जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच नगद रहित संचालन गर्ने सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स अस्पतालबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमा लेखको सीमा सम्म हयाम्स हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सक्नेछन् ।

साथै सोही अवसरमा श्रेष्ठले ह्याम्स हस्पिटलले आफना ग्राहक महाानुभावहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग आइजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसंग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबबाट प्राप्त गर्नसक्ने हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

सिटी एक्सप्रेसको “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १० हजार हातमा”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १० हजार हातमा योजना सार्वजनिक गरेको छ। नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्ने उद्येश्यले सिटीम मनी ट्रान्सफरले उक्त योजना सर्वजनिक गरेको हो।

उक्त योजना २ महिनासम्म चल्ने सिटी मनी एक्सप्रेसले जानकारी दिएको छ। सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत २ महिनासम्म हरेक दिन १ जना विजेतालाई १० हजार रुपैयाँ उपहार प्रदान गरिने सिटी मनी एक्सप्रेसले जानकारी दिएको छ।’

कम्पनीका अनुसार यस “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा” अफर असोज १५ गते देखि मंसिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उक्त उपहार योजनामा सहभागी हुन सक्नेछन्।

उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने छ। उक्त योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु नहुने सिटी एक्सप्रेसले जनाएको छ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रेलिया, लगायत संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।

एन आई सी एशिया बैंकमा २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न १६ दिन बाँकी

सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले कोभिड–१९ बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न समयअनुरुप विभिन्न ग्राहकमैत्री सहुलियतका योजनाहरू ल्याइरहेको अवस्थामा २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्र्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको सर्वविदितै छ ।

यस असाधारण समयमा ग्राहक महानुभावहरूमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैंकले ल्याएको यस योजनामा सहभागी हुन १६ दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउनु हुन बैंक सम्पूर्ण योग्य ऋणीहरूमा हार्दिक आह्वान गर्दछ । यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गर्नुभएका सम्पूर्ण योग्य ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्नुहुनेछ ।

यस असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हित रक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को वैशाख, जेष्ठ र आषाढ महिनामा ल्याएको ऐतिहासिक कर्जाको ब्याज सहुलियत सम्बन्धी योजनाबाट बैंकका करिब ८० प्रतिशत (करिब ३५ हजार) ऋणीहरूले करिब रू. ३ अर्ब बराबरको वार्षिक ब्याजदर सहुलियत प्राप्त गर्नुभएको जानकारी समेत गराउदछौं ।

यस योजनामा ग्राहक महानुभावहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । हाल बैंकले आश्विन महिनामा ल्याएको कर्जाको ब्याजदर सहुलियत योजनाबाट कोरोना भाइरसले आक्रान्त यस विषम परिस्थिति पश्चात् ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

यस बैंकबाट कर्जा उपभोग गर्नु भईरहेको तथा भविष्यमा यस बैंकसँग जोडिने ग्राहक महानुभावहरूको सहजता तथा आवश्यकतालाई महशुस गरी कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप यस बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको छ । यस ‘कर्जा सहायता केन्द्र’ को स्थापना पश्चात् बैंकका ग्राहक महानुभावहरूले आफ्नो कर्जा सम्बन्धी जिज्ञासा तथा गुनासोहरू जस्तै कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले यस सुविधाको फाईदा लिन सक्नुहुनेछ ।

ग्राहक महानुभावहरूले HELP टाइप गरी ३४४८८ मा एसएमएस मार्फत वा बैंकको वेबसाइट www.nicasiabank.com मा राखिएको Feedback Form मा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ । यस ‘कर्जा सहायता केन्द्र’ मा ग्राहक महानुभावहरूले पहिलो सम्पर्क गरेपछि बैंकको प्रतिनिधिले तीन घण्टाभित्र सम्पर्क गरी विस्तृत जानकारी लिई सम्बन्धित जिज्ञासा तथा गुनासोको प्रकृति हेरी दुई कार्य दिनभित्र समाधान गर्ने बैंकले व्यवस्था मिलाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

उद्योग वाणिज्य महासंघको निर्वाचन गर्न सरकारको अनुमति

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्नको लागि सरकारले अनुमति दिएको छ ।

महासंघको निर्वाचन मंसिर ११ र १२ गते काठमाडौंमा हुने काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ ।

गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीनतीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन । महासंघको विहिबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो ।

“आज बसेको कार्यसमितिको बैठकले महासंघको साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । ठाउँको हकमा प्रज्ञा भवन तथा राष्ट्रिय सभा गृहमा महासंघको सचिवालयले कुरा गरिरहेको छ । ठूलो र खुल्ला ठाउँ आवश्यक पर्ने भएकोले निर्वाचन समिति र महासंघको सचिवालयले अध्यक्षज्यूसँग सरसल्लाह गरी ठाउँ निश्चित गर्नेछ । ” महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने ।

यस अघि बसेको महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । उक्त कार्यदलले महासंघको साधारणसभा भर्चुअल्ली र निर्वाचनका कार्यक्रमहरु काठमाडौमा गर्नका लागि सिफारिस गरेको थियो ।

त्यसपछि बसेको पदाधिकारीको बैठकले मंसिर ११ र १२ लाई साधारणसभा तथा निर्वाचनको मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिइसकेकोले अवस्था छ । नेपाल सरकारबाट अनुमती लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पुरा गर्ने र अब उपरान्त कोभिड १९ का कारण कुनै स्थानीय तहले लकडाउन तथा निषेधाज्ञा गरेमा महासंघका प्रतिनिधिलाई आवातजावतमा सहजीकरण गर्ने समेतको स्वीकृति रहेको छ ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन २०७६ साल चैत्र २८ र २९ गते तोकिएकोमा उक्त समयमा नेपाल सरकारद्वारा कोभिड–१९ का कारणले देश पूर्ण रुपमा लकडाउन भई उक्त साधारणसभा तथा निर्वाचन कार्यक्रम अवरुद्ध भएको थियो । पछि जेष्ठ ७ र ८ गते र साउन २६ र २७ गतेका लागि मिति तोकिएको थियो । तर देशमा जारी लकडाउन तथा निषेधको आदेशलगायतबाट हालसम्म पनि साधारणसभा हुन सकेको थिएन ।

लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले कात्तिक ६ गते बोलायो वार्षिक साधारणसभा

माछापुच्छ्रे बैंकले आगामी कात्तिक ६ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले प्रस्तावित १०.३७ प्रतिशत लाभांश पारित गर्न सो दिन २२औं वार्षिक साधारण सभा बोलाएको हो ।

उक्त सभा सो दिन बिहान ११ बजे पोखराको होटल पोखरा ग्राण्डमा बस्दै छ । कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा भिडियो कन्फ्रेन्स मार्फत सहभागी हुन सेयरधनीलाई जुम आईडी र पासकोड उपलब्ध गराउने जानकारी गराएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ७.०३ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ ।

त्यस्तै, सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने सामान्य प्रस्तावलाई पारित गर्दै छ ।

साथै, बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ती गर्ने सम्बन्धी आवश्यक सबै काम अगाडि बढाउन सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।

सभामा जाने प्रयोजनको लागि बैंकले असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

विष्णु पौडेल नयाँ अर्थमन्त्री, प्रचण्डको पनि समर्थन !

प्रधानमन्त्री केपी शर्मा ओलीले आज/भोलि नै अर्थमन्त्री नियुक्ती गर्ने तयारी गरेका छन् । यसको लागि प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि परामर्श गरेका छन् । अध्यक्षद्धय ओली र दाहालले नयाँ अर्थमन्त्रीको रूपमा महासचिव विष्णु पौडेललाई ल्याउने सहमति गरेको स्रोतको दाबी छ ।

निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा केही साता अघिमात्रै प्रधानमन्त्रीको आर्थिक सल्लाहकार तोकिएका थिए । तर, आज बसेको मन्त्रिपरिषद बैठकले खतिवडालाई संयुक्त राज्य अमेरिकाको लागि राजदूतमा सिफारिश गरेको छ । यसअघि प्रधानमन्त्री ओलीले खतिवडामार्फत नै अर्थमन्त्रालय चलाउन खोजेको चर्चा चलेको थियो । तर, खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिश गरेपछि ओलीले नयाँ अर्थमन्त्री तत्काल नियुक्त गर्न लागेका छन् ।

महासचिव पौडेल ओलीका प्रिय नेता हुन् । ओलीको अघिल्लो कार्यकालमा पौडेल नै अर्थमन्त्री थिए । पछिल्लो समय पार्टीभित्र आफूविरुद्ध घेराबन्दी हुँदापनि पौडेलले ओलीलाई राम्रो साथ दिएका थिए । ओलीले मात्रै होईन, अर्का अध्यक्ष दाहालले पनि पौडेललाई अर्थमन्त्री बनाउने ग्रिन सिग्नल दिएका छन् । नेकपाभित्र यतिवेला मन्त्रिमण्डल पूनर्गठनको लागि छलफल चलिरहेको छ । यसको जिम्मेवारी अध्यक्षद्धय ओली र दाहालले पाएका छन् । दशैंअघि नै मन्त्रिमण्डल पूनर्गठन गरिने नेकपाका नेताहरुले बताउन थालेका छन् ।

ढोरपाटन नगरपालिकाको बाढीपिडित उद्धार कोषमा प्रभु बैंकले गर्यो ५ लाख सहयोग

बागलुङको ढोरपाटन नगरपालिकाको बाढीपिडित उद्धार कोषमा प्रभु बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकालाई बाढीपिडित उद्वार कोषमा रहने गरि ५ लाख आर्थिक सहयोग प्रदान गरेका हुन् ।

साथै, ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को  गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ र भौतिक योजना मन्त्री राम शरण बस्नेतले बिशेष निरिक्षण समेत गरेका छन् ।

विधि विधान एकातिर राज्य सञ्चालन अर्कोतिर

२०४६ सालमा मुलुकमा ठुलो राजनीतिक परिवर्तन भयो । परिवर्तनले सम्वैधानिक राजतन्त्र र बहुदलीयव्यवस्था कायम ग¥यो । त्यसबेला आन्दोलनरत रहेका नेपाली कांग्रेस र कम्युनिष्टहरु नै अहिले सिंहदरबार देखि गाउँ गाउँ, टोल टोलमा पुगेका छन् । ३०वर्षभन्दा बढी उनीहरुले नै राज्य सत्ता सञ्चालन गरिरहेका भएपनि काँग्रेस र कम्युनिष्टहरु लोकतान्त्रिक पद्दतिभित्र बस्न नसक्दा मुलुक नै संकटको घेरामा परेको छ । २०६२÷६३ सालमा भएको आन्दोलनले गर्दा राजनीतिक दल र छिमेकी मुलुक भारतको इच्छानुसार जनताको अभिमत नै नलिई राजतन्त्रको अन्त्य गरिएपनि मुलुकले राजनीतिक, आर्थिक क्षेत्रमा ठुलो फड्को मार्न सकेन ।

लोकतन्त्रका लागि लडेका भनिएका दलहरुको लोकतान्त्रिक चरित्र भन्दाको फरक व्यवहारकै कारण जनतामा एक प्रकारको नैराश्यता आएको छ । बाहिरी रुपमा हेर्दा नेपाली कांग्रेस र सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी आफ्नो पार्टीभित्र एक भएको जस्तो देखिएपनि व्यवहारिक रुपमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीभित्रै संस्थापन पक्ष र विरोधी पक्ष जस्ता देखिएका छन् । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीभित्र अहिले एकले अर्कोलाई जसरी भएपनि पाखा लगाउने खेल भइरहेको हुनाले न त सत्ताधारी दल र सरकारले नै आफ्नो भूमिका सफलतापूर्वक निभाउन सकेको छ न त प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नै ।
लोकतन्त्रमा सबैभन्दा बलियो स्थानमा जनता रहनुपर्ने विश्वव्यापी सिद्धान्त रहेपनि नेपालमा भने जनतालाई सत्तामा पुग्ने भ¥याङ्गमात्र बनाइएको छ ।

जनताले नपत्याएर निर्वाचनमा पराजित गरिदिएका व्यक्तिहरुलाई नै राजनीतिक दलले सांसद बनाएका छन् । अरु त अरु वडा सदस्यमा पराजित भएका व्यक्तिलाई समेत ऐन, निमय, कानुन बनाउने थलोको रुपमा चिनिने संसदमा पु¥याइएको छ । लोकतन्त्रमा इमान्दारिता र नैतिकताको ठुलो महत्व हुन्छ तर हामी कहाँ भने नत इमान्दारिता नै देखिएको छ नत नैतिकता नै ?संविधानले व्यवस्था गरेनुसार राजनीतिक दल र सरकार सञ्चालन हुनुपर्नेमा संविधानलाई नै आफ्नो स्वार्थ अनुसारको व्याख्या गरेर पार्टीगत र व्यक्तिगत स्वार्थ पूरा गर्न लागिएकोले गर्दा संविधान नै संकटमा परेको छ । लोकतन्त्रका लागि लडेका भनिएका पार्टीहरुबाट जनताले त्यस्तो आशा राखेका थिएनन् । लोकतन्त्र भनेको विधि विधान अनुसार सञ्चालन हुने व्यवस्था हो ।

लोकतन्त्र र प्रजातन्त्रमा कुनै अन्तर देखिएको छैन । यी दुवैको एउटै उदेश्य हो जनताको भलो गर्नु । प्रजातन्त्रको प्रगतिशिल नाम मात्र लोकतन्त्र हो तर पछिल्लो समयमा राजनीतिक दलहरुले लोकतन्त्रको ध्वज्जी उडाउँदै त्यसलाई कमाई खाने भाँडो बनाउँदै आएका छन् । सत्ताधारी दल र प्रमुख प्रतिपक्षी दल मिलेर भागवण्डाका आधारमा राम्रालाई भन्दा हाम्रालाई राजनीतिक नियुक्ति दिने गरिएको छ । प्राय सबै सम्वैधानिक निकायहरुमा सकरारी जागिर खाएर सरकारी जागिरबाट अवकाश लिई सकेका व्यक्तिहरुलई नियुक्ति गरिने गरिएको हुनाले त्यस्ता व्यक्तिहरुबाट राम्रो कामको आशा गर्नु नै बेकार रहेको छ ।

सरकारी जागिर खाएर अवकास लिएका व्यक्तिहरुलाई सम्वैधानिक निकायमा नियुक्ति गर्दा त्यस्ता व्यक्तिहरु जहिलेसुकै पनि आदेशको भरमा चल्ने गरेका र सम्वैधानिक निकायमा पुगेपछि पनि आदेशकै भरमा अघि बढ्ने गरेको हुनाले उनीहरुले स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सक्ने अवस्था नै रहँदैन । त्यसमा पनि भागवण्डामा नियुक्ति भएकाहरुले आफूलाई नियुक्ति गर्ने संस्था र व्यक्तिहरुका विरुद्ध उनीहरु जान सक्ने अवस्थ नै रहँदैन ।

त्यसैले गर्दा साँच्चिकै सम्वैधानिक निकायहरुलई स्वतन्त्रता, निष्पक्ष रुपमा अघि बढाउने हो भने सम्वैधानिक निकायमा नियुक्ति गर्न सार्वजनिक रुपमा निवेदन आह्वान गरि खुल्ला प्रतिस्पर्धाबाट उनीहरुको नियुक्ति गरिएको खण्डमा मात्र राम्रो परिणाम आउन सक्छ । सम्वैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा रहने सदस्यहरुसर्बोच्च अदालतका प्रधानन्यायाधिश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय संसदमा प्रमुख विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुखसदस्य रहने व्यवस्था रहेकोले अध्यक्ष एवं प्रधानमन्त्री राखेका प्रस्ताव बाहेक अन्य प्रस्ताव पारित हुन सक्ने अवस्था नै रहँदैन ।

अहिले त अझ संघीय संसदमा सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाईको बहुमत रहेको छ । त्यही कारण प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष सत्ताधारी दलकै रहेको छ । संविधानले प्रतिनिधिसभाका सभामुख र उपसभामुख एउटै पार्टी र एउटै लिङ्गको हुनु नहुने व्यवस्था गरेको हुनाले संघीय संसदको उपसभामुख लामो समयदेखि रिक्त राखिएको छ । सम्वैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधिश सदस्य रहेपनि उनी खासै नबोल्ने भएकाले त्यहाँ प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्षकै बोलाबाल हुने गरेको छ । सम्वैधानिक परिषद्ले भरसके सर्वसम्मत निर्णय गर्ने र त्यसो हुन सकेन भने अर्को दिन बैठक राखेर बहुमतका आधारमा निर्णय गर्नुपर्ने सम्वैधानिक व्यवस्था भएकाले निर्णय हुन ४ जनाको आवश्यकता हुन्छ अहिले उपसभामुख पद रिक्त भएको र उक्त पद विपक्षी दललाई दिनुपर्ने भएकाले सरकारले उपसभामुख पद नै पूर्ति गर्न चाहिरहेको छैन ।

संघीय संसदको प्रमुख विपक्षी दलका नेता समेत सम्वैधानिक परिषद्को सदस्य रहने भएकाले र सरकारले सम्वैधानिक परिषद्मार्फत गर्ने सिफारिसमा बहुमत नपुग्ने भएकाले गर्दा प्रमुख विपक्षी दलका नेताको समेत महत्वपूर्ण भूमिका रहन्छ त्यही भूमिकाका कारण त्यहाँ पनि भागवण्डा नै चल्ने गरेको छ । सम्वैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्रीले नै प्रमुख विपक्षी दलका नेताले भनेको केही व्यक्तिहरुलाई नियुक्तिका लागि संसदीय सुनुवाई समितिको नाम सिफारिस गर्न बाध्य हुनेछन् । यसरी सत्ताधारी दल र प्रमुख प्रतिपक्षी दलले भागवण्डा गरेर त्यसमा पनि आफ्ना पक्षका व्यक्तिलाई नियुक्ति दिलाउने गरिएको हुनाले त्यहाँपनि राम्रा मान्छे भन्दा हाम्रा मान्छे नै पर्ने भएकाले त्यस्ता व्यक्तिहरुबाट राम्रो कामको आशा गर्न सकिने अवस्था नै रहँदैन भन्ने प्रमाण त अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै प्रमुख आयुक्त र आयुक्तहरुले देखाईसकेका छन् ।

लामो समयसम्म सरकारी सेवामा रहेर सचिव रहीसकेका व्यक्तिहरु सम्वैधानिक निकायमा नियुक्तिको लागि मरिहत्ते गर्ने गरेका छन् । २८÷३० वर्ष जागिर खाई सकेका व्यक्तिहरु आरामको लागि र आर्थिक अवस्था सुधार्नका लागि मात्र सम्वैधानिक निकायमा जाने गरेको धेरै प्रमाणहरु रहेका छन् । पहिला आदेश पालना गर्ने बानी परेका व्यक्तिहरुले आदेश नपाएसम्म केहीगर्न सक्ने अवस्था रहँदैन । त्यसैले उनीहरु सरकारको निर्देशन पालना गर्ने कार्यबाहेक अन्य केहीगर्न सक्ने अवस्थामा रहँदैनन् ।

यी सबै कारणहरुले गर्दा अब सबै सम्वैधानिक निकायहरुमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गरिने परम्परा बसालिनुपर्दछ । भागवण्डा गरेर नियुक्ति गर्ने कार्यलाई तत्काल बन्द गरी सम्वैधानिक निकायहरुलाई चलाएमान बनाइनु उपयुक्त हुनेछ । त्यसमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अहिलेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग सत्ताधारी दलका नेता तथा कार्यकर्ता र ठुला वडाहरुलाई क्लिन चीट दिने र खरिदार सुब्बासम्मका व्यक्तिलाई एक दुई हजार घुस खाएको आरोपमा मुद्दा चलाउने थलोको रुपमा चिनिएको हुनाले त्यसको अन्त्य हुनैपर्दछ ।

लोकतन्त्र वा प्रजातन्त्र जे भनेपनि यी दुवैको अर्थ हो जनताले चाहेजस्तो राज्य सञ्चालन व्यवस्था तर अहिले लोकतन्त्र र प्रजातन्त्रको नाममा जनतामाथि अन्याय गरिएको छ । जनताले चाहेको भन्दा ठीक विपरितका कार्यहरु भएका छन् । नेपाल विद्युत प्राधिकरणमा पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई नै अर्को एक कार्यकालका लागि नियुक्ति गरिनुपर्दछ भन्दै जनता सडकमै उत्रिए । नेपालको इतिहासमै एक व्यक्तिलाई नियुक्ति गरिनुपर्छ भनेर सडकमा उत्रिएर नारा जुलुस गरेको यो नै पहिलो हो ।

तर सरकारले आफ्नो असफलता र अकर्मण्यता लुकाउनको लागि र घिसिङ्गको लोकप्रियता बढ्दा आफूँ असफल भएको सन्देश प्रवाह हुन्छ भनेर नियुक्ति गर्न अनाकानी गरिरहेको छ । लामो समयसम्म अबौं घाटामा रहेको संस्थालाई घिसिङ्गले अबौं फाइदामा पु¥याएर २१ घण्टे लोडसेडिङ्गबाट जनतालाई मुक्त गराए के त्यो नै घिसिङ्गका अपराध थियो त ? सत्ताधारी दल भित्रको आन्तरिक द्वन्द्वले गर्दा कुलुमान घिसिङ्ग मारमा परे । सत्ताधारी दलका नेताहरुले आफ्नो पार्टीमा झण्डै १० लाख सदस्य रहेको बताइरहेका भएपनि पछिल्लो समयमा पार्टीका दुई अध्यक्षले मात्र निर्णय गर्ने गरेको हुनाले त्यस्ता निर्णयलाई स्व्ीकार गर्न उनीहरु बाध्य भएका छन् । त्यसैकारण भनिन्छ सत्ताधारी दल अर्थात नेपाल कम्युनिष्ट पार्टी भनेको केपीओली र पुष्पकमल दाहाल हुन्, अनि ओली दाहाल भनेका नेपाल कम्युनिष्ट पार्टी होभनेर । कुनैबेला गिरिजा प्रसाद कोइरालाले नेपाली कांग्रेसलाई त्यसैगरी सञ्चालन गरेका थिए ।

त्यसबेला गिरिजा प्रसाद कोइराला भनेका नेपाली कांग्रेस र कांग्रेस भनेको गिरिजाप्रसाद कोइराला भनेर चिनिन्थ्यो अहिले त्यसको प्रभाव नेपाली कांग्रेसमा परेको छ । त्यही कारण नेपाली कांग्रेस कमजोर अवस्थमा पुगेको र कांग्रेसभित्र गुट उपगुट सक्रिय रहेकाले कांग्रेसको भविष्य नै संकटमा पर्दै गएको छ । संविधान अनुसार गठन भएका राजनीतिक दलहरु पनि विधि विधान अनुसार सञ्चालन हुनुपर्दछ । विधि विधानलाई सिरानीमा राखेर पार्टी सञ्चालन गर्ने गरिएको हुनाले मुलुकका दुवै ठुला पार्टीप्रति जनतामा वितृष्णा बढ्दै गएको छ । सत्ताधारी दलभित्रको आन्तरिक द्वन्द्वले गर्दा त्यहाँभित्र रहेका गुट उपगुटहरु सक्रिय भएका छन् ।

अहिले नेकपाभित्र केपीओली गुट पुष्पकमल दाहाल गुट र माधव नेपाल गुटहरु सक्रिय छन् भने झलनाथ खनाल र वामदेव गौतम अनि नारायणकाजी श्रेष्ठले समेत स साना आ आफ्नै गुटहरु सञ्चालन गरिरहेको र त्यही गुटहरुका कारण पार्टीका दुवै अध्यक्षहरु समेत अनिर्णयको बन्दी बन्दै गएका छन् । पछिल्लो समयमा दाहाल–नेपाल गुटकै कारण निर्वाचनमा पराजित भएका वामदेव गौतमलाई जनताको मतको अपहेलना गर्दै राष्ट्रिय सभाको सदस्य बनाइएको छ ।

गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउन पार्टीले नै निर्णयगरी सरकारलाई निर्देशन दिएको थियो । संविधान अनुसार सरकारले राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपतिलाई ३ जनाको नाम सिफारिस गर्न सक्ने व्यवस्था रहेको भएपनि पार्टीले निर्देशन दिनु र पार्टीको निर्देशनलाई स्वीकार गर्दै राष्ट्रपतिलाई सिफारिस गर्नु संविधानको मर्म र भावना विपरितको कार्य हो । संविधान त नेकपाको सचिवालयलाई संविधानले चिन्दैन । प्रधानमन्त्री बनाउन वा फाल्न पार्टीको निर्णय आवश्यक हुँदैन संविधानमा व्यवस्था भएअनुसार । संविधानले त पार्टीको संसदीय दलमात्र चिन्दछ तर नेकपाले संविधान विधि विधानको उल्लंघन गर्दै निर्णयहरु गर्दा समेत नेकपाको नेता तथा कार्यकर्ताहरु चुप रहनु दास प्रवृत्ति बाहेक अन्य केही हुन सक्दैन । पार्टीका दुई अध्यक्षले जस्तासुकै निर्णय गरेपनि त्यसलाई स्वीकार गर्ने प्रवृत्तिले भविष्यमा नेकपालाई नै संकट उत्पन्न गराउन सक्छ ।

नेकपाभित्रका दुई अध्यक्ष मध्येका केपीओली पुष्पकमल दाहालबीचको लडाईले पछिल्लो समयमा केही निकास पाएपनि दाहालले एक्लै कुनै निर्णय गर्न सक्ने अवस्था देखिएको छैन । दाहाललाई माधव नेपाल गुटले समर्थन गरेको हुनाले दाहालले नेपालको सहमति बेगर कुनै कदम चाल्न सक्ने अवस्था नरहेपनि अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीभने एक्लै निर्णय गर्न सक्ने अवस्थामा रहेका छन् । मन्त्रिपरिषद्को हेरफेरको हल्लाले सरकारी काम कारबाहीमा अवरोध सिर्जना भएको छ ।

कोरोना भाइरसका कारण कोरोनाका संक्रमितहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ भने निधन हुनेहरुको संख्यामा समेत बृद्धि हुँदै गएको र काठमाडौ उपत्यका नै हटस्पट बन्दै गएको बेला सरकारले आवश्यकनिर्णय लिनुपर्ने बेलामा सरकार भने अनिर्णयको बन्दी बन्दै गएको छ । पार्टीका दुई अध्यक्षहरु प्राय प्रत्येक दिन भेटघाट गर्दछन् तर कुरा मिल्दैन फेरी सहमति भयो भन्दछन् के गर्ने ? सहमति भन्दा अर्को दिन भेटघाट गर्दछन् तर कुरा मिल्दैन फेरी सहमति भयो भन्दछन् के गर्ने सहमति भन्दा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई उल्लु बनाउँदै लगेका छन् । मन्त्रिपरिषद् हेरफेरमा पनि पूर्व एमाले र पूर्व माओवादीकै हैसियतमा मन्त्रिपरिषद्को हेरफेर र भागवण्डा गर्न खोजिएकोले पूर्व एमाले र पूर्व माओवादी एकीकरण भएको भन्ने निर्णय नै गलत रहेको छ ।

यदि दुई दल एक भएका भए किन र केका लागि उनीहरु पूर्व एमाले र पूर्व माओवादीकै हैसियत खौज्दैछन् त ?पुष्पकमल दाहालले माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम पक्षीय नेताहरु पूर्व एमाले भएकाले उनीहरुको व्यवस्थापन पार्टी अध्यक्ष ओलीले नै गर्नुपर्ने अडान लिनुको अर्थ के ? त्यसैकारण भनिन्छ सत्ता हत्याउन मात्र उनीहरु एकीकरण भएका थिए भनेर ।

 

मनिग्राम, आइएमई र आइएमई पेबीच सम्झौता, मनिग्रामबाट पठाएको पैसा पेबाट पाइने

मनिग्राम इन्टरनेशनल, रेमिटेन्स कम्पनी आइएमई र आइएमई पेबीच पीटुपी मनि ट्रान्सफरका लागि सम्झौता भएको छ। सम्झौता अनुसार विश्वभरीबाट मनिग्राममार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले आइएमई पे वालेटमा सिधै रकम प्राप्त गर्न सक्नेछन्।

विश्वका विभिन्न दुई सय देशमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर मनिग्रामले दिएको जनाएको छ। मनिग्रामका दक्षिण एसियाका ग्लोबल स्ट्राटेजिक सेल्स हेड रिज सोहेलले आइएमई पेसँग सम्झौता गर्न पाउँदा खुशी लागेको बताए।

सोहेलले कोरोना भाइरसको विश्वव्यापी महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो घरमा वा वालेटमा नै रकम पाउने विश्वास लिए। सेवा शुभारम्भका अवसरमा आइएमई पेमा आउने प्रति ट्रान्जेक्सन ६० रुपैयाँ क्यासब्याक पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यो क्यासब्याक डिसेम्बरसम्म कार्यान्वयनमा आउनेछ।

 

बैंक अफ काठमाण्डूले घोषणा गर्‍यो लाभांश

बैंक अफ काठमाण्डूले सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कुल १६ प्रतिशत लाभांस दिने निर्णय गरेको छ । बैंकले यसमा १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस (कर प्रयोजनका लागि समेत गरी) दिने भएको हो ।

प्रस्तावित  लाभांश नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल यस बैंकको चुक्ता पुँजी आठ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर पारित भइ सेयरधनीमा वितरणपछि बैंकको चुक्ता पुँजी नौ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ पुग्ने  जनाइएको छ ।

बैंकले सार्वजानिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार २०७६/७७ मा एक अर्ब ४७ करोड ५५ लाख रुपैयाँ नाफा गरेको छ। यसमध्ये वितरणयोग्य नाफा ८८ करोड ७ लाख रुपैयाँ रहेको छ ।

युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूत सिफारिस

मुख्य सचिव लोकदर्शन रेग्मीले आफ्नो पदबाट राजीनामा दिएसँगै शंकरदास वैरागी मुख्य सचिव हुने भएका छन्।

मन्त्रिपरिषद्ले नयाँ मुख्य सचिवमा वैरागीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

कात्तिक ३ गते रेग्मीको कार्यकाल सकिँदै थियो। उनको राजीनामासँगै सचिवहरु वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी मुख्य सचिवको दौडमा थिए। वैरागी बिहानै बालुवाटार पुगेका थिए।

रेग्मीले कार्यकाल सकिनुअघि राजीनामा नदिएको अवस्थामा तीनै सचिवहरुले अवकाश पाउने थिए।

यसैगरी मन्त्रिपरिषद्ले मुख्य सचिवबाट राजीनामा दिएका रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ।

पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउन सिफारिस गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।

सिटिजन्स बैंकको १११ औं शाखा दाङको तुलसीपुरमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा बुधबारबाट तुलसीपुर शाखा संचालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजा पाठ गरी दाङको तुलसीपुर शाखा संचालनमा ल्याएको हो ।

यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न रिटेल बैकिंङ सेवा अन्तर्गत नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्नुका साथसाथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५० प्रतिशत वार्षिक ब्याजदरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा) ९.५० प्रतिशत वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना  देशै भरी छरिएका बैंकका १११ शाखाहरुबाट संचालनमा ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ११० वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

विश्वका अधिकांश मुलुकहरु कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।

नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु¥याँउने उद्देश्यले बैंकले यस बैंकको एटिएम कुनै पनि बैंकको एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।