जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको मर्जर विवादमा फस्यो, कर्मचरी सञ्चयकोषद्वारा पुन डिडिए गर्न मागः थापा र पाण्डेले प्रधानमन्त्री गुहारे ?

नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक लिमिटेड बीचको बीग मर्जर पचिलो मात्रै बनेको छैन । अब मर्जरको प्रस्ताव विशेष साधारण सभामा पास नहुने निश्चित जस्तै बनेको छ भन्दा फरक पर्दैन ।

करिब १० महिना अगाडी हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकले गरेको डिडिए पुन गर्नुपर्ने र हिमालयन बैंकको १०० स्वाप रेसियो र नेपाल इन्भेष्टमेण्ट बैंकको ७८ हुनु पर्ने प्रस्ताव अगाडी सरेको भेटिएको छ । तर, नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डे र उनीका साढु भाइ हिमालयन बैंकका सञ्चालक सुनिल बहादुर थापाले प्रधानमन्त्री शेर बहादुर देउवालाई दबाब दिएर कर्मचारी सञ्चयकोषलाई मनाउन दबाब दिइरहेको भेटिएको छ । के मर्जर जबरबस्ती हुने चीज हो । हेक्का होस् । नेपाल इन्भेष्टमेण्ट बैंकका सदाबहर अध्यक्ष पृथ्वी बहादुर पाण्डेले दिवाकर चन्दको विवादास्पद सम्पत्ती र शेयरमा लाग्ने कर छलीको सम्पत्ती समेत डिडिए गरिएपछि कर्मचारी सञ्चय कोषले छानवीन समिति नै बनाएर यो निर्णय सार्वजनिक गरेको देखिन्छ । तर, पाण्डे र थापा जनतको सम्पत्तीलाई आफ्नै बाबुको सम्पत्ती जस्तै गरि लुटको खेती गर्न लागि परेको भेटिएको छ । हेक्का होस । मर्जर जबरजस्ती हुँदैन । जनताको शेयरमाथी कांग्रेस राजनीति घुसाउन पाइदैन ।

कर्मचारी संचय कोषले पुनः सम्पती दायित्व मुल्यांकनको माग गरेपछि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रकृया जटिल अवस्थामा पुगेको छ । भन्दा फरक पर्दैन । हिमालयन बैंकमा झन्डै १५ प्रतिशत सेयर हिस्सा भएको कर्मचारी संचय कोषले पुनः डीडीए गर्नुपर्ने माग अगाडी सारेपछि मर्जर प्रकृया विवादमा फसेको हो । भन्दा फरक पर्दैन ।

कर्मचारी संचय कोषले अगाडी सारेको माग तत्काल पुरा हुन नसक्ने भएपछि सरकारलाई मनाएर भएपनि मर्जर गराउनुपर्ने पक्षमा हिमालयन बैंकको एउटा सुनिल बहादुर थापाको कांग्रेसी समुह लागि परेको छ । कोषको निर्णय उल्ट्याएर भएपनि मर्जरमा जानुपर्ने भन्दै हिमालयन बैंकको संचालक समिति र प्रमुख कार्यकारी अधिकृतले अर्थमन्त्रालयको साथ खोजेको देखिन्छ हेक्का होस् ।
करिब १० महिना अगाडी भएको डीडीएको आधारमा तय भएको स्वाप रेसियो विभेदकारी र अन्यायपूर्ण भएको भन्दै कर्मचारी संचय कोषले पुन डीडीएको माग गरेको हो । भन्दा अब चाहि फरक पर्दैन ।

कर्मचारी सञ्चय कोषले विज्ञ टोलि सहितका विभिन्न सरोकार वाला राखेर गरेको अध्ययनमा नेपाल इन्भेष्टमेन्ट बैंकको सम्पत्तिको उच्च मूल्याङकन भएको विवाद भएका सम्पत्ती डिडिए भएको, कर दायित्वको प्रोभिजनिङ नगरेको, तथा डिस्काउन्टिङ फ्याक्टर गणना गर्दा समान प्रतिशतले नगरेको देखाएको छ । र विज्ञ सहितको टोलिले गरेको हिसाबमा नेपाल इन्भेष्टमेन्टसँगको स्वाप अनुपात १००ः७८ अर्थात नेपाल इन्भेष्टमेन्टको प्रति कित्ता ७८ रुपैयाँ हुँदा हिमालयन बैंकको प्रतिकित्ता १०० रुपैयाँ हुनुपर्ने अध्ययन टोलिको निष्कर्ष रहेको छ । भन्दा फरक पर्दैन ।

कर्मचारी संचय कोषले यी विषयमा पत्र पठाउदै दुवै बैंकको मर्जर कमिटि, बैंकको संचालक समिति, नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयमा पत्र पठाएको भेटिएको छ ।

हिमालयन बैंकमा संचय कोषको १४.८५ प्रतिशत सेयर हिस्सा रहेको छ । विभिन्न ६ वटा प्रश्नको समाधान बिना अहिलेकै अवस्थामा मर्जरमा जान नहुने पक्षमा कोष उभिएको छ । श्रेष्ठ समूहको समुहको २२ प्रतिशत सेयर हिस्सा छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव बिशेष प्रस्ताव भएकाले बिशेष प्रस्ताव पारित हुन कम्तिमा ७५ प्रतिशत सेयरधनीको सहमति आवश्यक हुन्छ । यो अब नपुग्ने निश्चित देखिन्छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले प्रिमियममा जारी गरेको एपीपीओमा लाग्ने अधिकतम आयकर र त्यसमा लाग्ने जरिवाना र ब्याज २०७८ असार मसान्तसम्म नतिरेको र यसरी तिर्नुपर्ने दायित्व ३ अर्ब ४१ करोड ५० लाख हुन आउने संचय कोषको बिज्ञ टोलिको अध्ययनमा उल्लेख छ । र यो महालेखाको प्रतिवेदनमा प्रिमियममा जारी गरेको आइपीओमा कर लाग्ने उल्लेख भएकाले एनआईबिएल सँगको मर्जर अगाडी यसको समाधान हुनुपर्ने संचय कोषको माग छ । भन्दा फरक पर्दैन गर्भनर साब ?


नेपाल इन्भेष्टमेन्ट बैंकले गेन अँन बार्गेन पर्चेजमा लाग्ने अधिकतम आयकर र त्यसमा लाग्ने जरिवाना र ब्याज २०७८ असार मसान्तसम्म नतिरेको र यसरी तिर्नुपर्ने दायित्व ८५ करोड ९० लाख हुन आउने संचय कोषको बिज्ञ टोलिको अध्ययनमा उल्लेख छ । र एनएफआरएस र नेपाल लेखामान बोर्डले समेत यस्तो दायित्व तिर्नुपर्ने उल्लेख गरेकाले एनआईबिएल सँगको मर्जर अगाडी यसको समाधान हुनुपर्ने संचय कोषको चर्को माग छ । भन्दा फरक पर्दैन ।

त्यस्तै डिस्काउन्ट क्यास फ्लो को आधारमा व्यवसायिक मुल्यांकनबाट हिमालयन बैंकलाई भएको फाइदा अर्थात हिमालयन बैंकको नेट प्रिजेंन्ट भ्यालु हिसाब गर्दा १७ अर्ब ५८ करोड १० लाख रुपैयाँ कम मुल्यांकन गरिएको, तथा हिमालयन बैकले पब्लिक सेयरमा रुपान्तर गर्न बाँकी रहेको सेयरको मुल्य करिब ३ अर्ब ८६ करोड ६० लाख कम मुल्यांकन गरिएको संचय कोषको प्रतिवेदनमा उल्लेख छ ।

माथि उल्लेख बिषयहरुलाई समेत समेटेर सम्पती दायित्वको मुल्यांकन गर्दा हिमालयन बैंकको सेयर नेपाल इन्भेष्टमेन्ट बैंकको भन्दा प्रति कित्ता २२ रुपैयाँ बढी हुने भएकाले पुनः डीडीए गर्नुपर्ने र त्यो नहुँदासम्म मर्जरमा जान नहुने संचय कोषको माग छ । र संचय कोषले यो मागपत्र हिमालयन बैंकको संचालक समिति, दुवै बैंकको मर्जर कमिटि, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालयमा बुझाएको भेटिएको छ । तर, गर्भनर महाप्रसाद अधिकारी जसरी भएपनि मर्जर गराउने पक्षमा पुगेका छन् उनीलाई कर छली र विवादास्पद सम्पत्तीको कुनै चासो छैन भन्दा हुन्छ । कारण के हो ? हामीले खोजी गरि रहेका छौं, हेक्का होस् ।

विओकेका ग्राहकहरुलाई सेरेन हस्पिटालिटी सर्भिसेजमा छुट

बैंक अफ काठमाण्डू लिमिटेड र सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १५% छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. मा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमष्ुठ १५% छुट पाउनुहुनेछ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. ले काठमाण्डौंबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

एभरेष्ट बैंकद्वारा भक्तपुर सिसि टिभि जडान समितिलाई आर्थिक सहयोग

एभरेष्ट बैंकले भक्तपुर सि.सि.टि.भि.जडान समितिलाई आर्थिक सहयोग गरेको छ । पौराणिक कला संस्कृति तथा पौराणिक महत्वले भरिपूर्ण जिल्ला भक्तपुरको समग्र शान्ति सु–व्यवस्था चुस्त दुरुस्त तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सि.सि.टि.भि. जडान समितिको उद्देश्य प्रतिको सहयोगार्थ तथा भित्री सडकखण्डमा सि.सि.टि.भि. जडान कार्यमा सहयोगका लागि एभरेष्ट बैंक लिमिटेडले एक लाख सहयोग गरेको हो ।

बैंकका संचालक समितिका सदस्य नवीन भक्त श्रेष्ठले भक्तपुर सि.सि.टि.भि. जडान समितिका सचिव पदम लाल सिलाकारलाई महानगरीय प्रहरी परिसर भक्तपुरको कार्यालयमा एक कार्याक्रमका बीच हस्तान्तरण गरे । साथै सो कार्यक्रममा बैंकका तर्फबाट बजार व्यवस्थापन विभाग प्रमुख पुष्प राज उप्रेति र समितिको तर्फबाट सदस्य–सचिव प्रहरी नायव उपरिक्षक राजु पाण्डेको समेत उपस्थिति रहेको थियो ।

एभरेष्ट बैंक, पंजाब नेशनल बैंकसँग संयुक्त उद्यममा हालसम्म लाखौं सन्तुष्ट ग्राहकहरु आवद्ध छन् । देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, १३८ एटिएम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाईल र इन्टरनेट र एसएमएस् बैंकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजश्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको छ ।

ज्योति विकास बैंकको साधारण सभा सम्पन्न, थप ३ नयाँ शाखा कार्यालयहरुको उद्घाटन

ज्योति विकास बैंकको १४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । काठमाडौंको नक्सालमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था समेत गरिएको थियो । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर तथा ४.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले ११ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी रु ४.२६ अर्ब पुगेको छ।

साथै,बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै साधरण सभाको अवसरमा बैंकले तम्घास, मुर्गिया र टाँडी स्थित थप ३ नयाँ शाखा कार्यालयहरुको उद्घाटन पनि गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादले डिजिटल प्रविधि मार्फत क्रमशः माथि उल्लेखित बैंकको १०६ औं, १०७ औं र १०८ औं शाखाको उद्घाटन गरेका थिए । यस पश्चात उपत्यका र उपत्यकाबाहिर गरी बैंकका शाखा कार्यालयहरुको संख्या १०८ पुगेको छ।

सामाजिक सञ्जालमा ६ अर्ब बढीको विज्ञापन

नेपालबाट विभिन्न सामाजिक सञ्जालमा अनधिकृत रुपमा गरिएको विज्ञापन रोक्न विज्ञापन संघले माग गरेको छ । शुक्रबार संघले आफ्नो २२ औं वार्षिक साधरण सभामा यस्तो माग गरेको हो।

संघका अध्यक्ष सोमप्रसाद धितालले सामाजिक संजालमार्फत करिब ६ अर्बका विज्ञापन भइरहेको समेत उनले बताए । उनले भने, ‘विज्ञापन हुँदा मूलधारका संचारमाध्यम संकटमा परेको बताउँदै त्यसरी विज्ञापन हुँदा राज्यले समेत राजस्व गुमाएको छ।’

सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याएर विज्ञापन बजारलाई व्यवस्थित बनाउनुपर्ने उनले बताए । धितालले नेपालका हाल १४ अर्ब रुपैयाँ बराबरको विज्ञापनको बजार रहेको र क्लिनफिड पूर्ण रुपमा लागू नहुँदा विज्ञापन क्षेत्र अझै पनि समस्यामा परेको बताए ।

धितालले कोभिडका कारण विज्ञापनको बजार खुम्चिएको बताउँदै चालु आर्थिक वर्षमा १६ अर्ब हुने अपेक्षा गरेको बताए। संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिडको असहज अवस्थामा पनि विज्ञापन बजार राम्रै रहेको बताए। उनले विज्ञापन बजारलाई प्रोत्साहित, व्यवस्थित, मर्यादित, प्रभावकारी बनाउन मन्त्रालयले सहयोग गर्ने बताए।

संघका पूर्व अध्यक्ष भाष्करराज राजकर्णिकारले सामाजिक संजाल र मूलधारका संचारमाध्यमलाई छुट्याउन आवश्यक रहेको धारण राखेका थिए। विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले विज्ञापन बजारलाई असर गर्ने कुनै पनि काम नगरेको बताएका थिए ।

ुउनले भने, सामाजिक सन्जालमा हुँदै आएको विज्ञापनबाट ६ अर्ब रुपैयाँ गुमाउँदा पनि सरकार टुलुटुलु हेरेर बसिरहेको छ।’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सामाजिक संजालका कारण विज्ञापनको बजारमा असर गरेको बताए।

बानेश्वरको एनआईसी एसिया बैंकमा लुटपाट गरेको अभियोगमा चार पक्राउ

नयाँ बानेश्वरस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा लुटपाट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेको नाम हालसम्म प्रहरीले सार्वजनिक गरेको छैन ।

तर १८ पुसमा बैंकबाट भएको १६ लाख रुपैयाँ लुटपाटमा जोडिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

बीमक संघको नयाँ अध्यक्षमा सगरमाथ इन्स्योरेन्सका सिईओ क्षेत्री चयन

नेपाल बीमक संघ(एनआइए)मा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार भएको साधारण सभाबा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री नेपाल बीमक संघको अध्यक्ष चयन भएका हुन।

सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रबहादुर बैदवार उपाध्यक्ष, नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का महासचिव, कोषाध्यक्षमा आइएमइ जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त बादे श्रेष्ठ चयन भएका छन्।

यस भन्दा अगाडीको कार्य समितिको अध्यक्षमा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे ,उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुरप्रताप प्रधान, महासचिवमा चंकी क्षेत्री, कोषाध्यक्षमा युगेशभक्त बादे श्रेष्ठ, कार्यसमिति सदस्यमा सुनिल बल्लव पन्त, सन्चित बर्जाचार्य, कुमार बहादुर खत्री, सुवोधलाल श्रेष्ठ थिए ।

अब सिटिजन्स बैंकको कार्ड बीना नै एटिएममबाट पैसा झिक्न मिल्ने

डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको लागि कार्ड लेस क्यास विड्रल सेवाकोे सुरुवात गरेको छ । यो सुविधा मार्पmत सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् ।

यस प्रविधीमा मोबाइलमा पासवर्ड प्राप्त गरि सो पासवर्ड, निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटिएम मेसिनमा प्रविष्टि गरि पैसा निकाल्न सकिने छ । यो प्रविधी सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटिएमबाट पैसा निकाल्न सकिने छ ।

शुक्रबार एक समारोहकाबीच उक्त सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बिना कार्ड एटिएमबाट पैसा निकाल्ने प्रबिधि डिजिटल बैंकिङ्गको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए । उनले अब प्रत्येक ग्राहकले आफ्नो मोबाइलबाटै सम्पूर्ण बैंकिङ्ग कारोबार गर्ने समय आएको र सिटिजन्स बैंक पनि यस दिशातर्फ अग्रसर भईसकेको बताए ।

बैंकले यस अघि मोबाइलबाटै खाताको बिबरण हेर्ने, बिभिन्न उपयोगी सेवको भुक्तानी गर्ने, रकमान्तर गर्ने लगायत नयाँ कार्ड तथा पिन अनुरोध गर्ने, मुद्दति खाता खोल्ने, कर्जा अनुरोध गर्ने, अनलाइन खाता खोल्ने, केवाईसी गर्ने जस्ता सुबिधा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकद्वारा किसान कार्डमार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गर्न सम्झौता

ग्लोबल आइएमई बैंक, आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरण मार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तर्फबाट नगरपालिकाका उपमेयर विणादेवी राई र इन्फीकेयर प्रा.लि.का निर्देशक सविन मानन्धरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आर एण्ड डि. इनोभेटिभ सोलुसनप्रा.लि तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सिफारिसमा कृषि पेशामा आवद्ध व्यवसायिक कृषहरुलाई आवश्यक मलखाद, बीउ–बिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्ड मार्फत सहुलियतपूर्ण व्याजदरमा कृषि कर्जा उपलब्ध गराउनेछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रालिले कृषक पहिचान तथा कृषकहरुलाई आवश्यक तालिम प्रदान गर्ने समेत सम्झौतामा उल्लेख छ ।

कर्जा, नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अनुसार व्याज अनुदानप्रदान गरिनेछ । कृषि सामग्री बिक्रेता दर्ता गर्ने (डेटाबेस व्यबस्थापन) तथा कार्ड मार्फत हुने भुक्तानीको प्राविधिक सहजीकरण इन्फीकेयर प्रा.लिले गर्ने सम्झौतमा उल्ृलेख गरिएको छ ।

जनरल इन्स्योरेन्स र नेपाल क्लियरिङ्ग हाउस बीच डिजिटल भुक्तानी सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच –एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआइ) सँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ, भने यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई NCHL-IPS र कनेक्ट आएपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यसले जनरल इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ । यी सबै कारोबारहरु सोझै बीमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

यसरी एनपीआइमा जोडिए पछि जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने छ । एनपीआइ सँग गरिने उक्त इन्टिग्रेसनमा जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रा. लि.को पनि महत्वपूर्ण भूमिका रहेको छ जसले जेनेरल इन्स्योरेन्स लगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।

जनरल इन्स्योरेन्स लगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइन मार्फत कनेक्ट आएपीएस बाट भुक्तानी गर्दै आएका छन् । साथै ८ जीवन तथा निर्जीवन बीमा कम्पनीहरु यस अघि नै एनपीआइ मा आबद्ध रहेका छन् । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरीएको एनपीआइ सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ६९ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले सन् ६ अषाढ २०७५ देखि आफ्नो सेवा प्रदान गर्दै आएको छ । बैंकिङ, बीमा, व्यापार, उत्पादन, पर्यटन, जस्ता विविध क्षेत्रहरूको प्रतिनिधित्व गर्ने व्यक्तिहरूद्वारा प्रवर्धित यस कम्पनी सधैं आफ्ना ग्राहकहरूलाई प्रभावकारी सेवा प्रदान गर्न केन्द्रित छ । एनसीएचएलसँगको यो साझेदारीले विभिन्न डिजिटल च्यानलहरू मार्फत प्रदान गरिने बीमा उत्पादनहरूमा आफ्नो उपस्थिति विस्तार गर्न मद्दत गर्ने विश्वास छ ।

महालक्ष्मी विकास बैंक र इजिलिंङ्क रेमिट्यान्स बीच सम्झोता

ग्राहकहरुलाई सरल,सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि. ले ग्राहकहरुलाई रेमिटेन्स सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले इजिलिंङ्क रेमिट्यान्स प्रा. लि. सँग सम्झौता गरेको छ ।

बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ईजिलिंङ्क रेमिटेन्स प्रा. लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले हस्ताक्षर गर्नुभएको हो । यस सम्झौता पश्चात ग्राहक महानुभावहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपाल भित्र बैंकिङ्ग च्यानल मार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्नुहुनेछ ।

अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट इजिलिङ्क रेमिट्यान्स मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैकले हालसम्म २६ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ । यसका साथसाथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषता सहितको मुद्दति योजना संचालनमा ल्याएको छ । हाल यस योजना अन्तर्गत ११.२५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based Travel Card, eCommerce card र Dollar card जारी गरिसकेको छ । समग्रमा chip based Travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको छ ।

३ वर्षे कार्यकाल पुरा गरेर आयल निगमबाट सुरेन्द्र पौडेल बाहिरिए

नेपाल आयल निगममा ३ वर्षको कार्यकाल पुरा गरेर सुरेन्द्र पौडेल बाहिरिएका छन् ।

२०७५ साल पुसमा आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेलले कोभिडको कठिन समयमा पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न सफल भएका थिए ।

उनको कार्यकालमा आयल निगम नाफामा समेत गएको थियो । पछि सरकारले पेट्रोलियम पदार्थमा उच्च कर लगाएको कारण निगम घाटामा जान थाल्यो । आयल निगममा आउनु अगाडि पौडेल उदयपुर सिमेन्टमा महाप्रवन्धक थिए ।

पौडेल उदयपुर सिमेन्टमा महाप्रवन्धक हुँदा पहिलो पटक सिमेन्ट उद्योग नाफामा गएको थियो ।