जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

डिशहोम रियालिटि टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’

मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले डिशहोमको रियालिटि टिभी (च्यानल नं. १०२) मा रियालिटी शो ‘कलाको मेला’ सुरु भएको छ ।
हरेक साता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने ट्यालेन्ट शो १८ ऋंखलाको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्याङ्कन गर्ने काम निर्णायक मण्डलले गर्नेछ । डिश मिडिया नेटवर्कको प्रस्तुति यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने विश्वास गरिएको छ ।

सिटी एक्सप्रेसलाई गाभेर इन्भेष्टमेन्ट बैंकले माघ ११ बाट एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई प्राप्ति गरेर माघ ११ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ। बैंकले गत मंसिर ७ मा राष्ट्र बैंकबाट प्राप्तिका लागि अन्तिम स्वीकृति पाएको थियो।

सिटीलाई एक्सप्रेसलाई इन्भेष्टमेन्ट बैंकले प्रति कित्ता ३० रुपैयाँका दरले गाभ्ने छ।

४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटीलाई गाभेपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ।

यसमा प्रवर्द्धकहरुको सेयर हिस्सा ६८.४८ प्रतिशत हुने छ। सर्वसाधारणको हिस्सा ३१.५२ प्रतिशत हुने छ।

हिमालयन बैंकका प्रमुख कार्यकारीको वार्षिक तलब एक करोड ७९ लाख

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले एक वर्षमा एक करोड ७९ लाख ७७ हजार रुपैयाँ तलब सुविधा बुझेका छन्।

बैंकले साधारणसभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरे अनुसार, राणाले गत आर्थिक वर्ष तलब ८७ लाख ५५ हजार रुपैयाँ बुझेका छन्। भत्ताबापत ७८ लाख ४ हजार रुपैयाँ बुझेका छन्। यसबाहेक उनले मोबाइल/टेलिफोन खर्च ५ लाख ६ हजार र विविध ९ लाख ११ हजार रुपैयाँ बुझेका छन्। यसबाहेक गाडी र बीमा सुविधा लिएका छन्।

राणाले नाफाबाट वितरण गरिने बोनस छुट्टै पाएका छन्। बैंकले आफ्ना ब्यवस्थापकहरुलाई तलब सुविधालगायत गरेर एक वर्षमा २९ करोड १६ लाख रुपैयाँ भुक्तानी गरेको छ। यो रकम १०९ जना ब्यवस्थापकहरुले पाएका हुन्।

यद्यपि बैंकको कुल कर्मचारी खर्च भने एक अर्ब २१ करोड ८९ लाख रुपैयाँ तलब सुविधा पाएका छन्। बैंकको अन्य सञ्चालन खर्च ८७ करोड रुपैयाँ छ। बैंकले आफ्ना सञ्चालकहरुलाई वर्षभरीमा बैठक भत्ता, टेलिफोन/मोबाइल र विविध गरेर ४२ लाख रुपैयाँ भुक्तानी गरेको छ।

यसबाहेक सञ्चालकहरुका लागि २ लाखको औषधोपचार बीमा र ३० लाखको दुर्घटना बीमा गरिएको छ। बैंकले गत २७ गते गरेको वार्षिक साधारणसभाबाट ६ प्रतिशत नगद लाभांशका साथै १४ प्रतिशत बोनस सेयर पारित गरेको छ

मेगा बैंकले खोल्यो किर्तिपुरमा अर्को शाखा, देशभर शाखा सञ्जाल २०६ पुग्यो

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरी आइतबारका दिनदेखि शाखा सञ्चालनमा ल्याएको छ।

कीर्तिपुर नगरपालिका वडा नम्बर ९ नयाँबजारमा बैंकले नयाँ शाखा विस्तार गरेको हो। बैंकको यो २०७औं शाखा हो।

काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन्।

बैंकका ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन्।

प्राइम बैंकका सीइओ मानन्धरको तलब ७६ लाखले बढ्यो

प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको तलब एक वर्षमा ७६ लाख रुपैयाँले बढेको छ।

बैंकले गत पुस २९ गते गरेको साधारणसभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार उनको तलब सुविधा एक करोड ८५ लाख रुपैयाँ पुगेको उल्लेख छ। अघिल्लो वर्ष उनले एक करोड नौ लाख रुपैयाँ बुझेका थिए।

TaTaयसपाली बुझेको तलब सुविधामा नाफाबाट पाउने बोनस जोडिएको छैन। योसमेत जोड्दा उनले वर्षभरीमा सवा दुई करोड रुपैयाँभन्दा बढी बुझेका छन्। उनी बैंक स्थापनादेखि प्रमुख कार्यकारी छन्। एउटै बैंकमा लामो सयमदेखि प्रमुख कार्यकारी हुने अहिले मानन्धर मात्र हुन्।

उनलाई राष्ट्र बैंकले उमेर हद लगाएर हटाउन खोजेको थियो। तर अदालतबाट मुद्दा लडेर उनी फेरि बैंक फर्किएका हुन्। राष्ट्र बैंकविरुद्ध मुद्दा हालेका कारण उनी राष्ट्र बैंकसँग सम्बन्धित कार्यक्रमहरुमा आफू जान छाडेका छन्। आफू मुन्तिरका कर्मचारीलाई पठाउँछन्।

मानन्धरले तलब मात्र ९६ लाख ९० हजार रुपैयाँ बुझेका छन् भने भत्ता ६४ लाख ६० हजार रुपैयाँ बुझेका छन्। उनले दसैं भत्ता १४ लाख रुपैयाँका साथै सञ्चय कोष सुविधा ९ लाख ६९ हजार लिएका छन्। यसबाहेक गाडी, मोबाइल र इन्धनको सुविधा उनलाई छ।

बैंकले गत वर्ष कुल कर्मचारी खर्च एक अर्ब ९ करोड रुपैयाँ गरेको थियो। सञ्चालन खर्च ५३ करोड २५ लाख रुपैयाँ गरेको थियो। बैंकको वार्षिक साधारणसभाले १५ प्रतिशत लाभांश पारित गरेको छ।

लक्ष्मी बैंकले थाल्यो क्युआरबाट बसको टिकट खरिद गर्न सकिने सेवा

लक्ष्मी बैंकले ल्होत्से बहुद्देश्यीय प्रालिको सहभागितामा बस टिकट बुकिङ सेवाको भुक्तानी गर्न पाउने गरी थप नयाँ सुविधा ल्याएको छ।

 

अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाइल मनि-वालेटबाट क्युआर स्क्यान गरी फोनपे नेटवर्क अन्तर्गत भुक्तानी गर्न सक्नेछन्।

क्युआरबाट बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाडौंको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ।

TaTaक्युआर पेमेन्टले ग्राहकहरुलाई छिटो एव छरितो सहज रूपले भुक्तानी गर्न सक्ने विश्वास बैंकले लिएको विज्ञप्तिमा उल्लेख गरेको छ।

लक्ष्मी बैंकले विगतमा  क्युआर पेमेन्टलाई अस्पताल, शपिङ मल र इन्टरनेट सेवा प्रदायक लगायत विभिन्न साना( ठूला ब्यापारिक संस्थाहरुमा सञ्चालन गदै आएको छन्।

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य सर्वाधिक बढ्यो

आइतवार साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता  ६९३ रुपैयाँले बढेर अन्तिम मूल्य  ७ हजार ६२३ रुपैयाँ पुगेको हो ।

७ हजार ६८ रुपैयाँदेखि खुलेको कम्पनीको शेयर कारोबार अधिकतम  ७ हजार ६२३ रुपैयाँसम्ममा भएको छ । आइतवार खरिद चाप उच्च हुदाँ कम्पनीको शेयरमूल्यमा सर्वाधिक बृद्धि भएको हो । यो दिन कम्पनीको २ करोड ३५ लाख ८९ हजार रुपैयाँ बराबरको ३ हजार १९७ कित्ता शेयर कारोबार भएको छ ।

एनआईसी एशिया बैंकको १९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

एनआईसी एशिया बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको मंसिर २१ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाद्वारा पारित गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरण गरिएको १९ प्रतिशत बोनस  शेयर (१ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता) नेप्सेमा सूचीकृत भएको हो ।

उक्त बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ रुपैयाँ पुगेको छ । साथै बोनस शेयर धितोपत्रको दोस्रो बजारमा माघ ५ गतेदेखि कारोबार गर्न मिल्ने गरी सम्बन्धित शेयरधनीहरूको डिम्याट खातामा जम्मा गर्ने व्यवस्था मिलाइने बैंकले जनाएको छ ।

हाल बैंकले मुलुकभर रहेका ३३९ शाखा कार्यालयहरू, ४७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गद आएको छ ।

हिमालयन बैंकले सैनिक समाजलाई दियो एक थान कम्प्युटर सेट

हिमालयन बैंकले चन्द्रागिरी नगरपालिका–७ बाणस्थलीस्थित भूतपूर्व सैनिक सेवा समाजलाई सहयोग गरेको छ।

बैंकले समाजलाई एक थान कम्प्युटर सेट प्रदान गरेको हो।

बैंकले यो संस्थालाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा  कम्प्युटर सेट हस्तान्तरण गरेको हो।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक राणाले कम्प्युटर सेट भूतपूर्व सैनिक सेवा समाजका अध्यक्ष हुमलाल अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १० अर्बको आवेदन

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ)मा माग भन्दा बढी आवेदन परेको छ ।

निष्काशन सुरु भइको तेस्रो दिनमा ८ लाख २ हजार ७०८ जना आवेदकले ९ अर्ब ९४ करोड ६ लाख ७४ हजार रुपैयाँको ९ करोड ९४ लाख ६ हजार ७४० कित्ताको लागि आवेदन दिएका छन् ।

बैंकले शुक्रबारदेखि ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको हो । उक्त आईपीओमा १ लाख ६० हजार कित्ता कर्मचारी, ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताम सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

प्रतिकित्ता १ सय रुपैयाँका दरले माघ ६ गतेसम्म आवेदन दिन सकिने छ ।
उक्त आईपीओमा सि-आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था, तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ । बैंकलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ्ग दिएको छ ।

स्टार्टअप आइडिया कलको युवा उद्यमी प्रवद्र्धन कार्यक्रम शुरु

बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले स्टार्टअप आइडिया कल कार्यक्रम अन्तगर्त युवा उद्यमी प्रवद्र्धन कार्यक्रम शुरु भएको छ ।  शनिबार एक कार्यक्रमकाबिच अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना र राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कार्यक्रमको सुरुवात गरेका हुन् ।

कार्यक्रममा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले उद्यमी बन्नका लागि आत्मविश्वास, धैर्यता, बिषयबिज्ञता र बजारको बस्तुस्थीतिबारे राम्रो ज्ञान हुनआवश्यक रहेको बताए । घरेलु, साना उद्यमी तथा सृजनशील सोच भएका युवाहरुकै लागि सरकारले सहुलियतपूर्णकर्जा कार्यक्रम ल्याएको र यसको सफल कार्यान्वयनका लागि स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन युवाहरुलाई आग्रह समेत गरे ।

मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले युवा मैत्री उद्यमका कार्यक्रम मन्त्रालयको प्राथमिकतामा रहेको बताउदैं आगामीबर्ष युवा लक्षित कार्यक्रमलाई बढाउदै जाने बताए । राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नयाँ युवा पुस्ताको सोच माथी लगानीगर्ने कार्यक्रम नै आइडिया कल कार्यक्रम भएकाले बैंकले सुरु गरेको यो कार्यक्रममा सहभागीहुन युवाहरुलाई आग्रह गरे ।

मञ्जुश्री फाइनान्सको अध्यक्ष इन्दिरा पन्डित घिमिरेद्धारा सपथ ग्रहण

मञ्जुश्री फाइनान्स लिमिटेडको अध्यक्ष श्रीमति इन्दिरा पन्डित घिमिरेले नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुख देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ लिएकी छिन् ।

संस्थाको हालै सम्पन्न १३ औंं वार्षिक साधारण सभा वार्षिक साधारण सभाले २३.५० प्रसिशत लाभांश स्विकृत गरको छ । जस मध्ये नगद लाभांश ५.५ प्रतिशत (पाँच  दशमलव पाँच प्रतिशत र बोनश शेयर  १८ प्रतिशत) रहेको छ । बोनश शेयर  वाँडफाँड पश्चात संस्थाको चुक्ता पूँजी ९६ करोड ५३ लाख रपैयाँ पुगेको छ ।

तेह्रौँ वार्षिक साधारण सभाबाट संस्थापक समूहका शेयर धनिहरुका तर्फबाट सञ्चालकको पदका लागि यादब अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा र सर्वसाधारण शेयरधनिहरुका तर्फबाट दिल मान सिंह चन्द  निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाको हाल सम्म ९ अर्ब निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड कर्जा लगानी रहेको छ ।