जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२

कृषि विकास बैंकको प्रमुख कार्यकारीको मासिक तलब २ लाख ५० हजार रुपैयाँ, मासिक भत्ता ५० हजार

कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक बर्षमा ३९ लाख ६६ हजार ६६७ रुपैयाँ भुक्तानी गरेको छ। बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल उपाध्याय छन्।

बैंकले मासिक तलब २ लाख ५० हजार भुक्तानी गरेको छ भने सञ्चय कोषका लागि अर्को २ लाख ५० हजार र दसैं भत्ता बापत फेरि २ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ। अर्को भत्ता बापत ५० दिनको तलब पनि दिएको छ। मासिक भत्ता बापत ५० हजार रुपैयाँ थप दिएको छ।

बैंकले पुस २९ गते बार्षिक साधारणसभा डाकेको छ। सभाले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गर्ने छ।

बैंकले एक बर्षमा कर्मचारीमा ३ अर्ब ३१ करोड रुपैयाँ खर्च गरेको छ। बैंकको अन्य सञ्चालन खर्च एक अर्ब १३ करोड रुपैयाँ गरेको छ।

‘कृषि कर्जा मेला’ कार्यक्रममा नबिल बैंकको सहकार्य

नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन गईरहेको “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” मा सहकार्य गर्न आरएण्डडी इनोभेटिभ सोलुसन्स प्रालिसंग सम्झौता गरेको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ द्वारा यही २०७८ माघ ५ देखि ८ गते सम्म चितवन एक्स्पो सेन्टर, नारायणगढमा आयोजना हुन गईरहेको पाँचौ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदशनीमै एकैसाथ उक्त कार्यक्रम गर्ने भएको हो ।

कृषि सम्बन्धि सम्पूर्ण सरोकारवालाहरू जस्तै किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्थाहरु र नीति निर्माताहरूलाई एउटै थलोमा ल्याउने उक्त मेलाको प्रमुख उदेश्य रहेको छ । नबिल बैंकद्वारा प्रस्तुत हुन गईरहेको उक्त मेलाको प्रमुख आकर्षण “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” कार्यक्रममा कृषि लगानी सम्बन्धि समस्याहरू समाधान गर्न वित्तीय संस्था, नीति निर्माता, किसान र स्थानीय सरकारहरू बीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइने रहेको छ ।

उक्त सहकार्यका लागि नबिल बैंक लिमिटेको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरज कुमार बस्नेत (डनिल) र आरएण्डडी इनोभेटिभ सोलुसन्स प्रालिका तर्फबाट अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कामना सेवा विकास बैंक र नमस्ते पे बीचसाझेदारी

कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पे बिच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेत र नमस्ते पे का प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको हो ।

यस सुविधा मार्फत बैंकको मोबाइल बैकिङ सेवा लिनु भएका ग्राहाक महानुभवहरुले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङ मार्फत नमस्ते पे मा फण्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतय महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुको सुविधा लिन सक्नुहुनेछ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ Extension Counter र १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

नेपाल बङ्गलादेश बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

नेपाल बङ्गलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको “वित्तिय साक्षरता नीति” लाई अवलम्बन गर्दै वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीहरुलाई वित्तिय सेवा सम्बन्धमा जानकारी गराइएको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको नगद रहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंक भोजपुर शाखाका शाखा प्रमुख विनोद पाण्डेले विद्युतिय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयिताको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको बैंकले जनाएको छ ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

३५६ प्रतिशतले बढ्यो सिडिएससिको आम्दानी, नाफामा पनि उछाल

आर्थिक वर्ष ७७/७८ मा सिडिएससिको आम्दानी ३५६ प्रतिशतले बढेको छ । कम्पनीले आ.व.२०७६/७७ मा रु. २० करोड ७१ लाख ८३ हजार आम्दानी कूल आम्दानी गरेकोमा आ.व.२०७७/७८ मा कम्पनीको आम्दानी ३५६ प्रतिशतले बढेर रु.९४ करोड ४१ लाख २३ हजार भएको छ ।

सिडिएससिले आ.व.२०७६/७७ मा खुद नाफा रु.७ करोड ८० लाख ८६ हजार आर्जन गरेकोमा आ.व. २०७७/७८ मा रु. ५० करोड ३६ लाख ४९ हजार खुद नाफा आर्जन गरेको छ । त्यसैगरी सिडिएससिको आ.व. २०७६/७७ मा ९ करोड ४ लाख ५ हजार खर्च भएकोमा सो रकम २६ प्रतिशतले बढेर रु. ११ करोड ३६ लाख ६० हजार खर्च भएको छ ।

सिडिएससिले आयकर बापत आ.व. २०७६/७७ मा रु.३ करोड ५१ लाख २६ हजार भुक्तानी गरेकोमा आ.व. २०७७/७८ मा रु. २५ करोड ५६ हजार भुक्तानी गरेको छ ।

सिडिएससिले गत आर्थिक वर्षको तुलनामा आ.व.२०७७/७८ मा ६१२ प्रतिशत बढी आयकर भुक्तानी गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरबाट आर्थिक वर्ष २०७६/७७ मा कार्यालयको कार्यक्षेत्र अन्तर्गत दर्ता रहेका करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सिडिएस एण्ड क्लियरिङ्ग लि. लाई आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरबाटु दशौं राष्ट्रिय कर दिवस २०७८ को अवसर सम्मान पनि गरेको थियो ।

आ.व.२०७६/७७ मा कम्पनीको जगेडा कोषमा रु. १३ करोड २२ लाख ९० हजार रहेकोमा आ.व.२०७७/७८ मा रु.६७ करोड २२ लाख ६९ हजार रहेको छ । त्यसैगरी सिडिएससिको प्रति शेयर आम्दानी आ.व. २०७६/७७ मा रु. २६.०३ रहेकोमा आ.व. २०७७/७८ मा सिडिएससिको सेवा थप विस्तारबाट अम्दानीमा भएको वृद्धिले सिडिएससिको प्रति शेयर आम्दानी बढेर रु. १९१.२२ पुगेको छ ।

सिडिएससिले आ.व.२०७६/७७ मा शेयरधनीलाई १५ प्रतिशतका दरले ४ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गरेकोमा आ.व.२०७७/७८ मा 80 प्रतिशतले हुने रु. १२ करोड नगद लाभांश वितरण गरेको छ।

आर्थिक वर्ष ७७/७८ मा शेयरबजार नयाँ उचाईमा पुग्दा त्यसको समग्र लाभ सिडीएसलाई पनि भएको हो ।

प्राइम कमर्शियल बैंकले माग्यो ऋणपत्र निष्काशन अनुमति, १० प्रतिशत ब्याज

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले पुस २१ गते आवेदन दिएको हो।

बैंकले १,००० अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति माग गरेको हो । जस मध्ये १५ लाख कित्ता निजि तबरले बिक्रि गरिने र १० लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । ऋणपत्र निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ ।

१० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ ।

सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटल बिच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटल बिच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका छन् ।

कम्पनीसंग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज गराउन स्वास्थ्य सम्वन्धि आवश्यक सहयोग पु¥याउने उद्घेश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन केयर सुविधा अन्तर्गत ओम हस्पिटल संग सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।
यस सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कम्पनीको विश्वास छ । साथै आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ उनले भनिन्, ‘ निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’

बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरेको उनले जानकारी दिइन् ।

पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले अरु क्षेत्रभन्दा पहिले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सूर्या लाईफको मोबाइल एप उद्घाटन, यस्ता छन् विशेषता

सूर्या लाईफ इन्स्योरेन्सले कम्पनीको मोबाइल एप उद्घाटन गरेको छ । कम्पनील १३ औं वार्षिक साधारण सभाको अवसर पारेर एप उद्घाटन गरेको हो ।

कम्पनीले बीमित तथा अभिकर्तालाई आफ्नोपन महशुस हुने गरी थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले बीमा सेवा आफ्नै औंलामा भन्ने अवधारणा सहित एपको शुभारम्भ गरेको जनाएको छ ।

एपको प्रयोग गरी बीमा योजनाहरु खरिद गर्न सकिने सुविधा कम्पनीले मिलाएको छ । एन्ड्रोइड तथा आईओएस प्रविधीमा चलाउन सकिने कम्पनीको एप प्ले स्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एप मार्फत कम्पनी तथा कम्पनीका बीमा योजनाहरु र बीमाशूल्कको सम्बन्धमा जानकारी प्राप्त गर्न सकिन्छ । कम्पनीका अभिकर्ताले आफ्नो र आफ्नो मातहतमा रहेका अन्य अभिकर्ताहरुले गरेको ब्यवसाय तथा बीमा योजना र बीमाशूल्क गणना सम्बन्धी जानकारी प्राप्त गर्न सकिने सुविधा एपमा रहेको छ । बीमितले एप मार्फत बीमाशूल्क भुक्तानी गर्न, बीमालेख तथा बीमाशूल्क भुक्तानीको विवरण प्राप्त गर्न सक्नेछन् । कम्पनीको एपलाई डाउनलोड गर्ने तरिका तथा प्रयोग विधिको सम्बन्धमा युट्युबमा हेर्न सकिने ब्यवस्था समेत मिलाईएको कम्पनीले जनाएको छ ।

मुक्तिनाथ विकास बैंक “ एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१” बाट पुरस्कृत

कर्पोरेट क्लब द्धारा आयोजित “एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१” को वित्तीय सेवाहरु को वर्गमा मुक्तिनाथ विकास बैंक विजेता भएको छ ।

काठमाडौंमा पुष २३ गते आयोजना भएको कार्यक्रम बीच मुक्तिनाथ विकास बैंक, वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको छ । उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गर्नुभएको थियो । साथ,ै उक्त सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्ने उर्जा मिल्ने बैंकले विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

बिमा कम्पनीलाई समितिको निर्देशन–सीईओ पद रिक्त भए तीन महिनाभित्र पदपूर्ति गर्नू

बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको भरमा लामो समय बिमा कम्पनी चलाउन नपाउने गरी नयाँ निर्देशन जारी गरेको छ ।

कार्यकारी प्रमुख विनै दोस्रो वरियताको कर्मचारीलाई कार्यबाहक दिएर लामो समयसम्म संस्था चलाउन खोजिएको भन्दै समितिले नयाँ निर्देशन जारी गरेको हो ।

संस्थागत सुशासन सम्बन्धी नयाँ व्यवस्था गर्दै समितिले अब प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद रिक्त भए तीन महिनाभित्रै पदपूर्ति गर्नुपर्ने व्यवस्था गरेको हो । यो व्यवस्था अनुसार अब तीन महिनाभन्दा बढी समय कामु सीईओ राख्न पाइने छैन ।

शिखर इन्स्योरेन्स कर्पोरेट एक्सेलेन्स अवार्डबाट सम्मानित

शिखर इन्स्योरेन्स कम्पनी ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१’ बाट सम्मानित भएको छ । इन्स्योरेन्सलाई युरो ५० हजार नगदसहित सम्मान गरिएकाे हाे ।

विभिन्न १९ विधाहरुमा अवार्ड प्रदान गरिएको उक्त कार्यक्रममा जीवन तथा निर्जिवन बीमा विधातर्फ शिखर इन्स्योरेन्सलाई ‘कर्पोरेट एक्सेलेन्स अवार्ड’ प्रदान गरिएको हो ।

इन्स्योरेन्सलाई सुशासन तथा व्यावसायिक कृयाकलापमा नविनता, ग्राहक सन्तुष्टि तथा ग्राहक विस्तार, सम्मानजनक ब्राण्ड पहिचान, समावेशी तथा निष्पक्ष रोजगारको वातावरण तथा उत्कृष्ट रोजगारीको अनुभव र सामाजिक नैतिक तथा कानुनी रुपमा उत्तरदायीपूर्ण व्यवसायिक व्यवहार गरेको भन्दै अवार्ड दिइएको बताइएको छ ।

इन्स्योरेन्सले देशभर १०६ वटा शाखा कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । ६१० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् ।

शिखर इन्स्योरेन्सले मौसमी सुचकांकमा आधारित कृषि बीमा, शतप्रतिशत नगदरहित स्वास्थ्य बीमा, मोटर अतिरिक्त लाभ बीमा, ढुक्क मनिस्थिति बीमा, कोभिड १९ भ्याक्सिन तथा अन्य भ्याक्सिनको प्रयोगशाला परिक्षण बीमा जस्ता नविनतम बीमाको सुरुवात गरी नेपालमा बीमाको विस्तार गर्न उल्लेखनिय योगदान पु¥याउँदै आइरहेको छ ।