिन्छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आइएमई लाइफको जीवन बीमा कोषको आकार ३ अर्ब ८७ करोड रुपैयाँ छ । सोही अवधिमा रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा ३ अर्ब ६१ करोड रुपैयाँ सञ्चित हुँदा सन नेपाल लाइफको बीमा कोषमा ३ अर्ब ६ करोड रुपैयाँ छ । महालक्ष्मी लाइफको जीवन बीमा कोषको आकार भने सबै भन्दा सानो देखिन्छ । कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ७३ करोड रुपैयाँ सञ्चित छ । यो कस्तो कम्पनी हो खोजीको विषय बनेको छ हेक्का होस् ।

हालसम्म चुक्ता पुँजीमा पनि सिटिजन लाइफ नै अघि देखिन्छ । सिटिजनको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । बाँकी चारवटैको चुक्ता पुँजी समान १ अर्ब ४० करोड रुपैयाँ छ । यो कम्पनीको लागि लोभ लाग्दो प्रगति हो भन्दा फरक पर्दैन । सचेत भया ।