जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

मञ्जुश्री फाइनान्सको नाफा ३२२ दशमलव ४७ प्रतिशत बढी 

 चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गत वर्षको तुलनामा मञ्जुश्री फाइनान्सको नाफा ३२२ दशमलव ४७ प्रतिशत बढी भएको छ । कम्पनीले  तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार यस वर्ष कम्पनीले रू. १९ करोड ३२ लाखभन्दा बढी नाफा कमाएको छ । गत वर्ष यसै अवधिसम्म कम्पनीको नाफा रू. ४ करोड ५७ लाखभन्दा बढी थियो ।यस वर्ष खुद ब्याज आम्दानी बढेसँगै कम्पनीको सञ्चालन मुनाफासँगै नाफामा वृद्धि देखिएको हो ।
गत वर्ष तेस्रो त्रैमाससम्म रू. १८ करोड ९१ लाखभन्दा बढी खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीले यस वर्षको सोही अवधिसम्ममा रू. २९ करोड ११ लाखभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष रू. ५ करोड ६५ लाखभन्दा बढी रहेको कम्पनीको सञ्चालन मुनाफा यस वर्ष रू. १६ करोड २७ लाखभन्दा बढी छ ।
हाल रू. ८१ करोडभन्दा बढी चुक्तापूँजी रहेको उक्त कम्पनीको जगेडा कोषमा रू. १९ करोड ७२ लाखभन्दा बढी रहेको छ । त्यस्तै रिटेन्ड अर्निङ्गमा रू. ११ करोडभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३१  र पैसा ४९ र प्रतिशेयर नेटवर्थ ३२५ दशमलव शून्य ८ रहेको छ ।तेस्रो त्रैमासमा रू. ५ अर्ब ५० करोडभन्दा बढी निक्षेप संकलन गरेको उक्त कम्पनीले रू. ५ अर्ब ६१ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष  २ दशमलव ९६ प्रतिशत रहेको निष्क्रिय कर्जा  कम्पनीको यस वर्ष ३ दशमलव ४३ प्रतिशत रहेको छ । गत वर्ष यस अवधिमा १२ दशमलव शून्य ५ रहेको कम्पनीको आधार व्याजदर यस वर्ष १० दशमलव ७१ मा खुम्चिएको छ

नेपाल एसबिआई बैंकद्वारा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि केन्द्रीय सरकारलाई सहयोग

नेपाल एसबिआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोना बाट प्रभावितको सहयोगको लागि जम्मा रु १ करोड सहयोग गरेको छ ।

बैंक सञ्चालक समितिको निर्णयअनुसार केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागी नेपाल एसबिआई बैंकको तर्फ बाट बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री अनुकूल भटनागर ज्यूले रु ५० लाखको चेक माननीय उधोग, वाण्ज्यि तथा आपूर्ति मन्त्री श्री लेखराज भट्टज्यूलाई हस्तान्तरण गर्नुभएको छ ।

उक्त कार्यक्रममा माननीय उधोग, वाण्ज्यि तथा आपूर्ति राज्य मन्त्री श्री मोतीलाल दुगड, नेपाल सरकारका सचिवज्यूहरु तथा बैंकको तर्फ बाट नायव कार्यकारी तथा प्रमुख संचालन अधिकृत, श्री शुभकान्त कानुनगो, प्रमुख वित्तीय अधिकृत, श्री मोहम्मद रिजवान आलम, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत श्री छपि राज पन्त ज्यू उपस्थित थिए । यसका साथै नेपाल एसबिआई बैंकले प्रत्यक प्रदेश सरकारलाई रकम रु ५ लाखको चेक हस्तान्तरण गरिसकेको छ ।साथै बाँकीको रु १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।

बैंकद्वारा यस्तै किसिमका सहायता सरकार, आवश्यक व्यक्ति तथा संस्थाहरुलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उपलब्ध गराईरहेको छ ।

नेपाल एसबिआई बैंकले वर्तमान प्रतिकूल परिस्थितिमा पनि नेपालभरि विभिन्न शाखाबाट बैंकिङ सेवा प्रधान गदैं आएको छ ।

मेगा बैंकका ग्राहकहरुलाई दराजबाट घरघरमै सामान

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दराज डटकमबाट सामान खरिदमा विशेष छुट प्राप्त गर्ने भएका छन् ।

लकडाउनको विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो । सम्झौताअनुसार, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले दराजबाट सामान खरिदमा १० प्रतिशत छुट पाउने छन् । डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले दराजसँग सम्झौता गरेको हो ।

दराज डटकमको बेभसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ । दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।

नेपाल इन्स्योरेन्सको खुद नाफा बढ्यो,

नेपालको पहिलो बीमा कम्पनी इन्स्योरेन्स कम्पनी निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा पहिलो वित्तिय विवरण सार्वजनिक गर्ने कम्पनी भएको छ ।

तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले खुद बीमाशुल्क आर्जन बढाएको छ । चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा कम्पनीले ४३ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ३८ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक बर्षको तेस्रो  त्रैमासको अवधिसम्मममा १३ करोड ४० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद नाफा २ दशमलव ६३ प्रतिशतले बढाउन सफल भएको हो ।

कम्पनीले चैत मसान्तसम्ममा १७ करोड ७४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने ९३ करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने ३६ करोड ५० लाख रुपैयाँबाट घटेर ३४ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४।८६ रुपैयाँ रहेको छ ।

निक्षेपको ब्याज घटाउने तयारी गरेका बैंकहरुलाई राष्ट्र बैंकद्वारा रोक

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकर्स संघका प्रतिनिधिहरुलाई डाकेरै तत्कालै ब्यक्तिगत निक्षेपकर्ताको ब्याज नघटाउन भनेका हुन् ?

— ऋणको ब्याज २ प्रतिशत घटाउने निर्देशनपछि कोष लागत (कस्ट अफ फण्ड) कम गर्न निक्षेपको पनि ब्याज घटाउने तयारी गरेका बैंकहरुलाई राष्ट्र बैंकले रोकेको छ।

चैतमा कायमभन्दा दुई प्रतिशत विन्दु कम ऋणको ब्याज निर्धारण गर्न राष्ट्र बैंकले निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याज घटाउने तयारी गरेका थिए। बैंकरको तयारी बारे थाहा पाएपछि राष्ट्र बैंकले ब्यक्तिगत निक्षेपकर्ताको ब्याज नघटाउन बैंकहरुलाई अनौपचारिक निर्देशन दिएको हो।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकर्स संघका प्रतिनिधिहरुलाई डाकेरै तत्कालै ब्यक्तिगत निक्षेपकर्ताको ब्याज नघटाउन भनेका हुन्। विभागस्तरीय अधिकारीहरुले संस्थागत निक्षेपकर्ताको ब्याज घटाएर लागत कम गर्न बैंकरलाई सुझाएका छन्।बैंकरले बैशाख मसान्तसम्म कुर्ने र त्यसपछि ब्याज घटाउने नयाँ रणनीति बनाएका छन्।

अहिले बैंकहरुले व्यक्तिगत मुद्दतीमा नौं प्रतिशत, संस्थागतमा आठ प्रतिशत, बचतमा साढे पाँच प्रतिशत अधिकतम ब्याज निर्धारण गरेका छन्। त्यसअघि ब्याज एकदेखि डेढ प्रतिशत माथि थियो।

गत मंगलबार राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताको ब्याज थप एक प्रतिशतले घट्ने नीति कार्यान्वयमा ल्याइसकेको छ। प्रकाशितमा एक प्रतिशत विन्दु बढी ब्याज दिन पाइने व्यवस्थालाई उल्ट्याउँदै प्रकाशित बराबर मात्र दिन पाइने व्यवस्था गरेको छ। साथै एकपटक प्रकाशित ब्याज तीन महिनासम्म कायम हुने व्यवस्था गरेको छ।

राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले कोषको लागत कम गर्नका लागि मुद्दती, बचत र कल डिपोजिटको ब्याज दर थप घटाउने बारे छलफल गरेका थिए। तत्काललाई भने संस्थागत मुद्दति निक्षेपकर्ताको ब्याज घट्ने छ। राष्ट्र बैंकका कारणले एक प्रतिशत घटिसकेको छ। बैंकरले थप एक प्रतिशत घटाएर ६ प्रतिशतमा झार्ने भएका हुन्।

बैंशाख लागेपछि बैंकहरुले ब्यक्तिगत मुद्दतिको ब्याज सात प्रतिशतसम्म झार्ने योजना बनाएका छन्। अहिले बैंकहरुसँग कुल निक्षेपको ५० प्रतिशत मुद्दती निक्षेप छ। यसमध्ये आधा जति व्यक्तिगत मुद्दती र बाँकी व्यक्तिगत छ। ३० प्रतिशत बचत खातामा पैसा छ। बाँकी कल डिपोजिट, चालु र अन्य खातामा पैसा छ।

नेपाल राष्ट्र बैंकले प्रदान गरेको २% ब्याज सहुलियतको अलावा एन आई सी एशिया बैंकले थप १०% ब्याज छुट प्रदान गर्ने

नेपाल राष्ट्र बैंकले मिति २०७७ वैशाख १६ गते कोभिड १९ बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुको २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा २% ले कम गर्न पत्र संख्या बैं.वि.नि.नि÷नीति÷सूचना÷२१÷०७६÷७७ मार्फत निर्देशन जारी गरेको छ । यसबाट ऋणीहरुको २०७६ चैत्र मसान्तमा कायम ब्याजदरमा २% विन्दुले कम गरी आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रयमासको ब्याज रकममा गणना गर्नुपर्ने तथा यसरी ब्याजदर गणना गर्दा बैंक तथा वित्तीय संस्थाहरु आधारदर भन्दा कम गर्न बाध्यकारी नहुने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । साथै, २०७७ असार मसान्त पश्चात विद्यमान व्यवस्था अनुसार आधार दरका आधारमा कायम हुने ब्याजदर निर्धारण सकिने समेत उक्त निर्देशनमा उल्लेख छ ।

तर माथि उल्लेख गरिएको छुट निम्नलिखित क्षेत्रहरुमा नपाइने व्यहोरा समेत उल्लेख गरिएको छः

ड्ड खाद्यान्न प्रशोधन तथा विक्री वितरण ।
ड्ड ग्यास उत्पादन तथा विक्री वितरण ।
ड्ड सोप एण्ड केमिकल्स ।
ड्ड औषधी विक्री वितरण ।
ड्ड दुरसंचार सेवा प्रदायक ।
ड्ड टेलिभिजन सेवा प्रदायक ।
ड्ड सूर्ती तथा मदिराजन्य उद्योग ।
ड्ड सञ्चालनमा रहेका जलविद्युत परियोजनाहरु ।

नेपाल राष्ट्र बैंकले यसअघि पनि मिति २०७६ चैत्र १६ गतेको पत्र संख्या बैं.वि.नि.वि÷नीति÷सूचना÷१८÷०७६÷७७ मार्फत निर्देशन जारी गर्दै २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरुले चैत्र महिनाभित्र नै ब्याज तथा किस्तामा समाविष्ट ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गर्न निर्देशन दिएको थियो । जसअनुसार ऋणीहरुले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १०% ले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट गर्न निर्देशन थियो ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २% ब्याज छुटको अलावा वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १०% छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहक महानुभावहरू समक्ष ल्याएको छ । यसले गर्दा ग्राहक महानुभावहरूको वित्तीय भार कम हुन भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आईरहेको यस बैंकले यस विषम परिस्थितिमा समेत आफु एक उत्तरदायी कर्पोरेट नागरिकको हिसाबले समग्र अर्थतन्त्रको सबलीकरणमा टेवा पु¥याउने मनशायले नियमनकारी निकायबाट जारी निर्देशनलाई अक्षरशः पालना गर्दै सो को अलावा थप सहुलियत प्रदान गर्दै ग्राहक महानुभावहरूको सर्वोपरि हितलाई सम्बोधन गर्नु आफ्नो परम कर्तब्य र प्रथामिकताको रुपमा लिएको छ ।

एन आई सी एशिया बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशनको पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गर्नुभएको ऋणीहरुको हकमा साधारण ब्याजको १०% ले हुन आउने छुटको ग्राहक महानुभावहरुको खातामा जम्मा गरिसकेको समेत सहर्ष जानकारी गराउँछौं । साथै एन आई सी एशिया बैंकले आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता÷ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १०% र हर्जाना तथा पेनल ब्याजको शत प्रतिशत मिनाहा गर्ने योजना समेत ग्राहक महानुभावहरुलाई लागू गरेको हो ।

वैशाख महिनाको हकमा नेपाल राष्ट्र बैंकबाट जारी ऋणीहरुको चैत्र मसान्तसम्म कायम रहेको ब्याज दरमा २% ब्याज छुट प्रदान गरे पश्चात हुन आउने साधारण ब्याजमा समेत १०% को अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था यस बैंकले गरेको हो । तसर्थ ग्राहक महानुभावहरुलाई नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको छुटको साथ साथै यस बैंकको बैंकिङ्ग इतिहासमै दुर्लभ उपलब्ध हुने उपरोक्त उल्लेखित छुटमार्फत थप १०% को साधारण ब्याजमा छुट र जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको फाइदा उठाउन सबै ग्राहकवर्गमा बैंकले अनुरोध गरेको छ ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ । बैंकले २०७७ वैशाख महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरिएको छ । यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेष्ठ महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहक महानुभावको बैंक खातामा जम्मा गरिनेछ । बैंकले प्रदान गर्ने १०% छुट आधार दरमा कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू हुने छैन तथा बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत्र मसान्तको आधार दर भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।

यस विपतको घडिमा आफ्ना आदरणीय ग्राहक महानुभावहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै बैंकले यसअघि नै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहक महानुभावहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरू पूरा गर्न पनि उत्प्रेरित गरिएको छ । ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरूले घरबाटै निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ । उक्त सेवाहरूका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंककोे ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न अनुरोध गर्दछौं ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

नबिल बैंकले ल्यायो घरमै बसेर खाता खोल्न सकिने सुविधा,

नबिल बैंकले घरमै बसेर खाता खोलेर सीमित कारोबार गर्ने नयाँ सेवा सुरु गरेको छ। ग्राहकलाई प्रविधिमैत्री बनाउँदै सेवा दिन बैंकले नयाँ प्रडक्ट ल्याएको हो।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले घरमै बसी अनलाइनमार्फत खाता खोली सीमित कारोबार गर्न सकिने  सुविधा सुरु गरिएको बैंकले विज्ञप्तिमा जनाएको छ।

ग्राहकले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ जस्ता डिजिटल सुविधाहरुको तत्काल लाभ लिन सक्ने बैंकले जनाएको छ।

मोबाइल बैंकिङ सुबिधाअन्तर्गत ग्राहकले रिचार्ज गर्ने, बिल भुक्तानी, बीमा प्रिमियम भुक्तानी गर्ने, रकम रकमान्तर गर्ने जस्ता कार्यहरु गर्न पाउने छन्

तारे होटल ६ महिनासम्म बन्द

कोरोना भाइरसका कारण सम्पूर्ण होटलहरु आगामि ६ महिनासम्म बन्द गर्ने निर्णय गरेका छन् । आज आइतबार होटल सञ्चालक र सम्बद्ध मजदुरबीचमा भएको सहमतिमा आगामी असोजसम्म काठमाडौंमा सञ्चालमा रहेका पाच तारे होटलहरु बन्द गर्ने निर्णय गरेका छन् । त्यस्तै ६ महिनासम्म होटलमा काम गर्ने कर्मचारीहरुलाई १२.५ प्रतिशशतमात्र तलब दिने भएका छन् ।  होटल संघ नेपालको आइतबार बसेको आकस्मिक बैठकले आगामी असोजसम्म काठमाडौंका तारे होटल बन्दको निर्णय गरेको हो। संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘लकडाउनका कारण पर्यटन उद्योगमा दूरगामी नकारात्मक प्रभाव रहने तथा आगामी एक वर्षसम्म पर्यटन उद्योग सुचारु रूपले चल्न नसक्ने भएकाले वैशाख १ गतेदेखि आगामी ६ महिनासम्म सम्पूर्ण होटल व्यवसाय बन्दको निर्णय भएको छ।‘

संघले आफ्नो निर्णयमा असहमत हुने कर्मचारीलाई श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कटौतिको प्रक्रिया थाल्दै सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णय गरेको छ ।घको बैठकमा काठमाडौंका सबै पाँच तारे होटलका संचालक सहभागी थिए। होटल बन्द गर्ने निर्णयमा होटल हायातका संचालक सुरेशलाल श्रेष्ठ, काठमाडौं मेरियट होटलका संचालक गौरव अग्रवाल, र्‍याडिसन होटलका अनिलदास श्रेष्ठ, एलोप्ट होटलका संचालक महेश्वर श्रेष्ठ, अन्नपूर्ण होटलकी संचालिका सिर्जना राणा, अकामा होटलका संचालक खेमराज लामिछाने, सांग्रिला होटलका संचालक प्रसिद्धराज पाण्डे, एभरेष्ट, मल्ल होटल र सोल्टी होटल लगायतका प्रतिनिधीले हस्ताक्षर गरेका छन्।

संघका वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोनाका कारण होटल व्यवसाय एक वर्षसम्म सहज रूपमा संचालन हुन नसक्ने अवस्था देखेर ६ महिना बन्दको निर्णय भएको बताए। उनले होटलको आम्दानीमध्ये ४० प्रतिशत तलबमै खर्च हुने बताउँदै बन्द भएको अवधिमा तलब दिन नसक्ने अवस्था सिर्जना भएको समेत बताए।

संघले बन्द हुँदा ६ महिनाको अवधिमा कर्मचारीलाई आधारभुत तलबको साढे १२ प्रतिशतका दरले मात्रै दिने निर्णय समेत गरेका छन्। सेवा शुल्क उपलब्ध गराउने होटलले श्रमिकले पाउने सेवा शुल्क मौज्दातबाट प्रत्येक महिना यो रकम दिने संघले निर्णय गरेको छ।

होटलले श्रमिक युनियनसँग एक साताभित्र साढे १२ प्रतिशत पारिश्रमिक दिने बारेमा छलफल गर्ने समय संघले तोकेको छ। त्यो छलफलमा असहमत भएमा श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीका लागि प्रक्रिया पुर्‍याएर सूचना दिएर आंशिक रूपमा वा पूर्ण रूपमा कर्मचारी कटौती गर्ने निर्णय संघले गरेको छ। कर्मचारीलाई साढे १२ प्रतिशत भन्दा बढी रकमका लागि ‘जब रिटेन्सन फण्ड’ को व्यवस्था गर्न होटल संघ नेपाल र ट्रेड युनियनले संयुक्त रूपमा सरकारसँग पहल गर्ने निर्णय गरेको छ।

कोरोना कोषमा २२० करोड

सरकारले कोरोना रोगथाम तथा नियन्त्रण कोषमा अहिलेसम्म २ अर्ब २० करोड संकलन भएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् । कोरोना संक्रमणसँग स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्र्न स्वास्थ्य उपकरण अन्य खर्चको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई एक अर्ब ८ करोड निकासा गरिएको छ भने रक्षा मन्त्रालयमार्फत एक अर्ब ३५ करोड निकासा भएको अर्थ मन्त्री खतिवडाले बताए ।

कोरोना पछि सरकारले विकास साझेदारसँग छलफल गरी करिब डेढ खर्ब रुपैयाँ जोह गर्न लागेको छ । स्वास्थ्य पूवार्धार  निर्माण तथा आर्थिक पुनउत्थानका लागि सो रकम खर्च गरिने छ । केही सम्झौता हुने क्रममा रहेको अर्थमन्त्रीले बताएका छन् । अर्थसमितिको आजको बैठकमा अर्थमन्त्री खतिवडाले सो बताएका हुन् ।

राहत र आर्थिक पुनउत्थानमा लागि सरकारले खर्च गरेको छ । राहत दिने क्रममा राहत आवश्यक नपर्नेले समेत राहत लिएको पाइएकोले योजना आयोगले  तयार पारेको राहत कार्यविधिअनुसार कार्य अघि बढाएको अर्थ मन्त्री खतिवडाले बताए । असंगठित क्षेत्रका मजदुरलाई राहत उपलब्ध गराउन स्थानीय तहलाई परिचालन गरिएको छ ।

पत्रकारहरुको बुझाई, ग्राहकको बुझाई त केहि समय राष्ट्र बैंककै अधिकारीहरुको बुझाईमा अन्तर रहिरह्यो

कोरोना महामारी, बैकिङलाई जोखिम र राहतको अबस्था:
कोरोनाको प्रभाव नेपाल प्रवेश संगै नेपालमा चैत्र 11, 2076 बाट सरकारले लकडाउन गर्यो। लकडाउनको भोलीपल्टै बाट हामी आहत भयौं राहत चाहियो भन्ने नागरिक र ब्यबसायीको गुनासो संगै सरकारले मिति  2076 साल चैत्र 18 गते कार्ययोजना सार्वजनीक गर्यो जसमा सरकारले दिने केहि कुरा अटाएनन तर घरभेटी, बैकिङ, सहकारी, स्कुलहरुलाई यो छुट त्यो छुट दिने ब्यबस्था मिलाउन भनियो। कसैले टेरेको होईन तर बैंकहरुलाई नेपाल राष्ट्र बैंकको निर्देशन आयो : मासिक/ चौमासिक किस्ता वाला कर्जाहरुले चैत्रको ब्याज तिरेमा 10% छुट देउ। तिर्न नसके असार मसान्त 2077 सम्म समय देउ। यसमा पनी निर्दैशन, पत्रकारहरुको बुझाई, ग्राहकको बुझाई त केहि समय राष्ट्र बैंककै अधिकारीहरुको बुझाईमा अन्तर रहिरह्यो। यसै पनी ब्याज तिर्न आनाकानी गर्ने ग्राहकहरुलाई मौका मिल्यो, 70% भन्दा बढिले ब्याज तिरेनन भने तिर्नेहरुलाई छुटको रकम बैकहरुको जोड्यो भने अरबौ हुन्छ। तलब पाईरहेका कर्मचारी र नियमित आय आईरहेको कर्जा ग्राहकले घर कर्जा, सवारी कर्जा र ब्याक्तिगत कर्जामा समेत छुट पाए भने स्टार्ट अप र प्रभावित कर्जा ग्राहकहरुले पाउनु पर्ने जति छुट पाएनन।कतिपय छुट नदिदा पनी हुनेले कि त छुट कि पैसा नतिर्ने बहाना पाए।

फेरी थप सुचना नं 21 दफा नेपाल राष्ट्र बैंको दफा 79 टेकेर  बैशाख 16 गते आयो, जसमा 2% ब्याज घटाउन भनियो। सुचनाको रुपमा आएको भएता पनी दफा 79 टेकेर आएको हुंदा यो निर्दैशन नै हो। यसमा छुट दिनु नपर्ने व्यबसायहरुमा खाद्यान्न प्रशोधन तथा बिक्री वितरणसँग सम्बन्धित व्यवसाय, ग्यास उत्पादन तथा बिक्री वितरण, साबुन तथा सफाइ केमिकल, औषधि बिक्री वितरणसम्बन्धी व्यवसाय, इन्टरनेट तथा दूरसञ्चार सेवाप्रदायक, टेलिभिजन सेवाप्रदायक, सूर्ति तथा मदीराजन्य उद्योग र सञ्चालनमा रहेको जलविद्युत् आयोजना परे। यो छुट दिनु नपर्ने भनीएका क्षेत्रहरुमा गएको कूल कर्जाहरुमा एक तिहाई खुद्रा ब्याबसायहरु खाधान्न बिक्रि बितरण मा संलग्न छन भनेर मान्ने हो भने लगभग रु.400 अरब कर्जा यस्तो क्षेत्रमा गएको छ।  यसरी कुल रु. 3225 अरब कर्जा मध्य रु 2800 अरब भन्दा बढिले 2% छुट पाएमा बैकिङको एक त्रैयमास मै रु.14 अरब ब्याज आम्दानी कम हुन जान्छ। आधार दर भन्दा तल नहुने हुंदा औषत ब्याजमा कमी 1.5% ले मात्रै गर्नु पर्दा पनी रु.10.5 अरब भन्दा बढिले ब्याज आम्दानी घट्नेछ। यसरी एकातिर अरबौ रुपैया बैकिङको आम्दानी घटाएर कर्जा ग्राहकलाई राहत दिइएको छ। कर्जा ग्राहकलाई  असर छ छैन? तिर्न सक्ने क्षमता छ छैन? बैकल्पीक आयश्रोत छ छैन? पहिले कमाएको संचीती बाटै तिर्न सक्ने अबस्था छ छैन?  हेरेर गर्नु भन्दा सबैलाई एकनासले बैकिङको लागतमा राहतको घोषणा भयो। बैंकर र बैंकका मालीकहरु विच मै यो बिषयमा फरक फरक धारणाहरु बजारमा आए। अझै 9 देखि 18 महिना कोभिड-19 को प्रभाव स्वास्थ तथा अर्थतन्त्रमा पर्ने प्रारम्भिक अनुमान हुदै गर्दा हतार हतारमा यो निर्णयहरुले हामीले पछि दिनै पर्ने राहत पनी दिन नसक्ने त हुदैनौ? सोच्न जरुरी छ।

सबैको आंखा यसै पनी बैंकिङको नाफा मै छ। रु.8 अरब न्युनतम पुंजी छ, त्यहि अनुसारको संचीती छ; बैक मै निक्षेप राख्दा पनी रु.100 अरब ब्याज आम्दानी हुनुपर्ने स्थीतीको संस्थाहरुको हजारौ कर्मचारीले बर्षभरी मेहनेत गरेर करोडौ फि र कमिसन कमाउदा पनी रु.100 अरब नकमाउने बैंकहरु अझै छन्। त्यहि अनुपात बिकास बैंक र बित्तीय संस्थाहरुको छ। बैंकिङको औषत लगानी मा प्रतिफल 15% नी छैन भने औषत लाभांस बितरण दर 12-13% छ। तर पारदर्शी लेखाङ्कन र प्रभावकारी नियमनको कारण जति कमायो उती मुनाफा लेखाङ्न गरी देखाउनु नै बैकिङमा सबैंले आंखा लाउने कारण बनेको छ।

बैकिङ र बिमाले सुर्ति, चुरोट र रक्सी कम्पनीकै दरमा 30% कर तिर्छन र पारदर्शी पनी छन्। बैकिङ भनेको जनताको पैसा र बिश्वास मै चल्ने संस्थाहरु हुन अनी यस क्षेत्रको विश्वास कायम राखीराख्न एउटा स्तरको नियमित आम्दानी तथा यी संस्थाहरु सहजै डुब्दैनन भन्ने विश्वास रहन जरुरी हुन्छ। बैकिङ पारदर्शी हुन्छ, सक्षम नियामकको नियमित सुपरिबेक्षणमा रहन्छ र मुनाफा मै रहन्छ यसैले निक्षेप राखेको पैसा डुब्दैन भन्ने विश्वासले नै नागरिकहरुले ढुक्क संग पैसा राख्दछन अनी बैकिङले वित्तीय मध्यस्तकर्ताको काम गर्न सक्दछ; अर्थतन्त्र चलायमान हुन्छ।अहिले बैकिङमा पनी मुनाफामा असर परेकै छ; बैदेशीक कारोबार ठप्प हुदा प्रतित पत्र र बिदेशी मुद्रामा हुने कमाई बन्द छ; ठेक्का पट्टा बन्द हुंदा जमानत वापतको कमीसन बन्द छ, नयां कर्जा छैन र नविकरण नी गर्नु नपर्दा फि तथा कमीसन आम्दानी छैन तर संचालन खर्च बढेकै छ। घटेको छैन।सरकारले भने झै कुनै घरभेटिले बैंकको घरभाडा छुट दिने वाला छैनन, उनीहरुको पनी आफ्नै परिस्थिति छन।

नेपाल वित्तिय लेखामान अनुसार ब्याजलाई नेपाल राष्ट्र बैकले समेत प्रोदभावी (Accrual ) आधारमा आम्दानी बाध्न दिने हुदा, आम्दानीमा देखिन्छ जसबाट सरकारलाई कर तिरीहाल्नु पर्छ तर त्यो रकम बराबरको संचीति कायम गर्नु पर्दा बितरणयोग्य नाफा कम या नकारात्मक हुनगई शेयरधनीले केहि नपाउने अबस्था छ। लगानीकर्तालाई राहत नचाहिने नै हो त?आउने आम्दानी घटाउने, नआएको आम्दानी देखाएर कर तिर्ने अनी भोली खराब कर्जा बढेर असुली नै नहुने अबस्था भयो भने  2008 मा अमेरिकामा जस्तै बैंक डुब्न लागे के गर्ने?सरकारले अनुदान दिएर बैंक बचाउन सक्छ त? बैंकिङको कर्जा नगद प्रवाहको भन्दा धितो आधार मै प्रवाह भएका छन यदि स्थीर सम्पत्तीको मुल्य 20%  हाराहारीले घट्यो र ब्यबसाय पनी चलेन भने, बैंकिङको खराब कर्जा कहां पुग्छ? असुली कसरी हुन्छ? यसको लागी बैकिङ लाई कुसन चाहिदैन?

बैंकको कर्मचारीको बोनस रोकौं भन्ने आवाज पनी छ।
अनी बैंककै कर्मचारीको कमाईमा नी आंखा छ, कुनै बैंकको ठुलै पदको कर्मचारी या  प्रमुख कार्यकारी अधिकृत जसको पैतृक सम्पत्ती छैन उसको बसाई र सम्पत्ती हेरौ अनी कमाउ अड्डा तिरका हाकिमहरुको वास्तविक सम्पत्ती हेरौ। 10 बर्षझ पहिले सेटिङमा व्यापार चलाईरहेका व्यापारीको सम्पत्ती मुल्याङ्कन गरौं। सत्यता प्रष्ट हुन्छ।यसैले बैंकको मुनाफा र कर्मचारीको बोनसमा मात्रै आंखा लगाउनु भनेको पारदर्शी हुनु नै गलत हुनु झै हुनेछ। यसैले यतिबेला व्यापारी, बैंकिङ, नियामक र सरकार छुट्टाछुट्टै कित्तामा नबांडिनु उचीत हुन्छ।

अन्य ब्यबसाय भन्दा बैंकिङमा यसको असर अली पछि पर्नेछ तर असर पर्ने कुरा पक्का छ। तर असर परीसक्यो भने सम्हाल्न नसक्ने गरी पर्नेछ। रु.32 खरब भन्दा बढिको कर्जामा हाल खराब कर्जाको प्रतिशत 1.77% मात्रै छ। धेरै जसो SME का कर्जाहरु स्थीर सम्पत्तीको धितोमा प्रवाह भएको र ऋणी को व्यबसाय घाटामा गई व्यवसाय बन्द हुदा समेत बैंकिङले धितो लिलाम गरि असुल गर्ने गरेका कारण खराब कर्जाको अनुपात विश्व कै बैकिङको कम मध्यमा नेपालको पनी पर्दछ तर यो महामारी ले व्यबसाय बन्द हुने, धितो बिक्रि नहूने या बिक्रि हुदा धेरै कम मुल्यमा बिक्रि हुने अबस्था आएमा खराब कर्जा अनुपात स्वाट्टै माथी जान सक्ने स्थीती छ। ब्याज तिर्ने समय केहि पर सारिदिने या खराब कर्जामा बर्गीकरणका शर्तहरु परिवर्तन गर्नु भनेको दिर्घकालीन समाधानको उपाय होईन। जोखिमको पुर्वानुमान गरी बैकिङको मुनाफामा धेरै आंखा नलाउदा पछिलाई सहज हुनसक्छ।

यो अबस्था भनेको सक्नेले डुब्नै लागेका हरुलाई बचाईराख्न सहयोग गर्ने बेला हो। नाफा बांडफांड गरेर समानुपातिक बनाउनु पर्ने या पहिला कमाएको सम्पत्ती मा कर नै नबुझाई एकातिर कुम्लो पारीराखेकाहरुलाई पनी यो महिना र यो बर्ष घाटा भयो भनेर राहत दिनु पर्ने बेला होईन। सरकारको प्राथमिकता पहिलो स्वास्थ्य सेवा, त्यसपछि खानबस्न गाह्रो हुने नागरिकहरु, त्यसपछि भर्खर शुरु हुन लागेका ब्यबसाय, अनी अति प्रभावित व्याबसाय तथा ठूलो लगानीका परियोजनाहरु जो राहत बिना डुब्न सक्छन हुनुपर्छ अनी मात्रै राहत सामान्य अबस्थाका ब्यबसायमा हुनुपर्छ। बर्षो देखि करोडौ, अरबौ को ब्यबसाय गरेर कर लाखौमा पनी नतिरेका अनी अहिले 2,3  महिना व्यापार बन्द हुंदासाथ सबै राहतको लागी झोला फैलाउन जांदा न सरकारले दिन सक्छ न त न्याय नै हुनेछ। बैंकिङको पैसा यसरी बांड्दा न्याय भएको छ या छैन? एकपटक अध्ययन गरौ। कसैलाई आरोप प्रत्यारोप गरिरहन जरुरी भएन।

होटेल खर्चको 40% कर्मचारीको तलब भत्तामा खर्च हुन्छ। visit Nepal 2020 भन्दै भर्खर खुलेका होटेलहरुका कर्मचारीको बिचल्ली र होटेल बन्द हुने स्थीती छ,  होटेलहरुको ॠण कसरी तिर्ने? वैशाख कै तलब तिर्न नसक्ने अबस्था छ, सरकारले 50% तिर्ने भनेको छ, कसरी तिर्छ? संचालन भएको अबधी र अहाले सम्मको कमाईलाई आधार मानेर  राहतमा काम गर्नु पर्छ। यो क्षेत्र सहित पर्यटन र मनोरंजन क्षेत्रलाई सरकारले राहतको अनुमान गरी सहयोग गर्न पर्छ र कर तिरेको या कर तिर्ने सम्भावनाको आधारमै राहत भयो भने भोलीका दिनमा समेत व्यबसायीहरु कर तिर्न उत्साहित हुनेछन र आभास पनी हुनेछ कि ‘ हामीले कर तिरे अनुसार राज्यले हामीलाई हेर्नेछ’ भनेर।

देश भित्रै एघार लाख भन्दा बढि श्रमिक र मजदुरको रोजगारी जोखिममा आईसकेको छ भने  तिन लाख भन्दा बढि त  अहिले नै मजदूरी छोडेर गांउ फर्किसके भन्ने अनुमान छ। बिदेशबाटै पांच लाख भन्दा बढि युवाहरु फर्कि सकेका छन, अझै फर्किने छन र बिदेश बाट फर्किने मात्रै पन्ध्र लाख नाघ्ने प्रारम्भिक अनुमान छ। यो जन शक्तिको सदुपयोगीतामा सरकारले छिटो योजना बनाउनु पर्दछ। आजकै अनुमानमा रेमिट्यान्स बाट आउने रकम कम से कम रु. 300 अरबले घट्ने छ र शोधनान्तर स्थीतीमा ठुलै  असर पर्नेछ।

सबैले अब कृर्षि मै सम्भावना छ भनेर भन्दै हिडेको देखिन्छ तर जमीन खै? टुक्रा टुक्रा जमीन भैसक्यो। खेती हुने ठांउ, उपत्यकाहरु कंक्रिटले भरिसक्यौ, पहाडमा दुख मात्रै हो तराईमा जमीन कति छ?? यसैले थोरै जमीनमा बिशेष प्रकारका फलफुल र खाधान्नहरु उत्पादन गर्ने र बजारीकरण गरी बढि मुल्य लिनको लागी सोध, अनुसन्धान र योजना बनाउन जरुरी छ। छिटो काम थालौं। कुरा गरेर या कुरा काटेर मात्रै देश बन्दैन न उत्पादन हुन्छ।

सरकारको पनी बिभिन्न खाताहरुमा बर्षो देखि उपयोग नभएको रकमहरु छन, कट्टि गर्न सकिने बजेटका रकमहरु छन। राष्ट्रिय गौरबका 23 वटा आयोजनामा रु.103 अरब छुट्याईएकोमा रु.20 अरब पनी खर्च भएको छैन। रक्षाको बजेट रु.186 अरब छुट्याईएकोमा रु.77 अरब खर्च भएको छ। संघीय सरकारको प्रदेश र स्थानीय निकायलाई बजेट अनुदान रु.330 अरब छ र रु.131 अरब राजश्व बाडेर दिने बजेट छ । यसरी प्रादेशीक बजेटको रु.500 अरबको प्रयोग खासै भएको छैन। रु. 10 अरब MCC लाई छुट्याईएको छ, जो संसद मै हुने नहुने दोधारमा छ। शहरी बिकास, बिधुत, पुर्वाधार निर्णाण गरेर रु.239 अरब बजेट छ तर खर्च धेरै भएको छैन। हुन त आकलन अनुसारको श्रोत पनी संकलन भएको छैन।राजश्व अनुमानको 54% पनी संकलन भएको छैन। कर्मचारीको तलब तथा अन्य नियमित खर्च नै रु.900 अरब भन्दा बढि हुन्छ। यी सबै कुरा हेरेर  रकमहरुबाट कति जोहो हुन सक्छ हिसाब गरौ, तथ्याङ्क संकलन गरौ अनी प्राथमिकता निर्धारण गरी सदुपयोग गरौ।

हतारमा निर्णय गरेर पछि पछुताउन नपरोस भनेर तथ्याङ्क संकलन गरौं। प्रभावितहरुले ब्यबसाय सधैलाई बन्द गर्न नपरोस् र सक्नेले अरुबाट राहत माग्न नपाउंन। अहिलैको लक्ष्य सबैलाई बचाउने मात्रै हुनुपर्छ, एउटाको आम्दानी अर्कोलाई बाडेर खुशी पार्ने या घाटा कम गर्ने होईन।

संवेदनशिल होउ, तंथ्याङ्क संकलन गरौं, योजना बनाउं, हुन सक्ने श्रोत र यस्तो श्रोतको प्रभावकारी सदुपयोगीतामा काम गरौं। यो संकटको बेला अध्ययन, योजना, सदासयता, सुझबुझ, ईमान्दारी र जिम्मेवारीलाई आत्मसात गरौं।   सरकार विश्वासिलो, नियामक दुरदर्शी, व्यबसायी ईमान्दार र नागरिक जिम्मेवार बन्यौं भने यो संकट बाट पार पाउन सक्छौं।  हतारमा निर्णय गरेर, पछि पछुताउनु नपरोस्!!

जय होस्, शुभ होस्!!

ज्योति लाईफको सीईओमा प्रकाश विक्रम खत्री नियुक्त

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्री नियुक्त भएका छन । कम्पनीको  संचालक समितिको वैठकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ नियुक्तीका स्विकृति बीमा समिति बैशाख १७ गतेको पत्रबाट स्वीकृती प्राप्त गरेको थियो ।

ज्योति लाईफ इन्स्योरेन्सको स्थापनादेखि नै कार्यकारी उपप्रमुखको रुपमा कम्पनीको व्यवस्थापन कालदेखि नै कार्यरत थिए । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका बैंकिंङ्ग, बीमा तथा अन्य कम्पनीहरुमा विभिन्न पदमा रही लामो कार्यअनुभव हासिल गर्नु भएका खत्रीले बेलायतको सबै भन्दा ठुलो बैंक बार्कलेज बैंकबाट आफ्नो पेशागत यात्रा शुरु गरेका थिए ।

बार्कलेज बैंकमा आकर्षक पद तथा वित्तीय सुविधा हुँदा पनि आफ्नै देशमा आएर केहि गर्ने सोचका साथ नेपाल फर्किएर लक्ष्मी बैंकमा करिब आधा दशक विताए पछि एनआईसी एसिया बैंक तथा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सञ्चालकको रुपमा समेत अनुभव हासिल गरेका थिए ।

व्यवस्थापन तथा प्रविधिको क्षेत्रमा विशेष दखल भएका खत्रीको प्राथमिकता सहभागितामुलक तथा सामुहिक कार्यको अवधारणा, संस्थागत शुसाशन, ग्राहकमैत्री सेवा, वित्तीय पारदर्शिता रहेको छ ।

नेपाल लाइफको २० औं वार्षिकोत्सवको अवसरमा ८ लाख ४७ हजार बराबरको सहयोग

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित, सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ ।

आफ्नो २० औं वर्ष प्रवेशको उपलक्ष्यमा नेपाल लाइफका सम्पूर्ण कर्मचारीहरुको आप्mनो तर्फबाट ८ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु सहयोग प्रदान गरेको छ ।

उक्त रकमले सातै प्रदेशका विभिन्न स्थानहरुमा रहेका अनाथ, महिला तथा बृद्ध–बृद्धालाई राहत प्रदान गरेको कम्पनीले जनाएको छ । जस अन्तर्गत प्रदेश नं. १ मा प्रदेश सरकारले स्थापना गरेको ‘प्रदेश नं. १ कारोना जनसुरक्षा कोष’ मा रु. १ लाख २१ हजार रकम प्रदान गरेको छ ।

त्यसैगरी प्रदेश नं. २ भित्र रहेका विभिन्न अनाथाश्रम, महिला आश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न, अत्यावश्य वस्तुहरु, लत्ता कपडा, पानी ट्यांकी, पंखा, इन्भटर लगायत सहयोग गरेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सम्बन्धित प्रदेश भित्र रहेको विभिन्न अनाथाश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न तथा अत्यावश्यक वस्तुहरु प्रदान गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सका सम्बन्धित प्रदेशका क्षेत्रीय प्रमुखको नेतृत्वमा कर्मचारीहरुले उक्त सहयोग गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले यस अघि नै कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि रु. १ (एक) करोड रकम योगदान गरिसकेको छ ।