जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

माछापुच्छ्रे बैंकका ग्राहकले एमआई र पोको फोन किन्न शून्य प्रतिशत फाइनान्सिङ सुविधा पाउने

माछापुच्छ्रे बैंकले आफ्ना सेवाग्राही ग्राहकलाई एमआई साओमी फोन र पोको फोनको खरिदमा शून्य प्रतिशतको फाइनान्सिङ सुविधा दिने भएको छ ।

बैंकले शुक्रबार बास्टल इमपेक्स प्रालिसँग सम्झौता गर्दै यस्तो सुविधा प्रदान गर्ने जनाएको हो ।

साथै सोही सम्झौतामा कम्पनीले इन्ट्रपे सुविधामार्फत ग्राहकलाई मोवाइल फोनसँगै कम्पनीका अन्य इलेक्ट्रोनिक सामानहरुको खरिदमा समेत विशेष सहुलियत प्रदान गर्ने जनाएको छ । एमआई साओमी र पोको ब्रान्डको मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरूमा बैंकले शून्य प्रतिशत इएमआई (फाइनान्सिङ) सुविधा प्रधान गर्नेछ ।

उक्त सम्झौतापत्रमा बास्टल इमपेक्सको तर्फबाट डाइरेक्टर नितेशकुमार मन्द्र र माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ विनय रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौता पछि बैंकका ग्राहकहरुले ६ देखि ९ महिनासम्मका लागि शून्य प्रतिशतको इएमआईमा इन्ट्रपेमार्फत पन्ध्र हजार रुपैयाँसम्मको फाइनान्सिङ सुविधा पाउनेछन् ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड बिचको मर्जर सम्बन्धी विशेष प्रस्ताब अस्विकृत

हिमालयन बैंक लिमिटेडको उनन्तीसौंं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

उक्त साधारणसभाले आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रतिवेदन सहित सोहि आ. व. को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.३८% बोनस शेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश प्रस्ताव पारित गरेको छ ।

यसका साथै हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड बिचको मर्जर सम्बन्धी विशेष प्रस्ताब भने साधारण सभाले अस्विकृत गरेको छ । उक्त प्रस्तावको सम्बन्धमा प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित शेयरधनीहरु मध्ये पचहत्तर प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकोमा उक्त प्रस्तावको पक्षमा आवश्यक पचहत्तर प्रतिशत मत नपुगेको कारण अस्विकृत भएको छ । उक्त विशेष प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३.६३%, विपक्षमा ४२.२९% र मत नहाल्नेमा १४.०९५ रहेका थिए ।

हाल, बैंकले देशभर ७४ शाखा, ५ विस्तारित काउन्टर, १४८ एटिएम र ५००० भन्दा बढी पि ओ एस टर्मिनल्सबाट सेवा प्रदान गर्दै आएकोे छ । समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १३.२९ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ४९ अर्ब ३८ करोड १७ लाख पुगेको छ भने कर्जा सापट २३.८३ प्रतिशतले बढ्न गई रु. १ खर्ब ३२ अर्ब ८५ करोड ८४ लाख पुगेको छ ।

कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित नेपाल कानून अनुसार बोलाइएको बैंकको वार्षिक साधारण सभा कोभिड—१९को बढी रहेको संक्रमणका कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकले जारी गरेको स्वस्थ्य सम्बन्धी मापदण्ड र निर्देशनको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालन गरिएको हो ।

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लगि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १६ करोड १९ लाख २ हजार ३२८ रुपैयाँ रहेकोमा बोनशपश्चात चुक्ता पूँजी १ अर्ब २८ करोड ९७ लाख ११ हजार ५८४ रुपैयाँ पुग्नेछ।

सिभिल बैंकको वार्षिक साधारणसभा सम्पन्न, ५.२६ प्रतिशत लाभांश पारित

सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा मिति २०७८ पौष ३० गते शुक्रवार सम्पन्न भएको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५% बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६% नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

साथै सभाले आ.व. २०७८/०७९ को लेखापरिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स” लाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन    (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।
सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । 

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८७ एटिएम मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले ९१ अर्व रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्व रुपैयाँ भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ । 

सेञ्चुरी कमर्सियल बैंककाे वार्षिक साधारण सभा सम्पन्न, ६.०५ प्रतिशत लाभाश पारित

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठज्यूको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा भौतिक उपस्थिति एवं अनलाइन (जुम) मार्फत समेत एकैसाथ संचालन भएको हो । 

साधारण सभाले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको छ । २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजीमा ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५०२ रुपैयाँमा ५.७५ प्रतिशतले हुन आउने रकम  ५१ करोड ९४लाख, ७९ हजार ६९६.३९ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम २ करोड ७३ लाख ४१ हजार ३६.६५ रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१५ शेयर संरचनालाई ५१५ हुने गरी शेयरधनीहको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ्ग र १०८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित

नबिल बैंक लिमिटेडको ३७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा शुक्रबार केन्द्रिय कार्यालय, तिनधारा, दरवारमार्ग, काठमाडौंमा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३८ लाभांश (३३.६०५ वोनस शेयर र ४.४० नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
 
आ.व. २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब ५३ करोड रुपैयाँ हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी  ३३.५७ हासिल गरी आप्mनो वासलात विस्तार गर्दै  २ खर्ब ९१ अर्ब रुपैयाँ पुर्याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ रुपैयाँ पुगेको छ ।

साधारण सभामा आप्mनो मन्तव्य राख्दै अध्यक्ष पौडेलले नबिल बैंकले नेपालको बैकिङ्ग आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पु¥याउन सफल भएकोमा समस्त नबिल परिवार गौरवान्वित रहेको र देशको ठुलोसंगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा बैंक केन्द्रित रहेको एंव संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई बैंकले उच्च प्राथमिकतामा राखेको सभाध्यक्ष पौडेलले जानकारी गराए बैंकले न्यून कार्वन अर्थतन्त्र, दिगो तथा समतामुलक भविष्य को लागि रणनीतिक रुपमा ग्रीन फाइनान्सिङ क्लाइमेट चेन्ज फाइनान्सिङमा थप लगानी गर्न प्रतिवद्ध रहेको समेत सभाध्यक्षले सभामा जानकारी गराए ।

यसै गरी सभाले आ.व. २०७८/७९ (२०२१/२२) को लागि वाह्य लेखापरीक्षकहरु एसएआर एसोशिएट्स चार्टड अकान्टेन्ट तथा पीजेपीएन एण्ड  चार्टड अकान्टेन्ट लाई संयुक्त रुपमा लेखापरीक्षकमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ । उक्त सभाले संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ (दुई) का लागि श्री उदय कृष्ण उपाध्याय र एनबी (ईन्टरनेशनल) लि. लाई प्रतिनिधित्व गर्दै उपेन्द्र प्रसाद पौडेल लाई निर्बिरोध निर्वाचित गरेको थियो ।
 
साथै, आजै सम्पन्न बैंक संचालक समितिको ५८८ औं वैठकले संचालक समितिको अध्यक्षमा पुन श्री उपेन्द्र प्रसाद पौडेलज्यूलाई चयन गरेको छ । श्री पौडेलज्यू मिति २०७४ मंसिर १५ देखि बैंक संचालक समिति एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै आउनुभएकोमा आजै सम्पन्न साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै निर्विरोध निर्वाचित भएका हुन् । 

बैंकले स्थापनाकाल देखि हालसम्म १६ अर्ब रुपैयाँ भन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको छ । वास्तविक अर्थतन्त्रलँई सहयोग पु¥याई समग्र अर्थतन्त्रको सुखद भविष्यको लागि हाम्रा प्रयासहरुलाई अझ बलीयो बनाउँदै लैजाने हामी प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी, हामी हाम्रा शेयरधनीहरु, ग्राहकवर्गहरु, नियामक निकायहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुमाझ यो बैंक सबल र सक्षम रहेको र हालको जस्तो अप्ठ्यारो परिस्थितिमा पनि आफ्नो सकारात्मक सोच एवं परिवर्तनलाई ग्रहण गर्न सक्ने क्षमताका माध्यमबाट उत्कृष्ट कार्यसम्पादन गर्न तयार रहेको व्यहोरा अवगत गराएको छ ।
 
विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ । नबिल बैंकले १३५ वटा शाखाहरु, १८७ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको छ । बैंकको साधारण सभा समयमै सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने शेयरधनी तथा सम्बद्ध सबै निकायहरू प्रति बैंक परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

महालक्ष्मी विकास बैंक र मोडर्न रेमिटान्सबीच समझदारी पत्रमा हस्ताक्षर

ग्राहकहरुलाई सरल,सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिटान्स सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले मोडर्न रेमिटान्स प्रालि सँग सम्झौता गरेको छ । 
बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र मोडर्न रेमिटान्स प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत साधु राम खड्काले हस्ताक्षर गरेका हुन् । 

यस सम्झौता पश्चात ग्राहकहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपाल भित्र बैंकिङ्ग च्यानल मार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्नेछन् । 

अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट मोडर्न रेमिटान्स मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैकले हालसम्म २७ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई छिटो, छरितो, भरपर्दो र सर्वसुलभ तरिकाबाट रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ । यसका साथसाथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषता सहितको मुद्दति योजना संचालनमा ल्याएको छ । हाल यस योजना अन्तर्गत ११.३५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिने कुरा बैंकले जनाएको छ । 

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभि चिप वेस ट्राभल कार्ड, इ कमर्स कार्ड,र डलर काड जारी गरिसकेको छ ।
समग्र चिप वेस ट्राभल कार्ड, इ कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ । कोभिड ̵ १९ को जोखमिलाई न्युनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सूरक्षित राख्न बैंकले हार्दिक अपिल गरेको छ ।

सिभिल बैंक खाता ‘खल्ती’ मा लिङ्क गर्दा १०० बोनस र स्मार्टफोन उपहार

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती ले सिभिल बैंक खाता ‘’खल्ती’’सँग लिङ्क गर्ने प्रयोगकर्ताहरुका लागि १०० बोनस अफर ल्याएको छ ।  साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने छन्।

यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट ’खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । प्रयोगकर्ताले लिंक गर्न अगाडी केवाईसी भेरिफाइ   गराउन पर्नेछ। केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सिभिल बैंक अकाउन्टबाट ’खल्ती’मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिने बैंकले जनाएको छ । 

यो अफर प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमित रूपमा पैसा लोड गर्न लाग्ने समय लाई कम गर्न ल्याइएको हो ।

एक पटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछि, यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापहरूमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य उपलब्ध सेवाहरू जस्ता बिलहरूको भुक्तानी गर्न सहज बनाउँछ । १०० बोनस अफर पौष ३० देखि फागुन १ सम्म लागु हुनेछ ।

नबिलले एनबि बैंकलाई प्राप्ती गर्ने सम्झौता पत्रमा हस्ताक्षर, स्वाप रेसियो १००:४३

नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको छ । बिहिबार १००:४३ स्वाप रेसियोमा नबिल बैंकले एनबिलाई प्राप्ति गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा नबिल बैंक र नेपाल बंगलादेश बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने काम सम्पन्न भएपछी नबिल बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।
बिहिबार यस्तो सम्झौता भएसंगै अव आइतबारबाट नेप्सेमा नेपाल बंगलादेश बैंकको सेयर कारोबार बन्द हुनेछ । यो प्रक्रिया नबिल र एनबिबीच मर्जर नभई नबिलले एनबिलाई प्राप्ति गर्ने भएकाले नबिल बैंकको सेयर कारोबार पनि यथावत नै रहनेछ । केहि समय अगाडी नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्सलाई समेत प्राप्ति गरेको थियो ।

यद्यपी नबिल र एनबिबीचको प्राप्ति प्रक्रियामा दुगड ग्रुपको मुद्धा के हुन्छ भन्ने विषय पनि चौतर्फी चासोको विषय बनेको छ । एनबी बैंकमा रहेको आईएफआईसी बैंकको सेयर आफुले किन्ने सम्झौता भइसकेको र अर्को पक्षलाई बिक्री गर्न नमिल्ने भन्दै सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले अदालतमा मुद्दा दायर गरेका थिए भने अदालतले सो सेयर कसैलाई बिक्री नगर्न आदेश दिइसकेको छ । यद्यपी यो मुद्धा आफ्नो पक्षमा हुने भन्दै चौधरी समूहले प्राप्ति प्रक्रिया अगाडी बढाउने अडान लिएपछि बिहिबार अन्तत: नेपाल बंगलादेश बैंकलाई नबिलले लिने सम्झौता भएको हो ।

आन्तरिक सम्झौताअनुसार प्राप्तिपछिको नबिल बैंकमा नेपाल बंगलादेश बैंकबाट भर्खरै बिदा भएका निवर्तमान सीइओ ज्ञानेन्द्र ढुंगाना प्रमुख कार्यकारी अधिकृत बन्नेछन् भने नबिल बैंकका हालका अध्यक्ष उपेन्द्र पौडेल बैंकको अध्यक्ष बन्नेछन् । नबिल बैंक लिमिटेडका अहिलेका सीइओ अनिल केशरी शाहको कार्यकाल केहि समयपछि सकिदैछ । बंगलादेश बैंकका कर्मचारीहरु केहि पद घटुवा हुनेगरी नबिलमा एडजष्ट हुनेछन् भने एकिकृत बैंकको नाम नबिल बैंक लिमिटेड नै रहनेछ ।
सन् १९८४ मा स्थापित नबिल बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरुमार्फत ग्राहकहरुलाईसेवा प्रदान गर्दै आएको छ भने नेपाल बंगलादेश बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा ATM बाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

कृषि विकास बैंकको लाभांश पारित

कृषि विकास बैंकको आर्थिक वर्ष २०७७।७८ को वार्षिक साधरणसभा सम्पन्न गरेको छ । उक्त साधारणसभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ । बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा विहीबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिनु भएका शेयरधनीहरुले उठाएको जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष रमेश कुमार क.सी र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले स्पष्ट पारेका थिए ।

बैंक संचालक समितिका सदस्यहरु रमेश दुवाडी, प्रकाश कुमार सन्जेल., संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरांगाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिती रहेको थियो । साधरणसभाको संचालन बैंकका कम्पनी सचिव श्री हिमलाल पौडेलले गरेका थिए ।

एनसीसी बैंकले पनि पारित गर्यो लाभांश

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४आंै वार्षिक साधारण सभा विहीबार सम्पन्न भएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७७÷७८को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्तापूँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमापारित गरेको छ । सभाबाट पारित ८ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्तापूँजी ११ अर्ब १३ करोड ९६लाख ७८हजार १४पुग्ने बैंकले जनाएको छ ।

बैंकको साधारण सभाले आर्थिक वर्ष २०७८÷७९को लेखापरीक्षण कार्यको लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७७÷७८ मा ११० अर्ब ८० करोड रुपैयाँ निक्षेप परिचालन गरी ९८अर्ब ३२ करोड रुपैयाँ खुदकर्जा प्रवाह गरेको छ । साथै उक्त आर्थिक वर्षमा कर तथा बोनस पछि १ अर्ब ३३ करोड रुपैयाँ खुदमुनाफा आर्जन गरेको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १२ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवाप्रदान गर्दै आएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ३३ प्रतिशत लाभांश पारित

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद ३ प्रतिशत र बोनस शेयर ३० प्रतिशत) सहितको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

साधरणसभाले चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैंया नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैंया बरावरको बोनस शेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ । यसपछी बैंकको कूल चुक्ता पुँजी १३ अर्ब ९४ करोड रुपैंया हुने छ । साथै, साधारणसभाले बैंकको अधिकृत पुँजी ३० अर्ब रुपैंया कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष डा.पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए । उनले बदलिदो परिवेश र ग्राहकको चाहनाअनुरूप यस बैंकले आफ्ना सेवा–सुविधाहरूमा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाहरूका माध्यमबाट ग्राहकहरू समक्ष आफ्ना गुणास्तरीय सेवाहरू प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेर बैंकको सञ्चालक समितिले नीतिगत निर्णयहरू लिइरहेको र आगामी दिनमा समेत यसतर्फ निरन्तर कटिवद्ध रहिरहने बताए ।

कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै भौतिक तथा भर्चुअल माध्यमबाट शेयरधनीहरुको साधारण सभामा उपस्थिति रहेकोे थियो ।