जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा दुगड नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष आर्थिक सल्लाहकारमा पूर्व राज्यमन्त्री मोतीलाल दुगडलाई नियुक्त गरेका छन् । पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगडलाई प्रधानमन्त्री ओलीले विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीले यसअघि उक्त पदमा पूर्वअर्थमन्त्री तथा अमेरिकाका लागि राजदूत युवराज खतिवडालाई नियुक्त गरेका थिए । खतिवडा अमेरिकाका लागि राजदूत सिफारिस भएपछि उक्त पद रिक्त थियो ।

ज्योति विकास बैंकद्धारा मध्यबिन्दु जिल्ला अस्पताललाई बेबी वार्मर वितरण

ज्योति विकास बैंकले मध्यबिन्दु जिल्ला अस्पताल, नवलपुरलाई शुक्रबारको दिन एक थान बेबी वार्मर प्रदान गरेको छ। जिल्ला अस्पतालको प्राङ्गणमा आयोजित एक कार्यक्रम मार्फत राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरेको हो। बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाईराख्न सहयोग गर्दछ।

कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट गण्डकी प्रदेश र चितवन जिल्ला क्षेत्रका क्षेत्रीय प्रमुख विशाल लामिछाने, बैंकको कावासोती शाखाका शाखा प्रबन्धक लोक नारायण मानन्धर र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजय बहादुर सिंह द्वारा संयुक्त रुपमा मध्यबिन्दु जिल्ला अस्पताल व्यवस्थापन समितिका सदस्य तथा नवलपुर वाणिज्य संघका अध्यक्ष दासु राज पोखरेललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट मध्य बिन्दु जिल्ला अस्पतालमा प्रसुति सेवा लिन आउने बार्षिक करिब ३०० जना प्रत्यक्ष्यरुपमा लाभान्वित हुनेछन साथै शिशु मृत्युदर न्यूनीकरण गर्न समेत योगदान पुग्ने छ। सोहि कार्यक्रमको अवसरमा पी।पी।ई र फेस शिल्ड जस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री पनि अस्पताल लाई प्रदान गरिएको थियो।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ूहाम्रो विकास प्रवर्द्धन कोषू मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ।

बैंकले १२औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि ८ लाख रुपैयाँ प्रदान गरेको थियो।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४५ अर्ब ८५ करोड निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब ३७ अर्ब ५९ करोड लगानी गर्न सफल भएको छ।

माछापुच्छ्रे कृति क्यापिटलको एकिकृत कारोवार शुरु

माछापुच्छ्रे कृति क्यापिटलको शुक्रबारबाट एकिकृत कारोबार शुरु भएको छ । नेपाल धितोपत्र बोर्ड अध्यक्ष भिष्म राज ढुंगानाले बोर्डबाट मर्चेण्ट बैंकिङ्ग व्यवसाय गर्न अनुमतिपत्र प्राप्त मर्चेण्ट बैंकरहरु माछापुच्छ्रे क्यापिटलको एकिकृत कारोबारको उद्घाटन गरेका हुन ।

कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स लि. एक आपसमा गाभिई बनेको माछापुच्छ्रे कार्यक्रममा बोर्ड अध्यक्ष ढुंगानाले  माछापुच्छ्रे  कृति क्यापिटललाई व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दै नेपालको पूँजी बजारमा मर्चेण्ट बैंकरको प्रवेश भएको २७ वर्षभन्दा बढी भइसकेको र पछिल्लो समय यो व्यवसाय क्रमश विकास हुदै गइरहेकोले मर्चेण्ट बैंकरले आफ्नो प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि गर्दै जानुपर्ने बताए ।

उनले विकशित देशमा बजार पूँजीकरण भन्दा ३/४ गुणासम्म सामूहिक लगानी कोषमार्फत् पूँजी परिचालन हुने गरेको सन्दर्भमा नेपालमा समेत यसको व्यापक सम्भावना रहेकोले यसको विकाशमा मर्चेण्ट बैंकरले भूमिका खेल्नुपर्ने बताए ।

त्यस्तै, उनले संस्थागत परामर्श सेवा, विशिष्टिकृत लगानी कोष (प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल) व्यवस्थापन, ऋणपत्र तथा स्वपूँजी लगानी परामर्श, निश्चित प्रतिशत प्रतिफल सुनिश्चितता सहितको लगानी परामर्श सेवा, विदेशी संस्थागत लगानीकर्ता तथा गैर आवासीय नेपालीमार्फत् विदेशी श्रोतको परिचालन लगायतमा समेत मर्चेण्ट बैंकरले भूमिका खेल्नुपर्नेमा विशेष जोड दिए ।

साथै, उनले मर्जपश्चात् उच्च व्यवस्थापन र कर्मचारी समेतको उचित व्यवस्थापन हुन सके मात्र मर्ज सफल हुने भएकोले यस विषयमा
माछापुच्छ्रे कृति क्यापिटल लि.ले विशेष ध्यान पु¥याउने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष डा.विरेन्द्र प्रसाद महतो विशेष अतिथिको रुपमा रहेका थिए भने कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, माछापुच्छ्रे कृति क्यापिटल लि.का अध्यक्ष विश्वम्भर न्यौपाने, माछापुछ्रे«े कृति क्यापिटल लि.का अन्य संचालक तथा प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यको उपस्थिति रहेको थियो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ निष्काशन

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) निष्काशन सुरू भएको छ ।

बैंकले ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको हो । उक्त आईपीओमा १ लाख ६० हजार कित्ता कर्मचारी, ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

प्रतिकित्ता १ सय रुपैयाँका दरले माघ ६ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा माघ १६ गतेसम्म बिक्री खुला हुनेछ । त्यो अवधिमा पनि माग अनुसार आवेदन नपरेको खण्डमा प्रत्याभुतिकर्ताले सकार्नुपर्ने छ । यसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।
आईपीओमा सि–आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था, तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ

मञ्जुश्री फाइनान्स लिमिटेडको १३ औंं वार्षिक साधारण सभा तथा अध्यक्ष चयन

मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १३ औंं वार्षिक साधारण सभा २०७७।०९।२९ गते सम्पन्न गरेको छ ।
वार्षिक साधारण सभाले २३.५० ५ लाभांश स्विकृत गरको छ । जस मध्ये नगद लाभांश ५.५५ ( पाँच दशमलव पाँच प्रतिशत र वोनश शेयर १८ ५ ( अठार प्रतिशत) रहेको छ । वोनश शेयर वाँडफाँड पश्चात संस्थाको चुक्ता पूँजी रु ९६ करोड ५३ लाख पुगेको छ ।

तेह्रौ वार्षिक साधारण सभाबाट संस्थापक समूहका शेयर धनिहरुका तर्फबाट सञ्चालकको पदका लागि श्री यादब अधिकारी, श्री रामहरी शर्मा र श्री रविन राज देवकोटा र सर्वसाधारण शेयरधनिहरुका तर्फबाट श्री दिल मान सिंह चन्द निर्विरोध निर्वाचित भइ आउनु भएको छ ।

साधारण सभा पश्चात सम्पन्न सञ्चालक समिति बैठकले श्रीमति इन्दिरा पन्डित घिमिरे लाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

संस्थाको हाल सम्म रु. ९ अर्ब निक्षेप संकलन तथा रु. ७ अर्ब ९६ करोड कर्जा लगानी रहेको छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ ,नारायणगढ ,बुटवल , धनगढी , इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।
यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स, मोवाइल बैंकिङ्ग,एटिम कार्ड लगायतका अन्य आधुनिक बैंकिङ्क सुविधा उपलव्ध उपलब्ध गराउदै आएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो भोईस अफ नेपाल सिजन ३ को सह प्रायोजक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता कार्यक्रम भोईस अप्m नेपाल – सिजन ३ को सह प्रायोजक रहने घोषणा गरेको छ ।

सो कार्यक्रम हिमालय एच् डी टिभी बाट प्रसारण हुने छ र यस कार्यक्रमको डिजिटल अडिशन भने शुरु भैसकेको छ । काठमाडौं स्थित ¥याडिशन होटलमा आयोजित हस्ताक्षर कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भोईस अफ् नेपाल जस्तो लोकप्रिय रियालिटी कार्यक्रम सँग आबद्ध हुन पाउदा खुशी लागेको साथै सिटी एक्सप्रेसले जसरी देश बिदेशमा रहनु भएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ त्यसरी नै भोईस अफ नेपालले पनि देश बिदेशमा रहनु भएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरु बाट गायन प्रतिभा देखाउने एउटा राम्रो प्ल्याटफर्म प्रदान गरेकोमा खुशी ब्यक्त गर्नु भएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

कुमारी बैंकको क्यूआर क्यास विथड्रल सुविधा

कुमारी बैंक लिमिटेडले क्यू आर स्क्यान एण्ड विथड्रल सुविधाको थालनी गरेको छ । उक्त सुविधा अन्तर्गत कुमारी बैंकका ग्राहकवर्गहरुले बिना कार्ड या चेक आफ्नो कुमारी स्मार्ट मोबाइल एप्लिकेसन मार्फत टेलरमा राखिएको क्यू आर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद विथड्र गर्न सक्नेछन् ।

ग्राहकवर्गले बैंकका हरेक शाखा तथा एक्सटेन्सन काउन्टरमा राखिएका क्यूआर कोड (QR Code) अंकित टेलर स्ट्यान्ड मार्फत उक्त सेवाको लाभ लिन सक्नेछन् । क्यू आर प्रणाली मार्फत निकालिने नगद कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ्ग र कार्डको दैनिक कारोबार सीमा अन्तर्गत नै पर्नेछ । कोभिड–१९ को विश्वव्यापी महामारीको विषम परिस्थितिमा यस सुविधाले कर्मचारी र ग्राहकको स्वास्थ्य र सुरक्षामा हानी नपुग्ने तथा टेलर स्टाफ र ग्राहक दुवैको समय बचत हुनेमा पनि बैंक विश्वस्त छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्राइम बैंकको १५ प्रतिशत बोनस शेयर पारित

विभिन्न बैंकर्स,उद्योगी,व्यवसायी,शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित प्राइम कमर्सियल बैंकले आज आफनो साधारण सभा सम्पन्न गरेको छ । सम्पन्न बाह्रों वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बितरण गर्ने गरी तेह्रों वार्षिक साधारण सभा अनलाइन (भर्चुअल) समेतबाट सम्पन्न गरेको हो।

आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आपनो शेयरधनीहरु लाई यथोचित र समय सापेक्ष प्रतिफल दिन आफुहरु प्रतिवद्ध रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले जनाएका छन्।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्बको आईपीओ भोलिबाट आउने

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले भोलि (माघ २ गते) देखि अहिलेसम्मकै सबैभन्दा धेरै आईपीओ निष्काशन गर्ने भएको छ ।

बैंकले शुक्रबारबाट ८ अर्ब रुपैयाँको आइपीओ निष्काशन गर्न लागेको छ । बैंकले निष्कासन गर्ने आईपीओमा १ लाख ६० हजार कित्ता कर्मचारी, ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याईएको छ ।

बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

प्रतिकित्ता १ सय रुपैयाँका दरले माघ ६ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा माघ १६ गतेसम्म बिक्री खुला हुनेछ । त्यो अवधिमा पनि माग अनुसार आवेदन नपरेको खण्डमा प्रत्याभुतिकर्ताले सकार्नुपर्ने छ । यसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

उक्त आईपीओमा सि-आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था, तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ । बैंकलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ्ग दिएको छ ।

आजदेखि एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्ने

एउटा बैंकको एटीएम प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा झिक्दा आजदेखि  शुल्क बुझाउनु पर्ने भएको छ ।

कोरोना महामारी शुरु भएसँगै राष्ट्र बैंकले सर्वसाधरणको सुविधाका लागि अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको थियो । तर माघ १ गतेदेखि भने शुल्क लाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले निर्देशिका अनुसार एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा महिनामा २ वटा कारोबारसम्म निःशुल्क दिनुपर्ने छ भने त्यसपछि प्रति कारोबार २० रुपैयाँ शुल्क लाग्ने छ ।

बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई पूर्व जानकारी गराएर मात्र इन्टरनेट मोबाइल, एसएमएस बैंकिङको शुल्क लिन पाउने छन् ।

श्रोत नखुलेको रकम सहित २ जना पक्राउ

बरियारपट्टी गाउँपालिका–१ कचनारीबाट श्रोत नखुलेको ९ लाख ३९ हजार ९ सय १५ रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बरियारपट्टी गाउँपालिका–२ खोक्सी बस्ने ४० बर्षीय मो. सगिर मियाँ र २४ बर्षीय मेहदि मंसुर रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स.८ प ९६१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चन्द्रागिरिको आईपीओ भर्नेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं बर्षिक सधारण सभा २०७७ साल बुधबारका दिन चन्द्रगिरि हिल्स रिर्सोट सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारण सभामा कम्पनीको वित्तिय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।

उक्त सभामा चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण शेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वास अनि सबैलाई शेयर पर्ने सम्भावना न्युन रहेको हुँदा सम्पूर्ण आवेदकहरुको सम्मान गर्दै कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकालले यो योजना सार्वजनिक गरिएको जानकारी दिए ।

स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा आवेदन दिनुहुने १२, ५६, ७४६ (बाह्र लाख छपन्न हजार सात सय छयालिस) आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै यो योजना मिति २०७७ माघ ०५ देखि १ बर्ष सम्मको लागि मान्य हुनेछ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।