जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक

नेपाल इन्भेष्टमेन्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज असोज १६ गते शुक्रबारदेखि लागु हुनेगरी कर्जा दुवैतर्फको ब्याजदर सार्वजनिक गरेको हो ।

जस अनुसार बैंकले बेसरेटमा १ देखि ५ प्रतिशतसम्म जोडेर ब्याज कायम गरी ऋण प्रदान गर्ने जनाएको छ । त्यस्तै बैंकले ८ प्रतिशत ब्याजमा शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ । बैंकको भदौ महिनाको बेस रेट ७.३३ प्रतिशत रहेको छ ।

माछापुच्छ्रे बैंक २१ वर्षमा, नयाँ ६ स्मार्ट सेवा सञ्चालन

माछापुच्छ्रे बैंक स्थापनाको २० वर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको छ । २० औं वार्षिकोत्सव मनाउँदै गर्दा थप सबल बन्दै ग्राहकलाई स्तरीय डिजिटल सेवा प्रदान गर्न बैंकले आफूलाई स्मार्ट बैंकको रुपमा उभ्याएको छ ।

ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै स्थापनाकाल देखि नै समयानुकुल परिस्कृत र परिमार्जित सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको बैंकले २० औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहक लक्षित बिभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरु तथा योजनाहरु एकैसाथ सञ्चालनमा ल्याएको छ ।

बैंकले नेपालमा नै पहिलो पटक वीच्याट वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले  ग्राहकहरुले क्युआरकोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबिएल स्मार्ट काउण्टरको पनि सुरुवात गरेको छ । बैंकले आफ्नो नयाँ स्मार्ट वेवसाईट पनि आजैबाट सुरुवात गरेको छ । ग्राहक महानुभावहरुले स्मार्ट वेवसाईट मार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाईन आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ ।

माछापुच्छ्रे बैंक लि.ले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न २०–२० अफरहरु संचालनमा ल्याएको छ ।

बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै प्राइरोटी काउन्टर पनि संचालनमा ल्याउदैँ छ ।

त्यस्तै गरि बैंकले आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा आफ्नो १६० औँ शाखा कार्यालय समेत संचालनमा ल्याएको छ ।

स्थापनाको २१ वर्षमा आईपुग्दा बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखा रहित बैकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन समेत गरी जम्मा २९८ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १९९ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

साथै सबल उत्कृष्ट एवं विस्तारित पहिचान बनाएको बैंकको २० वर्षको गौरवमय यात्रामा साथ दिनुहुने सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एवं शुभचिन्तकहरुमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

बैंक अफ काठमाण्डूले ल्यायो ग्रिन पिन सुविधा

बैंक अफ काठमाण्डू लिमिटेडले ग्रिन पिन सुविधा ल्याएको छ । बैंकले आफ्नो कार्ड बाहक ग्राहकलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको हो ।

यस सुविधाबाट बैंकको नयाँ ग्राहकले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहक महानुभावहरुले आफ्नो कार्डको पिन रिसेट गर्न सक्नेछन् ।

नयाँ कार्डबाहक ग्राहक महानुभावहरुले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर “Enter Your OTP” मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्नेछन् ।

यस पश्चात कार्ड बाहक महानुभावहरुले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक OTP प्राप्त गर्नुहुनेछ । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको OTP प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सक्नेछन् ।

मेगा बैंकको ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु

मेगा बैंकले व्यावसायिक किसानहरुलाई प्राथमिकतामा राख्दै ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ ।

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सुर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गरेर ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवाको शुरु गरेकी छिन् ।

स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मुलमन्त्र बनाएको बैंकले व्यावसायिक किसानहरुको समयानुकुल आवश्यकतालाई हेरी ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको हो । किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले ‘मेगा किसान कार्ड’ ल्याएको मेगा बैंकले जनाएको छ ।

‘यो कृषि क्षेत्रमा नेपालकै नवीनतम् बैंकिङ सुविधा हो,’ मेगा बैंककी सिइओ खुञ्जेलीले भनिन्– ‘मेगा किसान कार्डमार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बिउ विजन, लगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरु तोकिएका कृषि सेवा केन्द्रहरुबाट खरिद गर्न सक्नेछन् । यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने विश्वास पनि लिएका छौं ।’

व्यावसायिक कृषि तथा पशुपालन र महिला उद्यमीलाई यसअघि देखि नै प्राथमिकता दिंदै आएकोे मेगा बैंकले कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै किसानहरुको कृषि उत्पादकत्व वृद्धि गर्ने उद्देश्य लिएको छ । जसअनुसार यस अभियानलाई प्रभावकारी बनाउन मेगा बैंक र आर एण्ड डी ईनोभेटिभ सोलुसनसँग सम्झौता समेत भइसकेको छ ।

किसानहरुको प्रबर्धन गर्दै प्राविधिक सहायता समेत गर्दै आएको आर एण्ड डीसँगको सम्झौतापछि व्यावसायिक किसानहरुलाई अनुदान ऋण लिन थप सहज मिल्ने मेगा बैंकको विश्वास छ ।

प्रभु पेको क्युआर प्रयोग गरि ग्यापुमा सपिङ गर्दा १० प्रतिशत क्यास ब्याक र मोबाइल टिभी सित्तैमा

दशैंमा ग्यापुमा सामान किन्ने हरेक उपभोक्ताले एक महिनाको सब्सकृप्सन सहित ओटिटि(मोबाइल टिभि) नि:शुल्क प्राप्त गर्ने भएका छन्।

ग्यापुमा सपिङ गर्ने उपभोक्ताले प्रभु पेको मोबाइल वालेटबाट पैसा तिरेको खण्डमा  १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) क्यास ब्याक पाइने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए। ग्यापुको दशैं तिहार धमाका अन्तर्गत दिइने क्यासब्याक २५ लाख बराबरको रहने बाताइएको छ।

प्रभु पेले ग्यापुमा सपिङ गर्ने उपभोक्ता मध्ये हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकलाई एक वर्षको सब्सकृप्सन, सेट अप बक्स र इन्स्टलेसन सहित प्रभु टिभि दिने जनाएको छ। त्यस्तै दशै धमाकाको अन्त्यमा एक जना लक्की ग्राहकलाई प्रभु पेको तर्फबाट एउटा वासिङ मेसिन पाउने खड्काले बताए।

ग्यापुको बेवसाइटबाट सपिङ अर्डर गर्दा प्रभु पेको वालेटबाट पैसा तिरेर वा सामान डेलिभरीको बेला पनि प्रभु पेको क्युआर कोड स्क्यान गरेर क्यास ब्याक लिन सकिन्छ।

कृषि विकास बैंकको नयाँ शाखा काठमाडौंको मूलपानीमा

कृषि विकास बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा नयाँ शाखा खोलेको छ । बैंकले हिजो बिहीबार नगरपालिकाको वडा नं. ६ स्थित फूयाल गाउँमा नयाँ शाखा स्थापना गरेको कृषि विकास बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए । ‘यो सहित अब कृषि विकास बैंकको शाखा र काउण्टर २८० पुगेको छ,’ उनले भने ‘ हामीले कोभिडको बीचमै सामाजिक दूरी कायम राखेर नयाँ शाखा स्थापना गरेका हौं ।’

औपचारिक कार्यक्रम नगरी स्थानीय र बैंक व्यवस्थापनको उपस्थितिमा स्थापना गरिएको नयाँ शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्ययले गरेका थिए । उद्घाटन कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा, काठमाडौं प्रदेश २ ‘ख’ का सदस्य मणिराम फुयाल तथा सोही प्रदेशका कांग्रेस सभापति उपेन्द्र कार्कीको रहेको थियो ।

ढोरपाटन नगरपालिकाको बाढीपिडित उद्धार कोषमा प्रभु बैंकले गर्यो ५ लाख सहयोग

बागलुङको ढोरपाटन नगरपालिकाको बाढीपिडित उद्धार कोषमा प्रभु बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकालाई बाढीपिडित उद्वार कोषमा रहने गरि ५ लाख आर्थिक सहयोग प्रदान गरेका हुन् ।

साथै, ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को  गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ र भौतिक योजना मन्त्री राम शरण बस्नेतले बिशेष निरिक्षण समेत गरेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंक र पे नेप (मोरु) बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेकोमा थप सुबिधालाई मध्यनजर गर्दै पे नेपको (मोरु) बीच सम्झौता गरिएको छ । यस सम्झौता ग्राहकहरुले निकै प्रचलनमा रहेको इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

चेक र ATM  को विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने बैंकले जनाएको छ  । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

यसरी अनलाइनबाटै दिनुहोस् एनआईसी बैंकमा कर्जाको आवेदन

एनआईसी एशिया बैंकले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ । कोरोना भाइरसको महामारीकाबीच सामाजिक दुरी कायम राख्नुपर्ने आजको आवश्यकतालाई महसुस गर्दै यस बैंकले ग्राहकमैत्री एवं सुरक्षित रुपले https://loanapplication.nicasiabank.com मार्फत उक्त अनलाइन कर्जा आवेदन प्रणालीको सुरुवात गरेको हो ।

बैंकले आफ्नो ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अनुरुप आफ्नो सम्पूर्ण व्यवसायिक प्रक्रिया तथा क्रियाकलापहरूलाई डिजिटलतर्फ परिमार्जन गर्न लागिपरेको अवस्थामा विद्यमान कर्जा आवेदन प्रक्रियालाई समेत अनलाइन माध्यमबाट सहजपूर्ण तरिकाले अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको हो ।

कर्जाको आवेदन अनलाइन दिन सकिने उक्त नवीनतम सुरुवातले बैंकको कर्जा आवेदन लिने र प्रक्रियामा लैजाने विद्यमान व्यवस्थालाई विस्थापित गर्नुका साथै बैंकसम्म पुगेर कर्जा आवेदनका निमित्त भौतिक फारम भर्नुपर्ने झन्झटबाट समेत ग्राहक महानुभावहरूले मुक्ति पाउनुहुने बैंकले विश्वास लिएको छ ।

यसमार्फत ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा आफुले इच्छाएको कर्जाको आवेदन दिन सक्नेछन् । ग्राहक महानुभावहरूले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोत अनुसार कर्जा लिन सक्ने क्षमता निक्र्यौल गर्न सकिने व्यवस्था गरिएको छ भने कर्जा लिनका लागि योग्य भए नभएको देखाउनेछ र योग्य भएपश्चात् सम्पूर्ण विवरण अनलाइनमार्फत भरेर ग्राहक महानुभावहरूले सम्पूर्ण कागजात सोहीमार्फत अपलोड गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसपछि ग्राहक महानुभावहरूलाई कर्जा लिनका लागि छनौट गर्नुभएको बैंकको शाखा कार्यालयका कर्जा प्रतिनिधीले सम्पर्क गर्नेछन् र सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने व्यवस्था गरेको छ ।  साथै आवेदकको कर्जा स्वीकृतिको विभिन्न अवस्था (Status) बारेमा समेत यस बैंकले एसएमएस (SMS) मार्फत जानकारी गराउँदै आएको छ र ग्राहक महानुभावहरूले बैंकको वेबसाइटमा गई Loan Status समेत आफै त्चबअप गर्न सक्नुहुनेछ ।

बैंकको कुनै पनि कर्जा सम्बन्धी जानकारी लिनको लागि LOAN टाइप गरी ३४४८८ मा एसएमएस (SMS) वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्डकल गरी वा बैंकको वेबसाइट www.nicasiabank.com मा राखिएको Feedback Form मा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

साथै ग्राहक महानुभावहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै वहाँहरूको कर्जासम्बन्धी गुनासो एवं जिज्ञासा बुभ्mने उद्देश्यअनुरुप बैंकले स्थापना गरेको ‘कर्जा सहायता केन्द्र’ मा ग्राहक महानुभावहरूले पहिलो पटक सम्पर्क गरेपछि बैंकको प्रतिनिधिले तीन घण्टाभित्र सम्पर्क गरी विस्तृत जानकारी लिई सम्बन्धित जिज्ञासा तथा गुनासोको प्रकृति हेरी दुई  कार्य दिनभित्र समाधान गर्ने बैंकले व्यवस्था मिलाएको छ ।

यस बैंकले सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा सुपर चमत्कारिक कर्जा योजना (सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा) हरू सर्वविदितै छ । वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण रहेका उक्त कर्जाहरूमा ग्राहक महानुभावहरूको उत्साहपूर्ण सहभागिता भईरहेको छ  ।

यस बैंकले समयअनुरुप परिस्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको Loan Benefit Calculator बाट हेर्न सकिने व्यवस्था गरेको छ । सो मार्फत वर्तमान अवस्थामा उपभोग गरिरहेको कर्जाको तुलना यस बैंकले ल्याएको सुपर चमत्कारिक कर्जाहरूसँग सजिलै गर्न सकिनेछ ।

अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपश्चात् सेवाग्राहीहरूले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाब समेत सरल तरिकाले थाहा पाउन सक्नुहुनेछ र आफ्नो वित्तीय भार कम गर्नका लागि यस बैंकको सुपर चमत्कारिक कर्जा सम्बन्धी उचित निर्णय लिन सक्नुहुनेछ । साथै वेबसाइटमा रहेको Loan Tracker बाट आफ्नो कर्जा लिने योग्यता जाँच्न समेत सकिने सुविधा रहेको छ ।

कोरोना कहरबीच प्रभुले थप्यो नयाँ हेलिकोप्टर

कोरोना कहरकैबीच प्रभु हेलिकोप्टरले नयाँ एयरक्राफ्ट थपेको छ । व्यावसायिक घराना प्रभु ग्रुपको लगानी रहेको प्रभु हेलिकप्टरले कलसाइन ‘नाइनएनएएनएल’ एयरबस एच १२५ हेलिकोप्टर थपेको हो ।

उक्त नयाँ हेलिकोप्टरको परीक्षण उडान भएको छ । यो हेलिकोप्टर छिट्टै व्यवसायिक प्रयोगमा आउने बताइएको छ। कम्पनीसँग यसअघि नै ५ वटा हेलिकोप्टर थिए । नयाँ हेलिकोप्टर थपेसँगै ६ वटा पुगेका छन् ।

ग्लोबल आइएमई बैंकद्वारा थप २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

ग्लोबल आइएमई बैंकले थप २ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैतडीको थाड र संखुवासभाको खराङमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२२ पुगेको छ ।

बैतडी जिल्लाको भूमेश्वर नगरपालिका वडा नं. ४, थाडमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय प्रेम सिंह महरा र संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. १०, खराङमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय ललित बहादुर कटुवाललाई नियुक्त गरिएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२२ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

विद्युतीय गाडीको अन्तशुल्कदेखि विभिन्न करको दर घट्यो

सरकारले विद्युतीय गाडी लगायतका करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदिप ज्ञावलीले सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको बताएका हुन ।

आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तशुल्क घटाउने मन्त्रीपरिषद निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । सरकारले गरेका निर्णय राजपत्रमा प्रकाशित समेत भइसकेको उनले जानकारी गराएका थिए ।

सरकारको यो निर्णयले डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा बजेट मार्फत बढाएको विद्युतीय गाडीको अन्तः शुल्क दर पनि घटेको छ । सरकारले बजेटमार्फत इलेक्ट्रिक गाडीमा ८० प्रतिशत भन्सार वृद्धि गर्ने निर्णय गरेको थियो । त्यस्तै गाडीको क्षमता (किलोवाट) अनुसार ४० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क समेत लगाएको थियो।

मन्त्रीपरिषदले तेजाब पीडितको नाम र फोटो प्रकाशित गरी सहायोग संकलनको नाममा रकम उठाउने कार्य पनि गैरकानूनी ठहर गरिएको र त्यस्तो कामगर्ने कसुरमा दण्डाधिकारीको रुपमा प्रमुख जिल्ला अधिकारीलाई तोकेको छ ।

उद्योग विभागमा रहेको एकल विन्द सेवा केन्द्र र खानी विभागमा पेट्रोलियम अन्वेषण परियोजना र ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिमा नयाँ दरबन्दी सृजना बनाउने निर्णय समेत गरेको छ ।