जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

नेकपाभित्रको द्वन्द्व जनतालाई हर्ष न विस्मात्

सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक द्वन्द्वले गर्दा कोरोना भाइरस (कोभिड १९) ले मुलुक आक्रान्त भएको बेला थप समस्या सिर्जना भएको छ । गत शनिबार बसेको नेकपाको सचिवालय बैठकले पार्टीका दुवै अध्यक्षले आ आफ्ना कमी कमजोरीप्रति आत्मालोचना गरेर अघि बढ्ने निर्णय गरेपनि नेकपाका शिर्ष नेताहरुमा हार्दिकता देखिएको छैन । मुलुक संकटमा रहेका बेला सत्ताधारी दलभित्र कसले सत्ता हत्याउने भन्ने विषय नै समस्याको मूल जड रहेको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण हुँदा तत्कालिन नेकपा एमाले अध्यक्ष केपीओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवै पार्टीका अध्यक्ष हुने निर्णय नै गलत रहेको थियो । केपीओली पहिलो पटक २०७२ सालमा प्रधानमन्त्री रहेका बेला ओलीले जनताप्रति जगाएको आशा एवं विश्वासलाई मध्यनजर गर्दै जनताले गएको प्रतिनिधिसिभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीलाई झण्डै दुई तिहाई मत दिएका थिए । सत्ताधारी दल नेकपालाई अहिले त्यहि मत भारी परेको छ ।

संघीय सरकारदेखि प्रदेशसभा र स्थानीय तहमा समेत नेकपाकै बहुमत रहेको छ । ७ वटा प्रदेशमध्येका ६ वा प्रदेशमा नेकपाकै बहुमतको सरकार रहेको छ भने राष्ट्रिय सभामा नेकपाकै दुई तिहाई मत रहेको छ । दुवै पार्टी एकीकरण हुँदा दुवै अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । बहुमत रहेको अवस्थामा आलोपालो सरकारको नेतृत्व गर्दा अझ संकट आउन सक्ने भन्दै गत मंसिरमा दुवै अध्यक्षले अर्को सहमति गरेर पाँच वर्ष सम्म केपी ओली नै प्रधानमन्त्री रहने र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीको कार्यकारी अध्यक्ष बनाउने निर्णय नै पछिल्लो पटक समस्याको जड रहेको जस्तो देखिएको छ । दाहाल कार्यकारी अध्यक्ष भएपछि कतै आफ्नो नेतृत्वको सरकारलाई हस्तक्षेप गर्ने हुन् कि भन्ने डर प्रधानमन्त्री ओलीमा रहेको थियो ।त्यही सहमति पछि दुई अध्यक्षबीच फाटो ल्याउने काममा नेकपाकै नेताहरु सक्रिय भएका थिए । तत्कालिन नेकपा एमालेका नेता माधव नेपाल र केपीओलीबीच कहिल्यै हार्दिकता देखिएको छैन । उनीहरु दुवैले एकले अर्कोलई खुइल्याउने काम गर्दै आएकाले तत्कालिन नेकपा एमालेमा गुट उपगुट रहेका र तिनै गुटको सल्लाहमा एकले अर्कोलाई सिध्याउने खेल खेल्दै आएका थिए ।

कम्युनिष्ट पार्टीभित्र गुट उपगुट हुनु कम्युनिष्ट सिद्धान्त विरुद्ध भएपनि त्यस्तो गुटहरु दुवै पार्टी एकीकरण पश्चात् अझ बलियो भए । नेकपाका वरिष्ठ नेता माधव नेपाल र केपीओलीले आ आफ्ना गुट सञ्चालनमा ल्याएपछि झलनाथ खनाल र वामदेव गौतमले समेत स साना गुटहरु सञ्चालन गरिरहेका थिए उनीहरुका त्यस्ता गुटहरु अहिले पनि सञ्चालन भैरहेको छ । आफूलाई राजनीतिक खेलाडी ठान्ने पुष्पकमल दाहालले पछिल्लो समयमा तत्कालिन नेकपा एमालेमा रहेका गुटहरु भित्र खेल्ने मौका पाए । कहिले उनी केपीओलीसँग नजिक रहेर माधव नेपाल गुटलाई किनारा लगाउन व्यस्त रहे भने कहिले माधव नेपालसँग मिलेर ओलीलाई किनारा लगाउन लागि परे । यी तिनै जना शक्ति सन्तुलनमा झण्डै बराबरीका हैसियतमा रहेका हुनाले दुई जना जता लाग्छ अर्को व्यक्ति पेलिने सम्भावना रहन्छ । त्यसैले पुष्पकमल दाहालले ओली नेपाललाई समय र परिस्थिति अनुसार खेलाउँदै आएका छन् ।

नेकपाभित्रको मुख्य समस्या भनेको त्यही हो । जुन समस्या तत्कालै समाधान हुन सक्ने अवस्थ देखिँदैन । नेकपाको यो समस्या आउँदो महाधिवेशनसम्म रहिरहने प्राय निश्चित छ । त्यसैले गर्दा महाधिवेशनमा प्रभाव देखाउनका लागि अध्यक्ष दाहाल र माधव नेपालले आ आफ्ना गुटलाई संरक्षण गरिरहन आवश्यक देख्छन् । प्रधानमन्त्री केपी ओली आफ्नो स्वास्थ्यको कारण पार्टीको महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार नहुने भएपनि पार्टी भित्रको उनको प्रभाव रहने भएकाले ओली पक्षले जसलाई समर्थन गर्छ त्यही पक्षको जित हुने भएकाले पुष्पकमल दाहाल ओली पक्षल¬¬¬ाई तत्काल चिड्याउन चाहाँदैनन् भने नेपाल पक्षलाई समेत हातमा लिएर एक्लो अध्यक्ष बन्ने चाहनाका साथ अगाडि बढेका छन् । त्यसै कारण सचिवालय बैठकमै दुवै अध्यक्षले आत्मालोचना गरेपनि उनीहरुका समूहगत भेला जारी राखेका छन् ।

आफ्नो पार्टीका मान्छेलाई बचाएर अन्य केहीलाई मुद्दा दायर गरेर पछि स्वयम् प्रधानमन्त्री विवादमा तानिएका छन् । आफुसँग झण्डै दुई तिहाई मत रहेको छ भन्दै विरोधी र सञ्चार माध्यमलाई उछितोे काड्ने कार्यले व्यापकता पाएको छ । हुँदाहुँदा आफ्नै पार्टीलाई समेत सहमतिमा लिनुको बदला कसलाई तह लगाउन राजनीतिक दल विभाजन सम्बन्धी ऐन र सम्वैधानिक परिषद्सम्बन्धी ऐन हतार हतारमा संशोधन गरियो त्यस्को जवाफ प्रधानमन्त्रीले जनतालाई दिनुपर्दछ ।

तत्कालीन माओवादी पक्षमा अध्यक्ष दाहाललाई चुनौती दिनसक्ने व्यक्ति कोही नभएकाले तत्कालीन माओवादी पक्ष दाहाललाई अध्यक्ष बनाउन अहिले देखि नै सक्रिय भएको छ भने तत्कालीन नेकपा एमाले पक्षबाट माधव नेपाल र वामदेव गौतम अध्यक्षका सम्भावित उम्मेदवार हुन सक्ने आंकलन गरिएकोले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री केपी ओली लागि परेका छन् । वामदेव गौतम यस्ता व्यक्ति हुन् उनी जति राजनीतिक फाइदा हुन्छ त्यतै लागिहाल्छन् त्यसको उदाहरण हो अघिल्लो दिनसम्म प्रधानमन्त्रीको राजिनामा माग गर्ने पहिलो व्यक्ति उनी थिए । तर प्रधानमन्त्री बनाउने आश्वासन पाएपछि उनले सबै कुरालाई विर्सिएर ओली पक्षमा गए त्यसैको फस्लस्वरुप सचिवालयमा ओली पक्ष बहुमतमा पुग्यो भने दाहाल, नेपाल पक्ष अल्पमतमा प¥यो । दाहाल नेपाल पक्ष अल्पमतमा परेपछि राजनीतिक हिसाबले दाहालले जित हात पारेका छन् भने नेपाल भने फेरी हारेका छन् । सचिवालयको बैठक हुनुभन्दा अगाडि प्रधानमन्त्री ओली र दाहालले केही समय गोप्य बैठक गरेका थिए । त्यो बैठकमा के भयो भन्ने बारे दाहालले अहिलेसम्म केही नबताएका हुनाले नेपाल पक्ष फेरी दाहालसँग रुष्ट भएको छ । त्यसैले माधव नेपालले आफ्नो पक्षका नेताहरुसँगको बैठकमा भनेका थिए दुई अध्यक्षहरुले चोचोमोचो मिलाए भनेर ।

प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री बन्दा बनाएको साख पछिल्लो समयमा बचाउन सकेनन् । यो सत्य वास्तविकता हो । तर उनी त्यसलाई स्वीकार गर्न तयार रहेका छैनन् । उनीमा एक प्रकारको दम्भ र घमण्ड देखिएको छ । पार्टीभित्रको आन्तरिक द्वन्द्व भनेको प्रधानमन्त्रीको कार्यशैली सरकारका तर्फबाट भएका विवादास्पद निर्णयहरु, अनियमितता, विवादास्पद व्यापारिक घटनासँग सरकार र सरकारका मन्त्रीहरुको सम्बन्ध र त्यसैले पार्टी र सरकारलाई पारेको असर नै हो । जनतालाई मिठा मिठा आश्वासनका पोकाहरु बाँडेर चुनावमा झण्डै दुई तिहाई मत पाएको नेकपाले देश र जनतालाई हेरेर काम गरेको भए मुलुकको अवस्था यस्तो नाजकु हुने थिएन । तर सत्तालाई कमाउने भाँडोको रुपमा प्रयोग गरियो, सरकारले त्यस्ता काम गर्दा पनि पार्टीले केहीगर्न नसकेको हुनाले अब सरकारले गरेका काम कारबाहीको जिम्मेवारी पार्टीले समेत लिनुपर्दछ ।

मुलुक संकटमा रहेको बेला भ्रष्टाचारले व्यापकता पाएको छ । अरु त अरु कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि खरिद गरिएको औषधी र उपकरणमा समेत भ्रष्टाचार भएको छ यदि भ्रष्टाचार नभएको भए किन सरकारले आफैँले सम्झौता गरेको ओम्नी ग्रुपसँग भएको सम्झौता खारेज ग¥यो त ? विभिन्न सञ्चार माध्यम र सत्ताधारी दलकै जिम्मेवार नेताहरुले औषधी प्रकरणमा भ्रष्टाचार भएको बताइरहँदा प्रधानमन्त्री भने भ्रष्टाचारीहरुलाई बचाउन काँध थाप्न पुगे । निर्मला पन्तको हत्यारा आजसम्म पत्ता लगाउन सरकार असफल सावित भएको छ । बालुवाटार ललिता निवास जग्गाकाण्ड हराएको छ । आफ्नो पार्टीका मान्छेलाई बचाएर अन्य केहीलाई मुद्दा दायर गरेर पछि स्वयम् प्रधानमन्त्री विवादमा तानिएका छन् । आफुसँग झण्डै दुई तिहाई मत रहेको छ भन्दै विरोधी र सञ्चार माध्यमलाई उछितोे काड्ने कार्यले व्यापकता पाएको छ । हुँदाहुँदा आफ्नै पार्टीलाई समेत सहमतिमा लिनुको बदला कसलाई तह लगाउन राजनीतिक दल विभाजन सम्बन्धी ऐन र सम्वैधानिक परिषद्सम्बन्धी ऐन हतार हतारमा संशोधन गरियो त्यस्को जवाफ प्रधानमन्त्रीले जनतालाई दिनुपर्दछ । आफूले गरेका निर्णयहरु लागू हुन सक्दैनन् भन्ने जान्दा जान्दै निर्णय गरेपछि त्यस्ता निर्णय फिर्ता लिन सरकार बाध्य हुनु भनेको सरकारको नालायकीपन बाहेक अन्य केही हुन सक्दैन । आफ्नो असफलता र नालायकीपनलाई लुकाउनको लागि सञ्चार माध्यमले अस्थिरता निम्त्याउन खोजे भने अभिव्यक्ति दिनु प्रधानमन्त्रीका लागि लाजमर्दो विषय हुनुपर्दथ्यो ।

आफ्नै पार्टीका नेताहरुसँग प्रधानमन्त्रीको तिक्ततापूर्ण सम्बन्ध रहेको बेला अनावश्यक रुपमा सञ्चार माध्यम र सामाजिक सञ्जालहरुलाई गाली गरेर प्रधानमन्त्रीले आफ्नो साख घटाएका छन् । पार्टीभित्रको आन्तरिक द्वन्द्वले गर्दा जनता समेत मारमा परेका छन् । कोरोना भाइरसका कारण मुलुकमा लकडाउन गरिएको छ । त्यसकारण जनताले संकट भोग्नु परिरहेको छ भने एक किमिसले जनता थुनामा बसेका छन् । विदेशबाट स्वदेश फर्किन चाहने व्यक्तिहरुले स्वदेश आउन पाएका छैनन् भने सत्ताधारी दलका नेताहरुले आ आफ्नो चुनावी क्षेत्रका व्यक्तिहरुलाई काठमाडौ बाहिर पठाउने गरेका छन् । के सत्ताधारी दलका नेताहरुलाई चाँहि लकडाउन लाग्दैन ? पछिल्लो समयमा तिनै नेताहरुले फेरी उपत्यका बाहिरबाट आफ्ना मान्छेलाई उपत्यका ल्याइरहेका छन् । सर्वसाधारण जनता सडकमा निस्किएर पिटाइ खानुपर्ने हुन्छ भने नेताहरुले बसका बस मान्छे ल्याउनेलाई छुट किन ?

अहिले पनि सर्बोच्च अदालतमा सरकारका विपक्षमा धेरै मुद्दाहरु रहेका र तिनै मुद्दालाई प्रभाव पार्ने गरी भेटघाट भएको हो कि भन्ने आशंका जनतामा फैलिएको छ । त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत औषधी खरिदमा भ्रष्टाचार भएको भन्दै छानविन गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री र उपप्रधानमन्त्री एवं रक्षामन्त्री विरुद्ध समेत उजुरी परेको हुनाले त्यसलाई प्रभाव पार्ने मनसायले भेट गरेको हुनसक्ने भएकाले प्रधानमन्त्री ओलीले कतै सम्वैधानिक निकाय र सर्बोच्च अदालतलाई समेत प्रभावमा पारेर आफ्नो पक्षमा निर्णय गराउन निर्देशन दिएका त होइनन् ?

विश्वका प्राय सबै देशमा कोरोना भाइरसको प्रभाव परेको भए पनि त्यहाँका सरकारहरुले आफ्ना नागरिकलाई बचाउन हरेक प्रकारका सहयोग गरिरहेको भएपनि हामीकहाँ भने नाममात्रको राहत बाँडिएको छ । एउटा परिवारलाई पाँच किलो चालम दिएर राहत बाँडेको प्रचार गरिएको छ । दैनिक मजदुरी गरेर खाने व्यक्तिहरुले पाँच किलो चामलले कति दिन पेट पालन सक्छन् ? राहतमा भेदभाव गरिएको समाचारहरु आएका छन् । राहतको नाममा कुहिएको चामल बाँडिएको छ । स्थानीय सरकारहरुले संघीय सरकारले केही सहयोग नगरेको भन्दै दुखेसो पोखिरहेका बेला प्रधानमन्त्री भने आफ्नै पार्टीभित्रको आन्तरिक द्वन्द्वामा फसेको र उनैको पार्टीभित्रको आन्तरिक द्वन्द्वले गर्दा जनताले अनावश्यक दुःख कष्ट सहनु परेको छ । सत्ताधारी दलभित्र मुलुक र जनताको लागि नभएर कसलाई सत्तामा पु¥याउने र कसले कति खाने भनेर नै मुल मुद्दा रहेको छ । यदि त्यसो हुँदैन थियो भने सत्ताधारी पार्टीले सरकारलाई ठोस निर्देशन दिएर जनताको पक्षमा निर्णय गर्न सक्दथ्यो तर त्यसो हुन सकेन । त्यसैले गर्दा सरकारले गरेका हरेक काम कारबाहीको जिम्मेवारी पार्टीले लिनुपर्दछ । प्रधानमन्त्री वा मन्त्रीहरुलाई देखाएर पार्टी भाग्न पाउँदैन । पार्टीको सरकार भएको हुनाले सरकारलाई नियन्त्रण गर्ने काम पार्टीकै भएकाले अहिले सरकारमात्र असफल भएको होइन पार्टी समेत असफल भएको छ ।

ओली सरकारले गर्ने गरेका प्राय हरेक निर्णयहरु पछिल्लो समयमा विवादको घेरामा तानिएका छन् । त्यसै क्रममा प्रधानमन्त्रीले सर्बोच्च अदालतका प्रधानन्यायाधिश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई आफ्नै सरकारी निवासमा बोलाएर भेटघाट गरेका छन् । अहिले पनि सर्बोच्च अदालतमा सरकारका विपक्षमा धेरै मुद्दाहरु रहेका र तिनै मुद्दालाई प्रभाव पार्ने गरी भेटघाट भएको हो कि भन्ने आशंका जनतामा फैलिएको छ । त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत औषधी खरिदमा भ्रष्टाचार भएको भन्दै छानविन गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री र उपप्रधानमन्त्री एवं रक्षामन्त्री विरुद्ध समेत उजुरी परेको हुनाले त्यसलाई प्रभाव पार्ने मनसायले भेट गरेको हुनसक्ने भएकाले प्रधानमन्त्री ओलीले कतै सम्वैधानिक निकाय र सर्बोच्च अदालतलाई समेत प्रभावमा पारेर आफ्नो पक्षमा निर्णय गराउन निर्देशन दिएका त होइनन् ?यदि त्यसो हो भने नेपालको इतिहासमै प्रधानमन्त्री ओली कलंकित प्रधानमन्त्रीका रुपमा दरिन सक्छन् त्यसैले त्यस्ता अलोकतान्त्रिक कार्यहरु नगर्न र जनतामाथि घात नगर्नु नै प्रधानमन्त्रीको हितमा हुनेछ ।

युनाइटेड इन्स्योरेन्सको खुद नाफा ७ करोड ५५ लाख १३ हजार रुपैयाँ …?

युनाइटेड इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमसको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले खुद नाफा ४ करोड २६ लाख ६ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४३.५७% ले धेरै हो ।  गत वर्ष यस कम्पनीले ७ करोड ५५ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
तर खुद बिमा शुल्क र पुनर्बिमा कमिसन भने बढेको छ । खुद बिमा शुल्क आर्जन २३ करोड ८२ लाख ५० हजार रुपैयाँबाट बढेर २४ करोड ७१ लख ९७ हजार रुपैयाँ पुगेको छ भने पुनर्बिमा कमिसन पनि २३ करोड ८२ लाख ५० हजार रुपैयाँबाट बढेर २४ करोड ७१ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।
यस त्रैमास सम्ममा कम्पनीले कुल १० करोड ३४ लाख ७३ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम कुल ४२ करोड ५९ लाख ५४ हजार रुपैयाँ रहेको छ । कम्पनीले बिमा कोषको आकार भने न्यून (१.९३%) ले बढेर ३४ करोड ७४ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।
यो समिक्षा अवधिसम्म यस कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ६० पैसा रहेको विवरणमा उल्लेख छ

रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा २ करोड ७० लाख १६ हजार रुपैयाँ …?

रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ६ करोड १८ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १२८.८१% ले धेरै हो । गत वर्षको यहि अवधिमा कम्पनीले २ करोड ७० लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बिमा शुल्क पनि १११.५९% वृद्धि गरेर ७९ करोड ७१ लख रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले ३७ करोड ६७ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीले यो तेश्रो त्रैमाससम्ममा १ करोड ६७ हजार रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४७ करोड रहेको छ भने जगेडा कोषमा १४ करोड ९६ लाख रुपैयाँ रहेको छ । कम्पनीले महाविपत्ति कोषका लागि १ करोड ६६ लाख रुपैयाँ छुट्याएको छ । यस्तै, जीवन बिमा कोष पनि २४ करोड १८ लाख रुपैयाँबाट बढाएर ८६ करोड ९८ लाख पुर्याएको छ ।

कोरोना बीमा गर्नेको संख्या ४० हजार …?

कोरोना बीमा गर्नेको संख्या ४० हजार नाघेको छ । कोरोना भाइरसको क्षतिलाइ मध्येनजर गर्दै बीमा समितले उक्त बीमा पोलिसी ल्याएको थियो । जस अनुसार हालसम्म ४० हजार बढीले कोरोना बीमा गरेका छन् ।
बीमा समितिले एक लाख रुपैयाँ र ५० हजार रुपैयाँको कोरोना बीमा पोलिसी ल्याएको थियो । यी दुवै पोलिसी ४० हजार बढीले खरिद गरेका हुन् । कोरोना बीमा पूलमा संकलन भएको ३९ हजार ४१५ जना र राष्ट्रिय बीमा कम्पनीले बीमा गराएको एक हजार भन्दा बढि पोलिसी सहित कूल कोरोना बीमा पोलिसी खरिद गर्नेको संख्या ४० हजार नाघेको हो ।
बुधबारसम्ममा दुई करोड १४ लाख भन्दा बढिको कोरोना बीमा पोलिसी बिक्री भइसकेको छ भने राष्ट्रिय बीमा कम्पनीको समेत थप गर्दा बीमा शुल्क आम्दानी करिब साढे दुई करोड हाराहारीमा छ । बधुबार मात्रै दुई हजार एक सय जनाले कोरोना बीमा गराएर ११ लाख रुपैयाँ भन्दा बढि बीमा शुल्क आर्जन भएको थियो । नेपालमा हाल कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार मात्रै नेपालमा एकै परिवारका १७ सदस्यमा कोरोना पोजेटिभ देखिएको थियो ।

सिटिजन्स बैंकद्वारा मास्क, सेनिटाइजर र पन्जा हस्तान्तरण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वडा प्रहरी कार्यालय विर्ता, पर्सालाई मास्क, सेनिटाइजर तथा पन्जा हस्तान्तरण गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले मास्क, पन्जा तथा सेनिटाइजर  प्रदान गरेको हो  ।

कोभिड १९ को महामारीलाई नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको कुरा बैंकले जानकारी दिएको छ । यस किसिमको सहयोगले कोरोना महामारीविरुद्ध लड्न सुरक्षा  निकायलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यस अघि पनि कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा  बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा ७ लाख रुपैयाँका दरले रु ४९ लाख रुपैयाँ तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव पाँच लाख गरि हालसम्म कुल ५४ लाख रुपैयाँको सहयोग गरिसकेको छ । आगामी दिनमा समेत महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ ।

कोरोना भाइरस कोभिड १९ महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको ए.टि.एम कुनै पनि बैंकको ए.टि.एम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

बैंक तथा बीमा कम्पनी पनि  खुल्ने   

 सरकारले खुकुलो बनाएको लकडाउनसँगै बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीका शाखा कार्यालयहरु शुक्रबारदेखि खुल्ने भएका छन् ।

शुक्रबारदेखि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका शाखा कार्यालय खुल्ने व्यवस्था मिलाइएको छ । तर,एकतिहाई कर्मचारीले मात्र शाखा कार्यालय खोल्नुपर्छ ।

अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले केन्द्रीय कार्यालय बाहेक शाखा कार्यालय साताको एकदिन खोल्दै आएका थिए । बीमा कम्पनीको हकमा भने सुरुका केहीदिन पास नै नपाएको कारण सबै सेवा बन्द नै जस्तो थियो ।

पछिल्लो समय पास लिएर तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले पत्र र परिचयपत्रको आधारमा कर्मचारी कार्यालय गएका थिए । सरकारको निर्णयले शाखाहरु खोल्न दिने भन्ने रहेको हुँदा शुक्रबारदेखि शाखा कार्यालय संचालनमा आउने छन् ।

आइतबारदेखि शेयर कारोबार खोल्न सरकारले दियो अनुमति

सरकारले थपिएको लकडाउन खुकुलो बनाउँदै धितोपत्र बजार कारोबार गर्न अनुमति दिएको छ।

आज बसेको मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री तथा सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरु, बीमा, धितोपत्र, सहकारी संस्थाहरु मार्फत अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीहरुमध्ये बढीमा एक तिहाई कर्मचारीद्धारा सेवा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउज घोषणा गरेसँगै चैत ९ गते अन्तिम पटक शेयर कारोबार भएको थियो। त्यससता शेयर कारोबार बन्द छ । लकडाउन अवधि बढेसँगै नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र दलाल र लगानीकर्ताहरुले लामो समय शेयर कारोबार बन्द राख्दा अन्तराष्ट्रिय समुदायमा समेत राम्रो सन्देश नजाने भन्दै खुलाउनुपर्नेमा एकमत रहेका थिए।

यस्तै सरकारले अति आवश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरुमा आवश्यक न्यूनतम कर्मचारीहरुबाट आलोपालो मिलाई कार्यालय सञ्चालन गरि तोकिएको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डको अनुशरण गरि सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

१४ सदस्यीय ‘अर्थतन्त्र विशेष समिति’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘अर्थतन्त्र केन्द्रित विशेष समिति गठन ‘ गरेको छ। कांग्रेस सभापति शेयर बहादुर देउवाले पुर्व अर्थमन्त्री डा. राम शरण महतको संयोजकत्वमामा १४ सदस्यीय समिति गठन गरेका हुन् ।

विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्री रहेका, संसदीय दलमा अर्थ संयोजक गरेका, तथा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनिसकेका मध्येबाट सम्सी गठन गरिएको कांग्रेसले जनाएको छ ।

समितिले तत्कालीन रूपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रूपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दूरगामी दृष्टिकोण निर्माण गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

यस्तो छ कांग्रेसको अर्थतन्त्र केन्द्रित विशेष समिति
१) संयोजक — डा. रामशरण महत
२) सदस्य —  महेश आचार्य
३) सदस्य —  ज्ञानेन्द्रबहादुर कार्की
४) सदस्य — डा. नारायण खड्का
५) सदस्य — डा. मिनेन्द्र रिजाल
६) सदस्य — चिनकाजी श्रेष्ठ
७) सदस्य — दिपकुमार उपाध्याय
८) सदस्य — भरत शाह
९) सदस्य — उदय शमशेर राणा
१०) सदस्य — डा. पृथ्वीराज लिगल
११) सदस्य — डा. शंकर शर्मा
१२) सदस्य — डा. जगदीशचन्द्र पोख्रेल
१३) सदस्य — डा. गोविन्द पोख्रेल
१४)  सदस्य — डा. स्वर्णिम वाग्ले

४४ प्रकारका उद्योगहरु बिहीबारबाट सञ्चालन गर्न पाइने

सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो ।

यी हुन् वैशाख २६ गतेदेखि सञ्चालन गर्न पाइने ४४ प्रकारका उद्योग :

१) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु

२) दुध तथा दुग्ध पदार्थ उत्पादन उद्योग

३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु

४) खाने पानी उत्पादन गर्ने उद्योगहरु

५) इँटा उद्योग

६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग

७) खाने तेल तथा घ्यू उद्योग

८) चिनी उद्योग

९) चिया प्रशोधन उद्योग

१०) एलपीजी ग्याँस उद्योग

११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग

१२) कफि उद्योग

१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग

१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग

१५) मसला उद्योग

१६) अलैंची र अदुवा प्रशोधन उद्योग

१७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग

१८) धान चामल र चिउरा उद्योग

१९) दाल उद्योग

२०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग

२१) खानी तथा खनिजजन्य उद्योग

२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग

२३) सिमेण्ट उद्योग

२४) आइरन तथा स्टिलउद्योग

२५) पेन्टिङ्गस (रंगरोगन) उद्योग

२६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग

२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग

२८) जुुस तथा हल्का पेयपदार्थ उद्योग

२९) प्लाइउड र भेनिर उद्योग

३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु

३१) जस्ता पाता उद्योग

३२) हेभी मेशीनरी औजार मर्मत संभार

३३) खनिजजन्य उद्योग र खानीहरु -लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)

३४) समिल र काष्ठ उद्योग

३५) आल्मुनियम उद्योग

३६) ग्रील उद्योग

३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग

३८) ढुवानी तथा कार्गो सेवा उद्योग

३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग

४०) मोटर ग्यारेज वर्कसप उद्योग

४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग

४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग

४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग

४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग

सबै बैंक तथा वित्तीय संस्थाहरुलाई अनिवार्य रुपमा कृषि क्षेत्रमा लगानी गर्नुपर्छ

संसारले हालसम्म व्यहोरेका आर्थिक संकटहरुसँग गाँसिएका क्रमश ः वित्तीय वा बैंकिङ्ग , वाह्य ऋण, कर्पोरेट डेब्ट, मुद्रा, उर्जा, तेल, हाउसहोल्ड डेब्ट, सार्वभौम ऋण आदि संकटहरु व्यहोरिसकेको थियो । यी विभिन्न प्रकारका संकटहरुलाई ढिलो चाँडो विश्व पुनरोत्थान गरी आर्थिक वृद्धिको लयलाई पक्रन सफल भएको देखिन्छ ।

यस पटकको अर्थिक संकट भने महामारी अघि अघि विश्व अर्थव्यवस्थाको संकट पछि पछि गर्दै आएको एउटा फरक प्रकृतिको संकट हो । यसले विश्व अर्थ व्यवस्थालाई एकै पटक पूर्ण रुपले निष्कृय बनाएको छ । मानौ , विगत १ महिनादेखि यो महामारीले संसारलाई नै एउटा ठूलो जेलमा परिणत गरिदिएको छ । यस भन्दा पूर्व आर्थिक संकट एक्लै आउथ्यौ भने यस पटकको संकट मानवीय विपत्ति मार्फत आएको आर्थिक संकट भएकाले यसको आयतन र गहिराई पनि व्यापक छ । यसले विश्वभरिको अर्थतन्त्रलाई एकैनासले गाँजेको हो ।

आर्थिक उदारीकरण र डिरेगुरेशनको कारण विकसित र विकासशील दुई प्रकारका अर्थव्यवस्था भएका देशहरु सबैले स्वास्थ्य क्षेत्रमा लगानी न्यून गरिरहेका थिए भन्ने स्पष्ट देखिएको छ । त्यसैले संसारले यो महामारीसंग तयारी बिना नै लडिरहेका छ । बढी आर्थिक उदारीकरण र डिरेगुरेशनमुखी अर्थ व्यवस्थाले आफ्नो चिहान आफैं खन्छ , भन्ने कथनलाई पनि यो महामारीले स्मरण गर्न वाध्य पारेको देखिन्छ । अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०२० मा विश्व अर्थव्यवस्थाको आर्थिक वृद्धिदर ३।४ र विकसित देशहरुको १।७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेकोमा कोविड (१९ ले पुर्याएको असर पश्चात् क्रमश : ३ र ६।१ प्रतिशतले ऋणात्मक हुने संसोधित अनुमान गरेको छ ।

त्यसैगरी उदाउँदो (इमर्जिङ्ग) र विकासशील अर्थतन्त्रको आर्थिक वृद्धिदर ४।६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेकोमा १ प्रतिशत ऋणात्मक हुने संसोधित अनुमान गरेको छ । यस्तो अवस्थाबाट नेपाल पनि अछुतो हुन सक्ने स्थिति नै भएन । सरकारले लिएको उचित कदमका कारण नेपालमा मानवीय क्षतिलाई नियन्त्रण राख्न संभव भएको छ । नेपालको सन्दर्भमा हेर्दा अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरिरहेका असंगठित क्षेत्रका मजदूरलाई निम्त्यिएको आर्थिक संकटले बढी पीडा पुर्याउने देखिएको छ । त्यसमा पनि यिनीहरुको आधिकारिक तथ्याङ्ग राख्ने जिम्मेवारी पाएका निकायहरुले तथ्याङ्ग नराख्नाले राहत तथा उद्धार कार्यका ढीलो पुग्न जाने देखिन्छ । त्यसैले मजदूरहरुको हित हेर्ने श्रम विभाग र यसको नेतृत्व गर्ने श्रम मन्त्रालय लगायतका जिम्मेवार निकायहरुलाई गल्ती नदोहोरिने गरी यस कार्यको जिम्मेवारी सुम्पनु पर्ने हुन्छ ।

कोविड ( १९ को कारणबाट अर्थतन्त्रको क्षति नेपालमा आर्थिक गतिविधिका सबै क्षेत्रमा परेको छ । व्यापारमूलक व्यवसायमा जस्तै खाद्यान्न होलसेल तथा रिटेल व्यापार, खाद्यान्न उद्योग औषधिको होलसेल तथा रिटेल व्यापार र औषधि उद्योग, फुड एण्ड वेभरेज उद्योग तथा अन्य दैनिक उपभोग्य वस्तुहरुको होलसेल र रिटेल व्यापार लगायतका क्षेत्रमा कुल कर्जा करिब रु. ३२०० अर्बको पोर्टफोलियो मध्ये करिब रु १६०० अर्ब देखि रु. १८०० अर्बको पोर्टफोलियोलाई अनुभव गर्न नसकिने वा सामान्य असर पर्न सक्ने देखिन्छ । त्यसैको नतिजा बैकिङ प्रणालीमा २०७६ मा चैतमा ५० अर्बको निक्षेप संकलन भएको तथ्यले पनि ती क्षेत्रमा सामान्य असर परेको पुष्टि हुन्छ । कुल कर्जा पोर्टफोलियोको एक तिहाई जस्तै कृषि, पर्यटन, यातायात र केही सेवा क्षेत्रका कर्जाहरुलाई अतुलनीय क्षति पुग्ने देखिन्छ भने र रियलस्टेट लगायतका केही सेवा क्षेत्रका कर्जाहरुमा क्रमशः क्षतिको संक्रमण फैलदै जाने देखिएको छ ।

तत्कालीनको कार्य दिशा
सरकारी र निजी क्षेत्र दुवैले संगठित क्षेत्रका श्रमिकहरू उत्पादनसँग जोड्ने काम लकडाउन कै समयभित्र नै गरी हाल्नु पर्छ । सामाजिक दूरी कायम गरेर अब उद्योग धन्दा र व्यापार व्यवसाय खोल्नु पर्छ । नराम्ररी असर परेका सेवा क्षेत्रका उद्योग तथा व्यवसाय चलाउने वातावरण बनाउँदै जानुपर्छ । राष्ट्रिय गौरवका आयोजनाहरूलाई पनि त्यही किसिमले काम नरोकिने व्यवस्था मिलाउनु पर्छ । पूर्वाधार निर्माण र राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक पर्ने निर्माण सामग्री जस्तै सिमेन्ट र डण्डी उद्योगहरुलाई तत्काल नै सञ्चालनमा ल्याउनुपर्छ । पूर्वाधार निर्माणको काम अगाडि बढाउनु पर्छ ।

असंगठित क्षेत्रका श्रमिकलाई सबैभन्दा पहिलो कुरा खाद्यान्न र औषधि व्यवस्थापन गर्न ढीलो गर्नु हुँदैन, नत्र भोकमरी, कुपोषण र रोगले अर्को समस्या निम्त्याउँछ । उनीहरूलाई बचाउन अन्न र औषधि नै चाहियो । कुनै एउटा निकायलाई जिम्मेवार बनाएर यस्ता श्रमिकहरुको तथ्यांक पनि संकलन र अस्थायी परिचय पत्र बनाउने कार्य युद्धस्तरमा गर्नु पर्छ । अनिवार्य बैंक खाता खोल्न लगाएर बैकिङ प्रणालीमार्फत राहत दिनुपर्छ । यस कार्यबाट रातह वितरणलाई पारदर्शी बनाउन पनि मद्धत पुग्दछ । विकसित देशमा यस्तै गरिन्छ । किसानको उत्पादनलाई बजारम्म पुर्याउन नसक्दा उत्पादित वस्तु नष्ट भई कृषकहरुले ठूलो क्षति व्यहोर्नु परिरहेको छ । त्यसैले कृषकहरुका लागि आर्थिक सहयोग पुग्ने गरी तत्कालीन र मध्यकालीन राहतको प्याकेज अनिवार्य रुपले ल्याउनु पर्छ । सरकारले यसकार्य तर्फ काम प्रारभ्भ गरी सकेको छ ।

तत्काल नै सिजनल तरकारी र अन्न बालीको बीउबीजन बिक्री वितरण गर्ने कार्य स्थानीय सरकारलाई सुम्पने गरी काम थाल्नु पर्दछ । यो कार्यबाट ३ महिना पछाडि आउन सक्ने अनिकालको जोखिमलाई आधारभूत रुपमा न्यूनीकरण गर्न मद्धत पुग्दछ । बन्दाबन्दीको प्रभाव कति जान्छ कसैले पनि भन्न सक्दैन । खाद्य सुरक्षाको लागि अहिले गहुँ भित्र्याउने समय भएकोले सरकारले गहुँ किनेर स्टकमा राख्नुपर्छ । भारत सरकारले वर्ष दिनलाई पुग्ने खाद्यान्न उसको खाद्य संस्थानलाई किन्न लगाउँछ त्यसैगरी नेपाल सरकारले पनि खाद्यान्नको जोहो गर्नुपर्छ । हाम्रो खाद्य तथा व्यापार कम्पनीलाई कमसेकम अर्को बाली नभित्रिउन्जेल सम्मका लागि खाद्यान्न खरिद गरेर राख्न सक्ने गरी सक्षम बनाउनु पर्छ । नत्र ठूलो भोकमरीको सामना गर्नु पर्ने अवस्था पनि आउन सक्छ । संसारमा सी फुड र मांस जन्य बस्तुले करिब २५ प्रतिशत खाद्यान्न आपूर्ति गरिरहेको अनुमान गरिन्छ ।

कोविड ( १९ को कारणबाट सी फुड र मांस जन्य बस्तुको उपभोगमा कमी आउने निश्चय नै छ । त्यसैले विश्व बजारमा अन्नपातको मूल्य बढ्ने देखिन्छ । अब नेपालको विकास र सम्वृद्धिको आधार भनेको नै कृषि क्षेत्र नै हो । प्रकृतिले हामीलाई उपहार स्वरुप प्रदान गरेको प्राकृतिक विविधताको लाभांश (बोनस) प्राप्त गर्न अब पनि ढीलो गर्नु हुदैन ।

कृषकहरुलाई नगदमा नै राहत दिने काम गर्नुपर्छ । उक्त नगदलाई बैंकको ऋण तिर्न र कार्यशील पूँजीमा उपयोग व्यवस्था मिलाउनु पर्छ । अन्य राहत कार्यक्रमा स्थानीय सरकारलाई पनि संलग्न गराउनु पर्दछ । स्थानीय सरकारले यस्ता मजदुरलाई अस्थायी परिचय पत्र दिनका साथै बैंक खाता खुलाउने काम पनि सँगसँगै गर्नुपर्छ । असंगठित क्षेत्रका वेरोजगार श्रमिक र वैदेशिक रोजगारबाट फर्किएका वा रोजगार गुमाएका श्रमिकहरुलाई पूर्वाधार निर्माणका काममा लगाउने संस्थागत संरचना बनाउनका लागि ऐन वा अध्यादेश अविलम्ब ल्याउनु पर्ने हुन्छ ।

सन् १९३० को आर्थिक मन्दीबाट मुलुकलाई मुक्त गर्न तत्कालीन अमेरिकी राष्ट्रपति एफ.डी. रुजवेल्टले सन् १९३३ मा ह्वाइट हाउस प्रवेश गरे पछि न्यू डिल कार्यक्रम अन्तर्गत सिभिलियन कन्जरभेसन कर्पोरेसन (सीसीसी) मार्फत् देशभरीका १८ वर्षदेखि २५ वर्षका वेरोजगार युवाहरुलाई तत्कालीनको समयमा मासिक ३० यूएसडी दिई वर्क क्याम्प मार्फत् धेरै क्षेत्रहरुमा काममा संलग्न गराएका र सन् १९३५ मा “दोश्रो न्यू डिल” कार्यक्रम अन्तर्गत बेरोजगारीहरुलाई रोजगारी दिने उद्देश्यले पूर्वाधार निर्माण क्षेत्रमा रोजगारी सृर्जना गर्नका लागि “द वर्क प्रोग्रेस एड्मिनिष्टे«शन” जस्ता संस्था स्थापना गरेर युवा बेरोजगारहरुलाई सरकारी भवन, विमानस्थल, सडक, विद्यालय, नहर जस्ता कार्यमा संलग्न गराएर मुलुकलाई सम्बृद्धिको बाटोका ल्याएका थिए । ८५ वर्ष अघि अमेरिकाले गर्न सकेको यो काम ८५ वर्ष पछि नेपालले पनि गर्न सक्ने देखिन्छ ।

आर्थिक पुनरोत्थान र पूर्वाधार निर्माण प्राधीकरण गठन सम्बन्धी अध्यादेशको आवश्यकता

सरकारले विलम्ब नगरी आर्थिक पुनरोत्थान र पूर्वाधार निर्माण प्राधिकरण गठन सम्बन्धी अध्यादेशको ल्याउनु पर्ने हुन्छ । अर्थतन्त्रलाई पुनरोत्थान गर्नको लागि अध्यादेश नल्याइ नहुने अवस्था आएको छ । अब स्रोतको व्यवस्थापन कसरी गर्ने भन्ने सवाल उठ्न सक्छ । स्रोत व्यवस्थापन गर्न के के सम्भव छन् ? वाह्य स्रोत परिचालन गर्न सरकारले केही काम अगाडि पनि बढाइसकेको छ । विकास साझेदारसँग छलफल गर्ने काम भई रहेको देखिन्छ । विकास साझेदारहरु क्रमश ः बहुपक्षीय र द्धिपक्षीय विपरितपक्षहरु (काउन्टर पार्टी ) सँग सरलीकृत शर्तका आधारमा ऋण र अनुदान प्राप्त गर्न कुटनैतिक नियोगहरुलाई पनि परिणामुखी नतिजा प्राप्त गर्ने गरी सकृय तुल्याउनु पर्छ ।

सम्पन्नता प्राप्ति यही समाजको स्रोत र साधनबाट भएको हो”, भन्ने दर्शनमा आधारित भएर अति प्रगतिशिल आयकर प्रणाली लागू गर्ने । कर प्रणालीको संरचनामा परिवर्तन गरी राजश्वमा आयकर (व्यक्तिगत आय) र गैह्कर राजश्वको योगदान बढाउने । अन्य आन्तरिक स्रोत परिचालनमा सरकारले केन्द्रीय बैंकबाट लिने ऋण (ओभरड्राफ्ट) लिने क्षमता र उक्त ऋण लामो समयावधिमा भुक्तानी गर्न सक्ने गरी राष्ट्र बैंक ऐन संशोधन पनि गर्नुपर्दछ । कृषि ,स्वास्थ्य र सामाजिम क्षेत्रमा सरकारी लगानी व्यापक रुपले वृद्धि गर्नु पर्दछ ।

कृषि र स्वास्थ्य क्षेत्रलाई प्रथमिकतामा राखी व्यापक रुपमा लगानी बढाउनु पर्ने
(क) कृषकहरुले परम्परागत ढंगबाट वीउ वीजन घरमा नै राख्ने कार्य त्यागी सकेको हुँदा सिजनल खाद्यान्न बाली र तरकारीको वीउ वीजन अभाव देखिएकोले तत्काल आपूर्तिको व्यवस्था मिलाउनु पर्दछ ।
(ख) कृिष योग्य जग्गालाई जग्गाधनीको अधिकार कुण्ठित हुन नदिने गरी बाँमmो जग्गा राख्न नपाइने कानुनी वा नीतिगत व्यवस्था गर्नु पर्ने ।
(ग) अहिले सम्म अतिरिक्त धितो बैंकलाई दिन सक्ने सामर्थ वर्गले बाहेक सर्व साधारणले लिजिङ फाइनान्सिङ्गबाट कृषि कर्जा अहिलेसम्म प्राप्त गर्न नसकेको अवस्थालाई मुक्त गर्न बाँझो जग्गा राख्न नपाइने कानुनी वा नीतिगत व्यवस्था गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन , २०७३ को दफा ४९. मा भएको व्यवस्था बमोजिम सबै बैंक तथा वित्तीय संस्थाहरुलाई अनिवार्य रुपमा कूल कर्जा रकमको निश्चित प्रतिशतसम्म कृषि क्षेत्रमा लिजिङ फाइनान्सिङ गर्ने व्यवस्था गर्नुपर्छ ।
(घ) कृिष उत्पादित वस्तुको कूल लागत मूल्यको न्यूनतम २० प्रतिशत मुनाफा हुने गरी मूल्य निर्धारण गर्ने व्यवस्था मार्फत कृषकहरुलाई कृिष व्यवसाय प्रति उत्पे्ररित गरिरहने र उत्पादित वस्तुलाई निर्धारित मूल्यमा खरीद तथा बजारीकरण दुवै गर्न काननी वा नीतिगत व्यवस्था गरी कुनै सरकारी संगठित संस्थालाई जिम्मेवारी सुम्पने व्यवस्था गर्नु पर्ने ।
(ङ) नेपालको संविधानको भाग को धारा ५१. को खण्ड (ङ) को उप खण्ड (१), (२), (३) (४) र (५) को व्यवस्थानुसार “कृषि र भूमिसुधार सम्बन्धी नीति” कार्यान्वयन गर्न कृषि क्षेत्रलाई प्राथमिकतामा राखी सरकारी , निजी क्षेत्र र बैंकिङ्ग क्षेत्रबाट व्यापक रुपमा लगानी बढाउनु पर्ने । संविधानको को धारा ५१. को यो व्यवस्थालाई धारा ५३. बमोजिम कार्यान्वयन गर्दै जानु पर्ने भएकोले सरकारद्धारा कार्यान्वयन गर्न सहज पनि छ ।
(च) कृषि क्षेत्रमा क्रान्ति नै ल्याई पहाडी र उच्च पर्वतीय क्षेत्रका उत्पादित तरकारीलाई र उच्च पर्वतीय (अल्पाईन क्षेत्र) क्षेत्रको पानीलाई प्रशोधन गरी खाने पानी अरब जगतमा निरन्तर आपूर्ति गर्न सक्ने गरी निर्यात गर्ने ।
(ज) रात्रिको समयमा खेर गएको विद्युत न्यूनतम मूल्यमा पूर्ण रुपले सिंचाईमा उपयोग गर्ने नीति लागू गर्नु पर्ने ।
(झ) विद्यमान स्वास्थ्य प्रणालीको संरचनात्मक ढाँचामा परिवर्तन गरी वेलायतको जस्तो विशेषज्ञ सेवाका लागि स्वायक्त नेशनल हेल्थ सर्भिस (एनएचएस) को स्थापना गर्ने वा स्वास्थ्य तथा जनसंख्या प्राधीकरण गठन गरी विद्यमान स्वास्थ्य तथा जनसंख्या सेवाको सम्पूर्ण कार्य प्राधीकरणलाई सुम्पने कार्य गर्नु पर्ने ।
अर्थतन्त्रलाई सस्तो बनाउने नीति संगसंगै विस्तारकारी वित्त नीतिको आवश्यकता ः
विस्तारकारी वित्त नीतिले अर्थतन्त्रमा अलिकति मूल्यवृद्धिमा चाँप पर्न सक्छ । तर अर्थतन्त्रलाई चलायमान बनाउन यो नगरी नहुने देखिन्छ । सरकारले पुनरोत्थान अध्यादेश ल्याएर अर्थतन्त्रलाई सस्तो बनाउनु पर्छ । अर्थतन्त्रलाई दुई÷तीनवटा काम गरेर अर्थतन्त्रलाई सस्तो बनाउन सकिन्छ ।
(१) अध्यादेश ऐन वा ऐनमा नै व्यवस्था गरेर २ वर्षसम्म आवास र व्यापारिक भाडालाई २० प्रतिशतसम्म घटाउनुपर्छ ।
(२) सरकारको चालु खर्च पनि २० प्रतिशत कम गर्ने गरी काम गर्नुपर्छ ।
(३) कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष, प्रहरी कल्याणकारी कोष, नेपाल टेलिकम तथा अन्य संस्थागत निक्षेपलाई २ वर्षसम्म ६ वा ७ प्रतिशत ब्याजबाट बढ्न नपाउने गरी निर्देशित ब्याजदर कायम गरिनुपर्छ ।

यी तीनवटा काम गर्ने हो भने अर्थतन्त्रलाई केही सस्तो बनाउन सकिन्छ । विस्तारकारी वित्त नीति ल्याउँदा मूल्यस्तरमा वृद्धिका खतरालाई यस कार्यले केही हदसम्म नियन्त्रण गर्छ । बाह्य क्षेत्रको स्थायित्वको लागि सरकारले २ वर्षसम्मको पूर्वाधार निर्माण र अन्य अत्यावश्यक वस्तुमात्र आयात गर्नुपर्छ । अनावश्यक वस्तुहरू आयातमा गरिने नियन्त्रणले विदेशी मुद्रामा कम दवाव पार्दछ ।

निजी क्षेत्रमा प्रतिष्ठानहरुले हिजोका दिनसम्म विशेषज्ञ सेवा लिने कार्य गर्दा ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिन्थ्यो । यस्तो व्यवस्थालाई पूर्वाधार निर्माण क्षेत्र बाहेक अन्य क्षेत्रको हकमा २ वर्षसम्म स्थगित गर्ने । विद्युत उपभोग गर्ने प्रत्येक घरको विद्युत मिटर ३० एम्पियर भन्दा कम जडान गर्न नपाइने नीति लागू गरी सरकारले उर्जाको खपत बढाई एलपिजी ग्याँसको आयात तथा उपभोगमा पूर्ण रुपमा नियन्त्रण गर्ने ।

त्यसैगरी पूर्वाधार निर्माण सम्बन्धी कच्चा पदार्थ आयात गर्न १ वर्षसम्म समयावधि भएको युसान्स प्रतीत पत्र खोल्न सक्ने व्यवस्था लागु आर्थिक पुनरोत्थान अध्यादेश र पूर्वाधार निर्माण प्राधीकरण मार्फत रोजगारी सिर्जना गर्दै वस्तु र सेवाको उत्पादनसँग बेरोजगार श्रमिकहरुलाई जोड्दै लैजानु पर्छ । पूर्वाधार निर्माण प्राधीकरणलाई सडक, सिंचाई , हाइड्रोपावर, हस्पिटल, एयरपोर्ट , सरकारी भवन, स्कूल कलेज, सुरुङ्ग मार्ग आदि निर्माण गर्ने जिम्मेवारी सुम्पनु पर्दछ ।

मौद्रिक र बैंकिङ्ग क्षेत्र ः
नेपाल राष्ट्र बैंकले मिति २०७७–०१–१६ गतेको निर्देशनले कोविड( १९ को कारण ऋणीहरुलाई परेको असरलाई न्यूनीकरण गर्न व्याजदरमा २ प्रतिशतसम्म छुट दिने, व्याज तथा साँवा किस्ताको भाका संशोधन गर्न सकिने लगायतका नीतिगत व्यवस्था ल्याइ सकेको छ । संक्रमण चुनौतीपूर्ण हुँदै लकडाउन बढ्दै गएमा थप छुट दिनु पर्ने राहतका प्याकेज ल्याउनु पर्ने देखिन्छ । त्यसैले नेपाल राष्ट्र बैंकले देहायका थप कार्य गर्नु पर्ने देख्दछु ।

(१) सरकारका लिने आर्थिक कार्यक्रमलाई मौद्रिक क्षेत्रबाट सफल पार्नका लागि केन्द्रीय बैंकले प्रथमत : ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गका बैंकका सञ्चालक समितिका अध्यक्ष र बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर नेपाल बैंकका लगानीकर्ताहरुले २०५५ सालदेखि २०७५ साल २० वर्षसम्म केही प्रतिफल पाएका थिएनन् भन्ने कुरा राम्ररी सम्झाउने र बुझाउने । नेपाल बैंकका लगानीकर्ताले २० वर्षसम्म गरेको त्यागको स्मरण गराउँदै बैंक र व्यवसायी दुवै पक्षलाई बचाउन बैंकका सञ्चालक र सिइओहरुलाई २ वर्षसम्म त्याग गर्नुहोस् भनी बुझ्ने भाषामा नविर्सने गरी सम्मmाउने ।

(२) नेपाल राष्ट्र बैंकले मिति २०७७/०१/१६ गतेको निर्देशनले कोविड ( १९ को असर नपरेका ऋणीहरु पनि छुटको सुविधाको दायरामा परेको तथ्य पछि खुल्न आएमा छुटको सुविधा फिर्ता गर्न लगाउने र छुटको सुविधा फिर्ता गर्न नमान्ने ऋणीहरुको ४ वर्षसम्म कर्जा तथा सुविधा थप गर्न नपाइने नीतिगत व्यवस्था गर्नु पर्दछ ।

(३) यो महामारीबाट आएको संकटले कृषि, पर्यटन, यातायात क्षेत्रलाई तत्काल र केही समयपछि रियलस्टेट र सेवा व्यवसायका केही क्षेत्रहरु नराम्ररी प्रभाव पार्ने देखिएको छ । त्यसैले यस क्षेत्रको कर्जाका लागि न्यूनतम २ वर्षसम्मका लागि रिकभसी इनफोर्समेन्ट नगर्ने नीति लिने तर ऋणीले आफ्नो अन्य स्रोतबाट साँवा (एकपटकमा रु ५० लाखभन्दा माथि कर्जा घटाउन चाहेमा) तथा व्याज वा व्याज मात्र तिर्न चाहेमा नयाँ कायम गर्ने व्याजमा क्रमश ः २ र १ प्रतिशत व्याज छुट दिने र २ वर्ष भित्रमा यस्ता कर्जाहरु रिइस्ट्रचर वा रिसेड्युयल गरी सक्नु पर्ने एवं रिइस्ट्रचर वा रिसेड्युयल गर्दा वर्तमान नीतिगत व्यवस्था २ वर्षसम्म लागु नहुने नीति केन्द्रीय बैंकले लिने ।

(४) कृषि, पर्यटन, यातायात क्षेत्रलाई व्याजदर कायम गर्ने हकमा कस्ट फन्डमा (वेश रेटमा हैन) अधिकतम ०।५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने नीति लिने । वस्तु र सेवाको उत्पादनमूलक सबै क्षेत्रमा विजनेस नीडस्को आधारमा कार्यशील पुँजी बैंकहरुले उपलव्ध गराउन सक्ने व्यवस्था भैसकेको तर लक डाउन अवधिको श्रमिकहरुको तलब भत्ताको लागि सिधै साहु बैंकबाट श्रमिकहरुको बैंक खातामा जम्मा गर्न सेलरी लोनको व्यवस्था मार्फत कर्जा प्रवाह गर्न आवश्यक नीतिगत व्यवस्था गर्नु पर्दछ । यस्तो कर्जामा व्याजदर छुट दिई ४ वर्षको किस्ता बनाई भुक्तानी गर्न सक्ने व्यवस्था गर्ने ।

(५) केन्द्रीय बैंकबाट गरिने रिफानान्सलाई सरल र सिघ्र विधिबाट सबैभन्दा बढी असर गरेको कृषि, पर्यटन र यातायातमा अधिकेद्रित गर्नु पर्दछ ।

(६) रु.१० करोडभन्दा बढी कर्जा उपभोग गरिरहेका ऋणीहरुले साहु बैंकहरुलाई पूर्व जानकारी नदिइ आवासीय घर वाहेक जग्गा जमिन खरीद गर्न नपाइने व्यवस्था गर्नु पर्ने ।

(७) कोविड( १९ का कारणले आंशिक रुपमा प्रतिकूल प्रभाव पारे अन्य कर्जाहरुको हकमा १ वर्ष सम्म ब्याज छुट लगायत सबै प्रक्रिया अवलम्बन गरेर कर्जा असुल गर्ने, नवीकरण गर्ने, कर्जा पुनसंरचना तथा रिसेलिङ गर्न वाणिज्य बैंकहरूलाई छुट दिनुपर्छ । यो कार्यको समयावधि १ वर्षभित्र सम्पन्न गर्नु पर्ने ।

(८) बैंकहरुलाई सामान्य मुनाफाबाट मात्र २ वर्षसम्म सन्चालन गर्ने नीति लिन तत्कालीन अवस्थाको स्थिति सुधार आए पनि अधिकांश टे«डिङ्ग व्यवसाय वाहेक अन्य उद्योग तथा व्यवसायमा सानो, मध्यम तथा ठूलो फरक फरक स्तरले प्रतिकूल प्रभाव पार्ने नै छ । त्यसैले फरक फरक स्तरले पार्ने प्रतिकूल प्रभावलाई फरक फरक नीतिगत व्यवस्था मार्फत केद्रीय बैंकले सम्बोधन गर्नु पर्ने हुन्छ भने कतिपय क्षेत्रको हकमा स्थितिमा सुधार नभएसम्म रेगुलेटरी वेभर दिनु पर्ने हुन सक्छ ।

(९) सिसिडी रेसियो लगायतका कतिपय नियामक व्यवस्था (प्रुडेन्सियल नम्स) र मौद्रिक उपकरणहरुका व्यवस्थाहरुलाई अमmै खुकुलो पार्दै जानु पर्ने हुन सक्छ । यस तर्फ केही कार्यहरु प्रारभ्भ पनि भैसकेका छन् । अमैm पनि सरलीकृत नियामक व्यवस्थाहरुमा सुधारको आवश्यकता छ । अनि मात्र मौद्रिक क्षेत्रले नीतिगत व्यवस्था मार्फत व्यवसायी र वित्तीय संस्थाहरू दुबै पक्षलाई बचाउन सकिने अवस्था आउने देखिन्छ । यो किसिमको काम गर्न सक्यौ भने दुई वर्षभित्रमा अर्थतन्त्र र बैंकिङ्ग क्षेत्र दुबैलाई पुरानो लयमा पक्कै पनि फर्काउन सकिन्छ ।

(१०) ठूलो ऋणीहरुलाई तत्काल आवश्यक पर्ने कार्यशील पूँजी बाहेक थप ऋणको सीमा बढ्न दिनु हुदैन । हाल बैकिङ्ग प्रणालीमा रहेको करिब रु.३५९२ अर्वको निक्षेपमध्ये वर्तमान अवस्थामा ठूला कर्जाहरुमा अर्थात अनुमानित करिव ५० प्रतिशत भन्दा बढी कर्जा अधिकेन्द्रित हुन पुगेको अवस्था छ । यसले एकातिर धनी र गरीब बीचको खालड बढाउन थप मद्दत पुग्ने गरी मलजल गरेको देखिन्छ भने अर्कातिर बैकिङ्ग प्रणालीमा प्रणालीगत जोखिम बढउँदै गएको छ । सर्वसाधारण जनताहरुका लागि क वर्गका बैंकबाट कर्जा लिने कार्य कठिनको अवस्था छ । त्यसैले कृषि कर्जा , एसएमइ, साना कर्जा र अन्य उत्पादकमूलक कर्जामा करिव ७० प्रतिशत कर्जा अधिकेन्द्रित हुने गरी नीतिगत व्यवस्था गरी भविश्यमा बैकिङ्ग प्रणालीमा निम्तने प्रणालीगत जोखिमलाई वर्तमानमा नै सम्बोधन गर्ने । यसो गर्न सकेमा सरकारले ल्याएको सम्वृद्धिको नारालाई बैंकिंङ्ग क्षेत्रले पनि आत्मसाथ गरेको देखिन्छ ।

(११) कृषि कर्जाका लागि रिजर्भ बैंक अफ इण्डिया र स्टेट बैंक अफ पाकिस्तानले धेरै अघि देखि अवलम्बन गरे जस्तै नीतिगत व्यवस्था लागु गरी कार्यान्वयन गर्नु पर्दछ । उदाहरणका लागि कृषि क्षेत्रको कर्जामध्ये एभोकाडो, ओखर, केशर, किवी , अम्बा तथा पहाडी र उच्च पहाडी क्षेत्रमा चिया एवं कफी खेतीका लागि आन्तरिक आपूर्ति गर्ने प्रयोजनका हकमा र निर्यात गर्ने प्रयोजनका हकमा हकमा क्रमशः न्यूनतम ५ वर्ष र ७ वर्ष (ल्याबटेस्टका कारण) सम्मको व्याजदर पूँजीकृत गरी अन्य परियोजना कर्जा सरहको नीतिगत व्यवस्था गर्न पर्ने हुन्छ । त्यसैगरी अन्य खाद्यान्न बालीको हकमा न्यूनतम ६÷६ महिना अर्थात क्रप साइकलसँग मिल्ने गरी व्याज गणनाविधिको नीतिगत व्यवस्था नहुँदासम्म कृषि कर्जामा आशातित रुपमा कर्जा विस्तार हुन सक्ने लगानी मैत्री वातावरण बन्न नसक्ने भएकाले तत्काल सुध।र गर्ने ।

(१२) प्रणालीगत जोखिम निम्तिन नदिन र वित्तीय संस्थाहरुको सन्चालन घटाउन क र घ वर्गका संस्थाहरूलाई फोर्स मर्जरमा लैजाने नीति लिनुपर्छ । यस कार्यबाट वित्तीय सेवाको लागत घट्छ र बैंकहरुको सन्चालन खर्चलाई पनि आधारभूत घटाउन सकिन्छ । यी कार्यहरुबाट बैंक तथा वित्तीय संस्थाहरु घाटामा जान दिने अवस्था पनि आउदैन । राष्ट्र बैंकको सुपरिवेक्षणलाई अमm सुद्दढ बनाउन वर्तमान सुपरिवेक्षण प्रणलीमा पुनरावलोकन गर्ने पनि हुन सक्छ । नेपाल राष्ट्र बैंकसँग नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई सवल र सुद्दढ बनाएको अनुभवले यो संकट समाधान गर्न सहयोग पुर्याउने नै देखिन्छ ।

हिमालयन र एनएमबि बैंकको ऋणपत्रलाई इक्राको रेटिङ

रेटिङ कम्पनी इक्राले हिमालय बैंक र एनएनबि बैंकको ऋणपत्रलाई रेटिङ दिएको छ । इक्राले  हिमालयन बैंकको ऋणपत्रलाई ‘एलए’ र एनएमबि बैंकको ऋणपत्रलाई एलए(–) रेटिङ दिएको हो । बुधबार इक्राले प्रेस विज्ञप्ती जारी गर्दै ती दुई बैंकले निष्काशन गर्न लागेको ऋणपत्रका लागि यसअघि प्रदान गरेको रेटिङलाई पुर्नपुष्टी गरेको जनाएको हो ।

हिमालयन बैंकले ६० करोड तथा एनएमबी बैंकले २ अर्बभन्दा बढीको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ । ऋणपत्र निष्कासन अघि अनिवार्य रुपमा क्रेडिट रेटिङ गर्नुपर्ने धितोपत्र बोर्डको प्रावधान अनुसार हिमालयन र एनएमबिले इक्रालाई उक्त ऋणपत्र बिक्री प्रयोजनाका लागि क्रेडिट रेटिङ गर्ने जिम्मा दिएको थियो  ।

यस्तो रेटिङ एलए (+ ), एलए र एलए (–) को रुपमा वर्गीकरण गर्ने गरेको छ । यो हिसावले हिमालयनको रेटिङ मध्यम र एनएमबिको रेटिङ तुलनात्मक रुपमा कमजोर मानिन्छ । यद्यपि यी सबै रेटिङले भविष्यमा निष्काशन हुने ऋणपत्र सम्बन्धि सम्पूर्ण वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्था बैंकहरू रहेको जनाउँछ ।

एनआईसी एशिया बैंकका यी सेवा पनि अब सञ्चालनमा आए
एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि यस बैंकको पीओएस टर्मिनल तथा एटिएमहरूमा उक्त कम्पनीका डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न सकिने सुविधा ल्याएको छ ।

कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टरकार्डका डेबिट तथा क्रेडिट कार्यहरूको प्रयोग ग्राहकवर्गहरूले यस बैंकको एइक् टर्मिनलमार्फत कारोबार रकम भुक्तानी तथा एटिएम मेसिनहरूबाट नगद निकाल्न र मौज्दात सोधपुछ सुविधाका लागि प्रयोग गर्न सकिने बैंकले बताएको छ । नेपालमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या बढ्दो क्रममा रहेको र विशेष गरी सेवा क्षेत्रहरू जस्तै होटल, रेष्टुरेन्ट, पर्यटन क्षेत्रमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या यथेष्ट रहेकोले मास्टरकार्डको यस सुविधासँगै एन आई सी एशिया बैंकले मर्चेन्ट भुक्तानी सेवामा थप टेवा पु¥याएको छ ।

बैंकले यसअघि नै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहक महानुभावहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग बैंकले सेवा सञ्चालन गरिहेको बताएको छ ।  अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरूले घरबाटै निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ ।साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

बैंक कर्जा  ब्याजदर ५% मा  झारौं

उद्योग र व्यापारको पुनःजीवनका लागि काम गर्नुपर्छ । हाम्रो उत्पादन लागत एकदमै बढी छ । जस्तै हामीकहाँ उर्जा यतिबेला खेर फालिरहेका छौं । अब यसलाई भारतलाई बिक्री गर्नेभन्दा पनि नेपालका उद्योगलाई सहुलियत दरमा दिनुपर्छ । यसले उद्योगको लागत पनि घटाउँछ । भने प्रतिष्पर्धी पनि बनाउँछ ।  श्रमिकको उत्पादकत्व पनि कम भयो । हामीकहाँ श्रमिकहरुको उत्पादकत्व दक्षिण एसियामा सबैभन्दा कमजोर छ भने बंगलादेश र श्रीलंकाको हकमा महंगो पनि छ । यसका लागि नीतिगत सुधारमा खासगरी श्रम ऐनमा सुधार हुनुपर्छ ।  पूर्वाधारको समस्या छ । एकीकृत भन्सार बने पनि पूर्णरुपमा सञ्चालन भएको छैन । त्यसले खर्च कम हुन्छ । हामी भूपरिवेष्ठित मुलुक भएकाले अब एकीकृत भन्सार हरेक क्षेत्रमा हुनुपर्छ । अहिले पनि कस्ट हेर्दा बिशाखापट्नप र कलकत्ताबाट सामान ल्याउनु पर्दा निकै महंगो भएको छ । आगामी दिनमा भारतले नेपालमा कार्गो रेल ल्यायो भने कस्ट कम हुन्छ ।  हामीकहाँ निर्यात बढेको छैन । २० वर्षको तथ्यांक हेर्दा उल्लेखनीयरुपमा बढेको छैन । नेपालको उद्योग सर्भाइभ हुने हो र व्यापार घाटा कम गर्ने हो भने कुनै न कुनै रुपमा प्रोटेक्सन दिनुपर्छ । यसबाट भ्यालू एडिसन पनि नेपालमा बढाउन सकिन्छ । अहिले जुन जीडीपीको आकार छ त्यसको ५ प्रतिशतको स्टिमुलस प्याकेज ल्याउनुपर्छ । त्यो राहत गरिब जनतामा कुनै न कुनै रुपमा जानुपर्छ ।जस्तैः विद्युत महसुल, घर भाडाकारुपमा बाँड्न सकियो भने उपभोग बढ्छ र यसले फाइदा नै हुन्छ । र नेपालका लागि यो नयाँ होइन अन्य देशले पनि कुनै न कुनै रुपमा छ ।  उद्योगहरुलाई कम्तीमा २ वर्षसम्म विद्युतमा डिमान्ड शुल्क हुनुहुँदैन । भारतमा औसत दर नेपालको तुलनामा २० प्रतिशतले कम छ । साथै डिजललगायतका कुरामा भ्याट क्रेडिट पाउनुपर्छ ।  बैंक कर्जामा केही वर्षका लागि ५ प्रतिशतको हाराहारीमा हुनुपर्छ । यो अहिलेको हिसाबले हेर्दा ठूलो भए पनि राष्ट्र बैंकले ल्याएको टुल्समा केही लचकता भयो भने ५ प्रतिशतको हाराहारीमा ब्याजदर आउन सक्छ ।  केही उद्योगहरुमा मूल्य अभिवृद्धि करका विषयमा १० प्रतिशतको मूल्य अभिवृद्धि करलाई १३ प्रतिशत बनाएका थियांै । यसमा फेरि १० प्रतिशतमा लिएर आउनुपर्छ ।  आयकरको दर र कर्पोरेट ट्याक्सको कुरा गर्दा अन्य देशको तुलनामा हामीकहाँ बढी छ । यो २० प्रतिशतसम्म छुट हुनुपर्छ । यसो हुँदा लगानी बढ्छ । अर्को महत्वपूर्ण सुझावमा सम्पत्तिको अभिलेखिकरण हुनुपर्छ भनेका छौं । अन्तर्राष्ट्रिय विभिन्न नियमले गर्दाखेरी पैसा औपचारिक क्षेत्रमा आउन सकेको छैन । यसले अर्थतन्त्रको आकार बढ्न सकेको छैन । अब एकपटक सम्पूर्ण नेपालीले सम्पत्तिको अभिलेखिकरण गर्न पाउनुपर्छ त्यसो हुँदा सबै सम्पत्ति एकै ठाउँमा आउँछ । अब अन्य देशले पनि गरिरहेको छ ।  निर्यातका लागि पनि केही सहुलियत हुनुपर्छ । शोधनान्तर घाटा रेमिट्यान्सका कारणले भएको छैन । अब निर्यात बढ्नु जरुरी छ । निर्यातमा इन्सेन्टिभ दिनका लागि भारतको निर्यातमा ५ प्रतिशत अन्तर्राष्ट्रिय निर्यातमा १० प्रतिशत इन्सेन्टिभ हुनुपर्छ ।  कृषि तथा वन क्षेत्र हेर्दा हामीकहाँ १० देखि १५ प्रतिशतले उपभोग पनि बढेको छ । तर उत्पादन भने ३ देखि ४ प्रतिशतले मात्रै बढेको छ । यसले खाद्यान्नमा परनिर्भरता चीन र भारतमा बढिरहेको छ । ५० लाख मानिसहरु जो विदेशमा काम गरिरहेका छन् उनीहरु कृषि क्षेत्रबाटै गएका हुन् । जसले गर्दा कृषिमा उत्पादन बढेको छैन भने वन क्षेत्रमा पनि उपभोग गर्नुपर्छ ।शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ