जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

अब नेपाल बैंकमा सरकार र पब्लिक सञ्चालक बराबर

नेपाल बैंकले आज असोज १९ गते सोमबार विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको भिडियो कन्फ्रेन्स मार्फत उक्त १०.३० बजे साधारणसभा बोलाइएको छ । आज बस्ने विशेष साधारण सभाले नेपाल बैंकको प्रवन्धपत्र नियमावली परिवर्तन गरेर सञ्चालक सम्बन्धी नयाँ व्यवस्था गर्ने बैंकका प्रवक्ता प्रकाश अधिकारीले बताए ।

‘आज हुन लागेको एसडीजीएमले सरकारतर्फको सञ्चलक समिति घटाएर पब्लिक तर्फको बढाउने एजेण्डलाई प्राथमिकता दिएको छ,’ उनले भने ‘अहिले नेपाल बैंकको बोर्डमा सरकारतर्फको ४ जना र पब्लिकतर्फको २ जना र एक जना विज्ञ सञ्चालक रहेका छन् । सो मध्ये सरकारको र पब्लिकको बराबरी सञ्चालक चयन हुने प्रवक्ता अधिकारीले बताए । हाल नेपाल बैंकमा सरकारको ५१ र आम पब्लिकको ४९ प्रतिशत शेयर रहेको छ ।

सो सभामा सहभागी हुन चाहने शेयरधनीलाई जुम आईडी तथा पासकोड उपलब्ध गराइएको बैंकले जनाएको छ । विशेष साधारण सभा प्रयोजनार्थ बैंकले सोज ८ गते बुकक्लोज गरेको थियो । यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम भएका शेयरधनीले मात्र बैंकको विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

बैंक अफ काठमाण्डूले लाभांश घोषणा गर्यो

बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जानकारी दिएको दिएको छ ।

कुमारी बैंकका ग्राहकहरुलाई होटेल ल्याण्डमार्क र टिका रिसोर्टमा आकर्षक छुट

कुमारी बैंक लिमिटेड र होटेल ल्याण्डमार्कका बीच होटलका विभिन्न सेवा सुविधाहरुमा छूट प्रावधान सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरु लगायत ग्राहकहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरास्थित विभिन्न होटेल र रिसोर्टहरूको साधारण रूम शुल्कमा ३० प्रतिशत विशेष प्याकेजहरुमा ५ प्रतिशत, खानपानमा १५ प्रतिशतसम्मको छुट लगायत सोही होटेल/रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि विविध सहुलियत प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख नवीन मुनि बज्राचार्य र होटेल ल्याण्डमार्कका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका हुन् । सो सहकार्यले कुमारी बैंकका ग्राहकवर्गको यस समूह अन्तर्गतका होटेल, रिसोर्ट तथा रेष्टुरेन्टतर्फ आकर्षण बढ्ने तथा सोही होटेल बसाई, खानपान आदिमा बैंकका ग्राहकवर्गलाई सहजता पुग्नेमा बैंक विश्वस्त रहेको छ ।

त्यस्तै, कुमारी बैंक र टिका रिसोर्ट, सुईट्स एण्ड स्पाकाबीच होटलका विभिन्न सेवा सुविधाहरुमा छूट प्रावधान सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरु लगायत ग्राहकहरूले पोखरास्थित टिका रिसोर्ट, सुईट्स एण्ड स्पामा विभिन्न होटेल र रिसोर्टहरूको खानपानमा २० प्रतिशतसम्मको, बसाईमा आकर्षक छुट लगायत सोही रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि विविध सहुलियत प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा कुमारी बैंक लेकसाईडकी शाखा प्रबन्धक प्रतीक्षा पोखरेल र टिका रिसोर्ट, सुईट्स एण्ड स्पाका प्रबन्ध निर्देशकटीका पौडेलले हस्ताक्षर गरे । सो सहकार्यले कुमारी बैंकका ग्राहकवर्गको यस समूह अन्तर्गतका होटेल तथा रिसोर्टतर्फ आकर्षण बढ्ने तथा सोही रिसार्टे बसाई, खानपान आदिमा बैंकका ग्राहकवर्गलाई सहजता पुग्नेमा बैंक विश्वस्त छ ।

विगत २० वर्षदेखि निरन्तर सेवा दिईरहेको कुमारी बैंकले आफ्ना १८१ शाखा संजाल, १३९ एटिएम, २२ शाखारहित बैंकिङ्ग इकाईहरू मार्फत आगामी दिनहरुमा पनि ग्राहकको सन्तुष्टि सहित अत्याधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवासुविधाहरु दिँदै जाने प्रतिबद्धता जनाएको छ ।

इसेवा मनि ट्रान्सफरबाट रेमिटेन्स पाउनेलाई एक सय रुपैयाँको रिचार्ज, खातामा हाले बोनस दिने

इसेवा मनि ट्रान्सफरले ‘दसैं तिहार भर सयको अफर’ योजना ल्याएको छ। दसैंतिहार र छठ पर्वलाई लक्षित गरी कम्पनीले नयाँ स्किम ल्याएको हो।

इसेवा मनि ट्रान्सफरमार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा एक सय रुपैयाँ बराबरको रिचार्ड कार्ड जित्न सकिने छ।

इसेवा मनि ट्रान्सफरका एजेन्टमार्फत पैसा पाउँदा रिचार्ज पाइन्छ भने सिधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा एक सय रुपैयाँ बराबरको बोनस प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार यो योजना मंसिर ६ गतेसम्म लागू हुनेछ। विदेशबाट पैसा पठाउनेको हकमा मात्र यो स्किम लागू हुनेछ। इसेवाले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपका मुलुकहरुबाट रेमिटेन्स भित्र्याउँदै आएको छ।

बैंक र वित्तिय संस्थामा कोरोना भाइरस सीइओ, डिपुटी सीइओ, विभागिय प्रमुख सहित २५ सय भन्दा बढि आइसुलेसनमाः हामी कहाँ र कसरी सुरक्षा विधिमा चुक्यौ ?

नेपालका प्राय सबै बैंक, वित्तिय संस्था, बीमा समिति र विमा कम्पनीमा कार्यरत हजारौं कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखापरेको भेटिएको छ ।

२७ वाणिज्य बैंकका केही सीइओ सहित हजारौं कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखापरेको भेटिएको हो । यस्तै विकास बैंक, बीमा समिति र वित्तिय संस्थामा सीइओ, अध्यक्ष देखि पियन र गार्डहरुमा समेत कोरोना भाइरस फेला परेको स्रोतको दाबी छ ।
बैंक वित्तिय संस्था अत्यावश्यक सेवा भित्र पर्ने भएका कारण कोरोना महामारी बीच पनि जनतालाई सेवा प्रदान गरेकाले धेरै कर्मचारीलाई कोरोना भाइरस देखा परेको कुमारी बैंकका सीइओ सुरेन्द्र भण्डारीले पंक्तिकारसंग टेलिफोनमा बताए ।

नेपाल कोरोनाका कारण लकडाउन भएपछि लगातार सेवा देखि ब्याज छुट र कर्जाको समय थप गर्दै आएका बैंक र वित्तिय संस्था भित्रै कर्मचारीहरुनै कोरोना भाइरसको संक्रमण भएपनि उनीहरुको उपचार बैंक र वित्तिय संस्थाले नै गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । एकातिर सेवा सधै दिनुपर्ने अर्को तिर कोरोनाको उपचार पनि आफै गर्नु पर्ने भएपछि बैंकरहरु राज्यसंग खुशी देखिदैनन् ।

वाणिज्य बैंकहरुका करिब २५ सय भन्दा बढि कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् । नेपाल बैंकर्स संघले चार दिनयता बैंकहरुमा कोरोना संक्रमणको तथ्यांक संकलन सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थासँग कति जना कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् भनेर सोधपुछ भने गरेको छ ।
अधिकाशं बैंकमा ९०÷१०० जनाजति संक्रमित भएपछि बैंकरहरु चिन्तित भएका छन् ।
स्ट्यान्डर्ड चार्टर्ड, बिओके, सानिमा बैंक लगायतका बैंकमा संक्रमण दर कम भएपनि अरु २४ वाणिज्य बैंकमा बढि देखिन्छ ।

विश्वव्यापीरुपमा आएको अदृश्य रोग कोरोना भाइरसबाट नेपालमा करिब ५ सय भन्दा बढिले ज्यान गुमाएका छन्, भने ८५ हजार भन्दा बढि बिरामी परेका छन् । लामो लकडाउनपछि खुलेको नेपालमा कोरोना भाइरस समुदायस्तरमै फैलिएको संकेत देखा पर्न थालेको छ ।

विगतमा ४ महिना लकडाउन हुँदा ३÷४ जनामा देखिएको कोरोना भाइरस दिनैमै १०÷१२ जनाको मृत्यु हुने अवस्था कसरी आयो हामी कहाँ चुक्यौ ? कसरी चुक्यो ? यो सबेलाई थाहा नै छ । जब लकडाउन खुल्यो तब सबै जस्तो जिल्लाबाट व्यापार गर्न वा अन्य कुनै उद्देश्यले हामी राजधानीमा जम्मा भए र हामीले नै कोरोना भित्र्यायौ भन्दा अब चाहि फरक पर्दैन ।

जब राजधानीमा भीडभाड बढ्यो । त्यसको असर सबैतिर फैलियो र यससंगै समुदाय भित्रै कोरोना पस्यो भन्दा अब फरक नपर्ला । लकडाउन खुल्यो कर बुझाउने, बैंकको किस्ता, इन्स्योरेन्स पोलिसीको किस्ता तिर्ने देखि पेन्सीन पट्टा लिनेहरुको भिड बन्यो बैंक र यसका शाखा कार्यालयहरुमा यो लुकाएर लुक्दैन ।

हामीले बैंक पस्दा र बाहिर निस्कदा सचेतना अपनायौ कि अपनाएनौ ? करिब १÷२ घण्टा लाइन बस्दा कति पटक माक्स र सेनिटाइजर लगायौ ? यसको उत्तर हामीसंग छैन । बैंकका सीसीक्यामरा भित्र नै होला । यसैको फलस्वरुप आज अत्यावश्यक सेवा भित्र पर्ने बैंक र बैंकका कर्मचारीलाई कोरोना भाइरसले घेरेको छ भन्दा पनि फरक पर्दैन ।

बैंकका एक कर्मचारीको कोरोनाबाटै मृत्यु भएको दुखद खबर हामीले पायौ । सयौ बैंकका कर्मचारी आइसुलेसन र होम क्वारेनटाइनमा बसेको समाचार आयो । नेपाल राष्ट्र बैंकले समयमै निर्देशन जारी गर्दै भनेको थियो । कोरोना रोकथामका सुरक्षाका सबै उपाय अबलम्बन गर्नु । तर, हामीले कति ग¥यौ निर्देशनको पालना ? यसको उत्तर हामीसंग छ कि छैन ।

केही दिन अगाडी पोखरामा कोरोना संक्रमणबाट एकजा बैंकका कर्मचारीको मृत्यु भएको छ । कोरोनाको कारण नबिल बैंकमा कार्यरत सुरक्षागार्डको मृत्यु भएको पुष्टि भइसकेको छ । उनी नबिल बैंकको पोखरा समागृह शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत पुरुष हुन् ।
पछिल्लो समय विभिन्न बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण बढेको मात्रै छैन, डरलाग्दो पनि देखिन्छ ।

बैंकमा कार्यरत कर्मचारीहरुद्धारा कोरोना परिक्षण बढाएका छन् । हालसम्म करिव २५ सय बढी बैंक, वित्तिय संस्थामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी सरकारी बैंकहरु नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा पनि विभिन्न शाखाहरुमा कोरोना संक्रमण देखिएको छ । प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा मात्रै करिव डेढ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी सनराइज बैंकका विभिन्न शाखामा कोरोना संक्रमण देखिएको छ ।

केही बैंकको एउटै शाखामा धेरै जनामा कोरोना देखिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक, ग्लोवल आइएमई बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंकका सीइओ सागर शर्मा लगायत दर्जनौ कर्मचारीलाई कोरोना पुष्टी भएको छ । बैंकिङ क्षेत्रमा कोरोना संक्रमणले अधिकाश बैंकवित्तलाई छोएको छ । कतिपयको केन्द्रीय कार्यालयमा त कतिपयको विभिन्न शाखाहरुमा कोरोना संक्रमण फैलिएको छ । काठमाडौंकै बैंकहरुमा कोरोना संक्रमण देखिएपछि बैंकवित्तले उच्च सतर्कता अपनाएर सेवा दिएका देखिन्छ ।

बैंक उच्च व्यवस्थापनको चरम लापरबाहीले गर्दा बैंकका कर्मचारीलाई कोरोना संक्रमण बढेको स्यंम कर्मचारीको गुनासो हामीलाई आएको छ । दैनिक सयौँ व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आउने बैंकका तल्लो तहका कर्मचारीको स्वास्थ्य सुरक्षामा बैंक व्यवस्थापनले यति धेरै चिन्ता नलिएको देखिन्छ ।अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थाले सेवा दिँदा न्यूनतम स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि जरुरी रहेको छ । नेपाल राष्ट्र बैंकले न्यूनतम् स्वास्थ्य सुरक्षाका उपाय अपनाएर मात्र कार्यालय सञ्चालन गर्न आधा दर्जन बढी निर्देशन जारी गरिसकेको थियो । तर, यो कति पालना भए यसको उत्तर कसले दिने ?

केन्द्रीय बैंकले बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष रहने कर्मचारी तथा सेवाग्राहीको सुरक्षा र संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका उपाय सेनिटाइजर, माक्स, किटनाशक निर्मलीकरण पञ्जालगायतको प्रयोग गर्न निर्देशन पटकरपटक दिएको थियो ।
कार्यालयमा प्रवेश गर्ने प्रत्येक कर्मचारी र सेवाग्राहीको शरीरको तापक्रम अनिवार्य परीक्षण गर्न समेत सुझाव दिएको छ । सामाजिक दुरी कायम गर्दै ग्राहकको चाप नहुने गरी सेवा प्रवाह गर्ने र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने सुझाव राष्ट्र बैंकको थियो । तर, हामी कहाँ चुक्यौ त ?

विगतमा लकडाउन खुलेसँगै बजारमा भिड अत्यधिक देखिएको थियो । त्यसमाथि बैंक तथा वित्तीय क्षेत्रको त झनै बढी यहि कारण आज बैंकर माथि कोरोना पस्यो की ?

अधिकाश बैंक तथा वित्तीय संस्थामा सेनिटाइजर र थर्मल गनको व्यवस्था गरिएपनि लामो लाइनको कुनै व्यवस्थित व्यवस्थापनमा संस्था चुकेको देखिएको छ । पुरातन शैलीमै काम गरिरहेको देखियो । यो सुधार गर्न जरुरी देखिन्छ ।

कोरोनाले अक्रान्त पारिरहेको यो परिवेशमा अत्यधिक भिड हुने स्थानमा योजनाबद्ध काम कारबाही अपरिहार्य रहेको र कुनैपनि हेलचेक्राइँ गरिनुहुन्न । भिडले नै कोरोना फैलनसक्ने कुरालाई गम्भीरताका साथ लिनुपर्नेमा दुइमत थिएन । समस्यलाई समाधानको बाटोतर्फ बैंक तथा वित्तीय संस्थाले लैजानु पर्दछ नत्र भोलीको अवस्था के हुन्छ भन्न सकिदैन ।

सावधान ! सानोमात्र हेलचेक्राइँले दुर्घटना घट्न समय लाग्दैन, यो अवस्था आउनु संस्थाको जिम्मेवारी मानिन्छ । हेक्का होस् ।

कन्ट्याक्ट ट्रेसिङ के हो त ?
कोरोना संक्रमण (कोभिड–१९) को महामारी विश्वव्यापी बनेसँर्गै ‘कन्ट्याक्ट ट्रेसिङ’ पछिल्लो समय सबैले सुनेको शब्द हुनुपर्छ । तर, धेरैलाई कन्ट्याक्ट ट्रेसिङ के हो भन्नेबारे जानकारी नभएको देखिन्छ । कोरोना संक्रमितसँग सम्बन्धित मानिसहरुलाई अन्य व्यक्तिको सम्पर्कमा नजान र घुलमिल नगराउने लक्ष्यसहित गरिने एक कार्यलाई कन्ट्याक्ट ट्रेसिङ भनिन्छ ।
कुनै मानिसले समाजमा, समुदायमा नै भाईरस फैलाउनसक्ने सम्भावना भएको खण्डमा मानिसहरुलाई होसिया। बनाउनका लागि यसको प्रयोग गरिन्छ ।

तर विज्ञहरुका अनुसार कन्ट्याक्ट ट्रेसिङ भनेको मानिसहरुबाट अन्य मानिसमा संक्रमण फैलने दर घटाउने र कुनै स्थानलाई पुनः खोल्न मद्धत पुर्याउने उपाय हो । तर यसको प्रक्रिया भने त्यति सजिलो छैन ।
कुनै एक व्यक्तिलाई भाईरस संक्रमण भएको खण्डमा उसँग सम्बन्धित मानिसहरु र उ गएको स्थानहरुको बारेमा जानकारी लिनुलाई पनि कन्ट्याक्ट ट्रेसिङको संज्ञा दिन सकिन्छ ।

यस्तै अर्को क्लोज कन्ट्याक्ट । यसको अर्थ कुनै संक्रमित व्यक्तिसँग कुनै मानिस ६ फिटभन्दा नजिक र १० मिनेटको आसपासमा हुनु । यस्ता मानिसहरुले भने आईसोलेसनमा बस्ने, र जाँच गराउनुपर्ने हुन्छ । यस्तै उनीहरुमा लक्षण देखिएको खण्डमा ट्रेसिङलाई पुनः विस्तृत ढंगले सुरुवात गर्नुपर्छ ।

कन्ट्याक्ट ट्रेसिङलाई विभिन्न देशमा विभिन्न प्रक्रियाले गर्ने गरिन्छ । तर कन्ट्याक्ट ट्रेसिङको सुरुवात भने संक्रमितको परिवार, साथीहरु, उ गएको होटल, रेष्टुरेन्ट वा बारलाई प्राथमिकतामा राखेर गरिनुपर्छ भन्ने मान्यता छ।

बीमा समितिका उच्च पदस्थ पाँच कर्मचारीमा कोरोना पुष्टि ?
बीमा समितिका पाँच उच्च पदस्थमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि कार्यालय बन्द गरिएको छ ।उच्च पदस्थ पाँच जनामा कोरोना पुष्टि भएपछि सबै कार्य अहिलेलाइ रोकिएको बीमा समितिले जनाएको छ ।

कार्यालय आगामी आइतबारसम्मका लागि शिल गरिएको समितिले भनेको छ । कार्यालय बन्द भएपछि समितिका कुनै पनि सेवा प्रवाह हुने छैन । व्यक्तिगत रुपमा दिने परामर्शको काम भने जारी रहने देखिन्छ । त्यसकारण अबको काम सुरक्षाका सम्पूर्ण उपाय अपनाएर यो महामारीबाट बच्नु पर्दछ ।

एन आई सी एशिया बैंकका कार्ड प्रयोगकर्ताहरूले VG Automobiles बाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा नगद १५,००० छुट प्राप्त गर्ने समझदारी

एन आई सी एशिया बैंकका कार्ड प्रयोगकर्ताहरूले VG Automobiles बाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा नगद रू. १५,००० छुट प्राप्त गर्ने समझदारी

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले VG Automobiles Pvt. Ltd. बाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा रू. १२,००० नगद छुट तथा रू. ३,००० नगद फिर्ता गरी कुल रू. १५,००० रकम छुट प्राप्त गर्ने समझदारी भएको छ । यस सम्बन्धमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा VG Automobiles को तर्फबाट उप–महाप्रबन्धक धिरज भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले VG Automobiles का शोरुमबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्नुभएमा रू. १५००० रकम छुट प्राप्त गर्ने समझदारीपत्रमा उल्लेख छ । यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुनेछ ।

डिजिटल बैंकिङ्गमा देशकै अग्रणी स्थानमा रहेको यस बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउदै आएकोमा VG Automobiles सँगको यो सहकार्यले ग्राहक महानुभावहरूको दुई पाङ्ग्रे सवारीको आवश्यकतालाई पूरा गर्न सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ । यस बैंकका ग्राहक महानुभावहरूले क्रेडिट कार्ड उपभोग गर्नको लागि अनलाइनबाटै सहज रुपमा आवेदन दिन सक्ने व्यवस्था समेत गरेको छ । जस मार्फत वहाँहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्नुहुनेछ ।

यस बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय रहेको महशुस गर्दै आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न आकर्षक योजनाहरू सञ्चालन गर्दै आएको छ । यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

विशाल ग्रुपका उत्पादनमा वाणिज्य विभाग र प्रहरीको छापा, विशाल गु्रपका बैंक र वित्तिय संस्थामा विसंगती र विकृतीले सीमा नाघ्योः राष्ट्र बैंक बेखबर ?

नेपालमा यस्तो एउटा समूह छ । उसलाई नेपालको कुनै कानुन लाग्दैन भन्दा पत्याउन गाह्रो होला तर, यो सत्य सावित बन्दै गएको छ ।
जुन पार्टी सत्तामा आएपनि विशाल ग्रुपको अगाडी निरिह बन्दै आएका घटना हामी सामू छन् । विशाल ग्रुपको लगानी भएका बैंक, वित्तिय संस्था बीमा कम्पनीहरु, अटोमोबाइल, शैक्षिक संस्थाहरु सधैं जस्तो विवादमा फस्दै आएका छन् भन्दा फरक पर्दैन ।

विशाल ग्रुपको सबैभन्दा ठूलो लगानी रहेको नेपालकै धेरै शाखा सञ्जाल र ग्राहक भएको एनआईसी एशिया बैंक लिमिटेड माथी तत्कालीन अवस्थामा बैंकाइन्स्योरेन्सको दुरुपायोग गर्दै ऋणीलाई जबरजस्ती बीमा गराएको मनोमानी रुपमा अरु बैंक भन्दा फरक देखाउन ब्याजदर दिन दुई गुणा रात चौगुणा बढाउने गरेको बचतकर्ताहरुलाई सबैभन्दा कम ब्याजदर दिएको, अर्को महत्वपूर्ण कुरा कोरोना महामारी बीच हजारौं करारका निरिह कर्मचारीलाई हटाएको पूराना नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकलाई चुनौती दिने भन्दै नक्कली वित्तिय विवरण देखाएको चर्को आरोप लाग्दै आएको छ ।

विशाल गु्रपकै एलआईसी, प्रुडेन्सीयल इन्स्योरेन्स समेत कर्पोरेट सुशासन बाहिर गएर चलिरहेको भेटिएको छ । यतिमात्र होइन व्यवसायिक घराना विशाल ग्रुप सबै भन्दा बढि चर्चा र विवादमा आउने गु्रप हो भन्दा अब फरक पर्दैन ।

नेपालमा अहिले कोरोना भाईरसको महामारी छ । जनता पीडामा छन् । देश पीडामा छ । हुनेको चुलो बलेको छ । तर, हुँदा खानेहरुको चुलो बलेको अझै छैन। यहि मौका छोपी विशाल गु्रपले म्याद सकिएको विषाधी खाद्य बस्तु बजारमा पठाएर जनतालाई अकालमै मार्ने गरेको तथ्य हालै फेला परेको छ ।

विशाल गु्रपबाट उत्पादित म्याद सकिएका चक्लेट, बिस्कुट, आलुका चिप्सका साथै खाद्य बस्तु बजारमा विक्री भएको पाएपछि प्रहरी र वाणिज्य विभागले छापा मारी ८ जनालाई पक्राउ गरेको छ । भने करोडौंको सामान बरामत गरेको भेटिएको छ । यो कस्तो समूह हो प्रधानमन्त्रीज्यू ? कोरोना भाइरसले होइन विशाल गु्रपका उत्पादनले हामी मर्ने हो कि भन्ने शंका बढेको छ ।

नेपालको व्यापारिक घराना विशाल ग्रुपपले म्याद सकिएका चलकेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तुहरु बजारमा बिक्री गर्ने गरेको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वरको संयुक्त अप्रेशनमा नेपालीको जनस्वास्थ्यमाथि विशाल ग्रुपले गरेको यस्तो गम्भीर अपराध गरेको छ भन्दा अब चाहि फरक पर्दैन ।

वाणिज्य विभागले गत बिहीबार कंलकी, बाफल र कालीमाटीका तीन घरलाई शिल गरेको छ । बजारबाट म्याद सकिएर र्फिता भएका चलकेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तुहरु उक्त स्थानमा नयाँ म्याद राख्ने गरेको भेटेपछि तीन घरलाई शिल गरिएको भेटिएको छ ।
कंलकीको लिंकरोडमा रहेको तीनतले घरमा गैरकानुनी कार्यहरु हुने गरेको उजुरीको आधारमा महानगरीय प्रहरी अपराध महाशाखा र वाणिज्य विभागले संयुक्त टोलीको छापा मारेको हो। म्याद सकिएका खाद्य वस्तुको पुन नयाँ म्याद राख्दै गरेको अवस्थमा छापा मारेर मेसिन सहित संलग्नलाई रंगेहात प्रक्राउ गरिएको विभागका उच्च अधिकृतले पंक्तिकारसंग बताए ।

खाद्य पदार्थको वितरण गर्ने आयन इन्टरनेश्नलका प्रमुख रहेका भारतीय नागरिक रोशन बात्रासहित ८ जनालाई प्रक्राउ गरी महानगरीय प्रहरी प्रभाग दरबारमार्गमा राखिएको विभागले जनाएको छ ।

भारतीय नागरिक बात्राले कलंकी लगायतका तीन स्थानबाट रिप्याकिङ हुने गरेको जनाएपछि कालीमाटी र बाफलमा रहेका साढे ३ तले घरलाई शिल गरिएको जनाईएको देखिन्छ । तीनै स्थानमा घर भाडामा लिएर स्नेकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्स चिप्ससहित आधा दर्जन खाद्य वस्तुमा पुनः नयाँ म्याद राखेर बजार पठाउने गरेको प्रहरीले पंक्तिकारलाई बताए । यो कस्तो व्यापार हो प्रधानमन्त्रीज्यू, किन कारबाही हुँदैन ?

पुनः म्याद राखेर बजार पठाउन तयारी अवस्थामा रहेको तीन गाडीलाई समेत नियन्त्रणमा लिईएको विभाग स्रोतले जनाएको छ । प्रारम्भिक चरणमा २ कम्पनीको संलग्नता रहेको र अन्यको खोजी कार्य भैरहेको जनाईएको छ ।

आयन डिष्ट्रिब्युटर लोकल वितरक रहेको तथा विशाल गुप्र युनाइटेड डिष्ट्रिब्युटर र लाइफ केयर इन्टरनेशनलबाट खरिद गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको वाणिज्य विभागका उच्च कर्मचारीको दाबी छ ।

स्निकर्स, ओरियो बिस्कुट, हर्लिक्स, मार्स चकलेट, किल्डे, बण्टी तथा मिल्की र प्रिङ्गल्सको नेपाल आयातकर्ता विशाल समूह रहेको र यसको भगिनी संस्था युनाइटेड डिष्ट्रिब्यूटरले बजारमा यी सामान फैलाउने काम गर्ने गरेको अनुसन्धानमा प्रहरी उच्च स्रोतको दाबी छ ।
केही महिना अगाडी भारतको कानपुरबाट उत्पादित बहुराष्ट्रिय ब्राण्ड ब्रिटानियाको बिस्कुटमा कीरा भेटिएको थियो । ब्रिटानियाको ‘गुड डे कुकिज’ बिस्कुट खान लाग्दा किरा भेटिएको काठमाडौँका एक उपभोक्ताले उजुरी नै दर्ता गरेका थिए ।

काठमाडौंका ४० वर्षीय एक व्यक्तिले पसलबाट किनेर उक्त बिस्कुट खान लाग्दा त्यसमा कीरा भेटिएको बताएका छन् । उनले बिस्कुट सडेको र त्यसमा कीरा रहेको भिडियो नै बनाएका छन् । गुड डेमा काजु मिलाइएको हुन्छ, जसकारण नेपालमा यसको मूल्य पनि महंगो पर्छ ।

नाम उल्लेख नगर्ने सर्तमा ती व्यक्तिले बताएका छन् कि यसै साल फेब्रुअरी १८ तारिख उत्पादन मिति रहेको उक्त बिस्कुट खोलेर खान लाग्दा कीरा भेटिएको हो । बिस्कुटमा खान हुने अवधि एक वर्ष उल्लेख गरिएको पनि उनले बताए । म्याद १ वर्ष भनिए पनि प्याकिङ गरिएको तीन महिनामै बिस्कुट अखाद्य हुनुले नेपालमा बहुराष्ट्रिय ब्राण्डको नाममा ठगी भइरहेको उनीले पंक्तिकारलाई बताए ।

नेपालमा गुड डे बिस्कुटको आयातकर्ता र अधिकृत बिक्रेता विशाल गु्रप रहेको छ । विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोककुमार अग्रवाल हुन्, उनी केही महिनाअघि मात्र जुवाखालबाट रंगेहात समातिएका विवादित जुवाडे व्यवसायी हुन् ।
भारत र नेपालमा फरक उपभोग मिति भएको बस्तु विशाल गु्रपले बिक्री गर्दै आएको फेला परेको छ । के उसलाई नेपालको कानुन लाग्दैन प्रधानमन्त्रीज्यू ?

बिस्कुटमा कीरा भेटिएको भिडियो प्राप्त भएपछि उक्त गुड डे बिस्कुटबारे बुझ्दै जाँदा नेपाल र भारतमा उपभोग मिति नै फरकफरक राखिएको भेटिइएको छ । सोही भारतमा भने उपभोग गर्न हुने अवधि ६ महिना छ । तर नेपालमा भने एक वर्ष लेखिएको बिस्कुटको खोलमै छ यस तथ्यबाट उत्पादक संस्था र बिक्रेताले विशाल गु्रपकै कारण नेपाली उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरिएको तथ्य उजागर भएको छ । यसरी दुई देशमा उपभोग्य मिति नै फरक राखेर बिक्री गर्नु कर्पोरेट नैतिकताविरुद्ध रहेको ती व्यक्तिले बताए । यो कस्तो समूह हो, प्रधानमन्त्रीज्यू ?

नेपालको कानुनलाई चुनौती दिँदै खाद्य पदार्थ देखि बैंक, वित्तिय संस्थमा लुट मच्चाउदै आएको विशाल गु्रपलाई कसले कारवाही गर्ने हो प्रधानमन्त्रीज्यू । यसको उत्तर हामी निरिह जनतालाई कसले दिने हो हामी उत्तरको प्रतिक्षामा छौं । सचेत भया ।

गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ती गर्ने

गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । काठमाडौमा केन्द्रिय कार्यलय रहेको गरिमा र सिराह जिल्लामा केन्द्रिय कार्यालय रहेको साहारा विकास बैंक बिचमा एक अर्कामा गिभिने (प्राप्ती) गर्ने सम्बन्धमा असोज १६ गते सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

साहारा विकास बैंकले एक बराबर एक प्रतिशत (स्वाप रेसियो)मा सम्झौता भएको दाबी गरेतापनि गरिमा विकास बैंक स्रोतले स्वाप रेसियोको विषयमा अहिले कुनै टुङ्गो नलागेको स्पष्ट पारेको छ । सहारा विकास बैंकको सबै सम्पत्तीको मूल्यांकन गरे पछि कानुन वमोजिम स्वाप रेसियो निधारर्ण गर्ने गरिमा विकास बैंक स्रोतले जानकारी गराएको छ ।

साथै साहारालाई प्राप्ती पश्चात बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा रहने सहारा विकास बैंकका स्रोतले जानकारी गराएको छ ।

डिशहोमको आइपीएल २०२० लिग अभियान सुरु

डिश मिडिया नेटवर्कद्धारा संचालित नेपालको डिटिएच सेवा प्रदायक डिशहोमले क्रीकेटमा हुनगइ रहेको महा(उत्सवकालागी आफ्नो डिजिटल अभियान अनावरण गरेको छ । यस योजनाको कार्यान्व्यान डिशहोमद्धारा आइपीएल लिग २०२० को लागी सुचिकृत गरिएको एजेन्सी मार्स प्रालि रहेको छ।

कोभिड १ढ को माहामारिका कारण विगत छ महिना देखी देशले कठिन र तनावपूर्ण स्थिती झेलिरहेको छ । क्वारेन्टिनमा बसिरहेको ग्राहकहरुलाई अहिलेको अवस्थामा क्वारेन्टिन नगरिएको एक मात्र विकल्प भनेकै टिभी अथवा इन्टरनेट हुन गएको छ ।

आइपीएल ट्वाइन्टी ट्वाइन्टीको क्रिकेट लिग २०२० उचाइमा पुगीरहेको अवस्थामा डिशहोम देश भित्र रहेका लाखौ क्रीकेट प्रेमी फ्यानहरुसँग डिजिटली जोडिन सकिने र आफ्नो फ्लोअर बेस बढाउन सकिने अवसर को रुपमा अघी बढेको छ ।

यस अभियानलाई डिशहोम २०२० को मज्जा भनेर नामकारण गरिएको छ । यस अभियानको विषयबस्तु अन्तर्गत डिशहोमले संपूर्ण दशकहरुको डिजिटल सक्रीयताकालागी #DH2020 कोमज्जा जारी गरेको छ ।

यस अभियानको मुख्य लक्ष्य भनेको बाकी रहेको २०२० सांच्चिकै उत्साहमय र रमाइलो बनाउने हो । उत्सुक क्रीकेटका फ्यानहरुका लागी फेसबुक र युटुव र डिजिटल एक्टिभिजन गरिएको छ ।

क्रीकेटसंग सम्वन्धित गतिशिल पोष्टहरु जस्तै विभिन्न भिडियो र खेलका हाइलाईटहरु दिनदिनै आउनेछ्न । प्रत्यक डिजाइन र रंगहरुले दर्शक हरुको खेल प्रतिको उत्साह झलकाउने छन् ।

सेञ्चुरी क्यापिटलको ४.२०% लाभांश प्रस्ताव, कात्तिक ६ का लागि बोलायो चौथो साधारणसभा

सेञ्चुरी क्यापिटल लिमिटेडले ४.२० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। यसका लागि चौथो वार्षिक साधारणसभा आगामी कात्तिक ६ मा कमलादी प्लाजामा गर्ने भएको छ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको करसहित हुन आउने ८४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीमा सेञ्चुरी बैंकको शतप्रतिशत लगानी छ। प्रस्तावित लाभांश पारित भएर बैंकले पाउनेछ।

त्यस्तै सभामा वार्षिक प्रतिवेदन पेश गर्ने, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव छ ।

इसेवाले पायो आइएसओ २७००१ः २०१३ मान्यता प्राप्त प्रमाणपत्र

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । आइएसओ प्रमाणपत्र प्राप्त भएसँगै एक दशक भन्दा लामो समयदेखि मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवाका सेवा र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय छन् भन्ने कुराको पुष्टि गरेको छ ।

आइएसओबाट प्रमाणित भएसँगै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘हामीले स्थापनाकाल देखी नै सूचना प्रणाली , गोपनियता र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आएका छौँ । हामीले टेक्नोलोजीमा आधरित व्यवसाय सञ्चालन गरिरहेकोले अझ बढी संवेदनशील भएर विश्वस्तरिय सुरक्षा मापदण्डहरु अपनाउदै आएका छौं’

यसै सिलसिलामा सुचना प्रणाली सम्बन्धी ग्लोबल बेन्चमार्क आइएसओ २७००१ तोकेका मापदण्डहरु पालना गर्दै यो प्रमाणपत्र प्राप्त गर्नु हामी, हाम्रा ग्राहक, एजेन्ट नेटवर्क, बैंक तथा बित्तीय संस्थाहरू, सेवा प्रदायक संस्था लगायत सम्पुर्ण सरोकारवालाको लागी खुशीको कुरा हो । यो आइएसओबाट सर्टिफाइड भएसँगै हाम्रो सेवा सुरक्षित र गुणस्तरिय छ भन्ने कुराको थप पुष्टि भएको छ ’ ।

आइएसओ २७००१ः२०१३ (हालको संस्करण) संसारमा सबैभन्दा विश्वसनिय सूचना सुरक्षा व्यवस्थापन मापदण्ड जाच्ने एउटा महत्वपूर्ण आधारको रूपमा मानिन्छ । कुनै पनि कम्पनीको सूचना सुरक्षा व्यवस्थापनको मजबुतीलाई जाच्ने मूख्य आधार नै आइएसओलाई चिनिन्छ । यसले सुरक्षा व्यवस्थापन प्रणालीका लागि विभिन्न मानकहरुको बारेमा विश्लेषण गर्दै कम्पनीहरुको सूचना सुरक्षा र गोपनियता व्यवस्थापनमा सूचना सुरक्षा जोखिमबाट माथि उठाउँछ ।

आइएसकोको यो प्रमाणपत्र प्राप्त गरेसँगै इसेवाले सूचना सुरक्षा प्रणाली व्यवस्थापनमा निर्माण गरेको संरचना विश्वस्तरिय रहेको थप पुष्टि भएको छ ।

नेपालमा डिजिटल भुक्तानीको व्यवस्थाको थालनी गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवामा हाल खाता खोल्नेको संख्या ३५ लाख भन्दा बढि रहेको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने सरकारको अभियानमा ठूलो योगदान दिन सफल भएको छ ।

हाल इसेवाका देशभर एक लाख भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् भने इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या करिब ३५ लाख छ ।

डिशहोमले ल्यायो नेपालमै पहिलो पटक ‘पे पर भ्यु’ सुविधा

डिशहोमले नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत टेलिभिजनमा हेर्न पाइने सुविधाको शुरुवात गरेको छ । शुक्रबार रिलिज हुने चलचित्र “खालीपीली” पे पर भ्यू सुविधामार्फत हेर्न पाइने भएको हो ।

अन्तराष्ट्रिय चलचित्रहरु रिलिज गर्ने उदेश्यले डिशहोमले सुरु गरेको सिनेमाघरमा यो चलचित्र हेर्न पाइने भएको हो ।

विश्वको विभिन्न देशमा सफल भएको प्रविधि पे पर भ्यू सेवा नेपालमा नै पहिलो पटक डिशहोमले संचालन गरिरहेको छ । डिशहोमले पे पर भ्यू सेवामार्फत न्युनतम मुल्यमा नेपाली सिनेमा हेर्न सकिने च्यानल यस अघि नै सञ्चालनमा ल्याएको छ ।