जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

मुक्तिनाथ विकास बैंकको यस्तो आयो तेस्रो त्रैमासिक विवरण

क्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६७ करोड ६० लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। पछिल्लो तीन महिनामा मात्रै बैकले २० करोड ३५ लाख रुपैयाँ खुद नाफा बढाएको हो।

गत आवको यसै अवधिमा बैंकले ६२ करोड ५५ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो। गत आवको तुलनामा बैंकको नाफा ८.०७ प्रतिशतले बढेको हो।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ३२ करोड ३७ लाख ६९ हजार रुपैयाँ रहेको छ।

बैंकले खुद नाफाबाट राष्ट्र बैंकको व्यवस्था बमोजिम बैंकले बैधानीक जगेडा कोषमा १३ करोड ५२ लाख र नियामकीय जगेडा अन्तर्गत २० करोड ८४ लाख रुपैयाँ व्यवस्थापन गरेको हो।

चुक्ता पूँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी २१.११ रुपैयाँ रहेको छ। यस अवधिसम्ममा बैंकको जगेडा कोषमा १ अर्ब २ करोड ८१ लाख रुपैयाँ, शेयरधनी कोषमा ३४ करोड ८० लाख ५६ हजार रुपैयाँ र शेयर प्रिमियममा ६ करोड ४० लाख रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर नेटवर्थ १३३.३० रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.०३ गुणा छ।

चैत मसान्तसम्मको अवधिसम्ममा बैंकले ५० अर्ब ९४ करोड ७ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४७ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ कर्जा लगानी गरेको यस बैंकले १ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३३ करोड २७६ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ६ करोड १२ लाख रुपैयाँ बढेर ९६ करोड ५७ लाख २ हजार रुपैयाँ पुगेको छ।

चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात ०.०६ बिन्दुले वृद्धि भई ०.०९ मा पुगेको छ। गत आर्थिक वर्षको चैत महिनासम्ममा ०.०३ प्रतिशत मात्र खराब कर्जा अनुपात थियो। बैंकको कोषको लागत ८.६३ प्रतिशत, आधार दर ११.३९ प्रतिशत र स्प्रेड दर ५.५७ प्रतिशत रहेको छ

ज्योति विकास बैंकको पछिल्लो तीन महिनामा १५ करोड बढ्यो नाफा, चैतसम्म साढे ४३ करोड माथि

ज्योति विकास बैंक (JBBL) ले लकडाउनका बीच पद्धिल्लो तीन महिना अर्थात माघदेखि चैतसम्ममा १५ करोड ५१ लाख रुपैयाँले खुद नाफा बढाएर तेस्रो त्रैमाससम्म ४३ करोड ६० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आवको यसै अवधिमा बैंकले २८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा ५२.७८ प्रतिशत अर्थात १५ करोड ६ लाख रुपैयाँले खुद नाफा वृद्धि गरेको हो।

बैंकको कुशल ब्यवस्थापनका कारण व्यवसायको आकार विस्तारसँगै ज्योति विकास बैंकको नाफामा पनि सुधार हुँदै आइरहेको छ। व्यवसाय विस्तारमा जोड दिँदै खर्च र आम्दानीका सूचकलाई सन्तुलनमा राख्दा नाफा वृद्धि गर्न बैंक सफल भएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको वितरणयोग्य नाफा ९ करोड ५४ लाख २५ रुपैयाँ रहेको छ। राष्ट्र बैंकको व्यवस्था बमोजिम बैंकले बैधानीक जगेडा कोषमा ९ करोड ६५ लाख र नियामकीय जगेडा अन्तर्गत २६ करोड ७२ लाख रुपैयाँ व्यवस्थापन गर्दा शेयरधनीलाई बाँड्ने रकम भने न्यून देखिएको हो।

चुक्ता पूँजी तीन अर्ब ४९ करोड ५२ लाख ९३ हजार रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी प्रतिशेयर आम्दानी १६.६३ रुपैयाँ कायम भएको छ। यो गत आवको यसै अवधिको तुलनामा ४.३६ रुपैयाँले बढी हो।

बैंकको शेयरधनी कोषमा १९ करोड ८५ लाख रुपैयाँ र जगेडा कोषमा ७२ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर नेटवर्थ १२६.३८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.९८ गुणा छ।

चैत मसान्तसम्ममा बैंकले ३० अर्ब १४ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २८ अर्ब ८ करोड ९९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। यसबाट चालु आर्थिक वर्षको ९ महिना अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ करोड ६९ लाख रुपैयाँ अर्थात ३५.८३ प्रतिशत धेरै हो।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ६२ करोड ३१ लाख ५२ हजार रुपैयाँ रहेको छ। गत आवको यसै अवधिसम्ममा बैंकको सञ्चालन नाफा ४० करोड ७६ लाख ९२ हजार रुपैयाँ रहेको थियो।

वित्तीय विवरण अनुसार बैंकको निष्किृय कर्जा अनुपातमा सुधार आएको छ। गत आवको यसै अवधिमा ०.९२ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा अनुपात ०.७६ प्रतिशतमा सुधारिएको हो।

बैंकको कोषको लागत ८.४३ प्रतिशत, पूँजीकोष अनुपात १५.४९ प्रतिशत, आधार दर ११.१६ प्रतिशत र स्प्रेड दर ४.९४ प्रतिशत छ ।

प्रिमियर इन्स्योरेन्स २७ औ बर्षमा प्रवेश

प्रिमियर इन्स्योरेन्स कम्पनी २७ औ बर्षमा प्रवेश गरेको छ । सोमबार देखि प्रिमियर इन्स्योरेन्स कम्पनी २७ औ बर्षमा प्रवेश गरेको हो ।

कम्पनीले आफनो २७ औ बार्षित्वसको अवसरमा यस स्थानसम्म ल्याउन सहयोग गर्ने बीमा समिति, बीमीत , अभिकर्ता, सर्भेयर र कम्पनीमा आवद्ध सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ )विश्वराम तिमिलाले अत्यावश्यक काम बाहेक अरु बेलामा घरमै सुरक्षित रुपमा लकडाउनको पालना गर्न बीमीत, अभिकर्ता, सर्भेयरलाई आग्रह गरेका छ

तेस्रो त्रैमासमा एभरेष्ट इन्स्योरेन्सको फड्को, मुनाफा तीन गुणाले बृद्धि

एभरेष्ट इन्स्योरेन्सले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै अब्बल बीमा कम्पनीको रुपमा उभ्याउन सफल भएको छ । गत आर्थिक वर्षको तुलनामा एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३०० प्रतिशत मुनाफा बृद्धि गर्न सफल भएको छ ।

कम्पनीले आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चैत्र मसान्तसम्ममा १२ करोड ४९ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधीमा चार करोड ४६ लाख २६ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । तुलनात्मक रुपमा हेर्दा कम्पनीले तीन गुणाले मुनाफा बृद्धि गर्न सफल भएको छ । बीमा शुल्क आर्जनमा बृद्धिसँगै कम्पनीको मुनाफा बृद्धि भएको हो । चालु आर्थिक वर्षको नौ महिनामा कूल ७४ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीले खूद बीमा शुल्क ३३ करोड ८१ लाख ६७ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा ६० करोड ४७ लाख ६० हजार रुपैयाँ कूल बीमा शुल्क र २९ करोड ४८ लाख ९९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको थियो ।

कम्पनीले तेस्रो त्रैमाससम्ममा ६९ हजार ११६ वटा बीमा पोलिसीमार्फत सो बीमा शुल्क आर्जन गरेको हो । कम्पनीको व्यवसायमा उल्लेख्य बृद्धि भएको देखिएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले झण्डै छ हजार वटा पोलिसी बढी बिक्री गरेको हो ।

कम्पनीको सो अवधीमा ३१ करोड ३४ लाख दुई हजार रुपैयाँ दावी भुक्तानी गरेको छ भने एक अर्ब ३५ करोड ५९ लाख रुपैयाँ दावी भुक्तानी दिन बाँकी छ । कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ९१ पैसा छ । त्यस्तै मूल्य आम्दानी अनुपात २१.०५ छ भने प्रतिशेयर कूल सम्पत्तिको मूलय २३० रुपैयाँ ३९ पैसा छ  ।

बैंकहरुको सीएसआरमा छुट्याएकोमध्ये ५० प्रतिशत बैंकर्स संघबाट खर्च गर्ने तयारी

संघले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । बैंकहरुले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) मा खर्च गर्नु पर्ने रकममध्ये आधा रकम संघमार्फत खर्च गर्न पाउने व्यवस्था मिलाइदिन आग्रह गर्दै राष्ट्र बैंकलाई पत्राचार गरेको हो ।
संघका अध्यक्ष भुवन दाहालका अनुसार बैंक आफैंले खर्च गर्दा स-साना काममा खर्च भएको हुनाले त्यसको आधा रकम संघमार्फत खर्च गर्न पाउनु पर्ने जनाएका छन् ।
संघमा जम्मा भएको सीएसआरको ५० प्रतिशत रकम आवश्यकता अनुसार स्वास्थ्य, सामाजिक, शिक्षा लगायतका क्षेत्रमा सहयोग गर्ने उदेश्य हुनाले अध्यक्ष दाहालले यसका लागि राष्ट्र बैंकलाई पत्राचार गरेका हुन् । सबै बैंकहरुले कोषमा रकम जम्मा गर्दा ठुलो परिमाणमा रकम जम्मा हुने भएकाले सो रकमले बैंकिङ क्षेत्रको योगदान समाज कल्याणमा धेरै हुने उनको भनाइ छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७३र७४ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाले कुल नाफाको १ प्रतिशत रकम सीएसआरमा अनिवार्य खर्च गर्नु पर्ने व्यवस्था गरेको थियो । जसअनुसार हालसम्म बैंकिङ क्षेत्रबाट अर्बौ रुपैयाँ सीएसआर अन्तर्गत खर्च भइरहेको छ । बैंकहरुले नाफाको १ प्रतिशत रकम आफुखुसी खर्च गर्ने र सोको जानकारी राष्ट्र बैंकका गराइरहेका छन् ।

एभरेष्ट बैंकको खुद नाफा १४ करोडले बढ्यो

एभरेष्ट बैंकले आफ्नो खुद नाफा १४ करोड रुपैयाँले वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु अवको यसै अवधिमा खुद नाफामा उक्त वृद्धि गरेको हो । बैंकले जारी गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा बैंकले २ अर्ब ३५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा बैंकले २ अर्ब २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ९४ करोड ३६ लाख रुपैयाँ रहेको छ।

राष्ट्र बैंकको व्यवस्था बमोजिम बैंकले बैधानीक जगेडा कोषमा ६० करोड र नियामकीय जगेडा अन्तर्गत ८० करोड लाख रुपैयाँ व्यवस्थापन गर्दा शेयरधनीलाई बाँड्ने रकम भने न्यून देखिएको हो। चुक्ता पूँजी ८ अर्ब ५१ करोड रुपैयाँ रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३७ दशमलव ०३ रुपैयाँ छ। यस अवधिमा बैंकको जगेडा कोषमा ७ अर्ब ८१ करोड रुपैयाँ, शेयरधनी कोष ९रिटेन्ड अर्निङ मा १ अर्ब ८५ करोड र २३ करोड रुपैयाँ शेयर प्रिमियम रहेको छ। चैत मसान्तसम्म बैंकले १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब ५९ करोड लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। चालु आवको तेस्रो त्रैमासम्ममा बैंकको खुद ब्याज आम्दानी, शुल्क कमिसन आय बढेपछि सञ्चालन नाफा पनि बढेको छ।

बैंकले गत आवको चैत मसान्तको तुलनामा २४ करोडले खुद ब्याज आम्दानी वृद्धि गर्दै ४ अर्ब ३४ करोड रुपैयाँ कमाएको छ। बैंकको सञ्चालन नाफा पनि २० करोड रुपैयाँ बढेर ३ अर्ब ३६ करोड पुगेको छ। चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात ० दशमलव २० प्रतिशतमा छ। बैंकको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ, र पूँजीकोष अनुपात १२ दशमलव ६२ प्रतिशत रहेको छ

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय लेखा उपरथी दर्जामा पदोन्नती हुनु भएका लेखा सहायक रथी ध्रुवराज खत्रीलाई जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

 लेखा उपरथी दर्जामा पदोन्नती हुनुभएका लेखा उपरथी ध्रुवराज खत्रीलाई श्री सैनिक आर्थिक प्रशासन विभागको विभागीय प्रमुखको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

२% ब्याजदर घटाउँदैमा केही हुँदैन

कोरोना भाइरस (कोभिड १९)का कारण अर्थतन्त्र सबैभन्दा खराब अवस्थाबाट गुज्रने देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले यसलाई सन् २००८ को भन्दा पनि खराब अवस्था हुने प्रक्षेपण गरेको छ । आईएमएफले नेपालको हालसम्मको अवस्था मूल्यांकन गर्दा १ प्रतिशतमात्र आर्थिक बृद्धिदर हुने प्रक्षेपण गरेको छ ।

संयुक्त राष्ट्र संघले नेपालजस्ता साना अर्थतन्त्र भएका ४४ देश कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित बनेको र यी देशमा वस्तु र सेवा आपुर्ति अवरुद्ध हुँदा भोकमारीको चुनौति आउन सक्ने बारेमा ध्यान आकर्षण गरेको छ ।

अर्थतन्त्रलाई खराब अवस्थाबाट जोगाउन विभिन्न देशहरुले प्रभावकारी पहलहरु चाल्दै आएका छन् । बंगलादेशले ८ अर्ब डलर, युएईले २७ अर्ब डलर, दक्षिण कोरियाले १० अर्ब डलर, इण्डोनेसियाले ८ अर्ब डलरको आर्थिक प्याकेज कार्यान्यवनमा ल्याइसकेका छन् । अब अमेरिका, चीन, भारत र जापानजस्ता ठुला अर्थतन्त्र भएको देशले जीडीपीको १० प्रतिशतसम्म आर्थिक प्याकेजमार्फत् आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास गरिरहेको छन् ।

यो समस्या नेपालको मात्र होइन, यो समस्या कहिलेसम्म लम्बिन्छ भन्ने कुरा पनि थाहा छैन । तर यसका वाबजुत पनि हामीले हाम्रो जीवनलाई सामान्यरुपमा चलाउने प्रयन्त गर्नुपर्छ । त्यसका लागि हामीले अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउन प्रयत्न गर्नु पर्छ ।

नेपालमा पर्यटन, औधोगिक उत्पादन, रेमिट्यान्स निकै खराब अवस्थामा पुगिसकेका छन् । निर्माण, थोक तथा खुद्रा व्यापार, कृषि क्षेत्रसँगै बैंकिङ क्षेत्र प्रतिकुल अवस्थामा छ । जलविद्युत्, सिमेन्टजस्ता वृहत् लगानीका परियोजना निर्माणमा ढिलाइ भइरहेको छ । निर्माण सामाग्रीको उपलब्धतता प्राय शुन्य छ । यी सबै कारणले मुलुकले ठुलो र दुर्गामी मूल्य तिर्नुपर्ने स्थिति प्रष्ट देखिएको छ । अर्थतन्त्रमा अहिले आएको समस्या सरकार वा निजी क्षेत्रको मात्र होइन । यो हामी सबैको साझेदारी समस्या हो । त्यसैले हामी सर्वप्रथम सोचमा स्पष्ट हुन आवश्यक छ ।

साना तथा मझौला उद्योगको लागि ल्याउने राहतको प्याकेज ल्याउन राष्ट्रिय अर्थतन्त्र बढाउ दिनको लागि हो । सरकारले निजी क्षेत्रलाई भोज दिनको लागि राहतको प्याकेज ल्याउने होइन । निजी क्षेत्रलाई राहत नै नदिने र निजी क्षेत्रले पनि सरकारले एक्लैले समस्या समाधान गर्छ भन्ने सोच राख्नु हुँदैन ।

अहिले दुध दिने गाई बिरामी भएको छ । उपचार भएन भने त्यो मर्ने छ । सरकारले उपचार गर्नका लागि खर्च हुन्छ भने डराउनु हुँदैन । यदी सरकार डराएमा आर्थिक समस्या झनै बिकराल हुने छ । जसले यसले राष्ट्रिय ढुकुटीमा योगदान पुर्याएको छ त्यसलाई सहयोग गर्नुपर्छ । उनले पुनः ढुकुटीमा योगदान दिने छ । सरकारले जीडीपीको ५ देखि १० प्रतिशतसम्मको राहतको प्याकेज ल्याउनुपर्छ ।

अहिले निजी क्षेत्रको लागि बैंकको ऋणको ब्याजदरमा २ प्रतिशत घटाउने भनिएइइको छ । २ प्रतिशत छुटले केही अर्थ राख्दैन । उद्योग र व्यवसायमा तरलताको प्रवाह यसरी गर्नुपर्छ जसले गर्दा ती उद्योगले समस्या समाधान गर्न मिलोस् । बेलायतमा निजी क्षेत्रका उद्योग र व्यवसायमा काम गर्ने कर्मचारीको ८० प्रतिशत सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

रोजगारीको अवसरलाई कसरी जोगाएर राख्ने अहिले प्रमुख समस्या हो । नेपालमा वर्षेनी ५ लाख नयाँ मानिसहरु श्रम बजारमा प्रवेश तयार हुन्छन् । यो पटक रोजगारीको समस्या बिकराल देखिने भएको छ । खाडी मात्र होइन र युरोप र अमेरिकाबाट नेपाल फर्केनेहरु बढी हुने छन् ।

देशभित्रको रोजगारी गुम्ने छ । पर्यटन क्षेत्रमा रोजगारी कटौती हुने भएको छ । कोरोनाले हामीलाई अवसर पनि दिएको छ । खासगरी कृषि क्षेत्रमा नयाँ प्रयोग गर्नुपर्छ । जसरी नेपालमा सामुदायिक बनको सफल प्रयोग भयो त्यस्तै कृसि क्षेत्रमा नयाँ प्रयोग गर्नुपर्छ । भारत र चीनसँगको खुल्ला आयातसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था अहिले नेपालको कृषि क्षेत्रको छ ।

सरकारले बिगतमा गरेको गल्ती दोहराउन भएन । युवा बेरोजगार कोष होस् या प्रधानमन्त्री रोजगार कार्यक्रम ती असल नियतले ल्याएको हो । राज्यकोषबाट पैसा बाँड्दैमा रोजगारी सिर्जना हुँदैन ।

सरकारले यो पटक अलोकप्रिय भएपनि अर्थतन्त्रमा दुरमागी प्रभाव पार्ने काम गर्नुपर्छ । सरकार आफैंले गठन गरेको खर्च पुनरवोलकन आयोगले नै सरकारले अनावश्यक खर्च कटौती गर्दा ४ खर्ब बचत हुने सुझाव दिएको छ ।

नेपालमा रहेका ३ हजारभन्दा बढी समितिहरु आवश्यक छैनन् । मन्त्रालयको संख्या १६ र विभाग ३२ वटामा भएपनि चल्नसक्छ । सरकारी कोषका बोझ भएका सार्वजनिक संस्थालाई बिघठन वा निजीकरण गर्नुपर्छ । सामाजिक सुरक्षा कोषमा अर्बौं रकम छ । त्यसलाई श्रमिकको हितमा प्रयोग गर्नुपर्यो ।

सरकारले यसअघि अगाडि लगेका परियोजनाको कार्ययोजनाको आधारमा खर्च गर्नुपर्छ । हचुवाको तालमा बजेट खर्च गर्न भएन । राम्रोसँग अगाडि बढेका परियोजनालाई बजेट दिनुपर्यो खर्च नभएमा र प्रयाप्त तयारी नभएका योजनामा बजेट काट्नुपर्छ । (चौधरीले संसदमा व्यक्त गरेको बिचार)

तेस्रो त्रैमासमा एभरेष्ट इन्स्योरेन्सको फड्को, मुनाफा तीन गुणाले बृद्धि

सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशन गरेको छ। सिद्धार्थ इन्स्योरेन्सको नाफामा ११ प्रतिशतको गिरावट आएको छ। गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १८ करोड १० लाख खुद मुनाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा जम्मा १६ करोड ३ लाख खुद मुनाफा गरेको छ।

कम्पनीको अधिकांश सूचना सकारात्मक हुन नसकेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन १ प्रतिशतले घट्दै ६१ करोड १६ लाखमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ६१ करोड ९६ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन घटेको हो । कूल बीमा शुल्क भने बढेको छ । अघिल्लो वर्ष एक अर्ब ३४ करोड ३३ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष एक अर्ब ४९ करोड ८१ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

एक अर्ब चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २३ करोड ८४ लाख रहेको छ भने बीमा कोषमा ७५ करोड ६६ लाख रहेको छ।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २१ रुपैया ३७ पैसा रहेको छ भने किताबी मूल्य  २०८ रुपैयाँ ३९ पैसा छ।  कोरोना भाइरसको कारणले गर्दा कम्पनी बन्द हुँदा सिद्धार्थ इन्स्योरेन्सको नियमित ग्राहक अन्य कम्पनीले तानेको थियो । सो कुराको प्रत्यक्ष असर वित्तीय विवरणमा देखिएको हो ।

कम्पनीले ३७ करोड २२ लाख खुद दावी भुक्तानी गरेको छ भने ८१ करोड ४३ लाख बराबरको दावी भुक्तानी हुन् बाँकी छ ।

नेपाल एसबीआई बैंकको नाफा १० प्रतिशतले घट्यो

नेपाल एसबीआई बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा १ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत बर्षको सोहि अवधिमा १ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा बैंकको नाफा १० प्रतिशतले घटेको छ ।

चैत मसान्तसम्म्मा बैंकको खुद ब्याज आम्दानी ६ प्रतिशत र संचालन नाफा ७ प्रतिशतले घटेको छ । गत बर्षको तुलनामा बैंकले खुद ब्याज आम्दानी घटेर ३ करोड १३ लाख रुपैयाँ र संचालन मुनाफा ७ प्रतिशतले घटेर चैत मसान्तसम्ममा २ अर्ब ४ करोड रुपैयामा सिमित भएको छ।

हालको बैंकको चुक्ता पुँजी ८९ करोड रुपैयाँ रहेको छ भने रिर्जभ कोषमा ५१ करोड ६७ लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी (बार्षिक) ४ प्रतिशतले घटेर ४ रुपैयाँ ३३ पैसामा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ६८ पैसा रहेको छ ।

५१ हजार जनाले पौने तीन करोडको कोरोना बीमा गराए,

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना बीमा गराउनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । हालसम्मको तथ्याङ्क अनुसार कूल ५१ हजार भन्दा बढिले पौने तीन करोडको कोरोना बीमा गराएका छन् । नेपाल बीमक संघको नेतृत्वमा बीमा पुल मार्फत सञ्चालन गरिएको सो बीमामा राष्ट्रिय बीमा कम्पनीले तीन हजार पाँच सयभन्दा बढि मानिसले १६ लाख ४१ हजार रुपैयाँको बीमा गराएको सो कम्पनीले जनाएको छ ।

बीमा पुलमार्फत प्राप्त तथ्याङ्क अनुसार आइतबार साँझसम्म ४७ हजार ६९९ जनाले दुई करोड ५८ लाख ९७ हजार ३४० रुपैयाँ खर्च गरेर कोरोना बीमा गराएको छ । सो तथ्याङ्कमा राष्ट्रिय बीमा कम्पनीको विवरण समावेश छैन । राष्ट्रिय बीमा कम्पनीसहितको तथ्याङ्क समावेश गर्दा कूल दुई करोड ७५ लाख भन्दा बढिको कोरोना बीमा पोलिसी बिक्री भइसकेको छ । राष्ट्रिय बीमा कम्पनीले कोरोना बीमा गराउने क्रम जारी रहेको जनाएको छ । सिईओ डिल्ली अर्यालका अनुसार करिब तीन हजार पाँच सय जनाले कोरोना बीमा गराइसकेका छन् ।

कोरोना बीमा हाल विश्वभरि फैलिइरहेको कोरोना महामारी विरुद्ध बीमा समिति र बीमक संघले संयुक्त रुपमा अघि सारेको बीमा पोलिसी हो । बीमाको सिद्धान्त अनुसार क्षति भएकोमा दावी भुक्तानी गर्ने भएपनि कोरोना बीमा पोलिसी क्षतिको सिद्धान्तमा आधारित नभई कोरोना पोजेटिभ पुष्टि हुने वित्तिकै पाइने पूर्व तयारी खर्च बापतको भुक्तानी हो । विश्वकै बीमा इतिहासमा अण्डरराईटिङ नहुने दुर्लभ बीमा मध्येमा कोरोना बीमा पर्दछ ।

एनआइसी एसिया लघुवित्तले ऋणीलाई पाकेको ब्याजमा १०% छुट दिने

एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले अतिरिक्त १० प्रतिशत थप ब्याज छुट दिने भएको छ।

संस्थाले सबै प्रकारका कर्जाहरुमा लागू हुने गरी वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नु पर्ने सम्पूर्ण किस्ता/ब्याज रकम वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत छुट दिने भएको हो।

यसबाहेक हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने भएको छ। राष्ट्र बैंकले लघु वित्त वित्तीय संस्थाका ऋणीहरुले चैत मसान्तसम्म कायम ब्याज दरमा ३ प्रतिशत बिन्दु ब्याज छुट प्रदान गर्न निर्देशन दिएको थियो।

तीन प्रतिशत बिन्दु ब्याज घटाएपछि कायम हुने ब्याज रकममा थप १० प्रतिशत छुट ऋणीले पाउने छन्। यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुमा लागू हुने छ। यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेठ पहिलो साताभित्र सम्बन्धित ग्राहक सदस्यहरुको खातामा जम्मा हुने छ।

राष्ट्र बैंकले चैतमा दिएको छुट वापतको हुन आउने १९ लाख ८३ हजार ५६७ रुपैयाँ संस्थाले ग्राहकको खातामा जम्मा गरिसकेको छ।