जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सहकारीको सिद्धान्त, मुल्य र मान्यता अनुरुप काम गर्न मन्त्री श्रेष्ठको सहकारी विभागलाई निर्देशन

सहकारीको सिद्धान्त, मुल्य र मान्यता अनुरुप काम गर्न मन्त्री श्रेष्ठको सहकारी विभागलाई निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको सर्वमान्य सिद्धान्त, मुल्य र मान्यता अनुसार सहकारीहरुलाई अगाडी बढाउन कसैको दबाब र प्रभावमा नपरि काम गर्न सहकारी विभागलाई निर्देशन दिनुभएको छ । 

नयाँबानेश्वर स्थित सहकारी विभागको आज अनुगमन तथा निरिक्षण गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि अनुगमनलाई प्रभावकारी बनाउदै जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो “धेरै सहकारीहरुले सिद्धान्त, मुल्य र मान्यताअनुसार काम नगरेको र सदस्यहरु मारमा परेको गुनासो बढ्दै गइरहेको अवस्थामा समयमा नै समस्या पहिचान गर्नुस त्यसको समाधानका लागि मन्त्रालय तयार छ । ”

मन्त्री श्रेष्ठले नियमित रुपमा सञ्चालनमा रहेका सहकारीको वास्तविक तथ्याङ्क लिनु पर्ने, सहकारी एकीकरणमा देखिएको समस्या समाधान गर्नुपर्ने, सहरकारी प्रशिक्षण केन्द्रलाई स्तरोन्नती गर्नुपर्ने र संघीयताको मर्म अनुसार आ—आफ्नो क्षेत्राधिकार भित्र रहेर सहकारी विभाग र प्रशिक्षण केन्द्रले परिणाम निस्कने गरी काम गर्न पर्नेमा जोड समेत दिनुभयो ।

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलीयाले सहकारी क्षेत्रमा सुशासन कायम गर्न राम्रा काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्न आवश्यक रहेको भन्दै त्यसमा विभागले प्रभावकारी भूमिका खेल्नु पर्ने बताउनुभयो ।

3610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका