जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

ठेकेदारले पुरेको सम्पदा संरक्षण गर्दा उल्टै नगरपालिकालाई मुद्दा

मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित पेप्सीकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकमा परेको ऐतिहासिक ढुङ्गेधारा एवं पाटी संरक्षण गर्दा उल्दै मध्यपुरथिमि नगरपालिकालाई मुद्दा परेको छ ।

ठेकेदारले भत्काएको पाटी र पुरिएको ऐतिहासिक ढुङ्गेधारा उत्खनन गरी पुनःनिर्माण गर्ने मध्यपुरथिमि नगरपालिकाविरुद्ध नै अभियानकर्मीका नाममा सर्वोच्च अदालतमा मुद्दा हाले पनि नगरपालिकाले सम्पदा संरक्षण गरेवापत मुद्दा खेप्नुपरेको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको भनाइ छ । फल्चा लिने गःहिटी अर्थात् पाटीपछिको धाराको नामले चिनिने यहाँको १०० वर्षभन्दा पुरानो परम्परागत ऐतिहासिक ढुङ्गेधारा पाटी पेप्सीकोला–सानोठिमी सडक २० मिटर चौडामा विस्तारको क्रममा सडकको मापदण्डमा परेको भन्दैै ठेकेदारले मङ्सिर १४ गते भत्काएको थियो ।

सम्पदा भत्काउँदा नगरपालिकालाई जानकारीसमेत नदिई त्यसको पुराना इँटा र सामग्रीसमेत संरक्षण नगरी ठेकेदारले डोजर लगाएर जथाभावीरूपमा पाटी भत्काउनुका साथै ढुङ्गेधारा पुरेको थियो । डेढ वर्ष अगाडि भत्काएको पाटी र धाराको विषयमा पुनःनिर्माणपछि भएको विवादका बारेमा जानकारी दिँदै नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “पाटीपछाडि धारा थियो, सडक विस्तारका क्रममा ठेकेदारले डोजर लाएर पाटी भत्कायो, धारा पुरियो, तीन दिनपछि मैले त्यो थाहा पाउनेबित्तिकै गएँ, आफैँ बसेर पुरिएको धारा उत्खनन गराएँ, त्यसपछि स्थानीय उपभोक्ता समिति गठन गरेर परम्परागत शैलीमा धाराको पुनःनिर्माण सकियो, धारापछाडि परम्परागत शैलीमा पार्टी पनि पुनःनिर्माण गरियो तर छाना हाल्ने बेलामा सुनुयोजितरूपमा अभियानकर्मीको नाममा विवाद ल्याए ।”

अभियानकर्मी अनिश वैद्यको टोलीले सम्पदा मासिएको भन्दै नगरपालिकाले धारा र पाटी बनाएकोमा विरोध गर्दै आएको छ । “ऐतिहासिक सम्पदाको मौलिकता बिगार्न हँुदैन भन्ने हाम्रो मान्यता हो, पुनःनिर्माणको क्रममा सम्पदा सारियो, स्वरुप उल्टो भयो”, वैद्यले भन्नुभयो, “धारा अगाडि फल्चा हुनुपर्छ मौलिकता मेटिनु हुँदैन पुरानै अवस्थामा सारिनुपर्छ भन्ने हाम्रो माग हो ।”

नगरपालिकाको कामविरुद्ध गत भदौ २ गते सर्वोच्च अदालतमा मुद्दा हालेको बताउँदै उहाँले नगरप्रमुख श्रेष्ठसँग पुरानै अवस्थामा सार्न पहल गर्दा अटेर गरेको वैद्यले बताउनुभयो । नगरपालिकाका प्रमुख श्रेष्ठले भने पानी आइरहेको ऐतिहासिक ढुङ्गेधारालाई पर सार्दा पानी आउन रोकिन सक्ने भएकाले त्यही ठाउँमा कलात्मक ढुङ्गेधारा बनाएर त्यसको पछाडि पाटी बनाएको बताउनुभयो ।

ठेकेदारसँग केही व्यक्तिले पाटीलाई अन्यत्रै सारेर प्रतीक्षालय बनाउने सहमति गरेको पाइएपछि त्यही ठाउँमा पाटी बनाउनुपर्छ भनेर आफँै लागेको बताउँदै उहाँले भन्नुभयो, “पार्टीलाई धारा अगाडि बनाउँदा सडकमा पुग्छ, कालोपत्र सडकमा पाटी बनाउने कुरा हँुदैन, यो कुरालाई पनि पक्कै अदालतले मनन गर्ला ।”

ठेकेदारले डोजर लगाएर १०० वर्षभन्दा पुरानो ऐतिहासिक सम्पदामा पुर्दा नदेख्ने पुरातत्व विभागले सम्पदा संरक्षण गर्दै पुरानै शैलीमा ढुङ्गेधारा र पार्टी पुनःनिर्माण गर्दा भने रोक लगाउन खोजेको उहाँको भनाइ छ । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “ऐतिहासिक सम्पदा पुर्दा पुरातत्व कहाँ थियो र अहिले रोक्न खोज्छ, आओस् पुरानै ठाउँमा पुरातत्वले बनाओस्, कालोपत्र सडकमा पुरातत्वले पाटी बनाउन सक्छ ? हामी रोक्दैनाँै, तर आफू पनि संरक्षण नगर्ने, स्थानीय सरकारले गर्दा पनि रोक्न खोज्ने, पुरातत्वको यो शैली शङ्कास्पद छ ।”

एक वर्ष अगाडिदेखि नै धारा बनेको र डेढ महिना अघिदेखि पाटी बनाउँदा केही नबोल्नेहरु अहिले अभियानकर्मीका नाममा ‘प्रपोगाण्डा’ गर्दै छानो छाउने बेलामा रोक्न आएको उहाँले बताउनुभयो । नगरपालिका क्षेत्रमा १२ वटा ढुङ्गेधारा पुनःनिर्माण र जीर्णोद्धार गरिएको भन्दै उहाँले सम्पदा सरक्षणमा अवरोध आउन नहुने बताउनुभयो । सम्पदा जोगाउन भन्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएपछि चार दिनअघि सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा वाग्मती प्रदेश सदस्यहरु शशीजङ्ग थापा, डा राजेन्द्रमान श्रेष्ठ, सरस्वती बाटीलगायतको टोलीले उक्त निर्माणकार्यको अनुगमन गरेको थियो ।

अनुगमपछि प्रदेश सदस्य थापाले सम्पदा जोगाउने काममा नगरपालिकाले खेलेको भूमिका राम्रो रहे पनि यसको विरोध हुनु दुःखद् रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक विस्तारका क्रममा अस्तित्व नै नरहने गरी धारा र पाटीलाई मास्ने काम गरिएकामा सम्पदा जोगाउन नगरपालिकाले जुन कदम चाल्यो, त्यो ठिक छ, विरोधको नाममा विरोधको औचित्य छैन ।”

नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष राम थापामगर सम्पदा जीर्णोद्धारमा कमीकमजोरीलाई हटाउँदै उक्त धारो र पाटीको मौलिकता जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष ध्रुव थापामगरले पाटी र धाराको उपभोग गर्ने स्थानीयले विरोध नगरेको बताउँदै परम्परागत र मौलिक शैलीमा धारा यथास्थानमा र धारा पछाडि पाटी निर्माण गरेको बताउँदै अहिले सकिने बेलामा विरोध हुँदा अचम्म लागेको बताउनुभयो ।

स्थानीय बासिन्दा राम श्रेष्ठले आफूले बच्चादेखि नै यही धाराको पानी पिउँदै आए पनि बाटो विस्तारको क्रममा पुरिएको धारो नगरपालिकाले फेरि त्यही ठाउँमा बनाएर मुहान सफा गरेर पानी आउने बनाउँदा स्थानीयवासी खुशी भएको बताउनुभयो ।

सिटिजन्स लाइफ इन्स्योरेन्सको आउने भयो आईपीओ

कम्पनीको चुक्तापुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ ।आईपीओ निष्कासनपछि चुक्तापुँजी बढेर २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । आईपीओ निष्कासनका लागि सिटिजन्सले बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

 

प्रेस काउन्सिलकाे कार्यवाहक अध्यक्षमा बुढाथोकी

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकीनियुक्त हुनुभएको छ । आजै बसेको काउन्सिल सञ्चालक समितिको बोर्ड बैठकले काउन्सिल ऐन २०४८, अनुसार बुढाथोकीलाई कार्यवाहक अध्यक्षमा चयन गरेको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएपछि बुढाथोकीलाई कार्यवाहक अध्यक्ष तोकिएको हो ।

साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा काउन्सिल सदस्यमा नियुक्त गरेको थियो । कार्यवाहक अध्यक्ष बुढाथोकीले आजै पदभार ग्रहण गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिनुभयो । निवर्तमान कार्यवाहक अध्यक्ष श्रेष्ठले आजै बोर्डसमक्ष दिनुभएको राजीनामा स्वीकृत गरिएको हो ।

तीन वर्षअघि तत्कालीन अध्यक्ष भवानीप्रसाद बरालको नियुक्तिलाई सर्वोच्च अदालतले रोक लगाएपछि रिक्त अध्यक्षमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो ।

ग्लोवल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक पोल हस्तान्तरण

ग्लोवल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडांै उपत्यकाभित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ ।

यसअघि पनि मिति २०७७ बैशाख ३१ मा ग्लोबल आइएमई बैंकले ट्राफिक जनचेतनाका लागि ट्राफिक पोलहरु हस्तान्तरण गरेको थियो ।

बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बताउदैं यस्तो समाजिक काममा सहयोग पुर्याएकोमा महानगरीय ट्राफिक महाशाखाले बैंकलाई धन्यवाद दिएको छ ।

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

निजी क्षेत्रको संलग्नतामा ग्राहकको गुनासो सुन्न राष्ट्र बैंकले बनायो कार्यविधि, गुनासो सम्बोधन नभए बैंकलाई कारबाही

नेपाल राष्ट्र बैंकले ग्राहकको गुनासो सम्बोधनका लागि कार्यविधि बनाएको छ । राष्ट्र बैंकले सोमबार गुनासो सम्बोधनका लागि एक समितिको परिकल्पना गर्दै पहिलो पटक ‘नेपाल राष्ट्र बैंक वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि २०७७’ जारी गरेको हो ।

उक्त कार्यविधिले वित्तीय ग्राहकलाई सेवाप्रदायकबाट हुने असहज परिस्थिति, ढिलासुस्ती, बेवास्ता, पक्षपात, लापरबाहीलगायतका गुनासोलाई सम्बोधन गर्ने बताईएको छ । यस्तै वित्तीय क्षेत्रलाई आफ्ना ग्राहकलाई विना पक्षपात र सुरक्षित ढंगले सेवा प्रदान गर्न प्रोत्साहन गर्नेगरी उक्त कार्यविधि ल्याईएको राष्ट्र बैंकले जनाएको छ ।

यसका लागि नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर संयोजक र राष्ट्र बैंकका अन्य विभागका कार्यकारी निर्देशकलाई सदस्य बनाई गुनासो व्यवस्थापन समिति बनाईने छ ।

उक्त समितिले वित्तीय क्षेत्रका गुनासोको आवश्यक निर्णय गर्ने, ग्राहक संरक्षण ईकाईबाट हुननसकेका काम कारबाहीको बारेमा निर्णय गर्नेलगायतका काम गर्नेछ । यस्तै उक्त समितिले कार्यविधि कार्यान्वयनका लागि आवश्यक कामकारबाही समेत गर्ने बताईएको छ ।

यस्तै गुनासो संकलन गर्नका लागि आवश्यक काम भने वित्तीय ग्राहक संरक्षण ईकाईले गर्ने कार्यविधिमा उल्लेख छ । बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकको नेतृत्वमा गठन हुने उक्त ईकाईले ग्राहकको गुनासो संकलनका लागि आवश्यक टोलफ्री, टेलिफोन, ईमेललगायतको व्यवस्था गर्नेछ ।

यस्तै ईकाईले गुनासो संकलन गर्दा विस्तृत रुपमा संकलन गरी आवश्यक छलफल र पहलसमेत गर्नेछ । उक्त ईकाईको कर्मचारीको व्यवस्था भने बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकले नै गर्नेछन् ।

साथै उक्त गुनासो संकलनपश्चात ईकाईले सम्बन्धित निकायलाई एकै ठाउँमा भेला गरी गुनासो सुनुवाईको व्यवस्था गर्नेछ । त्यसपश्चात उक्त गुनासोको सुनुवाई ईकाईमार्फत नभएको खण्डमा उक्त गुनासो समितिकहाँ पुग्ने व्यवस्था कार्यविधिले गरेको छ । यस्तो बेलामा बैंक तथा वित्तीय संस्थाहरु कारबाहीमा पर्नसक्ने ठुलो सम्भावना रहन्छ ।

बेनेलीले ल्यायो दशैं तिहार अफर

बेनेलीले दशैं, तिहार र छटको अवसरमा नयाँ अफर ल्याएको हो । कम्पनीले टीएनटी १५० आई र टीएनटी १५ दुई मोडलमा विभिन्न अफर ल्याएको छ ।

बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो । यसले १९११ देखीनै मोटरसाइकल पारखी बिच एक बैग्लै पहिचान बनाएको छ । नेपालको लागी बेनेलीको अधिकारित बिक्रेता केटीएम इन्टरन्यासनल ट्रेडिंग प्रालि हो र कम्पनीले ३एस (सेल्स्, स्पेएर, सर्भिस) को सुबिधा नेपालको बिभिन्न ठाउँमा सजिलैसँग उपलब्ध गराउँदै आइरहेको छ ।

ग्राहकले कम्पनीको दुई मोडल किन्दा वा एक्स्चेञ्ज गर्दा विभिन्न अफर पाउने भएका हुन् । उनीहरुले ८ हजारदेखि १५ हजारसम्मको नगद छुट पाउने छन् ।

प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई मेगा बैंकको आकर्षक कजा

मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ ।

प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रुपैंयासम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकसंग भएको हो । सम्झौता अनुसार, प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरुले समेत बिभिन्न सुविधा पाउन सक्नेछन् ।

प्याब्सन वा एनप्याब्सनको सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै विद्यालयहरुलाई एक करोड रुपैंयासम्मको कर्जा दिइने मेगा बैंकले जनाएको छ । यसका साथै सम्बद्ध विद्यालयमा कार्यरत शिक्षकहरुलाई पनि मेगा बैंकले प्रोफेशनल लोन (व्यावसायिक कर्जा) प्रदान गरिने सम्झौता भएको छ ।

यसैगरी, अभिभावकहरुलाई पनि विशेष बचत खाता सुविधा प्रदान गरिने मेगा बैंकले जनाएको छ । कोभिड–१९ को समस्यासँग जुधिरहेका निजी विद्यालयलाई पूर्ववत रुपमा संचालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मेगा बैंकले यो विशेष अफर ल्याएको हो । विद्यालय संचालक, शिक्षक र अभिभावकलाई समेत लाभ पुग्ने भएकाले यो सुविधाले अहिलेको विषय परिस्थतिमा निजी विद्यालयलाई राहत पुग्ने मेगा बैंकको विश्वास छ ।

यूनाइटेड फाइनान्सको ‘सुनिश्चित भविष्य मुद्दती निक्षेप’

नेपालीहरुको महान पर्व वडा दशै, तिहार तथा छठ पर्वको पावन अवसरमा युनाइटेड फाइनान्स लिमिटेडले आकषर्क ब्याजदरमा लामो समायावधिको ूयूनाइटेड सुनिश्चित भविष्य मुद्दती निक्षेपू योजना संचालनमा ल्याएकोछ ।

यस योजनामा व्यक्ति तथा संघ संस्थाहरु सहभागी हुन पाउने फाइनान्सले जनाएको छ । नेपालको प्रतिष्ठत व्यापारिक घरानाको लगानीको साथै भारतको प्रतिष्ठित मुथुट फाइनान्स समेतको रणनीतिक साझेदार रहेको रहेको छ ।

यस फाइनान्सले नेपालभर रहेको आफ्नो २२ शाखा तथा मुख्य कार्यलयबाट व्यक्तिगत तथा संस्थागत निक्षेप कर्ताको लागि विभिन्न प्रकारका आकर्षक निक्षेप योजना, सहुलियत ब्याजदरमा सुन धितो कर्जा तथा अन्य बिभिन्न कर्जा सुविधाहरु पनि रहेका फाइनान्सले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

डिम्याट खाता, आश्वा सुविधा, भिसा डेबिट कार्ड सुविधाको साथसाथै अन्य वित्तीय सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । यूनाइटेड सुनिश्चित भविष्य मुद्दती निक्षेपूको लागि बैकको कुनै पनि शाखा तथा मुख्य कार्यलय दरवारमार्ग काठमाण्डौमा सम्पर्क गर्न सकिने फाइनान्सले जनाएको छ ।

एनएमबि बैंकबाट अशोक लेलैण्डका ग्राहकले सहुलियतपूर्ण कर्जा पाउने

आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंक बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट चिफ विजिनेस अफिसर, सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि  समझौतापत्रमा हस्ताक्षर भएको छ ।

यसै अनुरुप बैंकको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका डोस्त मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० (साठी) प्रतिशतसम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ । यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियम भित्र रही कर्जा प्रवाह गर्ने भएको छ ।

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन । कर्जा सुविधा मात्र नभई दुवै कंपनीबिच संयुक्त रुममा ब्राण्ड अवेयरनेसका लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरामा पनि सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।

एलसीभी सेग्मेन्ट अन्तर्गत डोस्त मोडलका सवारी साधन हरु विभिन्न एप्लिकेसन जस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहर तथा महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो  । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

कोरोना भाइरसका कारण दर्जनौ वाणिज्य बैंकहरुको साधारण सभा अन्यौलमाः डिपुटी गर्भनर श्रेष्ठलाई कोरोना पुष्टी भएपछि गर्भनर अधिकारी सहित दर्जनौ उच्च कर्मचारी आइसोलेसनमा ?

नेपालका २७ वाणिज्य बैंक मध्ये अधिकाशं बैंकहरुले केही महिना भित्र साधारण सभा गर्न राष्ट्र बैंकमा आ–आफ्नो प्रतिवेदन पठाए पनि राष्ट्र बैंक स्वीकृत नदिएको खुलेको छ ।

दशैं अगाडी नै साधारण सभा गर्ने मनस्थिति राखेका माछापुच्छ्रे बैंक लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेड, सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, एनआईसी एशिया बैंक, एनएमबी बैंक लिमिटेड, नबिल बैंक लिमिटेडले आफ्नो वित्तिय विवरण राष्ट्र बैंक पु¥याएको खुलेको छ । तर, राष्ट्र बैंकले अन्तिम स्वीकृती दिएको छैन । राष्ट्र बैंकका डिपुटी गर्भनर शिवराज श्रेष्ठलाई कोरोना पुष्टी भएपछि गर्भनर महाप्रसाद अधिकारी अर्का डिपुटी गर्भनर चिन्तामणी शिवाकोटी लगायत बिभागीय प्रमुख अहिले आइसोलेसनमा बसेका छन् ।
अधिकाशं बैंकहरुले दशैं तिहार अगाडी नै साधारण सभा गरि शेयरधनीहरुलाई लाभाशं दिने मनस्थिति बनाएपनि अब यो सफल नहुने निश्चित देखिन्छ ।

अनुमति दिने राष्ट्र बैंककै कर्मचारीहरुलाई कोरोना देखिए पछि बैंकहरुको साधारण सभा पछाडी धकेलिएको भन्न सकिन्छ ।
दशैं तिहार खर्चकै लागि भएपनि वाणिज्य बैंकहरुले केही बोनस शेयर र नगद लाभाशं शेयरधनीलाई दिएर चित्त बुझाउने परम्परा थियो । अब यस पटक कोरोना भाइरसका कारण यो परम्परा टुट्ने पक्क पक्की जस्तै देखिन्छ ।

कोरोना भाइरस महामारी बीच अर्ब होइन खर्ब डिपोजिट लिएर बसेका बैकहरु कर्जा लगानी नभएपछि चिन्तित मात्रै छैनन् । डिपोजिटकर्ताहरुको ब्याज कसरी दिने भन्ने अन्यौलमा छन् ।

भनिन्छ एनआईसी एशिया बैंकमा मात्रै ४० अर्ब भन्दा बढि फिक्स डिपोजिट कारोना महामारी बीच जम्मा भएको छ । यसको ब्याज मासिक ४० करोड तिर्नु पर्दछ । तर, कर्जा लगानी छैन । यो त उदाहरण मात्रै हो । अरु २६ वाणिज्य बैंकहरुमा पनि अर्बका अर्ब पैसा थुप्रिएको छ । तर, कर्जा लगानी छैन । त्यसकारण बैंक र त्यसका सीइओ सावहरुलाई रातमा निन्द्र न दिनमा भाक जताजतै चिन्ता नै चिन्ता बढेको एक सीइओले पंक्तिकारसंग बताए ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुमा कोरोना संक्रमण देखिएको असर बैंक तथा वित्तीय संस्थाहरुको साधारणसभामा पर्ने निश्चित छ ।

डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि गभर्नर महाप्रसाद अधिकारी, अर्का डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी लगायतका कतिपय विभागीय प्रमुखहरु घरैमा ’आइसोलेसन’ मा छन्, भन्दा फरक पर्दैन ।


अलि बढी संक्रमण बैंक सुपरिवेक्षण विभागका कर्मचारीलाई देखिएकाले त्यहाँको काम प्रभावित भएको छ । साधारणसभाका लागि स्वीकृति दिनुअघि बैंकहरुको प्रतिवेदन अध्ययन गर्नुपर्ने हुन्छ । संक्रमितहरुसँग सम्पर्कमा आएकाहरु आइसोलेसनमा बसेका छन् । तैपनि कतिपयले घरैबाट राष्ट्र बैंकको कामहरु गरिरहेको स्रोतको दाबी छ ।

बैंकहरुको साधारण सभा (एजिएम) स्वीकृति दिनुअघि गम्भीर ढंगबाट बैंकहरुको वित्तीय अवस्था अध्ययन गर्नुपर्ने दायित्व राष्ट्र बैंकको छ ।
राष्ट्र बैंंक उच्च स्रोतका अनुसार, माछापुच्छ्रे बैंकले साधारणसभाको ’प्री(एप्रुभल’ पाइसकेको छ । अब अन्तिम स्वीकृति लिन मात्र बाँकी देखिन्छ ।
यी बैंकहरुको प्री(एप्रुभलको कामहरु भइरहेको देखिन्छ । तर, कोरोना संक्रमणका कारण स्वभाविक गतिमा काम हुन सकिरहेको छैन । सामान्य अवस्थामा यतिबेलासम्म लगभग एक दर्जन बैंकको साधारण सभा हुन्थ्यो ।
नेपालका २७ वाणिज्य बैंकहरुले नेपालीहरुको महानचाड दशैं तीहार र छठमा शेयरधनीलाई केही दिन साधारण सभा गर्न लागे पनि कोरोना भाइरसकै कारण थप अन्यौल थपिएको भन्न अब फरक पर्दैन ।

 

शिखर इन्स्योरेन्सका सीइओ दिप पाण्डेको कार्यकाल थप्न बीमा समितिको अनुमति

बीमा समितिले शिखर इन्स्योरेन्सका सीइओ दिपप्रकाश पाण्डेको ४ वर्ष कार्यकाल थप्न नियामक निकाय बीमा समितिले अनुमति दिएको छ ।

निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सलाई अहिलेको उचाईमा पुर्याउन सबैभन्दा महत्वपूर्ण भूमिका पाण्डेको रहेको छ । पाण्डेले शिखर इन्स्योरेन्समा आउनु अगाडि एभरेष्ट इन्स्योरेन्समा काम गरेका थिए ।

पाण्डेको सीइओको पदावधी कात्तिक ११ गते सकिने थियो । बीमा कम्पनीमा सीइओ नियुक्तिका लागि नियामक निकाय बीमा समितिको अनुमति चाहिन्छ ।

शिखर इन्स्योरेन्सको संचालक समितिको बैठकले पाण्डेको कार्यकाल ४ वर्ष थप्ने निर्णय गरेको थियो ।

सानिमा लाइफको सिइओमा अगम मुखिया नियुक्त

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी (SLI) को प्रमुख कार्यकारी अधिकृतमा (सिइओ)मा अगम मुखिया नियुक्त भएका छन् । उनलाई आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको लागि सिइओ नियुक्त गरेका हुन् ।

नव नियुक्त सिइओ मुखियाले आजैबाट कार्यभार समाहलेका छन् । उनीसंग विभिन्न बीमा कम्पनीहरूमा उच्च व्यवस्थापकिय पदमा रही १६ बर्ष भन्दा बढी कार्य गरेको अनुभव छ ।

उनले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्स, काठमाडौं विश्वविद्यालयबाट म्यानेजमेन्ट र पूर्वाञ्चल विश्वविद्यालयबाट कम्प्युटर एप्लिकेसन विषयमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् ।

कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ ग्रहण गर्दै उनले आफूसँग रहेको कार्य अनुभवबाट कम्पनीलाई नयाँ आयामका साथ जीवन बीमा कम्पनीहरू मध्ये उत्कृष्ट स्थान हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीलाई हालसम्म सहयोग पुर्याउने नियमनकारी निकायहरू, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनीहरू, अभिकर्ता, शुभचिन्तक लगायत सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि सहयोगका लागि अनुरोध समेत गरे ।