जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

आइएफआइसीको सेयर चौधरीलाई नबेच्न अदालतको आदेश

ढाकाको आइएफआइसी बैंकको स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको ४१ प्रतिशत सेयर खरीद प्रक्रिया रोक्न अदालतले आदेश दिएको छ। सनराइज बैंकका अध्यक्षसमेत रहेका ब्यवसायी मोतीलाल दुगडले हालेको मुद्दामा पुस २७ गते आदेश दिँदै अदालतले ‘सेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु’ भनेको छ।

साथै सात दिनभित्र विपक्षी नेपाल बंगलादेश बैंकलाई लिखित जवाफ पेश गर्न पनि अदालतले भनेको छ।

आफूसँग भएको सम्झौताविरुद्ध आइएफआइसी बैंकले नेपाल बंगलादेश बैंकको स्वामित्व अर्कै पक्षलाई बिक्री गर्ने तय भएपछि दुगडले अदालतमा मुद्दा हालेका थिए। मुद्दामा आदेश मंगलबार आएपछि लिखित आदेश बुधबार उपलब्ध गराइएको हो। आइएफआइसीको स्वामित्वमा रहेको सेयर विनोद चौधरी चेयरम्यान रहेको चौधरी समूहले खरीद गर्न लागेको थियो। उनकी श्रीमती सारिकाको नाममा सेयर खरीद गर्ने सम्झौता भएको थियो।

दुगड समूहले केही दिन अघि नेपाल बंगलादेश बैंक, आइएफआइसी र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको थियो। दुगड समूहले राष्ट्र बैंकको नियमन विभागमा पनि यस सम्बन्धमा उजुरी गरेको थियो।

अदालतको आदेशका बारेमा दुगड समूहले राष्ट्र बैंकलाई पनि जानकारी गराएको छ। आदेशमा भनिएको छ- नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर १५७ रुपैयाँका दरले खरीद गर्न ३१ मार्च २०२१ मा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट २ अप्रिल २०२१ मा स्वीकृत गरी करार कार्य अगाडि बढिसकेको भन्ने उजुरी साथ पेश गरेको पत्रबाट देखिन्छ।

‘त्यो पत्र अनुसार सेयर विपक्षीबाट लिखित जबाफ प्राप्त नभएसम्म सो सेयर अन्य ब्यक्तिलाई बिक्री गर्ने काय नगर्नु नगराउनु भनी विपक्षीका नाउँमा आदेश जारी गरिएको छ,’ न्यायाधिस रामचन्द्र पौडेलको एकल इजलासको आदेशमा भनिएको छ।

अदालतले उजुरी निवेदन बमोजिम आदेश किन जारी हुनु नपर्ने हो सात दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षहरुका नाममा म्याद जारी गरी लिखित जवाफ प्राप्त भए वा म्याद नाघेपछि नियमानुसार पेश गर्नु भनि आदेशसमेत दिएको छ।

बंगलादेश बैंकले आइएफआइसीका तर्फबाट गत असार २९ गते सार्वजनिक सूचना जारी गर्दै सेयर खरिदका लागि विद्यमान सेयरधनीलाई आह्वान गरेको थियो।

सेयर खरिदका लागि एनबी समूहका तर्फबाट आवेदन परेको थियो। उनीहरु सेयर खरिद गर्न योग्य नभएको राष्ट्र बैंकले भनेपछि बाहिरको पक्षलाई बिक्री गर्ने योजना अगाडि बढेको थियो।

त्यही योजना अनुसार, आइएफआइसीले आफ्नो सम्पूर्ण सेयर दुगडले नेतृत्व गर्ने समूहलाई बिक्री गर्न गत अप्रिल २ तारिखका दिनमा औपचारिक सम्झौता नै भएको थियो। दुगडसँग पाँच/सात जनाको समूह छ, उनीहरुले ७/८ प्रतिशतका दरले सेयर उठाउने गरी आन्तरिक सम्झौता गरेका थिए। यो समूहले प्रतिकित्ता १ सय ५७ रुपैयाँमा सेयर किन्ने सम्झौता गरेको थियो। यो सम्झौताको कपी दुगड समूहले राष्ट्र बैंक र अर्थमन्त्रालयमा समेत बुझाएका थिए।

सम्झौताको ७ महिनासम्म आइएफआइसी दुगडको निरन्तर सम्पर्कमा थियो। तर पछिल्लो दुई महिनादेखि आइएफआइसीले दुगडसँग सम्पर्क गर्न छाडेको थियो। त्यति मात्रै होइन दुगड समूहले सम्पर्क स्थापित गर्न खोज्दा पनि उनीहरुले बेवास्ता गरे। यो बेवास्तासँगै चौधरी समूहसँग सेयर बिक्रीको सम्झौता भएको सूचनासँगै दुगड समूह एग्रेसिभ भएको थियो।

दुगड समूहभित्र शंकर समूह र गोल्छा समूह पनि छ। सेयर किनबेचका विषयमा चौधरी समूह र दुगड समूहबीच इगोकै लडाइँ समेत भएको थियो। त्यही इगोका कारण यो मुद्दा अदालतसम्म पुगेको हो।

एनबी बैंक बिरुद्ध सनराईज बैंकका अध्यक्ष दुगडद्वारा अदालतमा मुद्दा, राष्ट्र बैंकमा उजुरी, चौधरीको सपना तुहिने खतरा !

रातारात नेपालमा होइन विदेश बंगलादेश नै पुगेर नेपाली अर्बपती व्यापारी एवं कांगे्रस पार्टीका केन्द्रीय सदस्य विनोद चौधरीलाई प्रमोटर शेयर बेच्ने एनबी बैंक बिरुद्ध जताततै उजुरी र मुद्दा परेको भेटिएको छ । एनबी बैककौ चलाखीपनले चौधरीले लिएको एनबी बैंकको शेयर काण्ड अब चाहि विवादमा गरेको छ । भन्दा फरक पर्दैन । एनबी बैंकका शेयर किन्न सनराईज बैंकका अध्यक्ष मोतीलाल दुगडले टेन्टर नै दिएको बेला रातारात अर्बपति व्यापारी विनोद चौधरीलाई बंगलादेशमै विक्री गर्ने सम्झौता भएपटि दुगड अदालतमा मुद्दा हाल्न पुगेका हुन् उनीले नेपाल राष्ट्र बैंकमा समेत उजुरी दिएको भेटिएको छ । तर, निरिह राष्ट्र बैंक बोल्दैन कारण के हो ?
नबिल बैंकसंग मर्जर गर्ने भिनी सहमती अनुसार नै एनबी बैंक नेतृत्वले बंगलादेश बंैकको ५२ प्रतिशत शेयर विक्री गरेको थियो । अब यो विवादले एनबी र नबिल बैंकको मर्जरले हावा खाने देखिन्छ । भन्दा फरक पर्दैन । मर्जर गर्न सबै छुट दिने गभर्नर महाप्रसाद अधिकारीले यसको जिम्मा लिनु पर्दछ कि पर्दैन ।
नेपाल बंगलादेश बैकको प्रमुख संस्थापक शेयरधनी आई.एफ.आई.सि.बैक विरुद्द सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले मुद्दा दायर गरेको भेटिएको छ भन्दा अब फरक पर्दैन । अध्यक्ष दुगडले आई.एफ.आई.सि.बैक, नेपाल बंगलादेश बैंक र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर उच्चा दलत पाटनमा पुस २१ गते २ वटा मुद्दा दायर गरेका देखिन्छ ।

आफ्नो स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको शेयर बिक्री गर्नको आई.एफ.आई.सि.बैकले आफुसँग सम्झौता गरेको तर सम्झौता विपरित अहिले शेयर अरु नै पक्षलाई बिक्रि गर्न लागेको भन्दै दुगडले मुद्दा दायर गरेको देखिन्छ । बैंकको सम्पूर्ण सेयर १५७ रुपैयाँ प्रति कित्ताका दरमा खरिद गर्ने गरी सम्झौता भएको र सो सम्झौता बिपरित अहिले आई.एफ.आई.सि बैंकले अर्कै समुहलाई शेयर बिक्रि लागेको भन्दै दुगडले मुद्दा दायर गरेका छन् गर्भनर साब हेक्का होस् ।

दुगडले निषेधाज्ञा र परमादेश गरि २ वटा मुद्दा दायर गरेका हुन् । सम्झौता गरिसकेको अवस्थामा आफुलाई निषेध गरेर अर्को पक्ष सँग शेयर खरीद बिक्रि गर्न लागेको भन्दै उनले त्यसलाई रोक्न माग गरेका छन् । त्यस्तै उनले आफुसँग भएको पुरानो सम्झौता अनुसार नै शेयर खरीद बिक्रिको प्रक्रिया अगाडी बढाउँनको लागि परमादेशको माग गरेका छन् । उनले यसबारे नेपाल राष्ट्र बैंकमा उजुरी दिएका छन् । तर निकम्मा राष्ट्र बैंक चुप चाप छ कारण के हो ?

हिमालयन क्यापिटलले ल्यायो लगानी व्यवस्थापनका २ योजना

हिमालयन क्यापिटलले हिमालयन ‘अल्फा’ हिमालयन ‘सिग्मा’ नामक लगानी व्यवस्थापन योजना ल्याएको छ ।
हिमालयन क्यापिटलले सर्वसाधारण लगानीकर्ताहरुलाई लगानी सम्बन्धि बिभिन्न बिशिष्टकृत सेवाहरु प्रदान गरिरहेकोमा पुनः नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘अल्फा’ र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘सिग्मा’ नामका लगानी व्यवस्थापन योजना ल्याएको हो ।

हिमालयन ‘अल्फा’ योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा बार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई सोहि अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसंग तुलना गरिनेछ । हिमालयन ‘सिग्मा’ योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा बार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई लगानीकर्ताले सुरुमा हस्तान्तरण गरेको धितोपत्रको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलसंग तुलना गरिनेछ ।
सिर्जित प्रतिफलको बार्षिक मुल्यांकन गर्दा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा सिर्जना गरेको प्रतिफल बढि हुने अवस्थामा अधिक सिर्जित प्रतिफलमा मात्र अतिरिक्त सेवा शुल्क लाग्नेछ । हिमालयन क्यापिटलले ग्राहकको लगानीमा नेप्सेले वा ग्राहकले हस्तान्तरण गरेको पोर्टफोलियोले प्रदान गरेको प्रतिफल भन्दा बढी प्रतिफल सिर्जना गर्न नसकेमा ग्राहकले अतिरिक्त सेवा शुल्क बुझाउनु पर्ने छैन ।

उपत्यकामा भिडभाडजन्य गतिविधि गर्न बन्देज, यस्तो छ नयाँ आदेश

काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएको हो ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार बसेको संयुक्त बैठकले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि राजनीतिक दलका सभासम्मेलनसहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ । त्यस्तै, माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरिएको छ ।

यस्तो छ नयाँ आदेश

No photo description available.

माछापुच्छ्रे बैंकद्वारा महानगरीय प्रहरी बृत्त लैनचौरलाई सडक ब्यारीगेट हस्तान्तरण

माछापुच्छ्रे बैंक लिमिटेडले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गरेका हुन् ।

साथै सोही कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौर सोहृखुट्टेका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गा प्रसाद खनाल ज्युको पनि उपस्थिति रहेको थियो । बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रर्दशनहरुलाई मध्यनजर गर्दै सर्वसाधरणको सुरक्षाको लागि सडक ब्यारीगेट हस्तान्तरण गरेको हो ।

माछापुच्छे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।

जानकी फाइनान्सको फाइनान्सद्धारा लाभांश घोषणा

जानकी फाइनान्सले शेयरधनीलाई आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

गत आवको मुनाफाबाट कम्पनीले २२ प्रतिशत बोनस शेयर र १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

हिमालयन बैंकको नयाँ शाखा कञ्चनपुरमा

हिमालयन बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भिमदत्त नगरपालिका–६, चम्मनचोकमा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले पुस २६ गतेदेखि शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुर पश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए ।

हाल बैंकको कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४८ र ५ हजारभन्दाबढी पीओएस टर्मिनल संख्या छ ।

६ महिनामा पुँजीगत खर्च जम्मा ९.३९%, अर्थमन्त्रीले भने- बाँकी ६ महिनामा शतप्रतिशत खर्च गरौं

अर्थमन्त्री जनार्दन शर्माले चालु आवको बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गर्न निर्देशन दिएका छन् ।

चालु आवको पुस २७ गतेको तथ्यांकअनुसार जम्मा ९.३९ प्रतिशत पुँजीगत खर्च भएको अवस्थामा बाँकी आधा समयमा शतप्रतिशत पुँजीगत खर्च गर्न निर्देशन दिएका हुन् । यसअघि अर्थमन्त्री शर्माले चालु आवको पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने योजना सुनाएका थिए ।

अर्थमन्त्रीको योजना अनुसार हालसम्म ४० प्रतिशत पुँजीगत खर्च भइसक्नु पर्ने थियो । तर पुँजीगत खर्च प्रतिशतमा दोहोरो अंकमा समेत हुन सकेको छैन ।

पुँजीगत खर्च हुन नसकिरहेको अवस्थामा मंगलबार अर्थमन्त्रालयमा हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको भन्दै जसरी पनि खर्च गर्न आग्रह गरे ।

‘आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि मैले रातको १२ बजे पनि तपाईंहरूलाई सहयोग गर्न तयार छु ।’

मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्न बताउँदै जसरी पनि खर्च बढाउन आग्रह गरेका हुन् । उनले ठूला योजनाहरूमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड समेत दिएका छन् ।

ठूला आयोजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने उनको भनाइ छ ।

त्यस्तै उनले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन् । उनले हरेक मन्त्रालयमा फाइल बोकेर हिँड्दा ढिला हुने भन्दै अब डिजिटल माध्यममा लैजानुपर्ने धारण व्यक्त गरे ।

‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई/चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ’, उनले भने, ‘यसलाई डिजिटल माध्यममा लैजानुपर्यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुपर्यो । टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’

अर्थमन्त्रालयका अनुसार हालसम्म चालु खर्च ३८.९ पप्रतिशत र वित्तीय खर्च २५.४१ प्रतिशत भएको छ । हालसम्म २९.११ प्रतिशत बजेट खर्चभएको छ ।

प्रोग्रेशिभ फाइनान्सको साधारणसभा स्थगित, खुद नाफा र लाभांश परिवर्तन हुन सक्ने

प्रोग्रेशिभ फाइनान्सको साधारणसभा स्थगित भएको छ । कम्पनीले पुस ३० गते सभा आह्वान गरेको थियो ।

कोभिड १९ को महामारी एवं कम्पनीले साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा केही फेरबदलका कारण कर प्रयोजन पछिको खुद नाफामा परिवर्तन हुनसक्ने अवस्था सृजना भएको समेत प्राविधिक कारणले गर्दा अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारणसभा स्थगित गरिएको कम्पनीले जनाएको छ। यस संगै कम्पनीको खुद नाफा र लाभांश समेत परिवर्तन हुन सक्ने देखिएको छ ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.३६८४ रुपैयाँ नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले चुक्ता पूँजी रु.८०,०१,००,०००/- को ७.० प्रतिशत बोनश शेयर रु.५,६०,०७,०००/- (अक्षरेपी: पाँच करोड साठी लाख सात हजार मात्र) र ०.३६८४ प्रतिशत नियमानुसार लाग्ने कर प्रयोजनार्थ नगद लाभांश रु. २९,४७,७३६/८४ (अक्षरेपी: उनान्तीस लाख सड्चालिस हजार सात सय छत्तिस रुपैया चौरासी पैसा मात्र) गरी कुल लाभांश ७.३६८४ प्रतिशत अर्थात रु.५,८९,५४,७३६/८४ (अक्षरेपीपाँच करोड उनान्नब्बे लाख चवन्न हजार सात सय छत्तिस रुपैया चौरासी पैसा मात्र ) वितरण गर्ने प्रस्ताव गरेको थियो ।

तर राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा केही फेरबदलका कारण खुद नाफा र लाभांश दर फरक हुन सक्ने भएको हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि गरिएको शेयर दाखिल खारेज (बुक क्लोज) लाई साबिककै कायम गरेको छ।

कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको थियो।

नेपाल इन्स्योरेन्स कम्पनीका डिसीइओ महर्जनको दादागिरीमा बीमा समितिका अध्यक्ष सिलवालको साथ, सत्ता र शक्तिको भरमा जे पनि गर्न छुट ?

नेपालको कानून दैवले जानुन भन्ने पूरानो उखान बीमा कम्पनीहरुमा लागू हुँदै गएको छ । भन्दा अब चाहि फरक पर्दैन । सत्ता र शक्तिको भरमा केही बीमा कम्पनीका उच्च कर्मचारीलाई कुनै कानून लाग्दैन भन्ने कुराको पछिल्लो उदाहरण नेपाल इन्स्योरेन्सका डिपुटी सीइओ बीर कृष्ण मर्हजन भन्दा अब चाहि फरक पर्दैन । बीमा समिति एउटा निर्देशन दिन्छ तर, त्यसलाई लत्याउदै बीमा कम्पनीका कर्मचारी चोरबाटो प्रयोग गर्दै उच्च पदमा नयुक्त हुन गैर कानुनी र अनैतिकपन हो भन्दा अब चाहि फरक पर्दैन ।

रातारात सीइओ बन्ने चाहना सहित मर्हजन नेपाल इन्स्योरेन्स कम्पनीमा प्रोडेन्सीयल इन्स्योरेन्स छाडेर डिपुटी सीइओमा युगेका उनलाई १५ दिनकै अर्को कुलिङ्ग प्रियड लागु भएको छ भन्दा फरक पर्दैन । दिन सबैको सधैं बलियो हुँदैन हेक्का होस् ।
उनीका यी अनैतिक र कानून बिपरितको कामलाई नियमनकारी निकायका अध्यक्ष सूर्य प्रसाद सिलवालले साथ दिएका छन् भन्दा अब चाहि फरक पर्दैन हेक्का होस् । पद ठूलो कुरा होइन बीमा समितिका अध्यक्ष सिलवाल ज्यू हेक्का होस् ।

बीमा समितिले पुस २० गते बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७८ को पहिलो संशोधनमा मा थपिएको व्यवस्थाका कारण कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउन नसक्ने भएको हो ।यस व्यवस्था अनुसार बीमा कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको अवस्थामा रिक्त भएको मितिले तीन महिना भित्रमा नियुक्त गरिसक्नु पर्नेछ भनिएको छ । समितिले सिइओ रिक्त भएको लामो समयसम्म नयाँ नियुक्ति हुन नसक्दा बीमकको व्यवस्थापन तथा संचालनमा असर पर्ने देखिन्छ । जवकी नेपाल इन्स्योरेन्स कम्पनी साउन १० गतेदेखि प्रमुख कार्यकारी अधिकृत विहिन छ । कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको कार्यकाल साउन ९ गते सकिए पछि कम्पनीले नयाँ सिइओ नियुक्त गर्न सकेको छैन भन्दा फरक पर्दैन ।

बीमा समितिले पुस २० गते जारी गरेको पहिलो संसोधनले तीन भित्रमा नियुक्त गरिसक्नु पर्नेछ भनिएको व्यवस्थालाई कार्यान्वयन गर्दा पनि कम्पनीले चैत २० गतेसम्ममा प्रमुख कार्यकारी अधिकृतलाई नियुक्ति गरिसक्नु पर्छ ।कम्पनीले प्रुडेन्सियलका निवर्तमान प्रमुख कार्यकारी अधिकृत वीर कृष्ण महर्जनलाई ६ महिना पछि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने गरी गत कार्तिक ५ गते नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको थियो । जवकी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले महर्जनको राजिनामालाई कार्तिक ५ गतेदेखि नै लागु हुने निर्णय गरेको थियो । यहि हिसावले संस्थागत सुशासन निर्देशिका अनुसार उनि अयोग्य हुने पक्का पक्की जस्तै छ । तर, यसमा बीमा समितिका अध्यक्ष सिलवालले साथ दिने हुन कि भन्ने शंका अझै बाँकी छ भन्दा फरक पर्दैन ।

संस्थागत सुशासन निर्देशिका २०७५ को दफा २८ मा ‘ एउटा बीमकको कायकारी प्रमुख उक्त बीमकको सेवाबाट निवृत्त भएको छ महिनाको अविध पूरा नभएसम अर्को बीमकको कार्यकारी प्रमुखको पदमा नियुक्त हुन पाउनेछैन ‘ भनिएको छ । कार्तिक ५ गते प्रुडेन्सियल छाडेका महर्जन बैशाख ५ गतेसम्म अर्को बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि अयोग्य ठहरिन्छन् । उनि बैशाख ६ गतेमात्रै अर्को बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदका लागि योग्य हुन पुग्छन् । भन्दा फरक पर्दैन ।

बीमा समितिले पुस २० गते जारी गरेको संसोधित निर्देशिकालाई आधार मान्ने हो भने नेपाल इन्स्योरेन्स कम्पनीले अधिकतममा पनि चैत २० गतेसम्ममा प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरिसक्नु पर्छ । यहस हिसावले महर्जन १५ दिनका कारण नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न अयोग्य भएका हुन् । भन्दा फरक पर्दैन ।

बीमा समितिले अवको तीन महिना भित्रमा कम्पनीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न दवाव दिएन भने सुशासनकै उल्लङ्घन भएको ठहरिन्छ । यस्तो भएको खण्डमा समितिले कम्पनीलाई बीमा ऐनको दफा ३६ अनुसार १० हजार रुपैयाँसम्मको जरिवाना गर्न सक्नेछ । कारबाही आफैमा कम्पनीको शाखः माथिको कालो धब्बा हो । भन्दा फरक पर्दैन । तर सत्ता र शक्तिको भरमा बीमा समितिलाई चुनौति दिँनै नेपाल इन्स्योरेन्स कम्पनीमा डिपुटी सीइओ बनेका महर्जनलाई बीमा समितिले कस्तो साथ दिने हो त्यो हेर्न बाँकी छ । सचेत भया ।

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने छन् ।

बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा आगन्तुक रिसोर्ट प्रालिले प्रदान गर्ने सेवाहरुमा बैंकका कर्मचारी र ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी उक्त सहमती पत्रमा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र आगन्तुक रिसोर्ट प्रालिका तर्फबाट उक्त कम्पनीका संचालक संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरे ।

सम्झौतापत्र अनुसार अव यस बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुले आगन्तुक रिसोर्ट प्रालिबाट प्राप्त हुने सेवा मध्ये खाना तथा पेय पदार्थमा वढीमा १५ प्रतिशत र आवाशमा २३ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा खरिद गर्दा बैंकको डेविट कार्ड तथा मोवाइल बैंकिङ्ग वा क्यूआर कोर्ड मार्फत सेवा खरिद गरी उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर १०५ शाखा कार्यालयहरु, ३२ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

कामना सेवा विकास बैंक र मोको एपबीच डिजिटल भुक्तानीको लागि साझेदारी

कामना सेवा विकास बैंक लिमिटेड र मोको एपबिच FOCUSONE Payment Solutions को डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र FOCUSONE Payment Solutions का प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

मोको एप नेपालमा पहिलोे ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो । जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्यूआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् ।

कामना सेवा विकास बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरूले अब मोको एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरीद तथा विभिन्न सेवाहरूको भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् ।