जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

सेञ्चुरी कमर्सियल बैंकको लाभांश पारित

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौ तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबारका सम्पन्न सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।

सभाले शेयरधनीहरुलाई आ.व. २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ८,४१,५४,७१,५७६.३० मा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम  ८,५८,३७,८१,००० रुपैयाँमा  आ.व. २०७६÷७७  को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने  प्रस्ताव पारित गरेको छ ।

यो सभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठ अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाण्डौंमा सम्पन्न भएको हो । साधारण  साथै  साधारण सभाले  लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५ ÷७६ र २०७६÷७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ ।

यस साधारण सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक रमेश कुमार निरौला, मन बहादुर राई र  रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ । चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप  ८२.४२ अर्व रुपैयाँ र कर्जा रकम  ६६.९३ अर्व रुपैयाँ परिचालन गरी  २२.०२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

देउवासँग प्रचण्ड–नेपालको प्रस्ताव : केन्द्रदेखि प्रदेशसम्म सत्ता साझेदारी गरौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग केन्द्रदेखि प्रदेश सरकारसम्म सत्ता साझेदारीको प्रस्ताव राखेको छ ।

देउवालाई भेट्न प्रचण्ड र नेपाल वुधबार साँझ देउवा निवास पुगेका थिए । भेटबारे कांग्रेस उच्च स्रोतले भन्यो, ‘प्रचण्ड र नेपालले नै भेटेर कुराकानी गरौं भन्ने प्रस्ताव गर्नु भएपछि सभापतिले भेट्नु भएको हो ।’

स्रोतले अगाडि भन्यो, ‘उहाँहरुले प्रतिनिधि सभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र संसद पुनःस्थापना भएमा सरकारमा सहकार्य गर्ने प्रस्ताव गर्नु भएको छ । साथै, केन्द्रमा मात्र होइन, प्रदेशमा पनि सत्ता साझेदारीको प्रस्ताव छ ।’

भेटमा देउवाले अदालतले जे निर्णय गर्छ, त्यही मान्ने बताएका थिए ।

नेपाल बैंकका प्रमुख कार्यकारीको तलब सुविधा ४६ लाख ९६ हजार

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीलाई ४६ लाख ९६ हजार ३०६ रुपैयाँ तलब भत्ताबापत भुक्तानी गरेको छ।

बैंकले गत आर्थिक बर्षको साधारणसभा गर्दै प्रस्तुत गरेको बार्षिक प्रतिबेदनमा प्रमुख कार्यकारी अधिकृत अधिकारीले ३० लाख १३ हजार ६४८ रुपैयाँ तलब र १६ लाख ८२ हजार ६५७ रुपैयाँ भत्ता बुझेको उल्लेख गरेको छ।

बैंकले कम्पनी सचिब र अन्य ब्यवस्थापन अधिकारीहरुलाई (मूख्य प्रबन्धक तहसम्म) लाई तलब भत्ता बापत ५ करोड १० लाख ९५ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ।

बैंकको गत बर्ष कुल कर्मचारी खर्च २ अर्ब २२ करोड ४८ लाख रुपैयाँ पुगेको थियो। यसबाहेक सञ्चालन खर्च ६६ करोड ८६ लाख रुपैयाँ छ।

बैंकको बार्षिक साधारणसभाले ४ प्रतिशतका दरले नगद लाभांस र १२ प्रतिशतका दरले बोनस सेयर पारित गरेको छ

नेपाल लाइफ र भन्सार विभागका प्रमुखबीच भेट

बीमा क्षेत्रबाट सबैभन्दा धेरै राजस्व दाखिला गरेबापत उत्कृष्ठ करदाता सम्मान २०७४/७५ बाट सम्मानीत नेपाल लाइफ र राजस्व संकलन गर्ने सरकारी निकाय भन्सार विभाग प्रमुखबीचको बुधबार भेटवार्ता भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच भएको छलफलमा आपसी हितमा काम गर्ने सहमती भएको छ । भेटका अवसरमा भन्सार विभागका महानिर्देशक दाहालले आप्mना भन्सार विभागका कर्मचारीमा जीवन बीमा सचेतना अभिबृद्धि गर्न साथ र सहयोगको अपेक्षा व्यक्त गरे ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईले आफ्नो व्यक्तिगत तथा कम्पनीको तर्फबाट बीमा जागरणमा सदैव भूमिका रहने प्रतिवद्धता व्यक्त गरे ।

भन्सार विभागका महानिर्देशक दाहालले र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईले एक आपसमा आवश्यकताका आधारमा सहयोग तथा सहकार्य गर्दै जाने बताए

कामदार र मजदुरको नाममा भ्याट छली

सरकारको छानबिनबाट बच्‍नका लागि व्यापारीले कामदार तथा मजदुरका नाममा समेत मूल्य अभिवृद्धि कर (भ्याट) नम्बर तथा बैंक खाता खोलेर ठगी गर्ने पाइएको छ । राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानका क्रममा त्यस्तो बदमासी देखिएको हो । विभागले आज उच्च अदालत पाटनमा एक व्यवसायी विरुद्धदायर गरेको मुद्दामा जोडिएका केही व्यक्ति कामदार तथा श्रमिक रहेको पाइएको छ ।

नक्कली भ्याट बिल बनाई राजश्व छली गरेको अभियोगमा विभागले न्यू सयपत्री इन्टरप्राइजेजका सञ्चालक मनिषुकमार समेत १५ जना विरुद्ध रु एक अर्ब २२ करोड २० लाख १९ हजार १९ बराबरको ठगी गरेको पाएको हो ।

न्यू सयपत्री इन्टरप्राइजेजलगायत विभिन्न १३ वटा फर्महरु कमजोर आर्थिक अवस्थाका मजदुरको नाममा दर्ता गरिएको पाइएको छ । आर्थिक हैसियत नै नभएका व्यक्तिको नाममा नक्कली फर्म दर्ता गरी राजश्व चुहावट एवं भ्याट छली गरेको पाइएको छ ।

यस्तै विभागले संकित जनरल सप्लायर्सका सञ्चालक सुबोध साह विरुद्ध पनि रु १२ करोड ७५ लाख ५१ हजार ६१४ बराबरको भ्याट छली गरेको आरोपमा मुद्दा दायर गरेको छ । रासस

एनएमबि बैंकको लाभांश पारित

एनएमबि बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा यहि मिति २०७७ पौष २९ गते, बुधबार कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडौंमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको अध्यक्षतामा सम्पन्न गरेको छ ।

कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत संचालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

उक्त सभाले बैंकले अधिकृत पूँजी रु.१६ अरबबाट बृद्धि गरी रु.२० अरव पुर्याउने प्रस्ताव पारित गरेको छ ।

युनाईटेड फाइनान्स लिमिटेडको छब्बिसौ वार्षिक साधारण सभा जुम मार्फत भिडियो काफरेन्सिङद्धारा सम्पन्न भयो ।

संस्थाको सञ्चालक समितिका अध्यक्ष बसन्त कुमार चौधरीले जुम मार्फत नै अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा सञ्चालकहरु विष्णु कुमार अग्रवाल, बेनीगोपाल मुन्दडा, मनिष खेमका, के.आर.बिजिमोन, रोशन अधिकारी, प्रभा पाण्डे साथै प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र लगायत संस्थाका उच्च पदस्थ अधिकारीहरु, लेखापरिक्षकहरु, कानुनी सल्लाहकार एवम् नियमनकारी निकायबाट पाल्नुभएका अतिथिहरुको उपस्थिति रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अजय कुमार मिश्रले दिएको जानकारी अनुसार उक्त साधारण सभामा संस्थाको चुक्ता पुँजीको करिब ८१ प्रतिसत प्रतिनिधित्व हुने गरी सेयरधनीहरुको प्रोक्शी मार्फत, भौतिक तथा ख्ष्चतगब िउपस्थिती रहेको थियो । उक्त साधारण सभाले आ.ब. २०७६÷७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन,संस्थाको लेखापरिक्षण प्रतिवेदन सहितको आ.व.२०७६÷७७ को वार्षिक वित्तिय विवरणहरु पारित ग्यो ।

संस्थाले आ.व. २०७७÷७८ को लेखापरिक्षण गर्नको लागि संस्थाको लृखापरिक्षण समितिबाट सिफारिस गरिए बमोजिम लेखापरिक्षक क्ब्च् ब्ककयअष्बतभक लाई पुन नियुक्ती गरेको छ । सभामा सेयरधनीहरुले उठाएका विभिन्न जिज्ञासा तथा सुझावहरुका सम्बन्धमा सञ्चालक समितका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले जवाफ दिनु भएको थियो ।

ग्लोबल आइएमई बैंकको १४औं वार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित

ग्लोबल आइएमई बैंक लिमिटेडको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७६÷७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गर्दै बैंकको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन मुनाफा ४ अर्ब १७ करोड रुपैयाँ र कर पछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको थियो । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध रहेको बताउनुभयो ।

उहाँले बैंकले संघीय सरकार तथा नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरुप हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरु यस बैंकमा समाहित गरिएको बताउनुभयो ।

साबिकको जनता बैंक नेपालसँग मर्जरपछि ग्लोबल आइएमई बैंक देशकै सबै भन्दा ठूलो र सबल बैंक बनेको बताउँदै, उहाँले शेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले बैंकले सदाझँै आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताउँदै कोरोना भाईरस महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधि मार्फत सेवा प्रवाह गर्दै ग्राहकहरुलाई थप प्रभावकारी सेवा पु¥याउने बताउनुभयो ।

आर्थिक वर्ष २०७६÷७७ मा बैंकको व्याज आम्दानी तर्फ गत वर्ष भन्दा ६ अर्ब ९६ करोड रुपैयाँले वृद्धि भएको छ । आम्दानीमा वृद्धि भए पनि यसै अवधिमा कोरोना भाईरसको कारणले बैंकको कर्जा लगानी रकममा १ अर्ब ९५ करोड रुपैयाँसम्मको जोखिम व्यवस्थापन वापत रकम छुट्याउनु परेकोले बैंकको खुद मुनाफामा ५.३१ प्रतिशतले मात्र वृद्धि भई २ अर्व ९१ करोड रुपैयाँ मात्र कायम हुन सकेको छ ।
हाल बैंकले २ खर्ब ४९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यकासाथ बैंकले ७३ जिल्लामा २६४ शाखा सञ्जाल सहित करिब ८०० सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा ३ हजार भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब २२ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

साथै आजै सम्पन्न १४औँ वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ ।
अन्य सञ्चालक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) रहनुभएको छ ।

नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराउनुभएको छ ।

प्रत्यक्ष र भर्चुअल माध्यमबाट गरी सञ्चालन गरिएको बैंकको १४औैैैँ साधारण सभामा बैंकका शेयर सदस्यहरु, कर्मचारी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

नबिल बैंकको ३६औं वार्षिक साधारण सभा सम्पन्न

नबिल बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड््यालको अध्यक्षतामा बसेको ३६ औं वार्षिक साधारण सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार साधारण सभामा पेशगरेअनुसार आर्थिक वर्È २०७६÷७७ को मुनाफाबाट ३५.२६∞ लाभांश दिने प्रस्ताव पारित गरेको छ । विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।

यसै साधारण सभाबाट सर्वसाधारण शेयरधनी समुहको प्रतिनिधित्व गर्दै अनन्त पौड्याल तथा प्रविन टिवडेवाला निर्विरोध निर्वाचित हुनु भएकोछ ।
आ.व. २०७६÷७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ३ अर्ब ४६ करोड हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ३७ अर्ब पु¥याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको शेयर पू“जी यस बर्ष रु. १३ अर्ब ४८ करोड नाघेको छ ।

साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौड््यालले भन्नुभयो “नबिल बैंकले नेपालको बैकिङ्ग Ôेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पु¥याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं ।” हामी ठूलो बैंकसंगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा छौ । बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा लागेको छ । बैंकले स्थापनाकाल देखि हालसम्म रू.२१ अर्ब भन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको छ ।

वास्तविक अर्थतन्त्रलँई सहयोग पु¥याई समग्र अर्थतन्त्रको सुखद भविष्यको लागि हाम्रा प्रयासहरुलाई अझ बलीयो बनाउ“दै लैजाने हामी प्रतिबद्धता व्यक्त गर्दछौ“ ।

त्यसैगरी, हामी हाम्रा शेयरधनीहरु, ग्राहकवर्गहरु, नियामक निकायहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुमाझ यो बैंक सबल र सक्षम रहेको र हालको जस्तो अप्ठ्यारो परिस्थितिमा पनि आफ्नो सकारात्मक सोच एवं परिवर्तनलाई ग्रहण गर्न सक्ने क्षमताका माध्यमबाट उत्कृष्ट कार्यसम्पादन गर्न तयार रहेको व्यहोरा अवगत गराउन चाहन्छौ“ । साथै, हामी यस किसिमका चुनौतिहरुलाई अवसरमा बदल्नका लागि पनि पूर्ण रुपमा तयार रहेको जानकारी गराउन चाहन्छौ“ ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको छ । बैंकको साधारण सभा समयमै सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने शेयरधनी तथा सम्बद्ध सबै निकायहरू प्रति बैंक परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

कृषि विकास बैंकको वार्षिक साधरण सभा सम्पन्न

कृषि विकास बैंक लिमिटेडको वार्षिक साधरणसभा सम्पन्न भएको छ । बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बुधबार भर्चुअल माध्यमबाट बुधबार साधारण सभा सम्पन्न भएको हो ।

बृहत कार्यसंजालद्धारा आफ्ना बस्तु÷सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २७६ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पु¥याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी अधिकृत पूँजी भएको कृषिको बाहौँ बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवालज्यूको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैंकका करिव ३ लाखको संख्यामा रहेका शेयरधनीहरुलाई उक्त साधरणसभाले उत्साहजनक प्रतिफल स्वरुप १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ ।

मेगा बैंकको १० औं बार्षिक साधारणसभा सम्पन्न, १३.०५ प्रतिशत लाभांश पारित

मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयर सहित १३ दशमलव ०५ प्रतिशत लाभांश पारित गरेको छ ।

काठमाडौँमा बुधबार सम्पन्न मेगा बैंकको दशौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६÷७७ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव ०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७ सय ५१ रुपैँया ७९ पैसा लाभांश पारित गरेको हो । त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५ सय ४१ रुपैँया ६१ पैसा बोनस शेयर र ३ दशमलव ०५ प्रतिशतले हुन आउने रकम ४० करोड ६३ लाख ४२ हजार २ सय १० रुपैंया १९ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको छ ।

साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको हो । यसैगरी, साधारण सभाले गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मुल्यांकनकर्ता नियुक्त गर्न र शेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।


साधारण सभामा बोल्दै मेगा बैंक सञ्चालक समितिका अध्यक्ष शाहले आर्थिक बर्ष २०७६÷७७ को शुरुको आठ महिना देशको अर्थतन्त्र राम्रै भए पनि त्यसपश्चात कोभिडको महामारीका कारण प्रतिकुल असर परेकाले नेपालको बैंकिङ क्षेत्रले पनि चुनौती भोगिरहेको बताउनुभयो । अध्यक्ष शाहले भन्नुभयो– ‘हाल बजारमा अधिक तरलता रहेको अवस्था छ, जसले गर्दा कर्जा तथा निक्षेपको ब्याजदर घटिरहेको छ भने त्यसको प्रभाव स्वरुप आधार दर पनि घट्दै गइरहेको हुँदा कर्जाको ब्याजदरमा तीव्र प्रतिस्पर्धाको अबस्था छ । कर्जामा घट्दो ब्याजदरले प्रभावित ब्यवसायीहरुको कारोबारलाई मलम लगाउने कार्य त गरेको छ । तर, यसले बैंकिङ क्षेत्रमा ब्याजदर जोखिम समेत बृद्धि गरेको छ । त्यसैले बिभिन्न जोखिमसँग सम्बन्धित आन्तरिक तथा बाह्य गतिविधिको मेगा बैंकले सुक्ष्म अध्ययन एवं विश्लेषण गरिरहेको छ ।’

बन्दाबन्दीको अवस्थामा पनि बैंकले सर्वसाधारणहरुलाई बैंकिङ सेवा र सुविधाहरु अटुट रुपमा प्रदान गरेको स्मरण गर्दै उहाँले कोभिड १९ को चुनौतीलाई मध्यनजर गर्दै बैंकले ‘डिजिटल प्रडक्ट विभाग’ को स्थापना गरेको जानकारी दिनुभयो । अध्यक्ष शाहका अनुसार, डिजिटल बैंकिङलाई प्रबद्र्दन गर्ने उद्देश्यले मेगा बैंकले ‘डिजिटल ट्रान्सफर्मेशन स्टेरिङ कमिटी’ गठन गरी कार्यान्वयन ल्याएको छ । ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधा स्वरुप मेगा बैंकले नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’ समेत संचालनमा ल्याएको उहाँले बताउनुभयो ।

साधारणसभालाई सम्बोधन गर्दै मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले कोभिडबाट अन्य व्यवसाय जसरी बैंकिङ क्षेत्र समेत प्रभावित भए पनि मेगा बैंकको वित्तिय परिसचूक सन्तोषजनक रहेको बताउनुभयो । चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप १ अर्ब २४ करोड रुपैँयाले बृद्धि भई १ खर्ब ३३ अर्ब २६ करोड रुपैँया पुगेको छ । यसैगरी, खुदकर्जा ८ अर्ब रुपैँयाले बृद्धि भई १ खर्ब २१ अर्ब ८१ करोड रुपैँया पुगेको छ । गत त्रैमासमा बैंकले ६० करोड ७९ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ ।

मेगा बैंकले बिभिन्न छुट तथा सुविधाहरु प्रदान गरिरहेको जानकारी दिँदै सिइओ खुञ्जेलीले ब्याज रकममा छुट, ब्याजदरमा छुट, किस्ताको भाका अवधि विस्तार, कर्जा पुनर्तालिकीकरण, जरिवाना छुट लगायतले कोभिडबाट प्रभावित ग्राहकहरुलाई राहत मिलेको बताउनुभयो । सिइओ खुञ्जेलीका अनुसार, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब १ अर्ब ९० करोड रुपैंया सहुलियत कर्जा र २ अर्ब ४२ करोड रुपैंया पुनर्कर्जाहरु प्रवाह गरेको छ ।

बैंकिङ कारोबारसँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि मेगा बैंकले प्राथमिकतामा राखेको छ । ‘शिक्षा नै ज्योति अभियान’ अन्तर्गत प्रत्येक शाखाबाट एक–एक जना छात्राहरुलाई छनौट गरी १२ कक्षासम्मको अध्ययनका लागि ‘एक शाखा – एक छोरी छात्रवृत्ति अभियान’ सुरुवात गरेको बैंकले त्यसलाई निरन्तरता दिँदै २०७७ सालको शैक्षिक सत्रका लागि प्रत्येक शाखाहरुबाट २–२ जना छात्राहरुलाई आर्थिक सहयोगको व्यवस्था गरेको छ । साथै, कोभिडको विषम परिस्थितिमा नेपाल सरकार तथा सबै प्रदेश सरकारहरुलाई कोभिडको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड र ७ वटै प्रदेश सरकारले स्थापना गरेको कोषमा ५–५ लाख रुपैंया गरी १ करोड ३५ लाख रुपैंया सहयोग गरेको छ ।

गत आर्थिक बर्षमा मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार गरेपश्चात ५८ वटा जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ । अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०६ वटा शाखा कार्यालयहरु, ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन् ।

कामना सेवा विकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न

कामना सेवा विकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारणसभा काठमाडौं बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सफलतापुर्वक सु–सम्पन्न भएको छ ।

कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित कानून अनुसार बोलाइएको वार्षिक साधारण सभा कोभिड–१९ को प्रभावको कारण नेपाल सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालन गरिएको थियो । साधारण सभामा बैंकको चुक्ता पूँजीको झण्डै ५५ प्रतिशत भन्दा बढी शेयरधनीको प्रतिनिधित्व हुने गरी शेयरधनी महानुभावको उपस्थिति रहेको थियो भने १०० जना भन्दा बढी शेयरधनीहरु Zoom Webinar मार्फत जोडिनु भएको थियो ।

साधारणसभाले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु २,५४,०१,९५,३५२.०२ को ४.४० प्रतिशतका दरले हुने रकम रु. ११,१७,६८,३७९.५७ बोनस शेयर वितरण गर्ने र सोमा लाग्ने कर प्रयोजनका लागि ०.२३ प्रतिशत अर्थात रु. ५८,८२,५४६.२९ बराबरको लाभांश कर प्रयोजनार्थ समेत गरी कुूल ४.६३ प्रतिशत लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । बैंकले आ.व. २०७७÷०७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक जि.पि. राजवाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्ट्सलाई पून नियुक्ति गरेको छ ।

उक्त सभामा बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७६÷०७७ को वासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७७÷०७८ को असोज मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।

यससंगै कोभिडको प्रभाव कमहुंदै गई आर्थिक गतिविधिहरु सामान्य अवस्थामा चलायमान हुंदै गएको हुनाले शाखा सञ्जाल, बैंकि¨ कारोबारको संख्यामा भएको उल्लेख्य बृद्घि, कर्जा तथा निक्षेपमा भएको वृद्धि, डिजिटाइजेसनमा गरेको दिगो लगानी, बजारमा बैंकले पारेको प्रभाव तथा साख आदिको कारण आगामी वर्ष राम्रो प्रतिफल प्रदान गर्नेमा विश्वस्त रहेको समेत जानकारी गराउनुभयो ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दै यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताउनु भयो ।

बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा बसेको साधारण सभामा बैंकका सञ्चालक श्री चतुराखर अधिकारीले शेयरधनी महानुभावहरु लगायत उपस्थित सबैलाई मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो भने सञ्चालक श्री भिम प्रसाद तुलाचनले धन्यवाद ज्ञापन गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन कम्पनी सचिव श्री हरि प्रसाद लम्सालले गर्नुभएको थियो ।